×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ५ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

कैलास-मानसरोवर यात्रा – १० (सागादेखि केरुङदेखि काठमाडौँसम्म)

  •  गोरखा समाचार
  • बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    असार १ गते आइतबार प्रभातकालीन नित्यकर्महरू सकेर बिहानी नास्ता गरी १०:१० बजे हामी केरूङतर्फ अघि बढ्यौँ । कमल नयनाचार्य गुरुबाट टीका लगाई वहाँको मङ्गलवाचनसँगै यात्रा अघि बढ्यो । केही समयको अन्तरालपछि ठट्टा मस्करीका कुरा उठे । प्रसङ्गवश धुम्रपान कसैले पनि गरिँदो रहेनछ – हाम्रो टोलीमा भन्दा म मात्रै रहेछु विकल्प । अनि यो व्यहोरा सेयर गरेँ । एकपटक धुम्रपान गर्ने र नगर्ने साथीहरू मनकामनाको पैदल यात्रामा गएछन् । उकालो सकिएपछिको चौतारामा थकाइमार्न बिसाएछन् । पसिना ओभाएपछो धुम्रपानी साथीले चुरोट निकालेर खाएछ, जुन व्यहोरा अर्को साथीलाई कहिल्यै मन परिरहँदो रहेनछ । संयोग चुरोट सकिएपछि ठुटोलाई तल फालिदिँदा त्यहाँ चरिरहेको गधाले फुँ… गर्दै अर्कोतिर लागेको देखेपछि चुरोट नपिउने साथीले अर्को साथीलाई उक्त दृश्य देखाउँदै ‘हेर त ! चुरोट त गधाले पनि खाँदैन ह्यार, तैँले किन खान्छस् ?’ भनेछन् । तब धुम्रपानी साथीले प्रतिउत्तर दिँदै भनेछन् – ‘सही हो साथी ! गधा जस्ताले खाने चिजै हैन नि ! यो त हामी जस्ता मान्छेले खाने चिज पो हो त !’ निजको तर्कशक्तिले हामीहरूलाई पनि रोमाञ्चित गरायो । त्यसैबिच ‘पहाडी गाउँमा घाँस काट्न गएकी एक महिला भीरबाट लडेर कञ्चटमा चोट लागेर देहावसान भएछ । लासलाई घरमा ल्याई खट तयार पारेर आँगनमा राखिएको बेलामा अन्तिम झल्को हेर्न एकजना गाउँले वृद्ध आमा आएर शवको अवलोकन गरिसकेर भनिछन् रे – हिँ… भगवानको कृपा ! धन्न आँखा त जोगिएको रहेछ ।‘ यसलाई पनि तर्ककै हिसाबले मनन गरियो । गाडी आफ्नो रफ्तारमा गुडिरहेको थियो । हामीहरूबीच यस्तै प्रसङ्गहरूको चर्चा भैरहेको थियो । एकजना सहभागीले हिजो जस्तै बाटो काट्ने औषधिको प्रसङ्ग उप्काउनु भयो । सोही सिलसिलामा कुनै समय म आफू नेपालगञ्जबाट पोखरा जाने रात्रिबसमा यात्रा गर्दै थिएँ । तेस्रो नम्बरको सीटमा टिकट लिएर बसमा चढेँ । मलाई तिनताका बाटो कटाउने औषधिका रूपमा पुस्तक पढ्ने गर्दथेँ । परिणाम झोलाबाट पुस्तक निकालेर पढ्न थालेँ । मेरो अगाडिको सीटमा दुईजना पुरुषहरू गफ गर्दै थिए । एउटाले सोध्ने र अर्कोले उत्तर दिने गरिरहेका थिए । उनीहरू बीचको प्रश्नोत्तर यस्तो थियो । तपाइँको घर कहाँ हो ? – पोखरा, मेरो पनि त्यतै हो । पोखरा कहाँ नि ? – लामाचौर, मेरो पनि त्यहीँ हो । लामाचौर कहाँनेर ? – गण्डकी बोर्डिङ् स्कुल अगाडि, मेरो पनि त्यहीँ हो । कुन चाहिँ घर हो र ? – निलो रङ्को अग्लो घर हो । यो वार्ताले मलाई पुस्तक पढ्न बाधा पुर्‍याएकाले मैले उनीहरूको ध्यानाकर्षण गर्दै ‘कुरा सुन्दा त तपाइँहरू पूर्व परिचित, एउटै टोलको मान्छे जस्तो लाग्छ, किन यस्ता निरर्थक वार्ता गर्नुभएको, चुपचाप शान्त भएर बस्न सक्नुहुन्न ?’ तब एकजनाले भने – यो त समय कटाउने उपाय हो । बस नचलुञ्जेल यो गर्मीमा कसरी चुपचाप बस्ने त नि ! भनेर गफगाफ गरेको हो । हामी बाउ-छोरा हौँ ।‘ हाँसोसँगै हिजोको बाटो काट्ने औषधिको समीक्षा हुन थाल्यो । १:३० बजे झरनामा आइपुग्यौँ । खाना त्यहीँ खाने कि ? चर्चा चलेपनि केरुङ पुगेरै खाने निर्णय गरी अघि बढ्यौँ । २:१५ बजे केरुङ पुगेर संक्षिप्त फ्रेस भई खाना खायौँ । बजारमा केही किनमेल गर्ने हिसाबले बाहिरियौँ । सोही क्रममा मैत्रीनगर, काठमाडौँका अङ्गदजीहरूको टोलीसँग भेंट भयो । संक्षिप्त समीक्षा गरी तस्विर खिचेर बिदाबादी भयौँ । सिरक, ब्लाङ्केट, मिठाइँ आदि खरिद गरेर कोठामा फर्क्यौँ । साथीहरूले नास्ता तयार पार्नु भएको रहेछ र खायौँ । आ-आफ्ना कोठामा गई सबैले आ-आफ्ना लगेजहरू मिलायौँ । खाना तयार भएको खबरसँगै कैलास-मानसरोवर यात्राको रात्रिकालीन अन्तिम भोजन सबै मिलेर खाइयो । घरतिर सम्पर्क गरी सदाभन्दा चाँडै र सहजसँग आराम गरियो ।

    असार २ सोमबार बिहान उठी सनातनी नित्यकर्महरू सम्पादन गरी प्रात:कालीन नास्ता गर्‍यौँ । सामानहरू बसमा मिलाई चाइनिज समय अनुसार ८:३० (नेपाली समय ६:१५) बजे यात्रारम्भ गरियो । कमल नयनाचार्यको मङ्गलवाचन गरी यात्रा अघि बढ्यो । बाटो काट्ने औषधिको उपयोग गर्दै दीर्घभाइले को जेठो ? भन्ने प्रतिस्पर्धामा एकजना सहभागीले म ठूलो भूकम्प जाँदा जन्मेको हुँ, त्यसैले म जेठो हुनुपर्छ भन्दा अर्को सहभागी धुरुधुरु रोएछ । किन रोएको भन्दा त्यो भूकम्पमा मेरो माइलो छोरा मरेको सम्झेर रोएको भनेर जेठो प्रमाणित गरेको चुट्किलाले सबैलाई हँसायो । हामीहरू नेपाली समय अनुसार ७:३० बजे सिमानामा पुग्यौँ । गाड़ी पार्क गरेको ठाउँमा सामूहिक तस्विर खिच्ने अवसर जुटाउन असमर्थ रहेपनि चालक दोर्जेलाई र धावालाई सामूहिक टिप्स दिइयो । स्थानीय बजारमा केही सामानहरू खरिद गरी ९:१५ बजे अध्यागमन प्रवेश गर्‍यौँ । अध्यागमन कार्यालय बाहिर निम्न व्यहोराको होर्डिङ् बोर्ड राखिएको रहेछ ।

    चिनियाँ कम्युनिष्ट पार्टी पुलान काउन्टी समिति र पुलान काउन्टी जन सरकार

    ग्याइरोङ गुओमेन चीन र नेपालको सिमानामा अवस्थित छ। यो सिमानाको प्रतीक हो। दुई देशका जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आदानप्रदानका लागि पनि महत्वपूर्ण मार्ग हो। वरपरका प्राकृतिक दृश्यहरू सुन्दर छन्, हिउँले ढाकिएका पहाडहरू र स्वतन्त्र रूपमा बग्ने नदीहरू, जसले यस भूमिलाई विशेष आकर्षक बनाउँछ। यो रमणीय क्षेत्र राष्ट्रिय प्रवेशद्वार र सीमा चिन्हहरू वरिपरि केन्द्रित छ, जसले सीमा संस्कृति र देशभक्ति शिक्षा प्रदर्शन गर्दछ। यसले पर्यटन, सैन्य अनुभव र देशभक्ति शिक्षाको लागि एकीकृत गन्तव्यको रूपमा सेवा गर्दछ । यो महत्त्वपूर्ण भूराजनैतिक अर्थ बोकेर दुई देशहरू बीच सहयोगको आदानप्रदानको साक्षीका रूपमा बसेको छ । ७ औँ शताब्दीको सुरुमा, ग्याइरोङ ताङ राजवंशदेखि भारत जाने मुख्य प्राचीन सडकहरू मध्ये यो एउटा नाका थियो, जसले अनगिन्ती व्यापारीहरू, भिक्षुहरू र राजदूतहरूको पदचिह्न छोडेकोछ र चीन र भारत साथै चीन र नेपाल बीचको सांस्कृतिक आदानप्रदानको साक्षी बसिरहेकोछ । ग्याइरोङ बन्दरगाह चीन-नेपाल सीमामा एक परम्परागत व्यापार प्रवेश बिन्दु हो र यो क्षेत्रको सबैभन्दा ठूलो भूमि व्यापार बन्दरगाह हो । यहाँ १९६२ मा भन्सार स्थापना गरिएको थियो र १९७८ मा यसलाई राज्य परिषद्ले प्रथम श्रेणीको भूमि व्यापार बन्दरगाहको रूपमा अनुमोदन गरेको थियो । २०१४ मा आधिकारिक रूपमा द्विपक्षीय बन्दरगाह सञ्चालनको लागि खोलिएको थियो । मे ११, २०१५ मा राज्य परिषद्ले ग्याइरोङ बन्दरगाहलाई विस्तार गरी अन्तर्राष्ट्रिय पहुँचको लागि अनुमोदन गर्‍यो, जसले गर्दा यात्रु र सामानहरूको लागि वर्षभरि खुला सडक यातायात बन्दरगाहको रूपमा स्थापित भयो । अप्रिल १३, २०१७ मा विस्तारित ग्याइरोङ बन्दरगाहको उद्घाटनले राष्ट्रिय स्वीकृति सफलतापूर्वक प्राप्त गर्‍यो र यो आधिकारिक रूपमा अगस्ट ३०, २०१७ मा अन्तर्राष्ट्रिय बन्दरगाह बन्यो । मार्च २४, २०२२ मा ग्याइरोङ सीमा आर्थिक सहयोग क्षेत्रले राज्य परिषदबाट स्वीकृति प्राप्त गर्‍यो । ग्याइरोङ गुओमेन भव्य रूपमा उभिएको छ, जसले राष्ट्रको गरिमा र गम्भीरतालाई मूर्त रूप दिन्छ। यसले भौगोलिक सीमा चिन्हको रूपमा मात्र होइन तर दुई जनता बीचको मैत्रीपूर्ण आदानप्रदानको लागि महत्त्वपूर्ण मार्गको रूपमा पनि काम गर्दछ। वरपरको प्राकृतिक दृश्यहरू मनमोहक छन्, हिउँले ढाकिएका पहाडहरू र बग्ने नदीहरूले भूमिमा अद्वितीय आकर्षण थपेका छन् ।

    यात्राका क्रममा ठाउँ-ठाउँमा निम्नानुसारका सूचनाहरू टाँगिएका देखिन्थे । मैले बोर्डको तस्विर खिची गुगलको सहायताले पनि अनुवाद गरेँ भने ठाउँका नाउँ र विषयमा हाम्री पथप्रदर्शिका धावा भुटीको सहयोग लिइरहेको थिएँ ।

    सिमाना सुदृढीकरण, सीमा क्षेत्र विकास र जनतालाई समृद्ध बनाउने कार्यको लागि राष्ट्रिय प्रदर्शन (डेमो) क्षेत्र बनाउन गरिने प्रयासहरू –
    • जब वन क्षेत्रको कुरा आउँछ, यो आगोको पहिलो स्रोत हो।
    • वन क्षेत्रमा प्रवेश गर्दा आगलागी रोकथाम पहिलो प्राथमिकता हो।
    • जङ्गलमा पाइला टेक्दा आगो निरोधक पहिलो कुरा हो ।

    सुन्दर र खुशी तिब्बत निर्माण गर्नुहोस् र महान् कायाकल्पको सपना साकार पार्नुहोस् । चिनियाँ राष्ट्रको महान परिवारमा सबै जातीय समूहहरू अनार जस्तै हुनुपर्छ।
    ताङ ला सुरुङ
    • लम्बाइ ४६८० मिटर,
    • कृपया बत्ती बाल्नुहोस् र गाडी चलाउनुहोस् ।
    • पानीको मात्रा समायोजन गर्न सकिन्छ ।
    एकताबद्ध, समृद्ध, सभ्य, सामञ्जस्यपूर्ण र सुन्दर समाजवादी आधुनिक नयाँ तिब्बत निर्माण गर्न प्रयासरत रहनुहोस् र तिब्बत स्वायत्त क्षेत्रको स्थापनाको ६० औँ वार्षिकोत्सव उत्कृष्ट उपलब्धिहरूका साथ मनाउनुहोस्।
    • सतर्क रहनुहोस्, प्लेग रोक्नुहोस् ।
    • प्लेग रोकथाम सबैको जिम्मेवारी हो ।
    • रोग फैलिन नदिनु सबैको दायित्व हो ।
    • नीलो आकाश र सेतो बादल सधैं रहोस्,
    • हरियो पानी र हरियो पहाडहरू सधैं रहोस्
    • नीलो आकाशमा बादल कहिल्यै घुम्दैन।
    • म प्रार्थना गर्छु कि सफा पानी सधैं अवस्थित छ।

    चीनको कम्युनिष्ट पार्टीको झोङ्बा काउन्टी समिति झोङ्बा काउन्टी जन सरकार तीन जानकारीहरू
    • कुनै पनि मरेको घाँस, ढुसी वा अन्य मरेका जनावरहरूबारे तुरुन्तै जानकारी दिनुहोस्।
    • प्लेग, शंकास्पद प्लेग वा एडेनोकार्सिनोमा भएको जो कोहीलाई पनि तुरुन्तै सम्पर्कमा पठाई दिनुहोस्।
    • कुनै पनि अस्पष्ट बिरामीको अचानक मृत्युको बारेमा तुरुन्तै जानकारी गर्नुहोस्।

    झोङ्बा काउन्टी रोग नियन्त्रण तथा रोकथाम केन्द्र
    ‘ब्रोङ्पा काउन्टी घरेलु रोकथाम तथा नियन्त्रण केन्द्र

    अन्तत: तिब्बती अध्यागमन पार गरी हाम्रो तिब्बती यात्रालाई समापन गरियो । त्यसपछि सहजै हिसाबले नेपाली भन्सार परीक्षण कार्य सकायौँ । नेपाली गाडी र ठूला झोलाहरूको प्रतिक्षामा रहँदा इच्छुकजनले चियापान गर्‍यौँ । हाम्रा ठूला झोलाहरू राकेर नेपाली गाडी आएपछि सोनाम गेस्ट हाउस एण्ड रेस्टुरेन्टमा खाना खायौँ । तदुपरान्त अध्यागमनका सबै प्रक्रिया पूरा गरी डेडबजेतिर यात्रा अघि बढाइयो । पौने तीन बजे स्याफ्रुबेंसी पुगेर भोटेकोशीको तीरैतीर तीन बजे त्रिशूलीको पुल तर्‍यौँ । बीचमा बाटो मर्मतको कार्य भैरहेको थियो । यो भन्दा जाँदाखेरि हिँडेको (धुञ्चे हुँदै) बाटो उपयुक्त लाग्यो । सिमसिमे झरीले पनि उछार दिइरहेको थिएन । जेहोस्, हामी पुन: नयाँ पुल तरी बेत्रावती निस्कँदा सवा पाँच बजेको थियो । त्यहाँबाट रसुवा जिल्लालाई बिदा गरी हामीहरू नुवाकोट जिल्लामा प्रवेश गरियो ।

    चौथाइ घण्टाको यात्रापछि जीम्मु रेस्टुरेन्टमा पुग्यौँ र नास्ता गर्‍यौँ । रातसाँझ गरेरै भएपनि आ-आफ्नै बासमा पुग्ने सदिच्छासहित साढेछ बजेतिर पुन: यात्रा अघि बढाइयो । बाटोमा आदिदेखि नै चर्चित बनाइएको सासु-बुहारीका प्रसङ्गदेखि एउटै सिरान गरेर सुतेका सहसयनकर्ताबीच लात्ती लागेजस्तै एउटै परिवारका सदस्यका रूपमा नौदिनसम्मको यात्रामा कतै, कसैलाई, कसैले आँच पुर्‍याएको भए सबै व्यहोरालाई यही बसमै छाडी बाहिरिन सबैले साझा आग्रह गर्दै उपत्याका भित्रियौँ । टोखामा दीर्घ जोडी र द्वारिका उर्फ दीपा झरेपछि हामी ८:४० बजेतिर सामाखुसी चोकमा ओर्ल्यौँ । बसबाट सामान झारी रुजु गरेर आयोजकलाई महसुसिएका सुझाव दिँदा कुनै एकदिन ‘डिब्रिफिङ्’को आयोजना गर्ने रायमा बिदा भई ईन्ड्राइवबाट पौने दसबजेतिर घर पुग्यौँ । कमल गुरुले सुझाए बमोजिम दियो बाली, धूप सेकेर यात्राको नवौँ दिन र महिनाको २ गतेको द्वेष मेटाई बाबुले आउनुहोस् भनेपछि घर भित्रियौँ । बाबुले तयार पारेको खाना खाई कैलास-मानसरोवरको यात्रालाई पूर्णबिराम गर्दै आफ्नै शयनागारमा आराम गरियो । जय शम्भो ! जय कैलाशपति !! हर-हर महादेव !!!

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

     

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.