×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ५ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

कैलास-मानसरोवर यात्रा-९ (दार्चेनबाट सागातिर २)

  •  गोरखा समाचार
  • बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    फन्सुङमा मिठो खानापछि रमाइलो नाचगान गरेर हाम्रो यात्रा सागातर्फ अघि बढ्यो । खाना अघिको हँस्यौलीको धङ्धञीलाई दीर्घभाइले ‘तराईबाट आफन्त भेट्न पहाड आएका रामप्रसादले गाउँमा हरिदाइ भनेर चिनिने हरिप्रसादकहाँ गएर सरासरी ढोग गरेछन् । बसेर कुराकानी गर्दैगर्दा रामप्रसाद त हरिप्रसाद भन्दा जेठा रहेछन् । अनि बसेका सबैले हरिदाइले रामप्रसादलाई ढोग फर्काउनु पर्‍यो भनेछन् । तब हरिदाइले रामप्रसादलाई मैले ढोग गर भनेर गरेका हैनन् क्यारे ! कुन्त किन गरे ? मैले त मरेपनि उनलाई ढोग फिर्ता गर्दिन भनेथे रे !’ भन्दा सबैको अनुहारमा हाँसो पोखियो ।

    त्यस्तै प्रसङ्गमा ‘पैदल हिँडिने चल्तीको बाटोमा एउटा चिया पसल रहेछ । त्यस पसलका धनीलाई पाल्सी नाम कङ्कटी भन्दा रहेछन् । एकदिन एकजना विदेशी गोरा (अङ्ग्रेज) पुगेर पेटीमा झोला बिसाई साहुनीलाई ओन कप टि भनेछन् । त्यतिबेला साहुजी घरमा रहेनछन् । विदेशीले आफ्नो अनुरोध साहुनीले नसुनेको जस्तो लागेर पुन: ओन कप टि भनेछन् । अनपढ विचरीले ओन कप टि लाई कङ्कटी जस्तो सुनिछन् । पटक-पटक आफ्ना लोग्नेको पाल्सी नाम काढेको जस्तो लागेर क्रोधित हुँदै लट्ठी उठाउँदै ‘वरिपरिकाले त मेरा लोग्नेलाई कङ्कटी भनेका थिए, थिए । यो मोरो विदेशीले पनि मेरा लोग्नेको क्षुद्रनाम काढ्दो रहेछ ए … !’ भनिछन् । तब विदेशीले पिट्न आएको देखी ओ फुलिस ! भनेछन् । साहुनीले फेरि म पुलिस हुँ भनेझैँ मानिछन् र पुलिस हुँ भन्ने धाक लगाउँछस् !? मेरो छोरो पनि खैरेनीमा पुलिस छ भनिछन् रे !’ भन्ने प्रसङ्गले पनि ठट्टाको काम गर्‍यो । त्यसपछि सबैले बाटो काट्ने औषधि बारेको कथा सुन्ने चाहना राख्नु भएबमोजिम मैले निम्न श्रुति लोककथा सेयर गरेँ ।

    करिब पाँच दशक पहिलेको कुरा हो । स्याङ्जामा एक जनाका तीन भाइ छोराहरू रहेछन् । तिनताका सबै छोराछोरीहरूको बिहे गरिदिनु, छोराहरूलाई बस्ने घर बनाइदिनु र नुन लिन जाने बाटो देखाइदिनुलाई पितृ दायित्वका रूपमा लिइन्थ्यो । निजले पनि सबै काम सकाएर छोराहरूलाई नुन-तेल लिन जाने ठाउँ – बटौली जाने बाटो देखाइदिन सबै छोराहरूलाई ‘पन्थे’ लिएर हिँडेछन् । राम्दी तरेर बर्तुनको फेदीमा पुगेपछि बुढाले ठूलो छोरालाई भनेछन् ‘बाबु हो ! यो बाटो ठाडै उकालो छ, यत्तिकै चढ्न मुस्किल हुन्छ । मैले ठूली बुहारीलाई बाटो काट्ने औषधि भनेर राख्न दिएको थिएँ, हिँड्ने बेलामा मागेर ल्याउन बिर्सिएछ । तिमी गएर मागेर ल्याउनु पर्‍यो ।’ तब जेठो छोरा घरतिर फर्केछन् । नुन-तेल लिन बाजे र दुई देवरहरूसाथ साइत गरेर गएका लोग्ने आएको देखेर जेठीले ‘किन, के भयो र एक्लै फर्कनु भयो ?’ भनेर सोधिछन् । ‘बाटो धेरै ठाडो उकालो पर्दोरहेछ, बुबाले बाटो काट्ने औषधि तिमीलाई राख्न दिनु भएको थियो रे ! हिँड्ने बेलामा माग्न बिर्सनु भएछ र म लिन आएको’ भनेछन् । तिनताका ‘कुलकी छोरी, मुलको पानी’ भन्ने चलनै थियो । रपनि ठूलीले कतै बुढाले दिनुभएको पो थियो कि ? भनेर गम खाइछन् । तर कुनै फाल ननिस्केपछि यो मेरा लागि परीक्षा हो भन्ठानेर श्रीमानलाई बस्न लगाई आँसी लिएर नियालाघारीतिर गइछन् र चारवटा कद अनुसारका लट्ठीहरू काटेर ल्याइछन् । श्रीमानलाई लौराहरू दिँदै ‘बुवाले यसो बाहिरफेर घुमेर आउँदा टेकेको लट्ठी दिँदै – बुहारी यो लौरो पल्हीतिर सिउर त ! भनेर दिनु हुन्थ्यो । त्यसैगरी राखिएका पनि थिए । सासु आमा खसेपछि म भित्रिया हुनु पर्‍यो । लामो माघे झरी लाग्दा, कट्कुरोमा पानी चुहिएर दाउरा चिसा हुँदा, तिनै सिउरेका लट्ठीहरूलाई दाउरा बनाएर खाना तयार परेँ । अहिले तिनै पठाइदिन नसकेकोमा मेरो तर्फबाट क्षमा मागिदिनु होला । यी लट्ठीहरू लिएर जानुहोस् र सबैले एकुन्टा लट्ठी टेकेर उकालो लाग्नु बाटो काट्न सजिलो हुनेछ …’ भनिछन् । जेठाले पनि ती लट्ठीहरू लिएर सबै भएको ठाउँमा पुगेर बुवालाई व्यहोरा अवगत गराएछन् । तब बुढाले ‘ए… साँच्चै ! त्यतिबेला त ठूली माइत गएकी थिइन् बरा ! मैले त माहिली बुहारीलाई पो राख्न दिएको थिएँ । माहिलो बाबु जाऊ र मागेर ल्याऊ त माहिलीले पनि लौरी नै पठाए पनि नकराई लिएर आउनु है ! साइत गर्दा लट्ठी ल्याइएको थिएन, ठूलीले पठाइदिइछन्, ठीकै गरिन् …’ भनेछन् र माहिलो छोरा पुन: घरतिर लागेछन् ।

    माहिली बुहारीले पनि लोग्ने फर्केको देखेर ‘अघि जेठाजू पनि आए झैँ मान्थेँ, फेरि तपाइँ पनि आउनु भएछ त ! किन, के भएर हो ?’ भनी सोधिछन् । तब माहिलाले पनि उल्लिखितै व्यहोराको जानकारी गराएछन् । अनि माहिलीले ‘भण्डार कोठामा गई मकै, भट्ट ल्याएर भुटिछन् र मलमलको पुरानो/सफा छेउलो/खोलका चारवटा झोली बनाई मकै, भट्टका खाजा तयार पारेर दिँदै भनिछन् ‘बुवाले बाहिरफेरबाट घर आउँदा कहिलेकाहिँ यस्तै खाजा बनाइएको हुन्थ्यो । तब बुवाले खै लेऊ त ति खाजा ! कोटका खल्तीमा राखेर खेततिर पानी मिलाउन जान्छु, यी खाजा टोक्दै-टोक्दै हिँड्दा बाटो काटेको पनि चाल पाइँदैन, पेट पनि अघाउँछ … भन्नुहुन्थ्यो । भारीमा राखिएको सातु लगायतको खाना बाटो हिँड्दा खाने कुरा पनि भएन । यी मकै, भट्टका खाजा बनाइदिएकीछु; टोक्दै-टोक्दै उकालो लाग्नु सजिलै बाटो काटिनेछ …’ भन्दै खाजाका पोका दिएर पठाइछन् । माहिलाले पनि लगेर श्रीमतीको व्यहोरा जानकारी गराउँदै सबैलाई एकुन्टा पोका दिएछन् । त्यसपछि त बुढाले खाटी कुरा सम्झेजस्तै गरेर ‘ए…बाबु हो ! बुढेसकाल लागेपछि सुद्दी हराउँछ भन्थे पाकापुरानाले; नभन्दै मलाई पनि बल्ल सम्झना भयो । त्यतिखेर त माहिली तर्केकी (महिनावारी भएकी) थिइन्, त्यसैले मैले त्यो औषधि त कान्छीलाई पो जिम्मा लगाएको थिएँ । छोराहरूले दु:ख पायौ । अब कान्छाले पनि जान पर्ने भयो, घर गएर त्यो औषधि मागेर ल्याऊ । कान्छीले पनि लौरी र खाजा नै पठाए पनि नकराई लिएर आउनु है ! साइत गर्दा खाजा पनि ल्याइएको थिएन, माहिलीले पठाइदिइछन्, ठीकै गरिन् …’ भनेछन् र कान्छो छोरा पुन: घरतिर लागेछन् ।

    कान्छी बुहारीले पनि लोग्ने फर्केको देखेर ‘अघि जेठाजूहरू पनि आए झैँ मान्थेँ, फेरि तपाइँ पनि आउनु भएछ त ! किन, के भएर हो ?’ भनी सोधिछन् । तब कान्छले पनि उल्लिखित व्यहोराको जानकारी गराई बाटो काट्ने औषधि दिन भनेछन् ।अनि कान्छीले श्रीमानलाई लिएर शयनकक्षतिर गइछन् र आम्नेसाम्ने बसेर भन्न थालिछन् – बर्खा लाग्ने बेलाको कुरा हो ।

    एकादेशमा एकजना धनीमानी जिम्मुवाल थिए । उनको एकमात्र छोरा थियो । उ अलि लठेब्रो थियो – बुद्धि खियाउन नसक्ने । तरपनि उमेर बढ्दै जाँदा लक्का जवान भयो । बिहेबारीका चर्चा चल्न थाले । जिम्मुवालको घरमा साइनो लाउन भनेपछि सबै हुरुक्कै हुन्थे तर एकमुखे छोरो भएपनि लठेब्रो छ भनेपछि कसैले छोरी दिन मान्दैनथे । एकदिन जिम्मुवाल बुढाले छोरालाई डाकेर ‘बर्खाले ढेपिसक्यो, नुन तेलको जोहो मिलाउनु पर्ने बाबु ! कामदारहरू पनि आ-आफ्नै काममा व्यस्त छन् । आज उल्लेरीमा शुक्रबारे हाट लाग्ने दिन हो । मसँग फेरि आज पैसा पनि छैन, तिमीले भेडाको गोठबाट मुली साँढ लिएर जाऊ र त्यो साँढ काटेर बेच्नु, आएको पैसाले पाँच पाथी जति नुन किन्नु, जिम्मुवालका छोराले नुन बोकेर हिँड्न सुहाएन के रे ! त्यै साँढलाई बोकाएर ल्याउनु पर्‍यो छोरा !…’ भनेछन् । धनी बाबुको छोराछोरी बढी अनुशासित हुन्छन् भनिन्छ । हुनपनि अभिभावकको कुरा नमानेमा आफूलाई चाहिने पकेटखर्चको जोहो कसरी मिलाउनु र ! त्यो छोराले पनि नकराई भेडाको साँढ निकालेर डोर्‍याउँदै उल्लेरीतिर लागेछ । बाटोमा निगाले फाँटमा बैँसालु उमेरका केटीहरू गाई बाख्राहरू चराउँदै चौतारीमा गट्टा (गोटा) खेल्दै रहेछन् । हेर्दै खाइलाग्दो नौजवानले साँढ डोर्‍याएर हिँडेको देखी एउटीले भनिछ – ए दाइ ! त्यो हाम्रो साँढ लिएर कता हिँड्न लाग्नु भयो ? मनमा पीरले उछार नमिलिरहेको समयमा यस्तो आक्षेप लगाउँदा ढिटाको कन्सिरी तातेर आउने नै भयो । त्यही चौतारीको छेउमा बिसाउँदै ‘आफ्नो अर्काको पनि चिन्दैनौ ? आफूलाई कस्तो पीर परिरहेछ; नचाहिने कुरा गर्दा रहेछन् लौ !’ भनेछ । तब एकजना केटीले ‘लोग्नेमान्छेको जातै कस्तो हो ? आर्काको साँढ लिन पाएपछि पीर त पर्ने नै भयो नि ! अरू पनि पीर भए सुनौँ न हामी पनि …!’ भनिछ । मानिसलाई पीर परेका बेलामा मन कतै बिसायो भने पनि हलुङ्गो हुन्छ भन्छन् । विचरो पनि सबै व्यहोरा – ‘यही साँढ काट्नुछ, त्यसैलाई बेच्नुछ, आएको पैसाले नुन किनेर यसैलाई बोकाएर घर लग्नु छ । तिमीहरू साढँ लिएर भाग्न लागेको भन्छौ’ भनेर ओकेलेछ । तब एकजना केटीले ‘केटामान्छेहरू कति नजानेको देखाउन सक्ने हुन् ? तस्तो भुतुल्लो साँढ रहेछ, हाटमा लगेर ऊन काटेर बेच्यो, आउने पैसाले नुन किनेर बोकाए त भैहाल्यो नि ! …’ भनिछ । विचरोलाई प्रचण्ड गर्मीले असिनापासिन भएको बेलामा सफा चिसो पानीको दहमा डुबुल्की मारेजस्तो भयो । मनमन धन्यवाद दिँदै बाटो लाग्यो । हामीलाई पनि अबका दृश्यहरूमा वरिपरि हरियाली समेटिँदा मनमा शितलता प्रवेशिए जस्तै हुन थाल्यो । सुरक्षा निकायका परीक्षामा बिसाइ मारेपनि कथा भने पुन: अघि बढ्यो ।

    हाटमा पुगेर साँढको ऊन खौरन लगाई त्यही ऊन बेचेर काटेको ज्याला भुक्तानी गरी बाँकी पैसाले नुन किनेर त्यसै साँढलाई बोकाएर साँझ घर पुग्यो । छोराको विवेक देखेर जिम्मुवालबा मख्ख परे । समय बित्दै जाँदा एकदिन बुढाले छोरालाई सोध्छन् – बाबु ! म एउटा कुरा सोध्छु, तिमीले नढाँटी उत्तर दिनु ल ! तब छोराले भन्छ – हजुरले सोधेको विषयमा मैले कहिले झुटो उत्तर दिएकोछु र बुवा ?! तब बाउले ‘अस्तिनै उल्लेरीको हाटमा गएर नुन ल्याउने जुक्ति आफैँ निकाल्यौ कि कसैले बुद्धि पैँचो दियो ?’ भनी सोधनी गर्छन् । छोराले ‘निगाले गाउँ तलको फाँटमा ४/५ जना केटीहरूले भेडाबाख्रा चराइरहेका रहेछन्, तिनैमध्ये एउटीले उपाय सुझाइदिइन् र हाट गएर मैले पनि त्यसै गरेँ, काम पनि फत्ते भयो’ भनेछ ।

    त्यसपछि बुढाले तेही बुद्धि सिकाइदिने केटीले मेरो विरासत् धान्न पनि सक्नेछ र यो घरको समग्र स्थितिबोध गरेपछि हाम्री बुहारी हुन पनि स्वीकार गर्छे भन्ने सोच बनाएछन् । त्यसै मुताविक ती केटीको खोजीमा जाने निधो गरे । तर कसकी छोरी हो ? कस्ती छे ? नाम के हो भन्ने बारेमा केही पनि जानकारी नहुँदा केटी पत्तालगाउने काम त्यत्ति सजिलो थिएन । बुढाले ‘बिना निशानको निशान त्यो पाउन सक्छ, जो स्वयं बेनिशान हुन्छ’ भन्ने विद्वात् भनाइलाई मनन गरी भेषभुषा भनौँ हुलिया बदलेर झोलामा दुईमाना चामल हालेर निस्केछन् र निगालेको फाँटबाट गाउँतिर लागेछन् ।

    असारको खेतीपाती लगाउने बेला थियो । सो याममा प्राय: घरहरूमा या त सुत्कोरी भएका बुहारी अथवा मेलामा सहभागी हुन नसक्ने वृद्ध-वृद्धा वा विद्यालयमा कोचिङ कक्षा पढ्ने बाबु-नानीहरू हुन्छन् । बुढा निगाले गाउँको पुछारको घरमा पसेछन् । संयोग एकजना नानी घरको सफाइ सकेर एक डोका घाँस काट्न भनेर डोको, नाम्लो र आँसी लिएर हिँड्नै लागेका समयमा बुढा आँगनमा टुपुल्किएछन् र ‘नानी ! म प्रदेशी हुँ । तीनचार दिनदेखि खान पाएको छैन । फेरि अरूले पकाएको नखाने – स्वयम्पाकी परेँ । मसँग अलिकति चामल छन् । यिनको खट्टे भुटिदिए ठूलो धर्म लाग्नेछ …’ भनेछन् । ‘पाहुना पनि बेला न कुबेला !’ भन्दै घरभित्रबाट एउटा थल ल्याएर ‘चामल दिनुस् !’ भनिछ । बुढाले झोलाबाट चामल निकालेर दिएछन् । भित्र गएर भरखर हली, खेतालालाई खाना पकाएको चुल्हामा रहलपहल झिँजा जोरेर आगो फुकेर ताप्के बसालिछ । बुढाले पिँडीमा बसेर आँखिझ्यालबाट भित्र चियाएछन् । ताप्के एसो तात्न पनि नपाउँदै चामल ओइरेर भुट्न थालिछ । दाउरा सकिए ! अनि बाहिर कट्कुरामा दाउरा लिन गई, फर्केर दाउरा हालेर आगो बल्दा खट्टे कोही फुरिसकेका, कुनै चामलै थिए । फेरि उतार्ने थाल खोज्दा ‘बज्यैले दिएका मकै, क्वै डढेका, क्वै पाटा परेका’ भने जस्तै भए । रपनि बाहिर ल्याएर बुढालाई दिएर ढोका लगाई घाँस काट्न निस्किछ । यता बुढाले यस्तो चालढालकी केटीले मेरो छोरालाई त्यो बुद्धि दिएकी हैन भन्ने सोच्दै अर्को घरतिर लागेछन् ।

    संयोग एकैठाउँ, एकै परिवेशमा प्राय: कामकुरा समानै हुन्छन् । दोस्रो घर पस्ने तगारो खोल्दै घरतिर नजर लगाउँदा त्यहाँ पनि एउटा नानी डोको, नाम्लो बोकेर निस्कनै लागेकी रहिछे । बुढासँग चार आँखा हुने बित्तिकै डोको नाम्लो एकातिर थन्क्याएर आँगनमै अभिवादनसहित पिँडीमा गुन्द्री काम्लो ओच्छ्याएर ‘मैले त चिन्न सकिन, कसलाई खोज्नु भएको होला ? बिसाऊँ न ! बरू मोही, पानी के पिऊँ ?…’ भनेर औपचारिकता निर्वाह गरिछ । बुढाको मनमा चिसो पसिसक्यो, रपनि सम्हालिँदै पूर्ववत् ‘नानी ! म प्रदेशी हुँ । तीनचार दिनदेखि खान पाएको छैन । फेरि अरूले पकाएको नखाने-स्वयम्पाकी परेँ । मसँग अलिकति चामल छन् । यिनको खट्टे भुटिदिए ठूलो धर्म लाग्नेछ, बरू प्यास लागेकै छ, पानी नै पिऊँ होला…’ भनेछन् । केटीले भित्र जाँदाखेरि नै सुकेका झिँजा दाउरा लिएर गइछ र अगेनामा जोरजार पारिछ । आटिमा गएर दुई घान पुग्ने चामल ल्याएर नाङ्लोमा फिँजारी अम्खोरामा पानी ल्याएर टक्र्याइदिई । बुढाले उसका कामहरू आँखीझ्यालबाट नियाल्ने क्रम सुरु गरे । भण्डारबाट चामल ल्याएर नाङ्लोमा केलाई बाटामा हालेर पानी सित्याई । ताप्के, चलाउने, उतार्ने थालको जोहो मिलाएर आगो फुकी । यसै त सुकेका त्यसमा पनि अघिदेखि पुत्ताइरहेको झिँजा एकपटक फुक्दैमा हुरुरु बले । भुजा जस्ता खट्टे तयार पारेर बाहिर आई ‘हजुरलाई घिउ, चिनी चल्छ ?’ भनेर सोधनी गरी । बुढाको ‘थोत्थोरै चल्छ’ भन्ने उत्तरसँगै भित्र गएर ‘खट्टेमा घिउ, चिनी मोलेर; काठको पिर्का ओच्छ्याई कचौरामा मोही राखी खाने चाँजो मिलाएर अम्खोरामा पानी ल्याएर’ खाना खाने अनुरोध गरी । बुढाले केही थाहा नपाएजस्तै गरी ‘नानी चामल लगेकै छैनौ त !?’ भनेछन् । तब केटीले ‘हजुर जस्तो प्रदेशी, उसमाथि स्वयम्पाकी मान्छेलाई अन्यत्र चामल नहुने ठाउँमा खानुपर्दा हजुरसँग भएका चामल काम लागिहाल्छन् नि ! यहाँ हजुरले एकछाक खाएर हामीलाई कङ्गाली लाग्ने पनि हैन र नख्वाउँदैमा अमिर भइने पनि हैन । त्यसैले मैले त हाम्रै चामलका खट्टे भुटेँ त हजुर …!’ भनिछ । बुढाले यै केटीले हुनसक्छ हाम्रा केटालाई बुद्धि सापटी दिएको सोच्दै, हातपाउ धोएर खान गएछन् । घर भित्रको सजावटले बुढालाई यो घरमा को-को रहेछन् भन्ने जान्न मन लागेछ ।

    यता कान्छालाई अत्यास लागेछ । दाइहरूले तुरुन्तै लौरीहरू र खाजा लगेथे सोच्दै मेरा यस्तो के हो ? भनेर कान्छीसँग झर्केछ । तब कान्छीले ‘कथा त बुझ्नु भएको छ नि ! सुनाउँदै हिँड्न सक्नुहुन्छ ?’ भन्दा कान्छाले ‘सक्छु’ भनेछ । कान्छीले ‘बाटो अलि लामै छ नआत्तिनुहोस् न !’ भन्दा ‘लौ भन् त नि ! अनि के भयो?’ भनेर जिज्ञासु बनेछ, कान्छो । तब कान्छीले ‘बुढाले खाएर हातमुख चुठी पिँढीमा बसेर हात मुख पुच्दै ‘नानीको घरमा को, कति जना हुनुहुन्छ नि ?!’ भनेर सोधेछन् । केटीले पिँढीको अर्को छेउमा थर्की ओच्छ्याएर बस्दै ‘बुवा-आमा, दाइ-भाउजू र म गरी पाँच जना छौँ’ भनिछ । बुढाले ‘दाइ-भाउजू खै त ?’ भनेर सोध्दा ‘दाइ आँखा लिन र भाउजू रूप लिन जानु भएको हो, अझै आइपुग्नु भएन, के भएछ कुन्नी !’ भनेर आफ्नो चलाखी पाल्सीपारा प्रकट गरिछ । बुढो पनि उबेलाका जिम्मुवाल न ठहरे ! दाजू सल्लाको झरो लिन र भाउजू तोरी पेल्न गएका रहेछन् भन्ने बुझिहाले । ‘अनि बुवा-आमा पनि देखिनु भएन नि ?!’ भनेर सोधेछन् । केटीले पनि ‘बुवा मारिराख्न जानु भा’छ अनि आमा तिनैलाई बँचाइराख्न जानुभा’छ’ भनेर आफ्नो चतुर्‍याइँलाई निरन्तरता दिइछ । केटीको यो उत्तरले भने बुढालाई पनि सकस पारेछ र आउने कुरा सोधेमा फाल निस्केला कि सोचेर ‘आज आउनु हुन्छ कि नाइँ ?’ भनी जिज्ञासा राखेछन् । ‘खै ! आए आउनु हुन्न, नआए आउनु हुन्छ ।’ भन्ने उत्तर दिएपछि केटीको कुरा बुझ्न जिम्मुवाल बुढाले त्यो दिन त्यतै बिताएछन् । साँझ पानी नआएकाले खोलापारी बिउ काढेर रोप्ने काम गर्न गएका बाउ-आमा पनि आएका रहेछन् । जिम्मुवाल पनि त्यही घरमा गएछन् र भेटघाट भई चिनापर्ची गरी अन्तत: सम्धी-सम्धिनी बनेथे रे !’

    कान्छीले ‘लौ अब हजुर जानुहोस् । हजुरलाई देख्ने बित्तिकै बुवाले खै के ल्यायौ औषधि ? भन्नु हुनेछ । तब हजुर अघि-अघि यही कथा भन्दै हिँड्नु होला, कथा रसिलो भएकाले सबैजना सुन्दै-सुन्दै पछ्याउने छन् । कथा सकिँदा वर्तुनको भञ्ज्याङमा पुगिनेछ । अनि बुवालाई हजुरकी कान्छी बुहारीले पठाइदिएको बाटो काट्ने औषधि यही हो भनिदिनुहोला’ भनेर श्रीमानलाई पठाइदिइछ । त्यसपछि कथालाई पनि बाटो काट्ने अचुक औषधिका रूपमा स्वीकारिएको हो रे ! भनी सेयर गर्दैगर्दा हामी पनि ८:३० बजे सागा पुग्यौँ र फ्रेस भई खाना खाएर भोलिको प्रतिक्षामा आराम गरियो ।

    क्रमश: …
    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.