×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ५ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

कैलास-मानसरोवर यात्रा – ८ (दार्चेनबाट सागातिर १)

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    पूर्ण स्नान एवम् सयनयोग गरी बिहानी नास्ता गरियो । ८:५५ बजे कमल गुरु, दीपेन्द्रदाइ, सीता, दीपा, रजनीश, करुणा, लालु, मङ्गल, मोतिभाइको टोली कैलास पर्वतको परिक्रमा सकाएर आइपुग्यो । सबैले खुसिमनाउ गरियो । वहाँहरू फ्रेस भई नास्ता गर्नुभएपछि आ-आफ्ना झोला मिलाई सामूहिक तस्विर खिचेर १०:१५ बजे कैलास-मानसरोवरको यात्रा सम्पन्न गरी फिर्ता यात्रा आरम्भ गरियो । नजिकै पेट्रोलपम्पमा गाडीमा इन्धन राख्न रोकिँदा स्थानीय व्यहोराबारे जानकारी लियौँ । त्यता गाडीमा राखिने इन्धनको गुणस्तर ९२ निम्न र ९५ उच्च गरी निर्धारण गरिँदो रहेछ । ठूलो गाडी र सानो गाडीको लागि प्रतिलिटर मूल्य क्रमश: चारू. ७।५० र ८।०० (करिब नेरू.१५०।- र १६०।-) रहेछ । शिव पञ्चाक्षरी स्तोत्र पाठ गरी सबै सहभागीहरूबीच आ-आफ्नो अनुभव सेयर गर्‍यौँ । करिब सवाघण्टको हँकाइपछि मानसरोवरको परिक्रमा सुरु गरेको ठाउँ (होर गाउँ) मा पुग्यौँ र सबैले केही चिनो खरिद गरी १२:०५ बजे अघि बढ्यौँ ।

    सेयरिङको क्रममा दीपेन्द्रदाइले देरापुकमाथि गई रातीको ९:०० बजेसम्म ध्यान गर्दै चरणस्पर्श गर्दा असीम आनन्द महसुस भएको, पहिलो जवाइमा भन्दा दोस्रोपटक दीर्घसाथ जाँदा आधा सजिलो भएको जानकारीसँगै ध्यानमा तीनवटा नाग, शिव-पार्वती-कुमार दृष्टिगोचर भएको अनि डोल्मालाको उच्चस्थानमा पुग्दा केही असहज अनुभव भएको जनाउनु भयो । गणेश आचार्यजीले देरापुकमा अक्सिजन लेवल कम हुँदा राती जरो पनि आएको, कपाल दुखेको, पखाला पनि चलेकोले दार्चेन तर्फ फिर्ता हुनु परेकोमा नमज्जा लागेको व्यहोरा सेयर गर्नु भयो । दीर्घभाइले यात्रा निकै रमाइलो भएको, नवपरिचित स्वदेशी/विदेशी मित्रहरूबीच पारिवारिक सम्बन्ध स्थापना हुँदा यात्रा ज्यादै सहज र अविस्मरणीय यात्रा भएको व्यहोरा सेयर गर्दै सम्बन्धलाई निरन्तरता दिन ह्वाट्सएपमा समूह बनाउने सुझाव दिए ।

    भारतमा जन्मेर दाङमा हुर्की बढी हाल टोखा, काठमाडौँमा बस्ने सीता पौडेल यात्रालाई रमाइलो बनाउने फरासिली सहयात्री हुन् । सायद उनी सहभागी भएका जुनसुकै यात्राहरू पनि रमाइला हुनपर्छ । उनका अनुसार हालसम्मका यात्राहरू सबै यस्तै रमाइलो भएका र अहिलेसम्म रमाइलोसँग यो यात्रा अघि बढेको जनाउँदै चरणस्पर्श क्षेत्रमा ध्यानमा बस्दा ब्याग, पर्स, आफू तीनतिर हुँदै मजाले रोएको, हलुङ्गो महसुस भएको व्यहोरा सेयर गरिन् । ‘कैलाशैमा धुन बज्यो, कति मीठो घुन, यति मीठो धुन बजाउने उनै शिव हुन्’ भन्ने शिवस्तुती सुनाइन् । त्यस्तै अर्की सहयात्री मोरङ घर भई हाल टोखा-६, काठमाडौँमा बस्ने दीपा पौडेलले पनि यात्रा साह्रै रमाइलो भएको र शिवबाबाको शक्तिले कैलास पर्वत परिक्रमा सफल भएको व्यहोरा सेयर गर्दै सबैलाई धन्यवाद प्रकट गरिन् ।

    जन्मस्थान दिल्ली भएपनि १८ वर्षदेखि अस्ट्रेलिया बसोवास गरिआएका (रजनीश+करुणा) जोडी हाम्रो यात्राका अर्का आकर्षणका सहयात्री हुन् । ४ धाम, १२ ज्योतिर्लिंग गइसकेपछि कैलास आउने सोचमा कोभिडले डिस्टर्व गरेपछि वैष्णोदेवीसँग गएर इजाजत लिएको जनाउँदै यता आउने भएपछि ३ महिनासम्म योग, क्लाइम्बिङको अभ्यास गरी उचाइ र अक्सिजन मिलाउन अभ्यास गरेको परिणाम देरापुकमा अक्सिजन लेवल ६८ रहेको जनाए । करूणाले यात्रा बहुत रमाइलो भएको, सकारात्मक सोच र ऊर्जा बढाउने सहयात्रीहरूको प्रेरणाले पर्वत परिक्रमा गर्न सकिएको जनाउँदै बीचमा डमरूको आवाज सुनेका बताइन् ।

    मलेसियन युवतीहरूमध्ये एकजनाले उनकै भाषामा बोलेपनि एकजनाले पारिवारिक उत्साह, सपना पूरा भएको, नेपाली अनुहार नै करुणामयी लागेको, यमद्वारबाट स्वर्ग पसेको महसुस भएको, सेयर गर्नै असम्भव प्रकारको अद्भुत अवुभव भएको, कैलास परिक्रमा गर्न नसकेपनि ज्यादै प्रफुल्ल महसुस भएको, आफ्ना परिवार टाढा भएपनि हजुरहरू नै हाम्रा परिवार झैँ लागेको जनाउँदै अर्को वर्ष पनि आउने प्रतिज्ञासहित सबैलाई धन्यवाद प्रकट गरिन् ।

    शारदा शर्माले परिक्रमा गर्न नसकेकोमा दु:ख मान्दै, शारीरिक पीडाको कारण जोखिम ‘रिक्स’ लिन नचाहेको बताउनु हुँदै अन्तत: यमद्वारबाटै भएपनि कैलासको दर्शन गर्ने इच्छा शिवले पुर्‍याइदिनु भयो भनी सन्तुष्टि प्रकट गर्नुभयो । वहाँकी  बहिनी एवम् सरस्वती भाउजूले ३/४ वर्ष पहिलेको रहर, अमुक बिहे भोजको भेटघाटमा गरिएको कल्पना साकार भएकोमा संवेदनशील हुँदै प्रसन्नता प्रकट गर्नुभयो । कैलास पर्वत परिक्रमा गर्न नसकेकोलाई भगवानको यस्तै आदेश भनेर चित्त बुझाएको प्रसङ्ग पनि मिसाउनु भयो । अर्की शारदा उर्फ निर्मलाले आउने सोच दीर्घ, दीपेन्द्रदाइहरूसँगको कुराकानीबाट बनेकोलाई यतिसम्म भएपनि पूरा गर्न सकेकोमा खुसी व्यक्त गर्दै भगवानको ध्यानबाट द्विविधा दूर भएको, रुन मन लागेको, मङ्गल र चालक भाइले ठूलो सहयोग गर्नु भएपनि टिम्टुङ सकेण्ड टि हाउसबाट कैलासको पश्चिम मोहडाको दर्शन गरी अघि बढ्न असमर्थ भएकोमा क्षमा याचना गर्दै जीपबाट फिर्ता भएको जनाइन् । मेरो हकमा यो आलेख (तयार गर्ने सोच सुनाउँदै) नै समग्र समीक्षा ठानेको व्यहोरा यहिँ निवेदन गर्दछु ।

    समीक्षाको क्रम सकिएसँगै दीर्घभाइले ‘नवविवाहित बुहारी यथासमयमा उठेर घरकाज सम्पादन गरेको नपाएपछि सासुले एकदिन छोरा-बुहारी सुतेको कोठा बढार्न कुचो लिएर आफैँ गइछन् । त्यो देखेर छोरोले आफू अघि बढेपछि श्रीमती कार्याग्रसर होलिन् सोच्दै आमासँग ‘खै ल्याउनुहोस् कुचो ! म बढार्छु’ भनेछ । आमाले ‘छोड भो मैलै बढार्छु’ भन्दा आमा-छोराका बीचमा कुचो तानातान भएछ । तब बुहारी उठेर ‘यति सानो कुरामा पनि आमा-छोराले किन विवाद गरेको ? खुरुक्क एकदिन आमाले र एकदिन छोराले पालो गरी बढारे त भैहाल्यो नि ! भनिथि रे !’ भनेर प्रसङ्गलाई हस्यौली तर्फ मोडे । छोरो मूर्खै रहेछ भन्ने चर्चाले मूर्खको परिभाषाको सन्दर्भ उप्कियो र मैले जगन्नाथ गुरागाञीद्वारा रचित गुणरत्नमालाका श्लोकहरूको व्याख्या गर्दो भएँ ।

    बरू बालुवा पेलेर तेल निकाल्न सकिएला, चर्का घाम चुसेर बरू प्यास मेटिएला, संसार घुम्ने हो भने बरु मुसाको सिङ् भेटिएला तर प्राणै दिएपनि मूर्खलाई रिझाउन सकिँदैन रे ! वहाँकै श्लोक –
    बालूवा बरु तेल खूब बलले पेले कतै आउला ।
    चर्का घाम चुसी-चुसीकन बरु पीयास मेटीयला ।।
    मूसाको सिंग मीलला बरु कतै संसार घुम्ने गरे ।
    प्राणै देऊ परन्तु मूर्ख कहिल्यै रिझ्दैन केही गरे ।। सुनाएँ ।
    त्यसैगरी गोहीको मुखमा पसेर पनि कोही निस्कन सक्ला, पानी माथि-माथि दौडेर बरू सागर तर्न सकिएला, सर्पलाई जिस्काएर कसैले शिरमा राख्न सक्ला तर मूर्खको मनलाई सम्झाउन सकिँदैन रे ! वहाँकै भाकामा –
    गोहीको मुखमा पसीकन पनी सक्ला बरू निस्किन ।
    पानी माथि कुदेर सागर बरू सक्ला कोही पार हुन ।।
    जिस्याईकन सर्प राख्न शिरमा सक्ला बरू क्वै जन ।
    सक्ने छैन परन्तु मूर्ख नरको मन्लाई सम्झाउन ।।व्यहोरा सुनाएँ ।

    यस्तो किन भएको हो त नि ! भन्दा सृष्टिकर्ताले सृष्टि गर्दा औषधिका रूपमा आगाको लागि जल, घामको लागि छहारी, शीतको लागि छाता र लुगा, हात्तीका लागि अङ्कुशो, भैँसी-गधा-गोरूका लागि लौरो, गर्मीका लागि जल-वायु, विषको लागि मन्त्र, अँध्यारोका लागि बत्ती रचना गरेपनि मूर्खको औषधि सिर्जना गर्न बिर्सेको पो हो कि ? भन्दै निम्न श्लोकको रचना गर्नुभएको पाइन्छ –
    आगाको जल, घामको छहारी औ छाता लुगा शीतको ।
    तीखो अंकुश हात्तिको र लहुरो भैंसी गधा गोरुको ।।
    गर्मीको जल-वायु, मन्त्र विषको, बत्ती अँधीयारको ।

    सब्‌को औषधि दैवले रचिदियो, बिर्से छ कि मूर्खको ?? भन्ने व्यहोरा सेयरिङ् भए । बाटो काट्ने औषधि खाना खाएपछि सागा पुग्दासम्म सेयर गरौँला भन्ने सहमतिमा मैले अन्तरवार्ताको निम्न ठट्टा सेयर गरेँ ।

    स्नातकोत्तरसम्मको पढाइ मात्र हैन लोकसेवा आयोगको लिखित परीक्षा दिँदासम्म सधैँ एउटै प्रश्नपत्रको उत्तर दिएका एकजना विद्यार्थीको लोकसेवाको लिखित पास भई अन्तरवार्तामा सामेल हुने भएछन् । आज्जसो अन्तरवार्ता दिएका नजिकका साथिसँग गएर के-के सोध्यो ? भनेर जानकारी लिएछन् । साथीले पहिलो प्रश्न नेपालको एकीकरण कसले गरेको हो ? भनेर सोधे अनि मैले पृथ्वीनारायण शाहले भनेँ भनेछन् । तब उत्तरलाई हुबहु भन्दा नम्बर थोरै आउला सोचेर आफूले पहिलो प्रश्नको उत्तर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह भन्नुपर्ला सोचेछन् । साथीले दोस्रो प्रश्न नेपालको एकीकरण कहिले भएको हो ? भनेर सोधेका थिए, मैले १८३१ भनेँ भनेछन् । उनले फेरि थोरै परिमार्जन गरी आफूले विक्रम सम्बत् १८३१ भन्नुपर्ला सोचेछन् । तेस्रो प्रश्नका बारेमा जिज्ञासा राख्दा चन्द्रमामा मान्छे पुगे भन्छन् नि ! तपाइँलाई के लाग्छ ? भनेका थिए, मैले प्रमाणित भैसकेको छैन भनेँ भनेर साथीले भनेपछि त्यसलाई पनि अलिकति थपेर हल्ला त त्यस्तै छ तर प्रमाणित भैसकेको छैन भन्ने सोचेछन् । अनि घर आएर तिनोटै प्रश्नहरूको उत्तर क्रमश: श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह, विक्रम सम्बत् १८३१ र हल्ला त त्यस्तै छ तर प्रमाणित भैसकेको छैन लाई कण्ठाग्र बनाएछन् ।

    भोलिपल्ट अन्तरवार्ता दिन तोकिएको कोठामा पुग्दा कहिल्यै अन्तरवार्ता नदिएका निजले मन-मन तीनोटा उत्तर रूजु गर्दै गर्दा एक जना अन्तरवार्ताकारले ‘तपाइँको नाम के हो ?’ भनेर सोधेछन् । पहिलो प्रश्न सोधियो भन्ने सोचेर ‘ श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह’ भनेछन् । अर्को अन्तरवार्ताकारले तपाइँको जन्म कहिले भएको हो ? भनेर सोध्दा दोस्रो प्रश्नको उत्तर ‘विक्रम सम्बत् १८३१’ भन्ने दिएपछि तेस्रो अन्तरवार्ताकारले उत्तर दिएको शैली हेरेर ‘हैन तपाइँ बौलाउनु भएको त छैन ?’ भनेछन् तब निजले तेस्रो प्रश्नको उत्तर सम्झँदै ‘हल्ला त त्यस्तै छ तर प्रमाणित भैसकेको छैन’ भनेछन् रे ! भन्दा सबैमा हाँसो छायो । पुन: यो साबिकको ‘भर्सन’ हो यसैको आधुनिक ‘भर्सन’ सुन्ने हो ? भन्दा एकैस्वरमा ‘सुन्ने’ भन्नुभएपछि हालको अन्तरवार्ताको भर्सन यसरी सुनाएथेँ । १० वटा प्रश्न सोधेको व्यहोरा साथीबाट जानकारी पाएपछि सबै प्रश्नहरूको उत्तर एउटा चिटमा तयार पारेर भित्र लगाउने बन्दीको पछाडी बिटमा राखेर अन्तरवार्ता दिन गएछन् रे – लिखितमा पास भएका एकजना । अन्तरवार्ता कक्षमा प्रवेश गरेपछि एकजना अन्तरवार्ताकारले प्रश्न सोधेछन्, तब उनले हजुरहरू सबैले सोध्ने सबै प्रश्नहरू सोध्नुहोस्, अनि म एकैचोटि सबै प्रश्नहरूको उत्तर दिउँला भनेछन् । अनि सबैले प्रश्नहरू सोधिसकेपछि गर्धन कन्याएझैँ गरेर पछाडि बन्दीमा राखेको स्लीप निकालेछन् र खुसुक्क हेरेर ‘अमुल, ९० सेन्टिमिटर, १०० प्रतिशत कटन’ भन्ने उत्तर दिएछन् । कुरा के भएछ भने बिहान लुकाएको स्लीप तल खसेछ अनि बन्दीको स्टिकर हात परेछ र त्यही पढेर उत्तर सुनाएका रहेछन् । पुन: सबै हाँसियो ।

    हस्यौली माहोलमा फेरि एक जना गणित शिक्षकले कक्षामा विद्यार्थीहरूलाई एउटा माइक्रोबसलाई काठमाडौँबाट नारायणगढ पुग्न चार घण्टा लाग्छ, त्यस्तै एउटा बसलाई पोखराबाट काठमाडौँ पुग्न छ घण्टा लाग्छ भने लौ भन म कति वर्षको भएँ ? भनेर सोधेछन् रे ! तब एउटा विद्यार्थीले उठेर २० वर्ष भनेछ । अनि शिक्षकले कसरी जान्यौ ? भनेर सोध्दा विद्यार्थीले ‘हाम्रो गाउँमा एकजना काका पागल छन्, उनी अहिले ४० वर्षका भए त्यसैले भनेको भनेछ । किन त नि २० वर्ष भनेको ! भन्दा यस्तो प्रश्न सोध्ने सर अर्धपागल जस्तो लाग्यो र काकाको आधा उमेर भनेको भनेछ रे ! सबैलाई हाँसो लाग्यो । मैले पुन: अर्को ठट्टा सुनाएँ ।

    एकजना नौलो मान्छेले गोल्छे साहिँलाको घर कता हो ? भनेर एकजना पण्डितसँग सोधेछन् रे ! अनि पण्डितले यहाँबाट अगाडी जानु एउटा चौतारी आउँछ, त्यहाँबाट दुईटा बाटा छन्, तपाइँ दायाँतिरको बाटो लाग्नु, अनि दुइटा उस्तैउस्ता घरहरू देखिन्छन् । तपाइँ दायाँ घरमा जानु । घरमा दुइटा ढोका छन्, तपाइँ दायाँ ढोका खोलेर पस्नु, त्यहाँ दुइटा कोठा छन्, तपाइँ दायाँ कोठामा जानु, त्यहाँ दुइटा दराजहरू छन्, तपाइँले दायाँ दराज खोल्नु, त्यसको दोस्रो तलामा गीताको पुस्तक छ हो त्यही पुस्तक छोएर कसम खान्छु – गोल्छे साहिँलाको घर मलाई थाहा छैन । फेरि हाँसो गुञ्जियो । त्यतिञ्जेल हामीहरू जाँदाखेरि खाना खाएको ठाउँ – फन्सुङमा पुग्यौँ र खाना खाई नाचगानको रमाइलो गरी ३:२० बजे सागातर्फ अघि बढियो ।

    क्रमश: …
    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

     

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.