तिलक पाैडेल
जेठ ३० गते शुक्रबार खासै काम नहुँदा र आज्जसोको थकाइका कारण बिहान अलि ढिलासम्म सुतियो । उठेर सघनस्नान गरी फ्रेस भई नास्ता गर्यौँ । कोठामा आई हिजोसम्म बाटो छेउका सूचनापाटिका सङ्कलित व्यहोरालाई गुगलको सहयोगमा अनुवाद गरेँ । जसमा –
पानी तह गहिरो र खतरनाक छ । पानीमा नपस्नुहोस् । उल्लङ्घन गर्नेहरू परिणामको लागि स्वयं जिम्मेवार हुनेछन् । पानीमा खस्नबाट सावधान रहनुहोस्, पानीको गहिराइ खतरायुक्त हुँदा स्विमिंग अनुमति छैन ।
वातावरण संरक्षण गर्नु सबैको दायित्व हो
हामी बाँच्नको लागि निर्भर पृथ्वीको रक्षा गर्न र हाम्रो सुन्दर पारिस्थितिक मातृभूमि निर्माण गर्न सँगै काम गरौं । 
संयुक्त राष्ट्र सङ्घले स्वीडेनको राजधानी स्टकहोममा जुन ५ देखि १६, १९७२ सम्म मानव वातावरण सम्मेलन आयोजना गर्यो। यो मानव इतिहासमा विश्वव्यापी मानव वातावरण संरक्षणको अध्ययन गर्ने पहिलो सम्मेलन थियो। सम्मेलनमा ११३ देशका कुल १,३०० प्रतिनिधिहरूले भाग लिएका थिए। सम्मेलनले प्रसिद्ध “मानव वातावरण घोषणापत्र” र विश्वव्यापी वातावरण संरक्षणको लागि “कार्य योजना” बनायो, जसले विश्वव्यापी वातावरणप्रति मानव अधिकार र दायित्वका साझा सिद्धान्तहरू तोकेको थियो र विश्वभर गुन्जिएको वातावरण संरक्षण नारालाई अगाडि बढायो । सोही वर्षको अक्टोबरमा, २७ औं संयुक्त राष्ट्र सङ्घ महासभाले मानव वातावरण सम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको प्रस्ताव पारित गर्यो, जसमा प्रत्येक वर्षको जुन ५ लाई “विश्व वातावरण दिवस” भनेर तोकिएको थियो ताकि विश्वभरका मानिसहरूले यसलाई सधैंभरि मनाउन सकून् ।
ठूलो समस्या यो हो कि यसले मानव अस्तित्वलाई खतरामा पार्छ
• ग्लोबल वार्मिंग
• ओजोन तहको क्षय र विनाश
• जैविक विविधतामा कमी
• अम्लीय वर्षा
• वन जङ्गल कटौती • भूमिको मरुभूमिकरण
• वायु प्रदूषण
• जल प्रदूषण
• समुद्री प्रदूषण
• खतरनाक फोहोरको सीमापार आवागमन
वातावरण संरक्षण, म र मेरो जीवनको हरेक सानो भागबाट सुरु हुन्छ।
• पानी बचत गर्नुहोस् र जुनसुकै बेला धारा बन्द गर्नुहोस् ।
• बिजुली बचत गर्नुहोस् र बाहिर निस्कँदा बिजुली बन्द गर्नुहोस् ।
• बहुमूल्य कागजको लागि, पुनर्नवीकरण गरिएको कागज प्रयोग गर्नुहोस् ।
• सार्वजनिक यातायात छनौट गर्नुहोस् र काममा कम गाडी चलाउनुहोस् ।
• खानाको प्रत्येक दाना बचत गर्नुहोस् र पैसा बचत गर्नुहोस् ।
• जंगली संरक्षित जनावरहरूको मासु खान अस्वीकार गर्ने गर्नुहोस् ।
• ध्वनि प्रदूषण नगर्नुहोस् र शान्त वातावरण कायम राख्नुहोस् ।
• अत्यधिक प्याकेजिङ फुड अस्वीकार गर्नुहोस्, कम डिस्पोजेबल उत्पादनहरू प्रयोग गर्नुहोस् र पृथ्वीको स्रोतहरू बचत गर्नुहोस् ।

• नवीकरणीय स्रोतहरू बचत गर्न घरेलु फोहोरको वर्गीकरण गर्नुहोस् ।
• प्राङ्गारिक उपभोगको वकालत गर्नुहोस् र प्राङ्गारिक उत्पादनहरू खरिद गर्नुहोस् ।
• कपडाको झोला प्रयोग गर्नुहोस् र प्लास्टिकको झोला कम प्रयोग गर्ने प्रयास गर्नुहोस् ।
• याद गर्नुहोस्, प्रदूषणको प्रतिरोध गर्न घरमा फूल र बिरुवाहरू लगाउनुपर्छ ।
• ओजोन तहलाई जोगाउन फ्लोरिन-रहित उत्पादनहरू प्रयोग गर्नुहोस् ।
• नदी र तालहरू जोगाउन फस्फोरस-रहित लुगा धुने डिटर्जेन्ट छनौट गर्नुहोस् ।
• प्रदूषणरहित खाना किन्नुहोस् र पारिस्थितिक वातावरणको सुरक्षा गर्नुहोस् ।
• घरका सामानमा प्राङ्गारिक र प्राकृतिक सामग्री प्रयोग गर्नुहोस् ।
• सीमित स्रोतहरूको प्रयोग बढाउन पुराना चीजहरूलाई स्मार्ट तरिकाले प्रयोग गर्नुहोस् ।
• सेतो प्रदूषण कम गर्न आफ्नो पहिलो प्लेट आफैँ ल्याउनुहोस् ।
११ बजेतिर खाना खाई हामी ४ जना कुराकानी गरेर बसिरहेका थियौँ । एकाएक शारदा दिदीलाई ‘तपाइँले कोठा खाली गरिदिनु पर्यो’ भने । म रेसिप्सनमा गएर कुरा बुझ्न कोशिश गर्दा धावाजीलाई सम्पर्क गरेका रहेछन् । धावाले ‘होटेलवालाहरूले नै अर्को होटेलमा सारिदिन्छन् । आज हाम्रो त्यस होटेलको बुकिङ् सकियो’ भनिन् । प्रतिप्रश्न नगरी सबैजना आ-आफ्नो कोठातिर लाग्यौँ । हामी कोठामा पुग्दा त सामान तयार पार्ने समयसमेत नदिई ‘रुम ब्वाइ/गर्ल’ मिलेर सबै सामान ट्रलीमा राखेर बाहिर निकालिसकेका रहेछन् । गुगलको सहायताले कुरा गर्दा ‘सबै सामान पोका पारेर राखिदिएका छौँ, छुटेको भएमा खबर गर्नु, हेरेर ल्याइदिनेछौँ’ भन्ने सार थियो । भरखरकी केटीले सिन्का जस्ता चुरोट खाँदै थिइन् । कहाँ पाइन्छ ? भन्ने क्रममा फोटो खिचेँ । त्यसको भाव यस्तो थियो ।
हाम्रो कम्पनीबाट सुझावहरू
किशोरकिशोरीहरूलाई धूम्रपानबाट निरुत्साहित गर्ने; प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई धूम्रपान निषेध गरिएको छ; धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ ।
कृपया धूम्रपान नगर्ने ठाउँहरूमा धूम्रपान नगर्नुहोस् ।
अन्तत: सामानहरू पछि रुजु गर्ने गरी गाडीबाट १:०० बजे यो होटेल (शान्शुई अक्सिजन होटल, दार्चेन) मा आयौँ । भाषिक सञ्चारको असहजताको कारण पनि होला, करिब एकडेड घण्टा लबीमै बितायौँ । मैले ‘हिजो मोतिजीसँग कुरा हुँदा उषाको खुट्टा मर्केको जस्तो बुझेको थिएँ, आज यतै फर्कने हुन् कि रातभरमा ठीक भएर परिक्रमा नै गर्ने भइन् होला !?’ भन्ने प्रसङ्ग चल्दा ‘एउटा सीमकार्ड त लिनै पर्ने रहेछ, यहिँबाट सम्पर्क गर्न सकिन्थ्यो नि ! अहिले त कुइराको काग जस्तो भैयो । साथीहरू कता पुग्नुभए होला ? वहाँहरूलाई पनि हाम्रो यो हालत (आफ्ना सामानहरू आफैँले आफ्ना झोलामा राख्न समेत नदिई होटेल बदलिदिएको) बारे के थाहा हुनु ?’ जस्ता चर्चाहरू गरेर समय कटाइयो । जबकि यसरी कैलास परिक्रमा गर्न नसक्नेहरूले गाडीबाट ३०-४० किलोमिटर यात्रा गरी …. तीर्थ जाने गरिँदो रहेछ, तर हामीहरूको हकमा शारदा दिदीलाई ज्वरो आएको कारण र व्यहोरा सुस्पष्ट नहुँदा र यसरी होटेल चेञ्ज गर्नुपर्दा यत्तिकै दुईदिन व्यतीत गर्न बाध्य भयौँ । यतातिर सबै लिफ्टमा निम्नानुसारको सूचनाहरू राखेको पाइयो । मैले हामीकहाँ त्यति ख्याल गरेको रहेनछु । नराख्नेहरूले राख्दा राम्रो सचेतना हुने लागेर भावानुवाद संलग्न गरेँ ।
लिफ्ट प्रयोग गर्ने यात्रुहरूलाई जानकारी
• लिफ्टहरू सभ्य तरिकाले सञ्चालन गरिनुपर्छ र डिस्प्ले बटनहरू म्यानुअल रूपमा ट्याप गर्न वा इच्छा अनुसार अलार्म बटनहरू थिच्न कडा रूपमा निषेध गरिएको छ ।
• ओभरलोडिङ निषेध गरिएको छ । सिग्नल दिँदा, एस्केलेटरमा रहेका यात्रुहरूले तुरुन्तै एस्केलेटरबाट बाहिर निस्कनु पर्छ ।
• लिफ्ट चढ्दा बालबालिका, सीमित गतिशीलता भएका वृद्धवृद्धा र स्वीकृत वयस्कहरूले एक जना वयस्कको साथमा हुनुपर्छ ।
• कोठामा धुम्रपान गर्न, थुक्न र लेख्न निषेध गरिएको छ ।
• लामो समयसम्म चल्ने र चौडा ब्याट्री जस्ता खतरनाक वस्तुहरू प्रयोग गर्न कडाइका साथ निषेध गरिएको छ ।
• उपकरण अन हुँदा पावर अन वा अफ नगर्नुहोस् ।
• बिजुली अवरुद्ध भएमा, शान्त रहनुहोस् र मर्मतसम्भार कर्मचारीहरूलाई सूचित गर्न आन्तरिक वा आपतकालीन टेलिफोन प्रयोग गर्नुहोस् । दुर्घटनाबाट बच्न तपाईंले ढोका वा क्याबिनेटमा हातले हान्ने वा ढोका खोल्ने प्रयास जस्ता कार्यहरू गर्न सक्नुहुन्छ ।
• आगलागी भएको खण्डमा, बिजुली प्रयोग नगर्नुहोस् र आगो निभाउने यन्त्रबाट जानुहोस्।
• दुर्घटनाबाट बच्न बिजुली र मर्मतसम्भारका लागि २४ घण्टा सञ्चालन हुने लिफ्ट आपतकालीन मर्मत टेलिफोन नम्बर: १३३९८४५४२२८ मा सम्पर्क गर्नुहोस् ।
लिफ्ट चालकलाई कामको जिम्मेवारी –
हाम्रो मौलिक उद्देश्यमा दृढ रहनुहोस् र अगाडि बढ्नुहोस् । जतिसुकै गाह्रो किन नहोस्, जतिसुकै थकित किन नहोस्, ग्राहकहरूलाई पनि राम्रो व्यवहार गर्नुहोस्
अन्तत: रुममा चेकइन गरी चिया खायौँ । केही असजिलो भएकाले आराम गरी उठ्दा दीर्घका जोडी र मलेसियन महिला र आचार्यजी आज फर्कनु भएछ, ६:०० बजेतिर आइपुग्नु भयो । नास्ता गरी हामी र सरस्वती भाउजू करिब १ घण्टा घुम्यौँ ।
वास्तवमा नयाँ शहरी वस्तीको विकास भैरहेको दार्चेन शहर सगरमाथाको नाम्चे जस्तै लाग्यो । यहाँबाट देखिने कैलासको दृश्य आफैँमा रमणीय लाग्थ्यो । यहाँ बस्ने तीर्थयात्रीहरूको भीडले हामीलाई पनि होटेल परिवर्तन गर्न बाध्य पार्यो । घोडा चढेर कैलास परिक्रमा गर्दा चारु.३/४ हजार लाग्ने, घोडचढीले आफ्नो ‘ब्याकप्याक’ बोक्न नपाउने हुँदा त्यो बोकाएको चारु.११००।- लाग्ने हुँदा नेरु. करिब एकलाख लाग्ने भएपनि मूलत: विदेशीहरूले घोडा बुक गर्ने गर्दारहेछन् । हिजो घोडाको माग २०० थियो रे ! तर त्यहाँ उपलब्ध घोडाको सङ्ख्या केबल ८० मात्र भएको जानकारी होटेलका ‘रेसिप्सनिष्ट’ ले दिएथे । जेहोस्, हामीहरू केही सामान किनकान गरी होटेलमा फर्क्यौँ । खाना खाई फर्केको टोलीसँग व्यहोरा सेयरिङ् गरियो । कोठामा आएर बाबुनानीसँग सम्पर्क गरी दैनिकी अद्यावधिक गरेँ र भोलिको फिर्ता यात्राको प्रतिक्षामा निद्रादेवीको शरण परियो ।
क्रमश…
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#





















