×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कैलास-मानसरोवर यात्रा – ५ (दार्चेन-२)

  •  गोरखा समाचार
  • बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिकल पाैडेल

    बीचमा विपरीत दिशाबाट आइरहेको गाडीलाई वायाँ साइड छोड्दा राइट ड्राइभिङ गरिने त्यस ठाउँमा, गाडी मेरै छेउतिर आएकोले जोगिन यस्सो देब्रेखुट्टा फड्काउँदा पछाडिबाट भारी बोकेका चौँरीहरू दौडेर आएकाले तोकिएको भन्दा भिन्न स्थानमा अनायस टेक्न बाध्य हुँदा खुट्टामा दम्कोपर्न पुग्यो । हिँड्न पनि असहजता थपियो, भोलि हिँड्ने मनोभावनामा ठेस लाग्यो । केही अगाडि जाँदा सडकछेउमा अर्को सूचनापाटी देखापर्यो । जसको भाव निम्नानुसार रहेछ –

    ग्याङ्ग्रिनबोके रमणीय क्षेत्रमा पदयात्रा सम्बन्धी जानकारीहरू :

    १. निकुञ्जमा प्रवेश गर्ने सबै आगन्तुकहरूलाई रमणीय क्षेत्रले बनाएको पर्वत परिक्रमा मार्ग कडाईका साथ पालना गर्न अनुरोध गरिएको छ र रमणीय क्षेत्रका प्रतिबन्धित क्षेत्रहरूमा जान निषेध गरिएको छ । उदाहरणका लागि – तेह्र स्वर्ण शिवालय, वज्रयोगिनी गोप्य मार्ग र अन्य प्रतिबन्धित रमणीय क्षेत्रहरू ।

    २. पार्कमा प्रवेश गर्ने सबै आगन्तुकहरूलाई पर्वतको परिक्रमा गर्दा नजिकैबाट जंगली मार्मोटहरूलाई नखुवाउन सल्लाह दिइन्छ, ताकि प्लेग भएका जनावरहरूले टोक्न वा कोर्नबाट बच्न सकियोस् ।

    ३. दिउँसो ५:०० बजे पछि डोल्माला पास पार गर्न निषेध गरिएको छ, तर तपाईं झेरीपु मन्दिर नजिकै रात बिताउन सक्नुहुन्छ । झेरीपु मन्दिरबाट अचल ग्राउन्ड नेलसम्म, तपाईंले लगभग ५,६०० मिटरको उचाइमा डोल्माला पास पार गर्नुपर्छ । पास नजिकैको तापक्रम रातमा मूलतः ० डिग्रीभन्दा कम हुन्छ र सम्पूर्ण ११ किलोमिटरको लागि कुनै आपूर्ति बिन्दु हुँदैन । सडकको धेरैजसो भागमा कुनै सञ्चार सङ्केत छैन । तपाईं राती पासमा पुग्नुभयो भने उद्धार कार्य गर्न गाह्रो हुनेछ ।

    ४. तीर्थयात्राको समयमा पानी परेमा, तपाईंले तुरुन्तै रोकिनु पर्छ र नजिकको आपूर्ति बिन्दुमा चेक इन गर्नुपर्छ ।

    ५. परिक्रमा गर्दा तपाईंलाई अस्वस्थ महसुस भएमा, तपाईंले तुरुन्तै रोकिनुपर्छ र नजिकको आपूर्ति बिन्दुमा जाँच गर्नुपर्छ वा समयमै फर्कन प्राकृतिक क्षेत्रको सशुल्क सम्पर्क नम्बर ४००६६६६७१२ मा कल गर्नुपर्छ ।

    ६. कृपया पर्वतको परिक्रमा गर्न दुई दिन वा सोभन्दा बढी समय बिताउनुहोस् र एकै दिनमा पहाडको परिक्रमा नगर्नुहोस् ।

    ७. परिक्रमा गर्दा, रातमा हराउनबाट बच्न पर्यटकहरूले अँध्यारो हुनुभन्दा अगाडि नै बस्नको लागि राम्रो ठाउँ छनौट गर्नुपर्छ ।

    ८. पहाडको परिक्रमा गर्ने आगन्तुकहरूले ग्लुकोज, प्लेटियो एनाल्जेसिया, हातमा भएको अक्सिजन र उचाइको रोगबाट राहत पाउन अन्य औषधिहरू ल्याउनु पर्छ ।

    ९. परिक्रमा मार्ग लामो भएकोले, पर्यटकहरूलाई एक्लै पहाडको परिक्रमा गर्न अनुमति छैन । कृपया साथीसँग यात्रा गर्नुहोस् ।

    १०. परिक्रमा गर्दा कृपया नदी नजिकै खेल्ने, पौडी खेल्ने वा आँखा चिम्लेर नदी पार गर्ने नगर्नुहोस् । रमणीय क्षेत्रमा पानीको बहाव धेरै हुने भएकाले सुरक्षा दुर्घटना हुने सम्भावना बढी हुन्छ । कृपया यो कुरा मनमा राख्नुहोस् ।

    ११. पार्कमा प्रवेश गर्ने आगन्तुकहरूलाई आफ्नो टिकटमा रहेको “आगन्तुक निर्देशिका” ध्यानपूर्वक पढ्न अनुरोध गरिन्छ ।

    त्यसैको केही समयमा बाटोको तलतिर ठूला-ठूला जङ्गली मुसा (मार्मोट) देखिए । यात्रीहरूबाट केही खानेकुराको अपेक्षा गर्दा रहेछन्, अरूले जस्तै मैले पनि मकै टोक्दै हिँडेकाले मकै फालिदिएँ । हिजो मोतिजीले यात्राको संक्षेपीकरणका समयमा यिनै जीवको बारेमा रहेछ क्यारे ! बाटो भूल पर्यो भने पनि अघि-अघि लागेर पथप्रदर्शन पनि गर्ने गरेको अनुभव बताएथे । हुनपनि गणेशजीले आफ्ना पिताको वासस्थान ‘कैलास’ को परिक्रमामा अलमल पर्नेहरूलाई बाटो देखाइदिनु भनेर आफ्ना बाहन मानिने मुसाहरू खटाएका पो हुन् कि ? सँगै हिँडिरहेका सहयात्रीले तर्क गर्नुभयो ।

    अरू सहयात्रीहरूलाई भेटाउन नसक्दा मनमनले ‘हाम्रो कैलास-मानसरोवर यात्राका सहयात्रीहरू भनेको त मलेसियन महिला र मङ्गलभाइ मात्र ठहरे’ भन्न थाल्यो । निर्मलाको भोलि फर्कने टुङ्गो लागिरहेकोले श्रीमतीलाई एक्लै फिर्ता नगर भन्ने कैलासपतिको आदेश ठानेर बिस्तारै अघि बढेँ । करिब साढेचार बजे टाम्डिङ सेकेण्ड टि हाउसमा पुग्न सफल भएँ । धावा भुटीले हामीलाई नै पर्खेर बसेकी रहिछन् । ड्राइवर दोर्चेले बाटोमा मलाई निर्मलाको झोला बोकेको देखाउँदै ‘आमाको झोला’ भनेका थिए । उनले झोला पनि त्यहीँ छाडेका रहेछन् । आफ्नो शिथिलतालाई मध्यनजर गर्दै निर्मलाको हालत मनन गरी धावासँग आज यहीँ बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेँ ।

    मलाई होटेलभित्र लगी तातोपानी पिउने ब्यवस्था मिलाई उनी बाहिरिइन् । पानी पिउँदै गर्दा ‘आजै फर्कन पाए !’ भन्ने मन पल्हायो । व्यहोरा कैलासपतिले सुनेछन् कि धावा देवी बनेर भित्रिइन् र ‘तपाईँहरू कि आजै यहाँबाट दार्चेन फर्कने हो ? दारेपुक जान घोड़ा खोज्यो भनेपनि चारू ५००।- लाग्छ । फेरि, भोलि दारेपुकबाट फर्के पनि त्यति नै हो। अझ ८ बजेपछि गाडी खोज्यो भने त भाडा पनि चारू ८००।- लिन्छ’ भनिन् । मैले व्यहोरालाई स्वीकार गर्दै दार्चेनमा होटेलको बन्दोबस्त मिलाइदिन भनेँ । किनभने हिजो कार्यक्रमको संक्षेपीकरणका समयमा जसका लागि देरापुक (वास बस्ने ठाउँ) मा सुविधासम्पन्न नभएपनि होटेल बुक गरेपछि कोही बीचबाट फर्केमा फर्कँदा प्रयोग गरिने गाडीको भाडा चारु.५००।- आफैँले बेहोर्नुपर्ने अनि दार्चेनमा पनि होटेलको खर्च सोदिनको आफैँले बेहोर्नुपर्ने भनिएको थियो । रपनि दावा ‘दार्चेनमा आजको होटेल खर्च पनि हाम्रै कम्पनीले बेहोरिदिने भयो’ भन्दै भित्रइन्, तब आर्थिकपक्षमा पनि सन्तोष महसुस भयो । बाहिर पनि बिरबीर पानीले बादल फारिदिएकोले वातावरणीय स्वच्छताले प्रसन्नता दिलायो, कैलासको पश्चिमी मोहडालाई भूमिकामा पारी एक दुई तस्विर खिचेँ ।

    मनले फर्कने टुङ्गो लगाएपछि यमद्वारदेखि नै सँगै हिँड्न असमर्थ भएपनि त्यसैको परिणाम फिर्ता भयौँ भन्ने जानकारी नगराउँदा सहयात्रीहरूलाई कता के भयो भनेर खोज्दै फर्कनु पो पर्ला कि ! सोचेर धावाको फोनबाट मोतिभाइ लाई सम्पर्क गरेँ । यतिबेला केरुङ् पुग्दाकै दिन तीर्थयात्राका पूर्व परिचित हामी सात जनाको बीचमा एउटा मात्रै भएपनि सीमकार्ड लिऊँ भन्ने प्रस्ताव गरियो मात्रै, उही हिजोको कथा जस्तै भयो । सम्पर्कमा रहन नसक्दा प्रस्ताव मनमा खड्क्यो । यस मानेमा यो यात्रा संस्मरण पढेर आफ्नो यात्राको खाका तयार पार्नेहरूलाई एउटा सीमकार्ड पनि लिनुहोला र यात्रामा महाकविको प्रख्यात पात्र मदनको जस्तो हाल हुनसक्ला, पूर्व सल्लाह ठोसरूपमा गर्नुहोला । नत्र हामी जस्तै गाँठ पनि गुम्ने, दु:ख पनि पाउने, सहयात्रीको पदचाप पछ्याउन पनि नसक्ने होइएला भन्ने सुझाव पेश गर्नु युक्तिसङ्गतै देख्दछु ।

    सम्पर्क पनि भोतिभाइसँग मात्रै भयो, दीर्घजोडी र दीपेन्द्रदाइहरू अगाडि बढिसक्नु भएको रहेछ, तापनि साँझ देरापुकमा त जसै भेटिनुहुन्छ । तसर्थ हामी फर्किएको व्यहोरा दीपेन्द्र र दीर्घजोडीलाई भनिदिनु होला भनी खबर छाडेर चित्त बुझाउन विवस भएँ । परिणाम उनीहरूलाई पनि हिँड्दा हामीलाई जस्तै भएथ्यो रपनि अघि बढिरहेका हुन् कि ? टाम्डिङ सेकेण्ड टि हाउसमा हामीलाई कति समय पर्खँदा पनि हामीले भेटाउन सकेनछौँ ? कतै त्यतातिर हिँड्दा अक्सिजनको कमीले सकस हुने हुँदा बीचमा रोकिनै नहुनेमा हामी खाना खान रोकिएर गाह्रो भएको पो हो कि ? हुनपनि बाटो हिँड्दा गन्तव्यमा नपुगी बीच-बीचमा बिसाउने गर्ने हो भने बढी थकाइ महसुस हुँदो रहेछ, हामीलाई पनि खाना खान पौनेघण्टा रोकिएपछिको हिँडाइ पहिले जस्तो सुचारु भएनथ्यो । यस्तै अर्गलानर्गल तर्कना मनमा खेलाउँदै गर्दा डेड घण्टा बितेछ । निर्मला, मङ्गलहरू पनि आइपुगे, बहुत गलित लाग्दथे । निर्मलाले पनि त्यहीँ बसौँ कि ? भन्ने प्रस्ताव गर्दा मैले उल्लिखित व्यहोरा जनाएँ ।

    अन्तत: सबा छ बजे गाडी देरापुकबाट आयो । जोडीले नै कैलासको पश्चिम मोहडाको दर्शन गरी अघि बढ्न असमर्थ भएकोमा कैलासपतिसँग क्षमा याचना गर्दै तस्विर खिचेर अर्को टोलीका ४ जनासहित फिर्ता यात्रारम्भ गर्यौँ । करिब एकघण्टाको हँकाइपछि हामी होटेलमा पुगेर चेकइन गरियो । फ्रेस भएर शारदा, सरस्वती भाउजूहरूसँग फर्कनुका कथा सेयर गर्दै खाना खायौँ । वहाँहरूले पनि ‘भोलि त निर्मला जसै फर्कनेछिन् । बरु एउटै कोठामा बसौँला’ सोचेका थियौँ भन्नुभयो । व्यहोरा छोराछोरीलाई पनि सेयर गरियो । सरस्वती भाउजूले सुझाए बमोजिम खुट्टालाई नुनपानीले सेकी तेलले मालिस गरेर आराम गरियो ।

    क्रमश…
    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.