×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

साउने सग्राँती यसरी मनाइन्थ्यो

  •  गोरखा समाचार
  • शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    असारको धान रोपाइँ सकाएर साउने सग्राँती मनाउन पाउनुले त्यसवर्ष समयमै बर्साउ भएको भन्ने प्रमाणित हुन्थ्यो रे ! यसैदिनबाट सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन आरम्भ हुन्छ । देवताको उत्तरायनमा दिन र दक्षिणायनमा रात हुन्छ भन्ने शास्त्रीय मान्यता रहेकोछ । हाम्रा महत्त्वपूर्ण चाडहरू – नागपञ्चमी, रक्षाबन्धन, हरितालिका, दसैँ, तिहार आदि दक्षिणायनमा पर्दछन् भने विवाह व्रतबन्ध आदि कार्यको लागि उत्तरायण राम्रो मानिने गरेको देखिन्छ ।

    वास्तवमा साउन महिनालाई भगवान शिवको महिना मानिन्छ । यस महिनाका प्रत्येक सोमबार अविवाहित नारीहरूले राम्रो वर पाइयोस् भनेर र विवाहिता नारीहरूले परिवारमा सुख, शान्ति, आरोग्य प्राप्त हवोस् भनी व्रत बसेर शिवको आराधना गर्ने चलन छ । शास्त्रीय मत अनुसार यसै महिनामा समुद्र मन्थन भएको थियो । जीव रक्षार्थ भगवान् शिवले समुद्र मन्थनबाट निस्केको विषको सेवन गरेर कैलास पर्वतमा गएर रहनुभएको थियो । विष सेवन गरेर घाँटीमै रोकेका कारण निलकण्ठ भएका भगवान् शिव रसुवा जिल्लास्थित गोसाँईकुण्डमा गएर आराम गरी विषको प्रभाव कम गर्नुभएको थियो ।

    विषको कडा प्रभावमा रहनुभएका शिवलाई यस महिनामा व्रत बसी शिवलिङ्गमा जल तथा पुष्प चढाएमा उहाँ प्रसन्न हुने मान्यता रहेकोछ । विशेष गरेर यस महिनाको प्रत्येक सोमबार महिलाहरूले हरियो चुरा, पोते, लुगा र हात अनि गोडामा मेहन्दी (साविकमा तिउरी लगाउने चलन थियो) लगाएर शिव मन्दिरहरूमा जल, पुष्पादि अर्पण गर्ने हुनाले यसलाई हरियो महिना पनि भन्ने गरिन्छ ।

    साउनको १ गते अर्थात् साउने सग्राँतीका साँझ बुवाले कण्डारक नाम गरेका राक्षसको पूजासहित सङ्क्रान्तिको पूजा सकाएपछि दक्षिण दिशातिर फर्केर लुतो लैजा, लुतो लैजा सतमकोटे, भीर्कोटे उईई … ! भनेर कराउँदै बल्दै गरेको अगुल्टोलाई घुइँक्याउनु हुन्थ्यो । हामीले रमाइलो मानेर ताली मार्थ्यौं, औँला मुखभित्र हालेर सुसेल्न जान्नेले सिठी मार्थ्यौं । यै समयको आहारिसले हामीलाई सुसेल्न सिक्ने लोभ जगाउँथ्यो । त्यसैगरी पूर्वतिर फर्केर लुतो लैजा, लुतो लैजा सतमगाम्ले, मडुवाली उईई … ! भन्नुहुन्थ्यो भने उत्तरतिर फर्केर लुतो लैजा, लुतो लैजा बाँगे, बाङ्सिङ्, सेपते उईई … ! भन्दै अगुल्टा हुर्‍याउनु हुन्थ्यो । पश्चिमतिर फर्केर लुतो लैजा, लुतो लैजा कार्किनेटे, थुमाले उईई … ! भनेर अगुल्टा फाल्नु हुन्थ्यो । सबै वरिपरिका गाउँघरहरूले पनि यही रीतले राँका फाल्ने हुँदा यो सग्राँतीलाई ‘राँके सग्राँती’ पनि भन्ने गरिन्छ । सबैका आँगनमा एउटै समयमा आगो बालिने हुँदा बिजुलीबत्तीको व्यवस्था नभएको तिनताका पनि जताकतै झलमल्ल उज्यालो भए झैं लाग्दथ्यो ।

    अचेल त बिजुली बत्तीका कारण बलेका अगुल्टा निकालेर वातावरण उजिल्याउने जरुरतै छैन । गाउँघरमा प्राय: घरहरू खाली हुन थाले । अधिकांश घरहरूबाट विदेशिएका छोरा-छोरी, पति-पत्नीसँग सचित्र सम्पर्क हेतु घरैपिच्छे ‘इन्टरनेट’को सुविधा जडिएकोछ । बालबालिकाहरू सानैदेखि मोवाइल हेरेर खाना खाने बानी परिसकेका हुँदा मोवाइलमै यस्ता पर्वहरूको ‘भिजुअल’ हेरेरै आश्चर्यता प्रकट गरिरहेका हुन्छन् । परिणाम हाम्रा परम्परागत एवम् संस्कारी धरोहरहरूले विस्मृतिको घुम्टो ओढ्न बाध्य भएकाछन्/पारिएकाछन् ।

    वास्तवमा असार मसान्तको भोलिपल्ट अथवा भनौँ साउनको पहोलो दिन झुल्केपछि हामी स्कूलबाट कतिखेर घर गई लुतो फाल्ने सामान जुटाउन पाउँला भन्ने व्यहोराले मन व्याकुल गराउँथ्यो । धेरैजसो हामीहरू त्यसदिन अन्तिमतिरका पिरियड नपढी भागेरै हिँड्ने भएकाले सरहरूको निगरानी पनि सदाभन्दा कम्ती हुन्थ्यो । कदाचित् सरले देखिहाले पनि ‘लुतो फाल्न भाग्यौ कि क्या हो ?’ भनेर हास्नु हुन्थ्यो । सायद कक्षा खाली भए आफूले पनि पढाउन नपर्ने हुँदा सरहरूलाई पनि रमाइलै हुँदोरहेछ क्यारे ! यो व्यहोरा, पछि आफैँ शिक्षक हुँदा स्वानुभव बन्यो ।

    कुनैपनि तरिकाले स्कूलबाट घर आउँदै गर्दा बाटैमा सिहेको भीरबाट अम्लिसो जम्मा गर्थ्यौं भने बान्ना-पर्खालका चरहरूबाट मकरकाँजी, प्याउली जस्ता चीजहरू सम्हाल्दै आइन्थ्यो । त्यो दिन अर्नी/खाजा खाने भोक पनि लाग्दैनथ्यो । घर पुगेर आफूले ल्याएका चीजहरू आमालाई देखाउँदा ‘स्यावास ! मेरो छोराले यति ल्याएछ, अब साथीहरूसँग जाऊ र अरू पनि खोजेर ल्याऊ है ! फेरि भीरमा चढ्दा लोटौला नि ! होश गर्नु है ! फेरि भलायो उर्छन्च नि ख्याल गरे है …’ भन्नुहुन्थ्यो । आमाको यो प्रसन्नाभिव्यक्तिले झोला पिँढीमै फालेर साथीहरूबिच को पहिला भेला हुने ? भन्ने होडै चल्दथ्यो ।
    लुतो नफालेसम्म निउवा, आरु, मेवा जस्ता नयाँ फल खान हुँदैन भन्ने मान्यताले समाजलाई नै अनुशासनको एउटा सीमामा अनुबन्धित गराएको थियो । हरिया मकै पनि खानहुने भएपछि बुवाले तीनवटा बुटा जरैसित उखेलेर ल्याई नागको थानमा ‘लौ सिमे-भूमे, जल-थल, आकाश-पातालका जाने-नजानेका देवी-देउताले चाख्नु होला, अब नयाँ अन्न हामीले पनि खान सुरु गर्‍यौँ, यसले सबैलाई स्वस्थ, हृष्टपुष्ट रहन मद्दत पुर्‍यावोस्, कसैलाई कुनै रोग व्याधि नलागोस् परमेश्वर …’ भन्दै नाग-नगिनी-भयँरका नाउँमा चढाएपछि मात्र सबैले खानपाइने प्रचलन थियो ।

    जेहोस्, साथीहरू जम्मा भई अरलीको काँढा लिन सपौंदेको पाखामा जान्थ्यौँ । नामै काँढा ! जतनसँग लिएर घर आउन पनि सकस हुन्थ्यो । अनि रातो बाटुल्पाते लिन खेतारका पछाडि बौलाहीका गरातिर जान्थ्यौँ भने कुकुरढाइनु खोज्न खाल्टीको पाखामा जान्थ्यौँ । तरुल, गीठाका जस्ता पातहुने कुकुरढाइनु चिनेका साथीले सबैलाई एकुन्टा पात टिपेर ल्याउँथे । लुतेझार, कुरिलो, कुरकुरे, काली निउरो, धोविनी फूल, भलायो, पानी अमला खोज्न चौतारेको खरबारी, छहराको भीरतिर जान्थ्यौँ । फर्कंदा लेतेको खोल्सामा पानीसरोका पात जम्मा गरेर घर आउँथ्यौँ । त्यतिबेलासम्ममा बुवाले तुलसीको मठ वरिपरिको रोल सफा गरी ठूलो केराको पात ल्याएर अघि मैले जम्मा पारेका चीजहरू त्यसैमा राखिसक्नु भएको हुन्थ्यो । काँढैसितका निउवा, सुन्तला, हाँगैसितका आरु, सिउँडीका काँढा, बाँसका पात पनि बुवाले जम्मा पारी सक्नु भएको हुन्थ्यो । मलाई मुहानेगराबाट दुईटा रोपो उखेलेर ल्याउन अह्राउँदा मनै फुरुङ्ग हुन्थ्यो । चङ्गाजस्तै हलुङ्गो तनमन ! एकैसासमा गएर ल्याउँथेँ पनि । त्यसपछि भने मलाई चाँडै साँझ परे हुन्थ्यो जस्तो लाग्दथ्यो । बुवाले चारदिशातिर फाल्ने अगुल्टा तयार पार्न दाउरा चिरेर आमालाई अगेनामा सल्काउन लगाउँदा र घाम बाङ्सिङका डाँडामा पुग्दा मनै आल्हादित भएर आउँथ्यो ।

    बुवाले भैँसी दुहेर हातखुट्टा धोइसक्दा आमाले फूल अक्षता तयार पारिसक्नु हुन्थ्यो । साँझ टलेर अँध्यारो भएपछि बुवाले बलिरहेका अगुल्टा लिएर अघि-अघि, पछि-पछि नाङ्लो ठटाउँदै आमा र हामीहरू कराउँदै र सुसेल्दै आँगनमा निस्कन्थ्यौँ । बुवाले बलेका अगुल्टाहरू मिलाएर राखी सर्सिउँ पड्काउनु हुन्थ्यो । वारिपारिका गाउँघरहरूमा पनि कराउँदै, हाइहुई गर्दै बलेका अगुल्टा बाहिर ल्याउँदा वरिपरिको वातावरणै सारै रमाइलो हुन्थ्यो । बुवाले केराका पातमा दिउँसो जम्मा पारिएका चीजहरूमा फूल अक्षताले के-के गुनगुनाउँदै कण्डारकको पूजा गर्नुहुन्थ्यो ।

    पूजा सकिएपछि पहिलो अनुच्छेद बमोजिम अगुल्टासँगै लुतो फालिन्थ्यो । साना अगुल्टा फाल्न इजाजत माग्दा बुवाको स्वीकारोक्तिले मनै प्रफुल्ल हुन्थ्यो र जानीनजानी ‘लुतो लैजा, लुतो लैजा …’ भन्दै कतैतिर मैले पनि अगुल्टा मिल्क्याउँथेँ । यो क्रम सकिएपछि बुवाले टीका लगाई पाकेका आँपको प्रसाद/नैवेद्य दिनुहुँदै ‘माघे सग्राँती भनेको चैत, बैशाख महिनाको गर्मीका कारणले कुनैपनि सरुवा रोगको महामारी फैलने सम्भावना हुने हुनाले “मरिन्छ कि ?” भनेर मनाइन्छ भने साउने सग्राँती भनेको महामारी फैलिने सम्भावना भएका महिनाहरूमा पनि मरिएन भनेपछि “अब बाँचियो !” भनेर मनाउने गरिन्छ । फेरि, बर्खामासको हिलोमा काम गर्दा कतै घाउ लागेको, त्यही फोहोरका कारण केटाकेटीहरूमा खटिरा निस्किएको सञ्च होस् भनेर मनोवैज्ञानिक त्राण स्वरूप यो सग्राँतीलाई लुतो फाल्ने सग्राँतीका रूपमा पनि मनाइने गरिएको हो’ भनी हामीलाई बुझाइदिनुहुन्थ्यो । यसरी मनाइन्थ्यो – साउने सग्राँती !

    …सके सपारौं, नसके नबिगारौं…
    #हामीसबैकोकल्याणहवोस्#
    २०८२ असार ३२ गते बुधबार,
    कीर्तिपुर-२, अमृतनगर, काठ्माडौं ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.