×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ५ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

कैलास-मानसरोवर यात्रा-४ (मानसरोवरदेखि दार्चेनसम्म)

  •  गोरखा समाचार
  • सोमबार, असार २३, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    २८ बुधबार बिहान झण्डैको खुला शौचालय प्रयोग गरी सयन योग सम्पादन गरेँ । मानसरोवरमा डुबुल्की मार्न नपाइने रहेछ । मङ्गलभाइको टिमले ड्रममा सरोवरको पानी ल्याएर तताएपछि टेन्टहाउसभित्र सबैले संक्षिप्त स्नान गरियो । सहयात्री कमल नयनाचार्य गुरुको सहजीकरणमा गणेश आचार्य (भैरहवा), दीपेन्द्र, दीर्घ र मैले पितृहरूलाई तर्पण र तीर्थ श्राद्ध गर्‍यौँ र पिण्ड सेलाउन मानसरोवर तीरमा गयौँ । फर्कँदा सरोवरतटबाट कैलासको प्रतिमा स्वरूप एकुन्टा शीलाहरू लियौँ । अरूहरू अघि बढेर लक्षदीपका ज्योतिहरू तेलमा भिजाई गुरुबाट नारायणको पूजा अर्चना गर्दै हुनुहुँदोरहेछ । मैले सरोवरको तटतिर नित्य बिहानी कर्मस्तुति गर्न लागेँ । सायद प्राणवायुको कमीले होला, संक्षिप्त असहज महसुस भयो। जेहोस्, म होटेलमा आउँदा पूजा सकाएर लक्षदीप प्रज्ज्वलनको तयारी भैरहेको थियो । असजिलो भएको खाली पेट भएर पो हो कि ठानेर दीर्घले र मैले प्रात:कालीन भोजन गर्‍यौँ ।

    त्यतातिर मूलत: पूर्णिमाको दिन लाखबत्ती बाल्दा जीवाणु, सुक्ष्म वनस्पतिहरू मर्ने हुँदा यो कामलाई सहजै स्वीकार गरिँदो रहेनछ । त्यसकारण छिटो-छिटो बालेर संक्षिप्तमा कार्य सकाउने काम भयो । आज्जसै बत्ती भिजाउने तेल नआउनाले पनि आफैँमा काममा हतारो भयो । रपनि कार्य सकाएर टीका प्रसाद ग्रहण गरी सबैले भोजन गरियो । अन्तत: झोलाहरू मिलाई करिब १:४५ बजेतिर हामी दार्चेन तर्फको यात्रारम्भ गर्‍यौँ । एकघण्टाको हँकाईपछि कैलासको सुरम्य दृष्टिगोचर हुने स्थानमा ओर्ली सामूहिक फोटो खिच्यौँ । त्यहाँबाट गाईको बाच्छो (नन्दी) वा भेडीको टाउकोको तेर्सो आधा भाग जस्तो देखिँदो रहेछ – कैलास पर्वत, सबैले हर-हर महादेव भन्दै नमन टक्र्यायौँ – कैलासपतिलाई ।

    वासमा बसेपछि भोलिको हिँडाइलाई मध्यनजर गरी कालिकोटेको वास्तविकतालाई मनाङ-यात्रामा तीनदशक पहिले लागू गरिएको प्रसङ्ग कोट्याएँ । जसानुसार, वीरेन्द्रनगर नामाकरण भएपछि सुर्खेतमा सडकहरूको निर्माण सुरु हुँदा कालीकोटबाट हटारू (हाट आउने व्यक्ति) हरू माथि लादेमा बिसाइमार्दा तल टिपरहरू यताउता गरेको दृश्य देखेर आपसमा कुरा गरेछन् ‘दे हेड्प ! सल्कै घर हँड्डो भ’ह प !’ स्हई भन्याउ धेउ … (हेर त सिङ्गै घर हिँड्दो रहेछ त ! ठीक भन्यौँ हई) । अर्को वर्ष तिनीहरू आएर त्यही ठाउँबाट हेर्दा स-साना जीपहरू पनि हिँडेको देखेपछि ‘दे पोरको बड्डो त छोट्टे गरिलिएह, देखेनै ? अँझ छोट्टे भौति दगुड्डो भ’ह प’ (लौ पोहोरको बुढाले त छोरो पाएछ, देखिनस् । छोरो झन् धेरै दौडँदो रहेछ त) । सुर्खेतमै ओर्लेपछि बावियाचौरतिरबाट वस आएछ । तिनीहरूलाई त घरभरि मान्छे भरिएर हिँडेझैँ लागेछ ।

    अनि चौकीमा रोकिएका बेला सोधनी गरेर सडकको छेउमा उभिएर हात ठड्याएमा वस रोकिने जानकारी लिएछन् । कालीकोट फर्केपछि छिमेकीहरूबीचमा यी नौला व्यहोराहरू सेयर गर्दा सबैले रमाइलो मानेछन् । अर्को वर्ष नयाँ मान्छे पनि हाट आएछ । नभन्दै वसभरि मान्छेहरू बोकेर घरै हिँडेको जस्तो लागेछ । अनि रोक्न मन लागेर साथीले भनेको सम्झँदै सडक छेउमा उभिएर हात ठड्याएछ । ड्राइभरले वस रोकेर उसलाई चढ्ने इसारा गरेछ । तब उसले ‘मु चढ्ने नाईँ ! रोकिँदो कि नाईँ भनीकन विचार गड्याहुँ’ (म चढ्ने हैन, रोकिँदो रहेछ कि रहेनछ भनेर विचार गरेको हुँ) भनेछ । ड्राइभरले ‘कस्तो पागल रहेछ ?’ भन्दा ‘के भनिगडे ? मुकन पागल भन्या, अँझ हात स्हिधा गडुँला कि तु बाइजान अठबाइजाला, मुईले र्‍वाइन के अब ? (के भनिस् रे ! मलाई बौलाहा भन्ने, अझ हात ठड्याइराखुला र तँ जान नपाउलास् ! अब त थाहा पाइहालेँ नि) भनेथ्यो रे !

    यही व्यहोरालाई २०५१ साल तिर पाँचजना साथीहरू मनाङ-यात्रामा जाँदा एकजना भरखर टाइफाइडबाट छुटकारा पाएका साथी थिए । उनी छिटो हिँड्न नसक्ने भएकाले सर्वसम्मतिले उनलाई त्यस यात्राको अध्यक्ष चयन गरेथ्यौँ र उनलाई कुनै साथी धेरै अघी पुगेमा बोलाएर हात ठड्याएपछि अगाडि पुगेको साथी जहाँको त्यहीँ रोकिनुपर्ने व्यवस्था मिलाई सबै सँगसँगै हिँडिएको थियो । तसर्थ, यो हाम्रो यात्रामा पनि त्यही व्यहोरा लागू गर्ने प्रस्ताव सुनाउने चेष्टा गरेपनि कैलासको फेदी ‘बेसक्याम्प-आधार शिविर’ मा पुग्नै लागेका हामीहरूमा छल्किएको कौतुहलताले यो व्यहोरा मात्र नभै कैलास परिक्रमा गर्न नसक्नेहरू तीर्थपुरीधाममा आफ्नै खर्च चारु.५००।- मा जानसकिने बरेमा धावा भुटिले दिएको जानकारी तर्फ पनि ध्यानाकर्षण गर्न सकिएनछ ।

    जेहोस् सवा तीनबजे तिर दार्चेनमा पुगी हुइयो ओकेडे होटेलमा चेकइन गरियो । होटेलमा शौचालयको आसन पनि तातो हुनेसम्मको व्यवस्था मिलाइएकोले नि:सन्देह स्तरीय होटेल लाग्दथ्यो । फ्रेस भएर सहर घुम्न निस्कियो । दीर्घ र हाम्रो जोडी केही समय चक्कर लगाई चिनिया राष्ट्रपतिको तस्विर राखिएको चोकमा पुगी तस्विर खिचेर होटेल फर्क्यौँ । कैलास दर्शन र परिक्रमा गर्ने तीर्थयात्रीहरूको मागलाई सम्बोधन गर्ने हिसाबले सहर विस्तार हुँदै गरेको महसुस गर्‍यौँ । होटेलमा नास्ता तयार रहेछ र खाई पथप्रदर्शकहरूबाट भोलिको कार्यक्रमबारे जानकारी दिने काम भयो ।

    सो क्रममा भोलि यमद्वारसम्म वसबाट जाने र त्यहाँबाट करिब १२ किलोमीटरको पैदल यात्रा गर्नुपर्ने, जसका लागि देरापुक (वास बस्ने ठाउँ) मा सुविधासम्पन्न नभएपनि होटेल बुक गर्नुपर्ने, उता होटेल बुक गरेपछि कोही बीचबाट फर्केमा फर्कँदा प्रयोग गरिने गाडीको भाडा चारु.५००।– आफैँले बेहोर्नुपर्ने अनि दार्चेनमा पनि होटेलको खर्च सोदिनको आफैँले बेहोर्नुपर्ने, आफूलाई चाहिने न्यानो कपडाहरू र चक्लेटादि वस्तुहरू राखेर झोला ‘ब्याकप्याक’ तयार पार्नुपर्ने, घोडाबाट परिक्रमा गर्ने हो भने अग्रिम जानकारी गराउनु पर्ने र घोडाको जम्मा चारु.४,०००।– लाग्ने, घोडचढीले आफ्नो झोला बोक्न नपाइने हुँदा अर्को व्यक्तिलाई बोकाउनु पर्ने र उसलाई जम्मा १,१००।– दिनु पर्ने, अक्सिजनको लेबल ६० भन्दा कम भएमा जान नसकिने जस्ता प्रसङ्गहरू अवगत गराइयो ।

    केही समयपछि सायमकालीन भोजन गरियो । सरस्वती भाउजू र शारदा दिदीले भोलि यमद्वारबाटै फर्कने जनाउनु भयो । वहाँहरूका लागि खाना तयार पारिदिने एकजना त्यहीँ रहने र अरू तीर्थयात्री र पथप्रदर्शक गरी हाम्रो समूहका १८ जना कैलास परिक्रमाको पदयात्रामा सरिक हुने सोच बन्यो । सबैको अक्सिजन लेबल परीक्षण गर्दा सबैको सामान्यै देखियो । बिदाबादी भई आ-आफ्ना कोठामा गई झोला तयार पारी हामीले बाबु नानीहरूसँग सम्पर्क गरी त्यहाँसम्मका तस्विरहरू सेयर गरी आराम गरियो ।
    क्रमश…
    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    सोमबार, असार २३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.