×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ९ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कैलास-मानसरोवर यात्रा-२ (केरुङ्देखि सागासम्म)

  •  गोरखा समाचार
  • सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    २६ सोमबार {अबको समय चाइनिज (नेपाली+२ घण्टा १५ मिनेट)} बिहान सनातनी प्रभातकालीन नित्यकर्म सम्पादन गरी बिहानी नास्तामा सहभागी भयौँ । हामिसँगै बन्दोबस्तीका सामानहरू र भान्सेहरू समेत सम्मिलित भएकाले बनेका परिकारहरू ताजा, सफा थिए । नास्तापछि दीपा, सीतासाथ हिमाली पृष्ठभूमिमा तस्विर खिच्दै रमाइयो । सहर घुम्मे क्रममा दीर्घ जोडीसहित बाटोमा पानी पिउन कप र कैलासको परिक्रमाका लागि जुत्ता किन्यौँ; तुलनात्मक रूपमा काठमाडौँभन्दा सस्तो पनि लाग्यो । तर दीपाले किनेको थर्मसमा भने १२ घण्टा पनि तातो रहेन, नमज्जा लाग्यो । जेहोस्, कोठामा फर्की झोलाहरू मिलाई खाना खायौँ र स्थानीय समय अनुसार १०:४५ बजे मानसरोवरको लागि यात्रारम्भ गर्‍यौँ ।

    स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीसरले शारदा/निर्मलाका बुवा-आमाको सम्झनामा हाम्री छोरी रश्मी/सुषमाको शुभविवाहको अवसरमा खडा गरिएको टेक-बसुन्धरा स्मृति छात्रवृत्ति अक्षयकोषको संस्थापकका हैसियतले हाम्रो जोडीलाई उपस्तितिका लागि निमन्त्रणा म्यासेन्जरमा पठाउनु भएको रहेछ । हार्दिक आभारको प्रतिउत्तरसँगै पोखरा प्रेम पौडेल साढुभाइलाई निमन्त्रणा फर्वार्ड गरी सहभागिताको समुचित व्यवस्था गर्न दुराभाषमा कुरा गरेँ । छोरीसँग समेत सम्पर्क गरी कमल गुरूबाट शिवभजन लगाई रमाउँदै हाम्रो यात्रा अघि बढ्यो । धावाले ठीक्सो = ठीक छ/ ओके भनेर सिकाइन् ।

    ११:१५ बजे खेल्रप नाम गरेको झरनामा पुग्यौँ । वास्तवमा झरना मनमोहक रहेछ । सबै ओर्लेर तस्विर खिची रमाइलोसँग आधा घण्टा बितायौँ र अघि बढियो । करिब एक घण्टाको यात्रापछि झोङ्गा सहरमा पुगियो । सो सहरको सडक बत्तीहरू कलात्मक लागे । हाम्रो काठमाडौँतिर पनि यस्तै प्रयोग गरे हुने जस्तो लाग्यो । अब जमिनमा हरियाली शून्यप्राय: देखिन थाल्यो । परिणाम हुनसक्छ सास फेर्न पनि असहज जस्तो लागेथ्यो – मनोवैज्ञानिक असर पनि हुनसक्छ । वास्तवमा बिरुवाहरू नहुँदा नि:सन्देह जीव-वनस्पतिको कार्वन-अक्सिजन चक्र स्थानीय रूपमा सुचारु हुन असजिलै हुने भयो नै । पानीमा दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन हुने भएकोले छेउछाउका पानीका तलैया एवम् हिमखण्डहरूबाट आपूर्ति नहुँदो होला र ?! चर्चा चल्यो । विज्ञानले पानीलाई इलेक्ट्रोलाइसिस गरेर दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन हुने व्यहोरा त प्रमाणित गर्‍यो तर दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन मिलाएर पानी बनाएको भन्ने हेक्का भएन भन्ने सर्वसम्मतिसँगै पानीको उपयोगका बारेको प्रसङ्ग उठ्यो । मैले ‘स्वस्थ जीवनका लागि आयुर्वेद’ शीर्षकको आधारमा निम्नानुसार व्याख्या गरेँ ।

    बिहान उठ्ने बित्तिकै पानी पिऊँ :
    हामीले सायमकालीन भोजन जे खान्छौँ, बिहानको मुखमा पनि त्यस्तै ‘लेठ’ लागेको हुन्छ। वास्तवमा हामीले खाने खाना त्रिअग्निबाट पाकेको हुन्छ । उदाहरणका लागि सूर्य अग्निबाट पाकेका फलफूलहरू हामी त्यत्तिकै खान्छौँ । त्यस्तै शौर्याग्निबाट पाकेका भएपनि खाद्यान्न (दलहन, तेलहन, अन्नादि) लाई स्थूल अग्नि (आगो) मा पकाएर खान्छौँ । प्रकृतिले यति राम्रो व्यवस्था मिलाएको छ कि ती दुवै अग्निबाट पाक पुग्नुपर्नेमा काँचो रहेमा पनि नजाति नहोस् भनेर अर्को अग्नि – जठर अग्नि (जठराग्नि) को व्यवस्ता मिलाएकोछ । यसैको परिणाम खाएका भोजनहरूको जठराग्निबाट निर्मित भष्मको स्वरूप मुखमा लेठ बस्ने हो । यो लेठ त्यही खाएको खानाको कुफतको औषधि हो, तसर्थ, यसलाई सफा गरी बाहिर नफाली पानीको घुट्कीसँगै पेटमै पठाऊँ – अति राम्रो हुन्छ, प्रयोगसिद्ध व्यहोरा ! तसर्थ, बिहान उठ्ने बित्तिकै पानी पिउने गरौँ ।

    पानी पिउँदा बसेर (सके उड्किले आसन नसके सुखासनमा) पिऊँ :
    पानी बसेर पिउँदा आमाशय र भोजननलीको सङ्गमको ‘भल्भ – स्पिङ्कटर’ मा ठूलो धक्का पर्न पाउँदैन । परिणाम त्यो भल्भ धोल्लो हुन नपाउँदास आमाशयको अग्नि – जठराग्नि (Hydrochloric Acid) भोजननलीतिर आउन नपाउनाले मुटुपोल्न पाउँदैन । यदि उठेर घट्घट पानी पियो भने पानीको ठाडो छहराको निरन्तरताले उक्त भल्भलाई ‘लुज’ बनाइदिने हुनाले त्यहाँबाट अम्ल ‘एसिड’ भोजननलीतिर आउन थाल्नाले मुटुपोल्ने रोग लाग्दछ । तसर्थ, पानी पिउँदा सकेसम्म टुक्रुक्क बसेर – उड्किले आसनमा नत्र सुखासनमा बसेर पिउने गर्नु उपयुक्त हुन्छ । अझ केही अनुभवीहरूले त यसरी पानी पिउँदा ‘युरिक एसिड’ समेत पखालिँदो रहेछ कि ! मेरा घूँडा दुखेर बस्नै नहुने भएकोमा बिहानै निख्लापेट (खालीपेट) मा पानी बसेर खान थालेपछि सञ्चो भयो समेत भन्नुभएको पाइन्छ ।

    पानी पिउँदा घुट्घुट गरेर अर्थात् चिया पिएजस्तै गरेर पिऊँ :
    संरचनागत हिसाबले हाम्रो शरीरको पेटमा अम्ल (Hydrochloric Acid) र मुखको र्‍यालमा क्षार (Antacid) हुन्छ । यदि पानी घट्घट पियो भने मुखमा रहेको क्षारीय तत्त्व ‘र्‍याल’ एकपटक मात्र पेटमा पुग्छ तर घुट्कि-घुट्की गरेर पिउने र अझ पानी मुखमा हालेपछि एकछिन कुल-कुल गरेर अर्थात् चराचुरुङ्गीहरूले जस्तै मुखको र्‍याल मिसाएर निलेमा पटक-पटकको पानीको घुट्कासँग क्षारीय तत्त्व पेटमा जाने हुँदा अम्लीयता बढेर ग्याष्ट्रिकजन्य रोगहरू लाग्न पाउँदैन । तसर्थ, पानी घट्घट एकैचोटि नपिऊँ; पानी पिउँदा घुट्घुट गरेर अर्थात् चिया पिएजस्तै गरेर पिउने गरौँ, राम्रो हुन्छ – अनुभविएको प्रसङ्ग !

    पानी धेरै चिसो वा धेरै तातो नपिऊँ :
    पानी पिउँदा आफ्नो शरीरको तापक्रम अनुकूलको मनतातो पानी पिउने गरौँ । किनभने, हाम्रो पेटमा पहिलो काम भनेको हामीले त्यहाँ पठाएको अर्थात् निलेको वस्तुको तापक्रम मिलाउने हुन्छ । त्यही भएर हामीले मुख पोल्ने दूध, चिया आदिले पेट पोल्न पाउँदैन । चिस्यान यन्त्र – फ्रिजको चिसो पानी पियौँ भने यात पानीलाई तताउनु पर्‍यो, जसका लागि इन्धन खर्चिनु पर्ने भयो नत्र पेटै चिस्याउनु पर्‍यो । त्यसो भयो भने पेट हुँदै हाम्रा सबै अङ्गहरू चिसा हुँदै जाने भए । यो भनेको सबै शरीर चिसो बन्नु हो, जुन भनेको ‘राम नाम सत्य’ हो । त्यस्तै धेरै तातो पिउँदा पनि त्यसलाई शरीर अनुकूलको तापमान कायम गराउनु शरीरले अतिरिक्त शक्ति खर्चनु पर्ने हुन्छ । त्यसैले आफ्नो शरीरको तापमान अनुकूलको पानी पिउने गरौँ । रपनि तामाको भाँडामा राखिएको पानी भएमा मनतातो बनाइरहनु पर्दैन, चिसै पिए हुन्छ भन्नुहुन्छ राजीव दीक्षित, महर्षि बागभटको हुलिया दिँदै ।

    खाना खाई सक्ने बित्तिकै पानी नपिऊँ :
    यदि हामी स्वस्थ छौँ भने हामीले कुनैपनि खाना मुखमा हाल्ने बित्तिकै जिब्रोले स्वादको पारख गर्दछ र मस्तिष्कले परिभाषा गरी पेटका त्यही स्वाद पचाउने तन्तुलाई तयार हुन खबर गरिदिन्छ । अनि ती तन्तुले त्यस्तो स्वाद पचाउन चाहिने आगो बाल्दछन् अर्थात् ठीक्क मात्रामा पाचनरस ‘Hydrochloric Acid’ निकाली राख्छन् । भनिन्छ – जिब्रोमा हजारौँ स्वाद तन्तुहरू हुन्छन्, जहाँ एउटै तन्तुमा झण्डै ५०-१५० प्रकारको स्वाद पारख गर्ने कोषहरू हुन्छन् । त्यस्तै पेटमा सयौँ प्रकारका स्वाद पचाउन सक्ने ‘भिलस’ (पेटभित्रका भुवादारी जस्तै) हुन्छन् रे ! यदि खाना खाने बित्तिकै पानी पियौँ भने त्यो पचाउन बलेको अग्निमा पानी पर्ने भो अर्थात् निभ्ने भयो एकातर्फ भने अर्कोतर्फ आवश्यक मात्रामा निस्केको पाचनरस ‘Hydrochloric Acid’ पातलो हुने भयो । मानौँ १ गिलास चियालाई ठीक्क पारेको चिनी ३/४ गिलासमा प्रयोग गर्दा गुलियो स्वादै रहने भएन । यसबाट खाना राम्रोसँग पच्न नसक्दा अजीर्ण रोग उत्पन्न हुन जान्छ ।

    चाणक्य नीतिमा पनि भनिएकोछ –
    अजीर्णे भेषजम् वारी, जिर्णे वारी बलप्रदम् ।
    भोजनम् चामृतं वारी, भोजनान्ते विष प्रदम् ।।

    भावार्थमा अपच रोगका बेलामा समय-समयमा सफा पानी पिई राख्यौँ भने त्यो औषधि हो । खाना पच्ने/पचाउने कार्य (खाना पेटमा पुगेपछि माथि भनिएझैँ पहिला तापक्रम मिलाई आवश्यक मात्रामा पाचनरस निकालेर सम्बन्धित तन्तुहरूले जिम्मा लिन्छन्, खाई सकेपछि सबै खाना पचाउन उपयुक्त मात्रामा पुगअपुग पाचनरस मिसाई सबै तन्तुहरू मिलेर पेल्दै लेदो ‘पेष्ट’ बनाउने काम हुन्छ र यति कार्य सम्पादन हुनलाई कम्तीमा ४८ मिनेट लाग्दछ भन्छन् – महर्षी बागभट !) भएपछि पिएको पानीले लेदोलाई पातलो बनाई शोषणतन्तु ‘भिलस’लाई सोस्न सजिलो पारिदिन्छ र खानाको तत्त्व ठीक तरिकाले शोषिएपछि शरीरमा शक्ति प्राप्त हुने भएकाले खाना पचाउने कार्य (जीर्ण) पछिको पानीले बल प्रदान गर्छ । खानसँगै पिएको पानीले खानालाई पेटमा खस्न र सम्बन्धित तन्तुहरूको जिम्मा लगाउन सहयोग गर्दछ । यदि त्यसो नहुने हो भने मुखको र्‍यालबाट मात्रै सुक्का ‘अट्टो’ भएर गल लाग्ने वा आमाशयबाट सरोकारी तन्तुसम्म पुग्न अवरोध हुन सक्ने र यसो हुँदा मृत्युसम्म हुन सक्ने भएकाले भोजनसँगैको पानी अमृत सरह हो भने माथि उल्लेख गरिएबमोजिम भोजनको पछि पिएको पानीले सुपाचनको क्रमलाई बिथोल्ने हुँदा शरीरले पाउनुपर्ने शक्ति प्राप्त गर्न नसक्नु भनेको विष प्राप्त गरे सरह हुने भयो । कतिपय हामीलाई यो प्रक्रिया बारेमा जानकारी नहुँदा खानापछि पानी पिइरहेकाछौँ र त्यसैमा बानी परेकाले भोजन सुपाच्य हुँदाको अनुभवै हुन पाएका छैनौँ ।

    यस्तै चर्चा परिचर्चा गर्दै
    कैलासमा महादेव र पार्वतीको वास,
    परिक्रमा गरी हाम्लाई मोक्ष हुने आश ।

    भजन गाउँदै गर्दा ३:१५ बजेछ । सबैमा लघुशङ्काको रहर तीब्र भएको र सुरक्षा जाँच चौकी पनि आइपुगेको अवस्थामा सुरक्षा जाँचपछि शौचालय प्रयोग गर्नुपर्ने भएपनि हामीहरू सबै बाहिरियौँ । अब शौचालयहरू सिमेन्ट स्लाबलाई चतुर्भुज आकारको प्वाल पारिएको युरिनल जस्तै खुल्ला हुँदोरहेछ – दुर्गन्ध यसैको परिणाम हुने नै भयो । वास्तवमा चेकिङ्गपछि पार्किङ्गको व्यवस्था रहेछ, त्यसको भित्तामा चाइनीज र तिबेतन लिपिमा – सुन्दर र खुशी तिब्बत निर्माण गर्नुहोस् र महान् कायाकल्पको सपना साकार पार्नुहोस् । चिनियाँ राष्ट्रको विशाल परिवारमा सबै जातीय समूहहरू अनार जस्तै हुनुपर्छ। लेखिएको रहेछ । त्यसपछि ठाउँ-ठाउँमा लेखिएका व्यहोराहरूलाई गुगलबाट अनुवाद गर्ने रहर पल्हायो ।

    शौचालयको नुतन प्रयोग र चेकिङ सकाई अघि बढ्दा ३:४५ बजे झोङ्गा – खुन्काङ्ला पास, सुरुङ् मार्गमा प्रवेश गरियो । ४६८० मीटर लामो यो टनेल निर्माण नहुँदासम्म करिब ५२०० मीटर अग्लो उचाइबाट हिँड्नुपर्ने र धेरैजसो तीर्थयात्रीहरूले असजिलो महसुस गरेका र करिब डेडघण्टा हिँड्नु पर्ने व्यहोरा ९२ पटकसम्म कैलास पर्वतको परिक्रमा गरेका हाम्रा पथप्रदर्शक मोति भट्टराईले दिनुभयो । त्यो निर्माण भएपछि सामान्य गतिमा करिब ७.५७.०३ मिनेटमा सुरुङ् पार गरिँदो रहेछ । त्यहाँबाट निस्केपछि दायाँ जाँदा ल्हासा सहर र वायाँ लाग्दा ६९ किमीपछि सागा सहर पुगिने दोबाटोमा पुग्यौँ । ससाना थुम्क्याइला डाँडाले घेरिएको उपत्याका भन्न मिल्ने राम्रो पठार अर्थात् उच्च समस्थली भूभाग प्रशस्त देखिन्थ्यो । ४८०० मीटरको भञ्ज्याङ पार गरेर ४:३५ बजे ओह्रालो लाग्यौँ । दामो गाउँबाट पुन: उकालो लागि ४८०० मिटरको अर्को भञ्ज्याङ ४:५० बजे पार गरी ओह्रालो लाग्यौँ ।

    करिब दश मिनेटको हँकाइपछि ब्रह्मपुत्र नदीको पुल तर्‍यौँ । त्यहाँबाट पनि दायाँतिर सिगात्से/ल्हासा जाने बाटो रहेछ । हामीहरूले केही समय ब्रह्मपुत्रको तीरमा गई जल अभिषेक गर्‍यौँ र बायाँतर्फ सागा सहर तिर लाग्यौँ । ६:३० बजे सागा छ्युङता होटेल, सागा पुगेर चेकइन गरी फ्रेस भई चिया बिस्कुट खाएर सहर घुमियो । यो समय हाम्रोसँग तादात्म्य गराउँदा ४:१५ भएकाले दिउँसै झैँ लाग्दथ्यो । केरुङ्भन्दा महङ्गो भनिएपनि दीर्घले न्यानो टोपी किने, आचार्यले गलेबन्द ! होटेल फर्केर सुप पिएर सायमकालीन नास्ताको रूप दियौँ र केही समयपछि खाना खाई ११:१५ मा आराम गरियो । खानापछि सबैको अक्सिजन, मुटुको धड्कन जाँच गर्दा मेरो सबैभन्दा राम्रो अवस्था रहेको जानकारीले प्रसन्नता महसुस गरायो । निर्मलाको पनि आवस्यकतानुसारै भएको जानकारी गराउँदा खुसी लाग्यो । लेक लाग्ने बिरामी (अल्टिच्युड सिकनेस) को औषधी सबैलाई दिइयो, यसले अझ आत्मबल बढाउन मद्दत गर्‍यो । सबैले शुभरात्रिको आदानप्रदान गरी आ-आफ्नो कोठातर्फ लाग्यौँ । सनातनी इन्टरनेटले काम नगर्ने र भिपिएन पनि सक्रिय नहुँदा सम्पर्क सहज भएन । रपनि बाबु नानीहरूसँग सम्पर्क गरी आराम गरियो ।
    क्रमश…

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

     

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.