×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ५८ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नयाँ बजेटको पुरानै कथा : जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

  •  गोरखा समाचार
  • आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रमेश कुमार बोहोरा

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको रहेको छ । यद्यपि बजेटको आकारले देशको वर्तमान आर्थिक संक्रमणकालीन अवस्थालाई सम्बोधन गर्ने संकेत दिएको देखिए पनि गहिरो विश्लेषण गर्दा यसको कार्यान्वयन, आर्थिक यथार्थ, जनअपेक्षा र संरचनात्मक सुधारको सन्दर्भमा गम्भीर प्रश्नहरू उठ्छन् ।

    विगतका वर्षहरूमा जस्तै यसपालिको बजेट पनि ‘महत्त्वाकांक्षी’ घोषणाका साथ प्रस्तुत गरिएको छ । तर योजनाहरूको कार्यान्वयनमा निरन्तरता, स्रोतको सुनिश्चितता, र खर्चको गुणस्तरबारे अघिल्लो वर्षहरूमा देखिएका कमजोरीहरू फेरि दोहोरिने संकेतहरू छन् । नीतिगत घोषणाहरूले उत्साह जगाए पनि तिनको व्यवहारिक कार्यान्वयन सन्देहास्पद देखिएको इतिहास अझै ताजै छ । बजेटमा उल्लेखित १९ खर्ब ६४ अर्ब रुपैयाँमध्ये ११ खर्ब ८० अर्ब चालु खर्चमा, ४ खर्ब ७ अर्ब पुँजीगत खर्चमा र ३ खर्ब ५७ अर्ब ऋण भुक्तानीमा छुट्याइएको छ । कुल खर्चमध्ये चालु खर्च मात्रै ६० प्रतिशतभन्दा बढी छ जुन सरकारको आर्थिक गतिविधि बढी प्रशासनिक खर्चमा सीमित भएको प्रष्ट पार्छ । पुँजीगत खर्च मात्र २० प्रतिशत हाराहारीमा छ । जुन संरचनात्मक विकास, पूर्वाधार निर्माण र दीर्घकालीन लगानीका लागि अपर्याप्त मानिन्छ । यो खर्च संरचना आफैमा नेपालजस्तो विकासोन्मुख मुलुकको लागि असन्तुलित मानिन्छ ।

    बजेटको आम्दानी पक्ष हेर्दा राजस्व स्रोतको लक्ष्य १३ खर्ब १५ अर्ब रहेको छ । यद्यपि विगतका वर्षहरूमा राजस्व लक्ष्य पूरा नहुँदाको अनुभवले यो लक्ष्य पनि प्राप्त हुनेमा शंका उत्पन्न गराउँछ । बाँकी रकम वैदेशिक अनुदान ५३ अर्ब ४५ करोड, वैदेशिक ऋण २ खर्ब ३३ अर्ब ६६ करोड र आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब बाट जुटाउने योजना छ । यसरी बजेट स्रोतको झन्डै ३० प्रतिशत ऋणमा निर्भर रहेको तथ्यले आर्थिक स्वाधीनता र बजेट कार्यान्वयन दुवैमा चुनौती थपिएको छ ।

    विगतको बजेट कार्यान्वयनको अनुभव हेर्दा सरकारका योजना कागजमा मात्र सीमित रहने गरेका छन् । उदाहरणका लागि २०७९/०८० को बजेट १८ खर्ब ६० अर्बको थियो तर कार्यान्वयन कमजोर भएपछि संशोधन गर्दै १६ खर्ब ९२ अर्बमा झारिएको थियो । विकास खर्चको न्यून उपयोग दर र योजनाको ढिलासुस्ती नेपाली बजेट प्रणालीको दीर्घकालीन समस्या हो । अधिकांश आयोजना वर्षको अन्तिम त्रैमासिकमा जल्दाबल्दा ढंगले खर्च गरिन्छ । जसले परियोजनाको गुणस्तर र पारदर्शितामा प्रश्न उठाउँछ ।

    राष्ट्रिय गौरवका आयोजना जस्तै निजगढ विमानस्थल, बूढीगण्डकी जलविद्युत् आयोजना, सिक्टा सिँचाइजस्ता महत्वपूर्ण आयोजना विगतका बजेटहरूमा प्राथमिकतामा परे पनि हालसम्म पूरा हुन सकेका छैनन् । कुल २६ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये मात्र दुईवटा सम्पन्न भएका छन् । बाँकी आयोजना या त राजनीतिक इच्छाशक्ति, प्राविधिक तयारी वा बजेटको अभावका कारण ढिलो भइरहेको छ । यी आयोजना अलपत्र रहनुले बजेटको दीर्घकालीन दृष्टिकोण अभावमा प्रश्न खडा गर्छ ।

    बजेटले सन् २०२५ मा ६ प्रतिशतको आर्थिक वृद्धि हुने दाबी गरे पनि यो सन्देहास्पद छ । हालसम्मको वृद्धिदर ४.६१ प्रतिशतमा सीमित रहेको छ भने गत आर्थिक वर्षमा यो दर ३.७ प्रतिशत मात्र थियो । उत्पादन वृद्धिमा सुधार नभएको, निजी लगानी सुस्त भएको र सरकारी खर्चको गुणस्तर कम भएको अवस्थाले आर्थिक वृद्धि लक्ष्य पुरा हुने सम्भावना न्यून देखिन्छ । मूल्यवृद्धि दर ३.३९ प्रतिशत देखिएको भए पनि दैनिक उपभोग्य वस्तुहरूमा अझै मूल्य वृद्धिको दबाब कायम छ । जसले आम नागरिकको क्रयशक्तिमा असर पारिरहेको छ ।

    बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको भए पनि निजी क्षेत्र लगानी गर्न हिच्किचाइरहेको छ । लगानीको वातावरण नकारात्मक हुनुको मुख्य कारण कर नीतिमा अनिश्चितता, श्रम कानुनको अलमल, सरकारी निकायहरूको अनावश्यक झमेला र नीतिगत स्थायित्वको अभाव हो । उद्योगी तथा व्यापारीहरूले बजेटलाई आफूमाथिको बोझका रूपमा व्याख्या गरेका छन् । नयाँ कर थपिने, पुराना कर बढाइने तर सेवा सुविधा नपाउने अवस्था बजेटप्रति जनविश्वास घटाउने प्रमुख कारण बनेको छ ।

    कृषि नेपालको आर्थिक मेरुदण्ड मानिन्छ तर यो क्षेत्र वर्षौंयता उपेक्षित हुँदै आएको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५ प्रतिशतभन्दा बढी छ तर बजेटको थोरै अंश मात्रै कृषिमा छुट्याइएको छ । यद्यपि सरकारले ‘कृषि लगानी दशक’ घोषणा गरेको छ त्यसअनुसारका संरचना, बीमा प्रणाली, बीउ प्रविधि तथा बजार व्यवस्थापनमा उल्लेखनीय सुधार देखिँदैन । मल, बीउ, सिंचाइ, भण्डारण र मूल्य निर्धारण जस्ता आधारभूत आवश्यकता अझै अपूरा छन् । कृषकहरू गरिबी, ऋण र बजार नपाइने समस्याबाट पीडित छन् ।

    युवाहरूको वैदेशिक पलायन अझै निरन्तर छ । रोजगारको अभाव, शिक्षा प्रणालीको गुणस्तरहीनता, उद्योग नखुल्ने अवस्था र राजनीतिक अस्थिरताले देशमा सीपयुक्त श्रमिकहरू बस्न चाहँदैनन् । अहिले रेमिटेन्स नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को झन्डै २५ प्रतिशत हिस्सा ओगटिरहेको छ । यद्यपि रेमिटेन्स अस्थायी आयस्रोत हो र यसमा देशको दीर्घकालीन आर्थिक नीति आधारित हुनु खतरनाक हुन्छ । यसको सट्टामा स्वदेशमै सीप उद्योग रोजगारीको वातावरण सिर्जना गर्न बजेटले पर्याप्त प्राथमिकता दिन सकेको देखिँदैन ।

    बजेट निर्माण प्रक्रिया पारदर्शी र जनसमावेशी हुन सकेको छैन । जनप्रतिनिधि, प्रदेश तथा स्थानीय सरकार, निजी क्षेत्र, श्रमिक संघ, महिला, युवा तथा जनजातीय समूहहरूको सुझाव समेटिएको देखिँदैन । बजेट संसदमा पेस हुँदा सांसदहरू पनि त्यसबारे सूचना नपाएको अवस्था छ । यो स्थिति प्रत्यक्ष लोकतान्त्रिक मूल्यविपरीत हो । बजेटको प्रमुख नीति निर्माण प्रक्रिया सानो घेरामा सीमित हुँदा त्यसले जनआवश्यकताभन्दा शक्ति समीकरणमा आधारित प्राथमिकता निर्धारण गर्छ ।

    बजेटमा प्रायः बिचौलिया, ठेकेदार र उद्योगपति केन्द्रित कार्यक्रमहरू प्राथमिकतामा पर्ने गरेका छन् । कर छुट, अनुदान र सहुलियत जस्ता कार्यक्रमहरू निश्चित व्यापारिक समूहका लागि बनाइएको आरोप व्यापक छ । यसले आर्थिक असमानता बढाउने, भ्रष्टाचारको सम्भावना बढाउने र राज्यमा समावेशी अर्थनीति विकृत गर्ने खतरा हुन्छ । बजेट सबै वर्ग, क्षेत्र र तहका नागरिकका लागि समान अवसर सृजना गर्ने साधन हुनुपर्छ न कि विशेष वर्गको हित साधन गर्ने दस्तावेज नेपालमा संरचनागत आर्थिक सुधारको खाँचो वर्षौंदेखि चर्चा हुँदै आए पनि ठोस कार्यान्वयन देखिएको छैन । योजना निर्माण, सार्वजनिक खर्चको निगरानी, ठेक्का प्रणालीको सुधार, अनुगमनको सुदृढीकरण र सूचकांक आधारित मूल्याङ्कन प्रणालीको विकासमा सरकार उदासीन देखिन्छ । बजेटले दीर्घकालीन वित्तीय सन्तुलन, ऋण व्यवस्थापन, राजस्व सुधार र निजी लगानी प्रवर्द्धनमा स्पष्ट खाका ल्याउन सकेको छैन । प्रत्येक मन्त्रालय, आयोग र निकायलाई बजेट विनियोजन गर्दा परिणाममुखी सूचकांक अपनाउने अभ्यास अझै शुरु भएको छैन ।

    बजेट सुधारको लागि केही ठोस उपायहरू आवश्यक छन् । पहिलो बजेट कार्यान्वयनको स्पष्ट कार्ययोजना सार्वजनिक हुनुपर्छ । जसमा कस्ता कार्यक्रम कति समयभित्र कसरी कार्यान्वयन हुने छन् भन्ने उल्लेख हुनुपर्छ । दोस्रो, बजेट निर्माणको आरम्भिक चरणमै स्थानीय तह, निजी क्षेत्र, विज्ञ, श्रमिक संघ र जनसाधारणको राय लिन सकिने प्रणाली बनाइनुपर्छ । तेस्रो, बजेटलाई जनताले बुझ्ने भाषामा, सरल र सुलभ पहुँचसहित सार्वजनिक गरिनुपर्छ । चौथो, कृषि, रोजगारी र उद्योगमैत्री कर नीति ल्याइनु जरुरी छ । जसले उत्पादन बढाउने वातावरण बनाओस् । पाँचौं, नवप्रवर्तन, सूचना प्रविधि र स्टार्टअपलाई प्रोत्साहन गर्ने नीति बजेटमा स्थापित गरिनुपर्छ । अन्ततः राजनीतिक स्थायित्व, नीति निरन्तरता र प्रशासनिक सुधारबिना बजेटले अपेक्षित परिणाम ल्याउन सक्दैन ।

    २०८२/०८३ को बजेट दस्तावेज हेर्दा यो आर्थिक पुनरुत्थान र समृद्धिको यात्रातर्फ सरकार गम्भीर भएको संकेत दिन खोजिएको देखिन्छ । तर विगतका अनुभव, कार्यान्वयनको कमजोरी, नीतिगत अन्योल र जनविश्वासको अभावले यो बजेट पनि कागजमै सीमित हुने सम्भावना बलियो देखिन्छ । बजेट आर्थिक समृद्धिको मार्गचित्र बन्नु पर्छ तर यसलाई राजनीति, प्रचार र सस्तो लोकप्रियतामा सीमित राख्ने प्रवृत्ति अन्त्य नगरेसम्म परिवर्तन सम्भव छैन । यो बजेट भाषण मात्रै नभएर वास्तविक कार्यान्वयन र परिणामदायी अभ्यासमा परिणत हुन सक्नुपर्छ ।

    (लेखक :- बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, जेठ २५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.