×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चिस्यान यन्त्र (फ्रिज) र यसको उपयोग

  •  गोरखा समाचार
  • बुधबार, जेठ २१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    विषय-प्रवेश :
    भनिन्छ बेलायतले विश्वउपर साम्राज्य फैलाउने सोचका बेलामा आफ्ना सैनिकहरू बिरामी पर्दा बनाइने औषधीहरूलाई ‘फर्मासिस्ट्स’ले यति डिग्री भन्दा बढी चिसोमा राखेमा औषधी बिग्रने जानकारी दिएपछि बैज्ञानिकहरूलाई त्यस्तै तापक्रम कायम गर्ने मेसिन बनाउन आदेश दिइएको परिणाम फ्रिज अर्थात् रेफ्रिजरेटरको आविष्कार भएको हो । भारतमा उपनिवेश कायम राख्न आएका बेलायती प्रतिनिधिले आफूले वहाँ खाँदाका खानेकुरा र तिनीहरूलाई ताजा राख्न प्रयोग गरिने यन्त्रलाई पनि भारतमा भित्र्याउँदा मूलत: पाउरोटी अर्थात् ब्रेड र चिस्यान यन्त्र अर्थात् फ्रिजले दक्षिण एसियामा प्रवेश पायो ।

    बेलायतको माइनस ४०-४५ डिग्रिको तापक्रमलाई ५-१० डिग्रीमा कायम राख्नु भनेको फ्रिजद्वारा बाहिरी तापक्रमभन्दा तातो कायम राख्नु थियो भने भारतमा बाहिर हुने ३५-४० डिग्रीको तापक्रमलाई ५-१० डिग्रीमा कायम राख्नु भनेको फ्रिजद्वारा बाहिरी तापक्रमभन्दा चिसो कायम गर्नु ठहर्‍यो । गर्मीले सताएको समयमा चिसो/शीतलो फलफूल, पेयवस्तुहरूको उपयोग क्षणिक आनन्दका अकाट्य स्रोत बन्न पुगे ।

    विस्तारै घरमा फ्रिज हुनु भनेको एउटा ‘स्टाटस सिम्बोल’ अर्थात् इज्जतको विषय बन्न पुग्यो । भारतको प्रत्यक्ष प्रभावमा रहेका नेपालीहरूले पनि त्यसको समुचित उपयोगलाई ख्यालै नगरी फ्रिज खरिद गर्न थाल्यौं र खाली नराख्ने नाममा अनावश्यक अर्थात् धेरै फलफूल, तरकारी, पेयवस्तुहरू खरिद गरेर प्रकृतित : ताजा खाने वातावरण हुँदाहुँदै कृत्रिम चिसोलाई शितलो मानेर जेलाई पनि चिसो बनाउन फ्रिजमा राख्न थाल्यौँ ।

    वर्तमान प्रसङ्ग :
    उल्लिखित सन्दर्भमा हामीले पनि घरमा फ्रिज किन्यौँ । हरेक छाक विषादि मिसिएकै किन नहोस् ताजा तरकारी, मासु, दुग्धपदार्थ आदि प्रयोगको सम्भावनालाई ‘के पटक-पटक किनमेल गरिरहनु ? एकैचोटि किनेर फ्रिजमा राखे भैगो नि !’ भन्ने सोचले प्रतिस्थापन गर्न थाल्यौं ।

    सायद यो उपक्रम प्राय: शहरी घरहरूमा प्रचलित छ होला । सोही क्रममा फ्रिज र फ्रिजर बारेमा जानकारी नभएका अनविज्ञ हामीले के-के चिजहरूलाई कहाँ-कहाँ र कसरी राख्नु ठीक हो भन्ने ख्यालै नगरी रहे/बँचेका सबै वस्तुहरूले फ्रिजलाई टन्न भर्ने गरियो । एकदिन सलादका वस्तुहरू मुला, गाजर, काँक्रो, चुकन्दरलाई आज्जसो फ्रिजमा राखेर भोलिपल्ट निकाल्दा संलग्न तस्विर बमोजिम दृश्यगोचर भएपछि सामाजिक सञ्जालमा अर्थात् फेसबुकमा सुझावको अपेक्षा सहित प्रस्तुत गरेँ ।

    अनुभवी एवम् विद्वत् महानुभावहरूले विविध राय, सुझाव एवम् प्रतिक्रिया दिनुभयो । त्यसका लागि यसै आलेख मार्फत हार्दिक आभार व्यक्त गर्नु आफ्नो परम कर्तव्य ठहर्‍याउँछु ।

    अनि मलाई पनि सामाजिक सञ्जाल (गुगल, च्याटजिपिटि, लेख आदि) को उपयोग गर्न मन लाग्यो र सोही कार्याग्रसर हुँदा निम्नानुसारको जानकारी हात लागेकोले सोही व्यहोरालाई सम्पादन गरी यहाँहरू समक्ष पेश गर्ने मन पल्हाएकाले यो प्रयास गरेकोछु । सन्दर्भ स्रोतका लागि सम्बन्धित सबैप्रति आभार व्यक्त गर्दै उचाइ-निचाइप्रति यथोचित याचना गर्दछु ।


    सामग्री फ्रिजमा राख्न मिल्छ ? 

     

    सुझावहरू :
    तरकारीहरू फ्रिजको तलको भाग (Crisper Drawer) मा राख्दा बढी टिकाउ हुन्छन् । सधैँ सुक्खा र सफा गरेर राख्ने गरौँ, नत्र ‘पानीको ओस’ ले छिटो बिग्रिन सक्छ । प्लास्टिक वा प्वाल भएको झोला प्रयोग गर्नु राम्रो हुन्छ, जसले हावा खेल्न सहयोग हुन्छ ।

    उल्लिखित व्यहोराको जानकारी प्राप्त भएपछि पुन:
    फ्रिजमा राख्न मिल्ने, फलफूल, तरकारीहरू प्लाष्टिकका झोला वा कन्टेनरमा राखेमा पोलिमर कन्टामिनेशन (Polymer Contamination) हुन्छ भनिन्छ नि ! भन्ने बारेमा जिज्ञासा राखेँ ।

    उत्तरमा ‘फ्रिजमा फलफूल, तरकारी वा अन्य खानेकुरा प्लास्टिक झोला वा कन्टेनरमा राख्दा “Polymer contamination” हुन्छ कि हुँदैन’ बहुत राम्रो प्रश्न हो । यो विषय वास्तवमै महत्त्वपूर्ण र बहसयोग्य छ भन्दै यसबारे निम्नानुसारको जानकारी प्राप्त हुन आयो ।

    Polymer Contamination भन्नाले प्लास्टिकको झोलामा रहेको केही हानिकारक रसायन जस्तै: BPA (Bisphenol A), Phthalates, Microplastics आदि खानेकुरामा मिसिनु हो । यी रसायनहरू लामो समयसम्म सम्पर्कमा रहे भने खानेकुरा प्रदूषित गर्न सक्छन्, जसले स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउन सक्छ ।

    अस्वीकृत ग्रेडको प्लाष्टिक, पुन: प्रयोग गरिएका झोला वा कन्टेनरलाई प्रयोग गर्नाले यस्तो हुन पुग्छ भने कहिलेकाहिँ तापमानको असरले पनि पोलिमर कन्टामिनेशन हुनसक्छ । Food-grade नभएका प्लास्टिकमा बढी समस्या देखिन्छ । सस्तो र पारदर्शी झोला (जुन “डालामा/फुटपाथ व्यापारमा पाइने” खालको हुन्छ) प्रायः खाद्यको लागि सुरक्षित हुँदैन। धेरै पटक प्रयोग गरिएका झोला वा कन्टेनरहरू बिग्रँदै जान्छन्, जसले सूक्ष्म प्लास्टिक कणहरू फाल्न सक्छन् । त्यस्तै सामान्यतया प्लास्टिकले गर्मीमा बढी प्रतिक्रिया दिन्छ, तर थोरै तापमानमा पनि लामो समयको प्रयोगले रसायन निस्किन सक्छ । Freezer-safe नभएको प्लास्टिकले चिसोमा पनि Crack वा Degrade भएर खानेकुरामा कण मिसाउन सक्ने हुनाले पोलिमर कन्टामिनेशनको सम्भावनालाई बढाउँछ ।

    यदि Polymer Contamination लामो समयसम्म भयो भने हर्मोनको असन्तुलन (Endocrine Disruption) हुने, क्यान्सरको जोखिम बढ्ने, प्रजनन प्रणालीमा प्रतिकूल असर पर्ने एवम् पाचनतन्त्रमा समस्या देखिन सक्ने हुन सक्छ ।

    उल्लिखित प्रसङ्गलाई मध्यनजर गर्दा जति सकिन्छ प्राकृतिक वा Non-plastic विकल्प रोजौँ । झोला प्रयोग गर्दा सधैँ “food-safe” कन्टेनर वा झोला प्रयोग गरौँ । फ्रिजमा राख्ने बेलामा राखिने वस्तुहरू चिसाएर मात्र राखौँ अनि चिसो तापमानमा पनि प्लास्टिकको गुणस्तर महत्त्वपूर्ण हुन्छ, यो व्यहोरालाई पनि ख्याल गरौँ ।

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    २०८२ जेठ १८ गते आइतवार
    कीर्तिपुर-२, मध्यनगर, काठमाडौँ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, जेठ २१, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.