×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आँखाभरि रमिता मनभरि वेदना पढ्दा…

  •  गोरखा समाचार
  • आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पौडेल

    भोलि अख्तियार दिवस (माघ २८) ! त्यसैको उपलक्ष्यमा कर्मचारी मिलन केन्द्र, जुम्लाद्वारा काव्य गोष्ठीको आयोजना ! मिलनकेन्द्रको अध्यक्ष भएको र काव्यानुरागी पनि हुँदा अघिल्लो काव्य अन्तरक्रियाका बेलामा नै आजको शनिबार र उप्रान्त साप्ताहिक रूपमा क्रम अघि बढाउने सल्लाह बमोजिम काव्य गोष्ठी आयोजित थियो । त्यसमा मिलन केन्द्रका संरक्षक – श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूको उपर्युक्त दिवस मनाउन मिलन केन्द्रले के कार्यक्रम राख्न सक्छ ? भन्नु भएपछि सोही भेटघाटलाई अख्तियार दिवस २०६३ को उपलक्ष्य भनी प्रात:कालमा कागजी व्यानर तयार पारेँ । बादलिएको कारण र व्यस्तताको परिणाम नुहाइ-धुवाइमा संलग्न हुन सकिन ।

    जोहोस् १:०० बजेको निर्धारित कार्यक्रम शुरु हुनु पूर्व र पश्चात् गोपी मैनालीको नियात्रा “आँखाभरि रमिता, मनभरि वेदना” पढेर आफूलाई व्यस्त कहलाएको हुँ । म झण्डै मैनालीसँग परिचय हुँदादेखि नियमित दैनिकी लेख्ने गरेकोछु । यस मानेमा मैनालीको नियात्रा “कार्यसम्पादन दैनिकी” अन्तरगत कल्पना, तुलना र विवरण संलग्न दैनिकीका रूपमा हेर्न सकिने देखिन्छ । जापानको प्रत्यक्षानुभवबाट नेपालको सोस्तरको कल्पना गरिएकोछ, कहिले होला ? कसरी होला ? चिन्ता जाहेर गरी राष्ट्रवादिता प्रकटिकोछ । फेरि आफ्नो कार्यालयीय भ्रमण हुँदा, त्यहाँ भए÷गरेको अभ्यास, नेपालको तत् क्षेत्रसँग तुलना गरिएकोछ । अनि आफ्नो यात्रावधिमा परेका नेपाली चाडपर्वहरूप्रति अतिसंवेदनाका विवरणहरू उल्लेख भएको छ । यसबाट पाठकहरूमा एक खालको रोचकता प्रदान गर्न नियात्रा सफल भएकोछ ।

    भनिन्छ हजुरबाट तपाईं, तपाईंबाट तिमी अनि तिमीबाट तँको सम्बोधनमा पुग्नु सन्निकटता हो । यो हिसाबले गोपी र उनकी सहधर्मिर्णी (कमला) बीच अगाध प्रेम छल्किएका भावहरू नियात्रामा प्रष्ट छन्, जसले वर्तमानका नारी समानताका वकालतीहरूबीच त्यस्तो उच्च÷संभ्रान्त परिवारमा पनि संवोधनमा असमानताको अवशेष विद्यमान (अर्धाङ्गिनी कमलाबाट …. सियोस्को संवोधन) रहेको चर्चा परिचर्चा गराउन सक्छन् । तर, ति उनका नितान्त पारिवारिक÷वैयक्तिक प्रसङ्ग हुनाले समीचीन पूट पाउन असफल सावित होलान् ।

    त्यसो त विश्वव्यापी गाउँ (Globle Village) को सनसनी फैलिएको वर्तमानमा १,४७,१४१ वर्ग किलोमिटरमा फैलिएको क्षेत्रमा ढाइकरोड व्यक्तिका पक्षमा ओकेलिएको चिन्तालाई अति राष्ट्रवाद पनि नभनिएला भन्न सकिन्न । तरपनि उपर्युल्लिखित हिसाबले धर्तीका कुनै दुईक्षेत्रहरूबीच तुलना गरी स्वैरकल्पनालाई विवरणात्मक रूप दिइएको प्रस्तुत कृति आफैँमा प्रशंसायोग्य छ । कमसेकम आफूलाई जापान गएको, जान पाए ….. भन्ने भावनाहरू जगाउन नियात्रा सफल छ । बरू प्रयोजित कागजको स्तर संक्षिप्त्याएर मूल्य न्यूनीकरण गर्न सकेको भए त्यो रसास्वादनको दायरा थप फराकिलो हुने थियो होला ।

    त्रुर्टि छँदै छैनन् भनेर दूधस्नान गराउन नसकिए पनि नियात्रा सरल, सहज र सररर बगेको छ । नयाँ-नयाँ स्थानको अवलोकन अनि नियात्राकारको सजीव चित्रणले एकै दिनमा सक्न पाए ! भन्ने रहर जाग्दछ – जापानी भूमिको शब्दचित्र हेर्न ! जापान नगएका र जान चाहनेले एकपटक पढ्नै पर्ने कृति हो – आँखाभरि रमिता, मनभरि वेदना !

    मैले आज पढेर सक्दा जीवनमा नयाँ अध्याय थप भएको, दिन/बिदा उपयुक्त ढङ्गले बिताउन सकेको महसुस भएको छ । यो नै कृतिकारको सफलता हो – मेरो हार्दिक धन्यवाद, जापानी व्यहोरालाई स्वार्थीमनमा मात्र नराखी सबै सामु पस्केर ऋजुता प्रकट गरेकोमा र अप्रत्यक्ष गुण लगाएकोमा ।

    …सके सपारौँ, नसके नबिगारौँ…
    २०६४ माघ २७ गते शनिबार
    जुम्ला ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.