×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दक्षिण भारतीय तीर्थायात्रा – १० (दक्षिण भारतीय तीर्थहरूको दर्शनावलोकनका सिकाइहरू)

  •  गोरखा समाचार
  • मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    माघ १६ गते बिहान काठमाडौँ फर्केपछि तीर्थहरूबाट ल्याइएको जल पशुपतिनाथ, बुढानीलकण्ठ, मुक्तिनाथ जस्ता तीर्थस्थलमा चढाउनु उपयुक्त हुने व्यहोराको जानकारी भएपछि रामेश्वरम्को महासागरको जल, तिरुपति बालाजीको पापनाशनम्को जल र प्रयागराज (महाकुम्भ)को गंगा–जमुना–सरस्वतीको जललाई दुवै जनाले मिसाइयो । निर्मला टाढा जान समर्थ नभएपछि उनीलाई मैत्रीनगरकै शिवमन्दिरमा चढाउन भनी म पशुपतितिर लागेँ ।

    पशुपति पुग्दा मन्दिर अगाडिको बसाहासम्म दर्शनार्थीहरूको लाइन रहेछ । १०–१२ घण्टाको लाइन पारगरेर दर्शन गरेको आलो अनुभवले त्यो लाइनलाई छोटो ठह¥याई म पनि लाइनमै उभिएँ । नियमानुसार पशुपतिमा जल चढाएर फर्कँदै गर्दा एक सज्जनले “विभिन्न स्थानको जल यहाँ चढाएर ठूलो धर्म आर्जन गर्नुभयो । ‘तीर्थ जानु बाउ–आमाका साथ’ भन्छन्; आमा–बुवा साथ लग्न नपाउनेले अब जल पु¥याएर धर्मार्जन थप गर्नुहोला…” भन्नुभयो । तुरुन्तै महाराजगञ्ज चक्रपथमा ओर्ली करिब ९५ वर्षका दाजू÷भाउजू (डा. महेश्वर शर्मा जोडी) लाई भेटेर जलोपहार टक्¥याउने शोच बनाई कार्यरूप दिएँ । वहाँहरूबाट प्रफुल्लतापूर्वक आशिष प्राप्त गरी बुढानीलकण्ठतिर लागेँ । बुढानीलकण्ठमा शयनावस्थी विष्णुका पादमा जलार्पण गरी देव, पितृहरूलाई स्मरण गरी घर फर्केर तीर्थाटनको पूर्णबिराम गरेँ ।

    करिब एक महिने यात्राको क्रममा अवलोकनिएका एवम् बेहोरिएका व्यहोराहरूको परावर्तनलाई सबैसामु पस्केर सरोकारीहरूको ध्यानाकर्षण गर्नुलाई आफ्नो कर्तव्य ठह¥याई यो कार्याग्रसर भएको छु । सुधार गरिनुपर्ने, नियमित गरिनुपर्ने, अवलम्बन गरिनुपर्ने नुतन अभ्यासहरू जस्ता यात्राका क्रममा मस्तिष्कमा निर्मित प्रतिबिम्बहरूलाई निम्नानुसार उल्लेख्दै सम्बन्धित पक्षबाट समुचित कार्यान्वयनको हार्दिक अपेक्षा गर्दछौँ ।

    यात्राका प्रतिबिम्बहरू : सुधार गरिनुपर्ने
    काठमाडौँ–दिल्ली यात्राका सवारीसाधनहरूलाई थप स्तरीय बनाइनुपर्ने,
    बस व्यवस्थापकले खाना खाने उपयुक्त स्थान र होटेलको चयन गर्नुपर्ने,
    पशुपति लगायत बढी दर्शनार्थी हुने मन्दिरमा हामीले दर्शन गरेका तिरुपति बालाजी, पद्मनाभ विष्णु, कन्याकुमारी, रामेश्वरम, मिनाक्षी आदि मन्दिरहरूमा जस्तै फूल, अक्षता चढाएर पूजा गर्न नपाइने, ४–५ मिटर टाढैबाट हात जोडेर दर्शन गर्नुपर्ने व्यवस्था मिलाउने,
    मन्दिरमा दर्शनार्थीहरूलाई लाइनमा लाग्न स्थायी संरचना बनाउने, जसमा घाम–पानीबाट जोगिन छतको पनि व्यवस्था मिलाउने,
    नियमित गरिनुपर्ने
    रेलयात्रा गर्दा आफ्नो आधार कार्ड (नागरिकता, राहदानी आदि) को नाम, ठेगानासँग टिकटमा उल्लेख हुने नाम, ठेगानाको तादात्म्यता गर्नुपर्ने,
    छिटो दर्शनका अभिलाषीहरूलाई सोझै दर्शन गर्न ‘अनलाइन टिकट’को व्यवस्था मिलाउने,
    मन्दिर प्रवेश गर्दा नेपाली उत्पादनमा आधारित चौबन्दी, धोती अनि टोपी, लवेदा–सुरुवाल लगाउन अनिवार्य गर्ने हो भने हाम्रा स्वदेशी उद्योगहरू स्थापना र सञ्चालन गरी रोजगारीका अवसरहरू सिर्जनामा सहायक हुनसक्ने,
    मन्दिरका प्रवेशद्वारहरू स्थान अनुकूलका कलात्मक बनाइनुपर्ने; जसमा स्थानीय कला, कौशल झल्काउनु उपयुक्त हुने साथै पस्ने र निस्कने

    बाटाहरू अलग व्यवस्था मिलाउने, अवलम्बन गरिनुपर्ने नुतन अभ्यासहरू
    मन्दिरमा पहेँलो टीकाको लागि केशरीभन्दा बेसारकै धुलो प्रयोग गर्नु उपयुक्त हुने ताकि बेसार खेतीले प्रश्रय पाउने,
    माटा-धातुका बुद्धदीपको सट्टामा कागतीको बोक्रामा ज्योति बाल्ने प्रथालाई बढावा दिँदा कागती खेती प्रोत्साहित हुने,
    स्थान अनुकूलका इनार÷कुण्डहरू निर्माण गरी दर्शनार्थीहरूलाई स्नानको व्यवस्था गर्नु उपयुक्त हुने,
    मूलतः चारधामका तीर्थयात्रीहरूलाई त्यसपछि नेपालका पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, राम–जानकी मन्दिर जस्ता तीर्थहरूमा पुगेर जलार्पण गरेमा मात्र पूर्ण धर्मलाभ हुने व्यहोरालाई लिङ्कबाट जोड्ने हो भने तीर्थयात्रीहरूको नेपालागमनको सङ्ख्या ह्वात्तै बढाउन सकिने,
    मुक्तिनाथका दर्शनार्थीहरूलाई बेनीबाट ५-७ वटा गाडीहरू निःशुल्क उपलब्ध गराई यात्रीहरूलाई न्यानो जकेटादि कपडाको व्यवस्था मिलाउने र केही धरौटी राखेर लगाउन अनिवार्य गराउने अनि फर्केपछि क्षति भएको हकमा क्षतिपूर्तिसहित अन्यथा कपडा धुने खर्चस्वरूप उपयुक्त रकम धरौटीबाट कटाई फिर्ता दिने व्यवस्था मिलाउँदा धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ भने गोसाइँकुण्ड, पाथीभरा, बाला त्रिपुरासुन्दरी आदि तीर्थहरूमा पनि समीचीन हिसाबले पदयात्राको मार्गदर्शन, घोडचढी सेवा, गाडीहरूको सेवालाई निःशुल्क उपलब्ध गराउने व्यवस्था उपयुक्त ढङ्गले लागू गर्न सकिने देखिन्छ ।
    सम्बन्धित मन्दिर वा तीर्थस्थलका तस्विर अङ्कित टोपी, टिशर्टहरू बनाई त्यसलाई पनि प्रवेशशुल्कमा मिलान गरी फर्कँदा निःशुल्क उपहारका रूपमा दिँदा पनि धार्मिक यात्रालाई रोचकता मिल्न सक्ने देखिन्छ ।
    दक्षिण भारततिरको मध्यान्ह १२ः०० बजेसम्म प्रातःकालीन, साँझ ६ः०० बजेसम्म दिवाकालीन र तदुपरान्त सायम÷रात्रिकालीन भोजनको लागि समय छुट्याइएको व्यहोराको कडाइकासाथ लागू गरेकाले होटेलहरूमा प्रातःकालीन भोजनका परिकारहरू भएपनि १२ः०० बजेपछि ग्राहकलाई उपलब्ध गराइएन । यसो गरिँदा एकातर्पm असमयको भोजनबाट हुनसक्ने स्वास्थ्य प्रतिकूलतामा न्यूनीकरण हुने र अर्कोतर्फ होटेलवालाहरूले पनि स्वास्थ्य संवेदनशीलता अपनाउन बाध्य भएको परिवेश पनि अनुकरणीय लाग्यो ।

    यात्राका आश्चर्यबोधहरू :
    त्रिभुवन्तपुरमको पद्मनाभ विष्णुको मन्दिरमा लाइन लाग्ने ठाउँमा बालुवा बिच्छ्याइएको । शायद गर्मी मौसममा पनि सबै बालुवा असैह्यनीय तातो नहुने भएर होला कि ?
    कन्याकुमारी, रामेश्वरम लगायतका समुद्रितटमा अवस्थित मन्दिरहरूका साथै तिरुपति बालाजी जस्तो पहाडी इलाकामा निर्मित मन्दिरहरूमा पनि विशाल प्रवेशद्वारहरू बनाइएका । कहाँबाट कसरी, कहिले, कसले यो व्यवस्था मिलाइएको होला ?
    कलात्मक प्रवेशद्वारहरूमा भित्रीभागमा भीमकाय ढुङ्गाका कलात्मक मुड्का बानाई कसरी त्यत्रा ८–१० तले संरचना निर्माण गरिएको होला ? वर्तमानका क्रेनादिले पनि मिलाउन कठिन प्रतीत हुन्थ्यो । बाहिरी भागमा कलात्मक सिंहमरमरका एकनासे संरचना निर्माण वास्तवमै अतुलनीय लाग्दथ्यो ।
    फूल, अक्षता चढाएर पूजा गर्न नपाइने, ४–५ मिटर टाढैबाट हात जोडेर दर्शन गर्नुपर्ने व्यवस्था भएपनि दर्शनार्थीहरूको त्यो भीड (तिरुपति बालाजीमा त हामीले पनि १० घण्टा लाइनमा बस्नुपरेथ्यो) वास्तवमै अस्वभाविक प्रतीत हुन्थ्यो ।
    ॐ लाइन लाग्ने स्थायी संरचनामा ठाउँ–ठाउँमा शौचालय, पिउने पानी, निःशुल्क प्रसादनालयहरूको व्यवस्थाले समृद्ध आस्थिक मनहरूको बाहुल्यताको विज्ञापन गरिरहे झैँ लाग्दथ्यो ।
    रामेश्वरममा शाखा तीर्थका रूपमा २२ कुण्डहरू÷तीर्थहरू (महालक्ष्मी, गंधमादन, कावच्चा, गवाय, नील, नल, सेतू, ब्रम्महती, सावित्री, गायत्री, सरस्वती, सत्यमिर्थ, सूर्या, चंद्रा, शंख, सक्कु, शिव, सर्व, गया, यमुना, गंगा, कोडी) को प्रावधान, तिरुपति बालाजी वरिपरिका श्रीभारी पादालु मन्दिर, शीला तोरणम्, चक्रतीर्थम्, पापविनासनम्, आकाशगंगा, जपाली हनुमान र भेनुगोपाल स्वामी आलय मन्दिर जस्ता शाखा तीर्थहरूको व्यवस्था आफैँमा अनुकरणीय लाग्दथ्यो ।

    सारांशमा मूलतः हिन्दूहरूका लागि मात्र प्रवेश इजाजत प्रदान गरिएका तीर्थस्थलहरूमा उल्लिखित आश्चर्यजनक व्यहोराहरूलाई मध्यनजर राख्दा गैर हिन्दूहरूलाई पनि सुरक्षाका विधिहरूलाई कडाइका साथ लागू गरी प्रवेश स्वीकृति दिएमा हिन्दूहरूका तीर्थस्थलको चामत्कारिक कलाको मुक्त कण्ठले प्रशंसा मात्र नगरी ती संरचना निर्माणमा निःसन्देह दैवीशक्ति विद्यमान रहेको महसुस गर्दथे जस्तो लाग्दछ । यसबाट हिन्दू सनातनको व्यहोरा पनि सर्वकालिक, सर्वव्यापी रहेको प्रमाणित हुने देखिन्छ । यी व्यहोराहरू नितान्त व्यक्तिगत महसुसीकरणका प्रसङ्ग भएकाले कतै कसैलाई आँच नपुगोस् भन्ने सदाग्रहका साथै विज्ञजनबाट थप व्यहोराका लागि समेत हार्दिक अनुरोधसहित कार्यान्वयनोपयोगी व्यहोराहरू लागू गर्नका लागि सरोकारी सम्बन्धित व्यक्ति वा निकायको ध्यानाकर्षण गरौँ ।

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.