×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ५३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दक्षिण भारतीय तीर्थ यात्रा–९ (मुजफ्फरपुरदेखि प्रयागराज हुँदै काठमाडौँसम्म)

  •  गोरखा समाचार
  • शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    माघ १३ गते आइतबार बिहान ११ बजेतिर मुजफ्फरपुर रेलवे स्टेशनमा ओर्ली ब्यागेज स्टेशन बाहिर निकाली नजिकै चिया, पानी खाइयो । हिजैको बुकिङ्ग अनुसार गाडी आएपछि १२ः३० बजेतिर १४४ वर्षमा लाग्ने महाकुम्भ मेला, प्रयागराजतर्फ रमाना भयौँ । बीचमा बाँके बिहारी होटेलमा लामो समयपछि दाल, भात, तरकारी, दही, जेरी, दुधबरी को खाना खायौँ । त्यस होटेलको भित्ताहरूमा निम्न व्यहोराहरू लेखिएका फ्लेक्सले सजाइएको रहेछ । मन पर्यो र यहाँ पनि सेयर गरेँ । व्यहोराहरू हिन्दीमा लेखिएका थिए, भावानुवाद गर्दा तलमाथि भएकोमा यथोचित याचना गर्दछु ।

    ख्याल राख्नुपर्ने तीन कुराहरू –

    तीन कुराले कसैलाई पर्खदैन : समय–मृत्यु–ग्राहक
    तीन कुराले दाजुभाइलाई शत्रु बनाउँछ : सम्पत्ति–श्रीमती–जमिन
    तीन कुरा याद राख्नु जरुरी छ : सत्य–कर्तव्य–मृत्यु
    तीन चीजहरू अरू कसैले चोर्न सक्दैन : बुद्धि–चरित्र–कुशलता
    तीन कुरा बाहिर निस्केपछि फर्केर आउँदैनन् : धनुबाट तीर, जिब्रोबाट बोली र शरीरबाट आत्मा
    तीनवटा कुरा जीवनमा एकपटक आउँछन् : आमा, बुवा र जवानी
    तीन कुराको सम्मान गर : आमा, बुवा र शिक्षक

    जीवनको सत्य –
    यो संसारमा आफ्नो भन्नु कोही छैन है –

    छोरो – बुहारीको नासो हो;
    छोरी – ज्वाइँको नासो हो;
    शरीर – मसानघाटको नासो हो;
    जीवन – मृत्युको नासो हो ।

    अनमोल विद्वत् वाणीहरू –

    क्षमा नै क्रोधको समाधान हो । – महाभारत
    निराशाबाट बच्नको लागि एउटा सूत्र छ – विगतबाट सिकेर वर्तमानको सदुपयोग गर्नुहोः र भविष्यका लागि आशावादी बन्नुहोस् । – वेद व्यास
    शरीरलाई जति व्यायाम चाहिन्छ, त्यति नै मस्तिष्कलाई अध्ययन चाहिन्छ । – एडिसन
    जसरी रथको दुष्ट घोडाले मानिसलाई समस्यामा पार्छ, त्यसैगरी अनियन्त्रित इन्द्रियले मानिसलाई दुर्दसामा लैजान्छ । – महाभारत
    पढ्नु शुभ हो, सम्झनु लाभ हो । बुद्धिमानीले विवेकबाट, सामान्य मानिसले अनुभवबाट, अज्ञानीले आवश्यकताबाट र जनावरहरूले आफ्नो स्वभावबाट सिक्छन् ।

    चाणक्य

    रिसाउनुको अर्थ अरूको गल्तीको लागि आफैँलाई सजाय दिनु हो । – पोप
    क्रोध सधैँ मूर्खताबाट सुरु हुन्छ र पश्चात्तापमा समाप्त हुन्छ । – अरस्तु÷पाइथागोरस
    मौनता अनन्तको भाषा हो ।
    क्रोधलाई प्रेमले, पापलाई पुण्यले जित्नुहोः । – टैगोर

    गीताको सार –

    जे भयो, राम्रोको लागि भयो, जे भइरहेको छ, राम्रोको लागि भइरहेको छ ।
    जे हुन्छ, त्यो पनि राम्रो हुनेछ । तिमीले के गुमायौ, जसले तिमीलाई रुन पार्यो ?
    तिमीले के ल्याएका थियौ र यहाँ हरायो ? के सृष्टि गरेका थियौ र त्यो नष्ट भयो ?
    तिमीले जे लिएका छौ, यहाँबाट लिएका हौ। जे दियौ, यहीँ दिएका छौ ।
    जे आज तिम्रो छ, हिजो अरू कसैको थियोस भोलि अरू कसैको हुनेछ ।
    परिवर्तन संसारको नियम हो ।
    धन भन्दा ज्ञान उत्तम हो । किनकि, धनको रक्षा तिमीले गर्नुपर्छ तर, ज्ञानले तिम्रो रक्षा गर्छ ।

    भगवान्को प्रतिज्ञा –

    तिमी दुई पाइला आऊ, म दश पाइला आउँछु ।
    मेरो बाटोमा हिँड्ने प्रयास गर, यदि मैले तिम्रा सबै बाटाहरू खोलिन भने मलाई भन ।
    मेरो लागि खर्च गरेर त हेर, यदि मैले तिमीलाई कुबेरको खजाना खोलिन भने मलाई भन ।
    मेरो लागि तीतो शब्द सुनेर त हेर, दयाको वर्षा भएन भने मलाई भन ।
    मतिर आएर त हेर, यदि मैले तिम्रो ख्याल राखिन भने मलाई भन ।
    मेरो बारेमा मानिसहरूसँग कुरा गरेर त हेर, यदि मैले तिमीलाई मूल्यवान् बनाइन भने मलाई भन ।
    मेरो चरित्रलाई विचार गरेर त हेर, यदि मैले तिमीलाई मूल्यवान बनाइन भने मलाई भन ।
    मलाई तिम्रो सहयोगी बनाएर त हेर, यदि मैले तिमीलाई सबैको दासत्वबाट मुक्त गरिन भने मलाई भन ।
    मेरो लागि आँसु बगाएर त हेर, यदि मैले तिम्रो जीवनलाई खुशीका सागरहरूले भरिनँ भने मलाई भन ।
    मेरो लागि केहि बनेर त हेर, यदि म तिमिलाई अनमोल बनाइन भने मलाई भन ।
    मेरो मार्गमा निस्किएर हेर, यदि मैले तिमीलाई शान्ति दूत बनाइन भने मलाई भन ।
    आफैँलाई बलिदान दिएर त हेर, यदि तिमीलाई संसार बिर्सने बनाइन भने मलाई भन ।
    तिमि मेरो बनेर त हेर, यदि सबैलाई तिम्रो बनाइन भने मलाई भन ।

    मङ्गल सुविचार

    समयभन्दा अगाडि र भाग्यभन्दा माथि केही पनि मिल्दैन । मेरो भाग्यमा नभएको कुरा मलाई संसारको कुनै शक्तिले दिन सक्दैन र मेरो भाग्यमा रहेको कुरालाई संसारको कुनै शक्तिले लिन सक्दैन । दैवी शक्तिले असम्भवलाई सम्भव बनाउन सक्छ, त्यसैले कर्म नै कामधेनु हो र प्रार्थना नै पारसमणि हो ।

    एटिएमबाट रकम निकाली गाडी (रु.१६।–प्रति किलोमिटर) का लागि चालकलाई केही रकम दिइयो । चालकले डोरी किनेर ल्याए र लगेज बलियोसँग बाँधियो । तर २५-३० किलोमिटर गुडेपछि मुजफ्फरपुरको कुर्हानीमा हुड नै हल्लिएपछि लोड बढी भयो भन्दै ड्राइभर आफैँले ४५ मिनेट लगाएर कसकास पारी ४ः३० बजे पुनः यात्रा बढाइयो । वास्तवमा त्यस गाडीमा हुड आजै फिट गरेको रहेछ, त्यो पनि सिकारु मिस्त्रीबाट ! क्यारियरका सामानहरू असुरक्षित महसुस भएपछि बिस्तारै गुड्दै करिब ६ः०० बजे हाजीपुरको बाग्मुसामा एकजमा परिपक्व मिस्त्रीबाट हुडलाई नै नयाँ हिसाबले फिट गरेर पौनेसाततिर अघि बढ्यौँ । ७ः०० बजे सरनको सोनेपुरमा सिएनजी (ऋयmउचभककभम ल्बतगचब िन्बक) भरेर ९ः०० बजेतिर भोजपुरको क्वाइलर, सकटीमा पेडा र चिया खाइयो । माटाको कपलाई रातो हुने गरी तताएर बनाइएको चियालाई तन्दुरी चिया भनिँदो रहेछ । माटाको कप बढी तातो हुने भएकाले कागजको कपमा राखेर दिइँदो रहेछ – मिठो लाग्यो ।

    राजमार्गको छेउमा कतै खाना खाने ठाउँ छ कि ? हेर्दै अघि बढ्दा करिब ११ः१५ बजे ह्रोटासको दिनारास्थित निर्माण हुँदै गरेको उत्कर्ष ढावामा खाना पाइयो । भोकको कारण प्रमुख होला, भोजन सबैले मिठै मानी खाई १२ः०० तिर पुनः यात्रा अघि बढियो । चालकलाई निद्रा लाग्ला कि ? सोधनी गर्दै यात्रा अघि बढाउने जिम्मा अगाडिको सीटमा बस्ने सहयात्रीलाई दिइएकोले निजकै आदेशानुसार करिब २ः०० बजेदेखि ४ः०० बजेसम्म कैमुरको मोहनियास्थित तिरुपति बालाजी सर्भिस स्टेशनमा सबैजना गाडीमै आराम गरियो ।

    माघ १४ गते सोमबार बिहान ६ः३० बजेतिर चण्डौलीको मुगलसराइनेर ठूला ट्रकहरूको करिब १० किलोमिटरको जाम छल्न वरिपरि चक्कर काटेर थाकेपछि पौने आठतिर जुनारको जुस रु.२५।– प्रतिकप खायौँ । यो जाम छल्न मिर्जापुरतिरबाट जानुपर्ने र करिब ४० किलोमिटर फेरो बाटो हिँड्नुपर्ने व्यहोरा ड्राइवरले जनाउँदा फेरै बाटोबाट भएपनि जाँदा छिटो हुने ठहर गरी यात्रा अघि बढाइयो । १०ः००–११ः०० बजेसम्म चुनारा, मिर्जापुरको न्यू यादव ढावामा मीठो÷अग्र्याीनक खाना खायौँ । १२ः२५ मा मिर्जापुरमा सिएनजी भर्न लाइनमा बसेको १ः४५ बजे मात्र यात्रा अघि बढाउन सकियो अर्थात् यात्राका लागि वाहनहरूको भीड व्यापकै थियो ।

    करिब १० किलोमिटर वरैबाट गाडी प्रवेश गर्न नपाउने जानकारी पाएपछि गाडी पार्किंग नेर चियाचमेना गरी करिब ४ः०० बजे प्रायगराजको सरस्वती हाइटेक सिटि लेखिएमुनि गाड़ी पार्क गरियो, जहाँ अरू गाडीहरू पनि पार्क गरिएका थिए । चालकलाई त्यहीँ वरिपरि रहन भनी मोवाइल नम्बर लियौँ । सबैले स्नानका सामग्री लिएर ४ः१५ मा त्रिवेणीतिर रमाना भयौँ । छोटो–छोटो दुरीमा दुईपटक अटोरिक्सा चढेपनि ४ः४० मा ओर्लेर झण्डै डेड घण्टा पैदल हिँडियो । बाटोमा स्नानका लागि जाने र स्नान गरेर आउनेहरूको घुइँचो थियो । कतै हराइएला कि ? ठानेर आपसमा हात समाएर शरीरले हिँड्न अशक्तता जनाएपनि सबैको लहैलहैमा हिँडियो नै । अन्ततः स्नानका लागि तोकिएको प्रयागराज, चक्डोडीको एउटा स्थान – अरेलघाटमा ६ः१५ बजे पुग्न समर्थ भयौँ ।

    साँझको समय, नदीवरिपरि झलझलाकार बत्तीले दिनरात छुट्याउन गाह्रै थियो । झण्डै ४-५ किलोमिटर जति नुहाउन सजिलो हवोस् भनी प्यारापिट बनाइएको लाग्दथ्यो । लहरै कपडा फेर्नका लागि ससाना कक्षहरू थिए, तर शौचको आत्तुरीले कतिपय कक्षमा स्नानार्थीहरूले दिसै गरेको प्रतीत हुन्थ्यो । जेहोस्, हामीहरूले पनि नुहाउने, पितृदेवहरूको स्मरण÷तर्पणादि कर्महरू करिब ७ः१५ बजेसम्ममा सकायौँ । स्नानघाटमा आउने–जाने बाटोको जस्तो भीड थिएन । तस्विरहरू खिच्ने, रमाउने कार्यको क्रममा तस्विर खिचेर हस्तान्तरण गर्दा बिचमै छुटेर खसी पशुपतिको मोवाइलको स्क्रिनको सिसा फुट्यो, बहुत दुःख लाग्यो । टेम्पर ग्लास पनि राखेको रहेनछ, दायाँ माथिल्लो कुनाको टुक्रै फुत्केकोले ह्याण्डीप्लास्टको टुक्रालो अड्याइयो – बिर्सनै नसकिने क्षण !

    फर्कँदा त अघि जस्तो हिँड्नु नपर्ला सोच्दै अलि वल्तिर आएर सबैले चिया पियौँ; टीका प्रसाद खरिद ग¥यौँ । गाडी पाइहालिन्छ नि ! भन्ने मनसँगै पदयात्रारम्भ गरियो, तर यसपटक पनि गाडी नपाइएको मात्र हैन, हामी आएको गाडी पार्क गरेको ठाउँमा जाने बाटो पो फरक प¥यो कि भन्ने चिन्ताले सतायो । बिजुलीका पोल र रूखहरूमा भारतीय राष्ट्रिय झण्डाको छनक दिने गरी तिरङ्गा बत्ती बालेको आकर्षक लाग्यो । झण्डै एक–डेड घण्टा सकिनसकि हिँडेपछि एउटा सानो गाडीलाई हाम्रो गाडी पार्क गरेका क्षेत्रको तस्विर देखाइ घञ्चमञ्च बसेर करिब ८ः४५ बजे कार पार्क गरेको ठाउँमा पुग्यौँ र सबैले आसनग्रहण गरी ९ः०० बजेतिर फिर्ता यात्रारम्भ गरियो – १४४ वर्षमा हुने महाकुम्भस्नान गरेर ।

    शारीरिक थकानसँगै भोक पनि लागेकोले हिजोको जस्तै नहोस् भनी बीच–बीचमा सोधनी गर्दै अघि बढ्दा अन्ततः मिर्जापुरको गोपालपुरस्थित विन्ध्य ढावा एण्ड फेमिली रेस्टोरेन्टमा रातको ११ः५० बजेतिर सायमकालीन भोजन गरियो – मध्यारातमा ! करिब १ः०० बजे पुनः यात्रा अघि बढाएकोमा चालकले थकान र भोजनको संयोगले निद्रा लाग्ने सङ्केत दिएको व्यहोरा जनाए । कतै होटेल खोजेर आराम गर्ने सम्भावना थिएन नै र सबैजना २ः००–४ः४५ सम्म वाराणसीको राजतालाबस्थित बी. पी. मिर्जामुराद पेट्रोलपम्पमा गाडीमै आराम गरियो ।

    माघ १५ गते मङ्गलबार बिहान पेट्रोलपम्प नजिकै चिया पियौँ र यात्रा अघि बढायौँ । ८ बजेतिर सडक किनारामा राखेका देख्दै अग्र्याीनक लाग्ने अम्बा किनी खाँदै बिहानको ११ः०० बजेतिर गोरखपुरको पिण्ड पञ्जाव होटेलमा खाना खायौँ । ड्राइवरले गाडीलाई सिएनजी हाल्न लग्दा हामीले उखुको रस खायौँ । यात्रावधिभर मैले केही पनि गर्ने अवसर पाएकी छैन, यो मेरो सौजन्यमा जनाउनु होला भनी दुर्गा भाउजूले उखुको रस खुवाउनु भयो । सानो गाडीमा आलोपालो अघिपछि बसेपनि खुट्टा तन्काउन नपाउँदा र शरीर पनि खुला नहुँदा सबैमा अव्यक्त पीडाबोध भैरहेकोले खासै कुराकानी भन्दा पनि नक्कली निदाइ निदाएका थियौँ । अपरान्हको ३ः३० बजे बरौलीको गोपालगञ्जमा हांडी चाय वाला (जिन्दगी कुछ इस तरह जीनी चाहिए, बात बिगडे या बने बस हांडी चाय पीनी चाहिए) कहाँ हाँडीमा पकाएको चिया माटाको बटुकामा÷कपमा खायौँ – मिठो लाग्यो । रक्सौल पुग्न अरू एक डेडघण्टा लाग्छ भन्थे ।

    चालकले गाडी व्यवस्थापकसँग कुरा गर्दा यात्रुहरू रक्सौल छाडेपनि किलोमिटर रिडिङ् मजफ्फरपुरसम्मकै लिनु भनेपछि एकछिन तनाव भयो । पशुपतिले हिन्दीमा सबै व्यहोरा सम्झाए पनि मानेनन् । ह्वाट्स एपको ठेगाना मेरो प्रयोग भएको थियो । लिखित खबरहरू त्यसैमा भएका थिए । पुनरावलोकन गर्दा पुछारमा यात्रुलाई मुजफ्फरपुर – प्रयागराज – रक्सौल छाड्ने, किलोमिटर मुजफ्फरपुरदेखि मुजफ्फरपुरसम्म लिने लेखेको रहेछ । तर, फोनमा कुराकानी हुँदा यो व्यहोरा नजनाएकाले हामीले ओर्लेको ठाउँसम्मको मात्रै दिने भनेपनि व्यवस्थापकले नमानेपछि अन्ततः करिब सय किलोमिटर बराबर थप गरी भुक्तानी दियौँ । पौनेसात बजे हामी रक्सौलमा उत्रियौँ । करिब ९०० किलोमिटरको यात्राको अपेक्षा अन्ततः १३०० किलोमिटरमा पूरा भएछ । चालकसँग बिदाबादी भई नेपाली अटोरिक्साबाट वीरगञ्ज आयौँ । दुर्गा र टीका भआउजूहरूलाई पोखराको र हामीलाई काठमाडौँको टिकट लिई पोखरेली टिमलाई बिदा गरी खाना खाई हामीहरू पनि १०ः३० बजे काठमाडौँ रमाना भई भारतीय तीर्थहरूको दर्शनावलोकनको कार्यक्रमको बिट मार्यौ ।

    क्रमशः …

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.