तिलक पाैडेल
माघ ११ गते शुक्रवार बिहान नित्यकर्मपछि झोला मिलाई चोकको चिया चमेना पसलमा बिहानीको गह्रौँ नास्ता (डोसा, इड्ली, सम्बर, पुरी, सादा
तरकारी, चिया, कफी आदि) लाई खानाको रूप दिइयो – दक्षिण भारतीय भोजनको समापन स्वरूप ! चालक मल्लिकार्जुन आएपछि सामान राखी १०ः३० बजे मर्कापुर रेलवे स्टेशनतिर रमाना भयौँ । हिजै मर्कापुरसम्मको लागि इनोभा गाडीसँग रु ४,०००।– मा कुरा मिलाइएको थियो । बीचमा इन्धन राखी १२ः३० बजे स्टेशनमा पुग्यौँ । प्रतिक्षाको क्रममा मैले ल्यापटपमा काम गरेँ । संयोग हटस्पटले काम गर्दा गुगल किपको व्यहोरा ल्यापटपमा सारेँ पनि ।
हाम्रो रेल बाघ एक्स्प्रेसमा प्लेटफर्म २ बाट चढ्नुपर्ने जानकारी भएकाले ब्यागेज २ नम्बर प्लेटफर्मतिर सार्यौ । रेल १९ मिनेट ढिला रहेछ ।
कतिपय महिला यात्रीहरूले रेलको प्रतीक्षाका क्रममा धोएका चिसा धोतीका फुर्का २ जनाले समाएर सुकाएका दृश्यहरू पनि रोचक लाग्दथे ।
रेल आउँदै गरेको जानकारीपछि हाम्रा सीटहरू डिब्बा द्यद्द का ३३, ३४, ३५, ३६, ३७, ३८ भएकाले द्यद्द डिब्बाको खोजीमा आ–आफ्ना ब्यागेज लिएर सबै अघि बढ्यौँ । सोही क्रममा म पल्टिन पुगेँ, एकजना सज्जनले उठाएर सहयोग गर्नुहुँदा वहाँप्रति धन्यवादको समेत उच्चारण नगरी कुनै डिब्बा क्द्द मा चढेँ । अन्ततः सबै निर्धारित सीटमा जम्मा भई पानी, चिया, कोठे नास्ता गरियो । केटाकेटीसँग सम्पर्क गरी ल्यापटपको कामलाई निरन्तरता दिएँ । करिब सवा चारबजे गुन्टुरको फिरङ्गापुरम हुँदै ५ बजे सम्वशिवपेटमा पुगिएथ्यो । साँझ ७ः३० बजेतिर सशुल्क स्वेच्छिक भोजन गरी दुर्गा, सुनिता, पशुपति एकातिरका तीन तलामा र टीका, शारदा र म अर्काेतिरका तीन तलामा सुत्यौँ । हामी तीनलते (सुत्ने सुविधा) रेलबाट कलकत्तातिर यात्रा गरिरहेका थियौँ ।
माघ १२ गते शनिवार बिहान ३ः३० तिर बिउँझिएपछि उठेर संक्षिप्त फ्रेस भएँ र पुनः शयनस्थलमा आएर शयनयोग गर्दाे भएँ । सोही क्रममा आराम गरी ७ः३० बजे उठियो । एकादशी भएकाले नास्ता गरिएन । मेरो घाँटी बसेकाले कागति चिया पिएँ । निर्मलाले खाना खाइन्; अरूले एकादशी मनायौँ – ड्राइफ्रुट्स, सातु, दही खाएर । यही विषयमा चर्चाहरू पनि गरियो । ल्यापटपमा २०६६-६७ ताकाको तत्कालीन पोखरा उप–महानगरपालिकाका राजनैतिक संयन्त्रका महानुभाव र कर्मचारी साथीहरूले गरेको भारतीय शहरहरूको भ्रमणबारेको लेख भेटियो र गोरखा समाचारमा पठाएँ ।
अन्ततः करिब ४ः०० बजे कलकत्ताको हउडा रेल स्टेशनमा पुग्यौँ । चढ्दाको हतारो त्यतिखेर थिएन । सहज हिसाबले स्टेशनमा उत्रेर केही पर
पुगेपछि चिया खायौँ । सोही क्रममा मैले पनि सुनिता भाउजूको सम्धीले पठाइदिनु भएको ड्राइफ्रुट्स र जौको सातु चियासँग खाएर एकादशीको उपवास समापन गरेँ । सामान लिएर २२ नम्बर प्लेटफर्ममा पुग्यौँ । कलकरूममा सामान राखी सबै घुम्ने वा स्टेशनमा सामानसँगै केही समय आराम गर्ने बिकल्पमा टीकाभाउजूको उच्चारणमा सबै सहमत भएपछि सामान र महिला सहभागीहरूलाई सँगै छाडेर पशुपति र म हउडापुल अवलोकन गर्न बाहिरियौँ । उखुको जुस खाई फर्केर मैले मोवाइल चार्ज गर्दै गीतापाठ गरी १८औँ अध्याय समाप्त गरेँ ।
केही समय बाँकी रहेपछि दुर्गा, निर्मला र म पुनः पुलतिर गई फक्र्याैँ । भोक लागेको महसुस हुँदा सातुका लड्डु खाने क्रममा दुर्गा भाउजूलाई – जो पनि एकादशीका दिन चामलको परिकार खानुहुँदो रहेनछ, दिएकोमा पश्चाताप गर्दै सरी भनी मैले र निर्मलाले खायौँ । मोवाईलमा टावरै देखाएन, रिस्टार्ट पनि गरेँ । भोलि मुजफ्फरपुरमा आवश्यक व्यवस्था मिलाउनु गर्नुपर्ला । यसपटक हामी यसवन्तपुर–हावडा सुपर एक्स्प्रेस रेलबाट यात्रा गर्दै थियौँ । त्यसमा चढ्नका लागि १०÷११ नम्बर प्लेटफार्ममा जानुपर्ने जानकारी भएपछि हामीहरू पनि सामानसहित त्यतैतिर लाग्यौँ । ९ः३० बजे रेलमा चढेर द्यद्द का सीट नम्बर ४१, ४२, ४३, ४४, ४५, ४६ मा आसन ग्रहण गरियो । यसमा पनि हामीले खान चाहेको परिकार सशुल्क उपलब्ध हुने व्यवस्था थियो । हामी फ्रेस भएपछि मैले भेज बिरीयानी मगाई खाएँ र एकातर्फ सुनिता, दुर्गा, टीका र अर्काेतर्फ पशुपति, निर्मला र म आराम ग¥यौँ । छिमेकमा महिला खेलाडीहरूको समूह छ ।
बिहानी नित्यकर्मपछि रातो कागति चिया, भूजा, दालमोटको नास्ता गरी दुध चिया पनि खायौँ । ७ः३० बजे बरौनी, ८ः१५ मा बेगुसराइको बच्वारा हुँदै ११ बजेतिर मुजफ्फरपुरको इमली छट्टिको स्टेशनमा ओर्लियौँ । ब्यागेज स्टेशन बाहिर निकाली नजिकै चिया, पानी खायौँ, तस्विरहरू खिचिए । रेलमै प्रयागराजका लागि गाडीको खोजी गरी अन्ततः रु१६।– प्रतिकिलोमीटरका दरमा प्रयागराज पुगाई, स्नान गरेपछि रक्सौलसम्म पु¥याउने शर्तमा कुरा टुङ्ग्याइएको थियो । सोही बमोजिम गाडी आएपछि १२ः३० बजेतिर १४४ वर्षमा गरिने महाकुम्भ स्नान गर्ने हिसाबले प्रयागराजतर्फ रमाना भयौँ ।
क्रमशः …
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#




















