×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दक्षिण भारतीय तीर्थ यात्रा–८ (स्रिसैलमदेखि मुजफ्फरपुरसम्म)

  •  गोरखा समाचार
  • मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    माघ ११ गते शुक्रवार बिहान नित्यकर्मपछि झोला मिलाई चोकको चिया चमेना पसलमा बिहानीको गह्रौँ नास्ता (डोसा, इड्ली, सम्बर, पुरी, सादा तरकारी, चिया, कफी आदि) लाई खानाको रूप दिइयो – दक्षिण भारतीय भोजनको समापन स्वरूप ! चालक मल्लिकार्जुन आएपछि सामान राखी १०ः३० बजे मर्कापुर रेलवे स्टेशनतिर रमाना भयौँ । हिजै मर्कापुरसम्मको लागि इनोभा गाडीसँग रु ४,०००।– मा कुरा मिलाइएको थियो । बीचमा इन्धन राखी १२ः३० बजे स्टेशनमा पुग्यौँ । प्रतिक्षाको क्रममा मैले ल्यापटपमा काम गरेँ । संयोग हटस्पटले काम गर्दा गुगल किपको व्यहोरा ल्यापटपमा सारेँ पनि ।

    हाम्रो रेल बाघ एक्स्प्रेसमा प्लेटफर्म २ बाट चढ्नुपर्ने जानकारी भएकाले ब्यागेज २ नम्बर प्लेटफर्मतिर सार्यौ । रेल १९ मिनेट ढिला रहेछ । कतिपय महिला यात्रीहरूले रेलको प्रतीक्षाका क्रममा धोएका चिसा धोतीका फुर्का २ जनाले समाएर सुकाएका दृश्यहरू पनि रोचक लाग्दथे । रेल आउँदै गरेको जानकारीपछि हाम्रा सीटहरू डिब्बा द्यद्द का ३३, ३४, ३५, ३६, ३७, ३८ भएकाले द्यद्द डिब्बाको खोजीमा आ–आफ्ना ब्यागेज लिएर सबै अघि बढ्यौँ । सोही क्रममा म पल्टिन पुगेँ, एकजना सज्जनले उठाएर सहयोग गर्नुहुँदा वहाँप्रति धन्यवादको समेत उच्चारण नगरी कुनै डिब्बा क्द्द मा चढेँ । अन्ततः सबै निर्धारित सीटमा जम्मा भई पानी, चिया, कोठे नास्ता गरियो । केटाकेटीसँग सम्पर्क गरी ल्यापटपको कामलाई निरन्तरता दिएँ । करिब सवा चारबजे गुन्टुरको फिरङ्गापुरम हुँदै ५ बजे सम्वशिवपेटमा पुगिएथ्यो । साँझ ७ः३० बजेतिर सशुल्क स्वेच्छिक भोजन गरी दुर्गा, सुनिता, पशुपति एकातिरका तीन तलामा र टीका, शारदा र म अर्काेतिरका तीन तलामा सुत्यौँ । हामी तीनलते (सुत्ने सुविधा) रेलबाट कलकत्तातिर यात्रा गरिरहेका थियौँ ।

    माघ १२ गते शनिवार बिहान ३ः३० तिर बिउँझिएपछि उठेर संक्षिप्त फ्रेस भएँ र पुनः शयनस्थलमा आएर शयनयोग गर्दाे भएँ । सोही क्रममा आराम गरी ७ः३० बजे उठियो । एकादशी भएकाले नास्ता गरिएन । मेरो घाँटी बसेकाले कागति चिया पिएँ । निर्मलाले खाना खाइन्; अरूले एकादशी मनायौँ – ड्राइफ्रुट्स, सातु, दही खाएर । यही विषयमा चर्चाहरू पनि गरियो । ल्यापटपमा २०६६-६७ ताकाको तत्कालीन पोखरा उप–महानगरपालिकाका राजनैतिक संयन्त्रका महानुभाव र कर्मचारी साथीहरूले गरेको भारतीय शहरहरूको भ्रमणबारेको लेख भेटियो र गोरखा समाचारमा पठाएँ ।

    अन्ततः करिब ४ः०० बजे कलकत्ताको हउडा रेल स्टेशनमा पुग्यौँ । चढ्दाको हतारो त्यतिखेर थिएन । सहज हिसाबले स्टेशनमा उत्रेर केही पर पुगेपछि चिया खायौँ । सोही क्रममा मैले पनि सुनिता भाउजूको सम्धीले पठाइदिनु भएको ड्राइफ्रुट्स र जौको सातु चियासँग खाएर एकादशीको उपवास समापन गरेँ । सामान लिएर २२ नम्बर प्लेटफर्ममा पुग्यौँ । कलकरूममा सामान राखी सबै घुम्ने वा स्टेशनमा सामानसँगै केही समय आराम गर्ने बिकल्पमा टीकाभाउजूको उच्चारणमा सबै सहमत भएपछि सामान र महिला सहभागीहरूलाई सँगै छाडेर पशुपति र म हउडापुल अवलोकन गर्न बाहिरियौँ । उखुको जुस खाई फर्केर मैले मोवाइल चार्ज गर्दै गीतापाठ गरी १८औँ अध्याय समाप्त गरेँ ।

    केही समय बाँकी रहेपछि दुर्गा, निर्मला र म पुनः पुलतिर गई फक्र्याैँ । भोक लागेको महसुस हुँदा सातुका लड्डु खाने क्रममा दुर्गा भाउजूलाई – जो पनि एकादशीका दिन चामलको परिकार खानुहुँदो रहेनछ, दिएकोमा पश्चाताप गर्दै सरी भनी मैले र निर्मलाले खायौँ । मोवाईलमा टावरै देखाएन, रिस्टार्ट पनि गरेँ । भोलि मुजफ्फरपुरमा आवश्यक व्यवस्था मिलाउनु गर्नुपर्ला । यसपटक हामी यसवन्तपुर–हावडा सुपर एक्स्प्रेस रेलबाट यात्रा गर्दै थियौँ । त्यसमा चढ्नका लागि १०÷११ नम्बर प्लेटफार्ममा जानुपर्ने जानकारी भएपछि हामीहरू पनि सामानसहित त्यतैतिर लाग्यौँ । ९ः३० बजे रेलमा चढेर द्यद्द का सीट नम्बर ४१, ४२, ४३, ४४, ४५, ४६ मा आसन ग्रहण गरियो । यसमा पनि हामीले खान चाहेको परिकार सशुल्क उपलब्ध हुने व्यवस्था थियो । हामी फ्रेस भएपछि मैले भेज बिरीयानी मगाई खाएँ र एकातर्फ सुनिता, दुर्गा, टीका र अर्काेतर्फ पशुपति, निर्मला र म आराम ग¥यौँ । छिमेकमा महिला खेलाडीहरूको समूह छ ।

    बिहानी नित्यकर्मपछि रातो कागति चिया, भूजा, दालमोटको नास्ता गरी दुध चिया पनि खायौँ । ७ः३० बजे बरौनी, ८ः१५ मा बेगुसराइको बच्वारा हुँदै ११ बजेतिर मुजफ्फरपुरको इमली छट्टिको स्टेशनमा ओर्लियौँ । ब्यागेज स्टेशन बाहिर निकाली नजिकै चिया, पानी खायौँ, तस्विरहरू खिचिए । रेलमै प्रयागराजका लागि गाडीको खोजी गरी अन्ततः रु१६।– प्रतिकिलोमीटरका दरमा प्रयागराज पुगाई, स्नान गरेपछि रक्सौलसम्म पु¥याउने शर्तमा कुरा टुङ्ग्याइएको थियो । सोही बमोजिम गाडी आएपछि १२ः३० बजेतिर १४४ वर्षमा गरिने महाकुम्भ स्नान गर्ने हिसाबले प्रयागराजतर्फ रमाना भयौँ ।

    क्रमशः …

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.