×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दक्षिण भारतीय तीर्थ यात्रा–७ (तिरुपतिदेखि स्रिसैलमसम्म)

  •  गोरखा समाचार
  • मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    हिजो साँझ ९ः०० बजे तिरुपतिको टाटानगरबाट यात्रारम्भ गरेका हामी १२ः०० मध्यरातमा नेल्लोरेःिथत रमेशरेड्डीनगर पुगेका थियौँ । माघ ९ गते बुधवार बिहान ५ः३० मा विद्यानगर, मार्कापुरमा रोकी दिसा–पिसाप गर्न भनिएपनि शौचालयको राम्रो व्यवस्था रहेनछ । केही समय बिसाई करिब ७ः०० तिर प्रकासम्, डोर्नालास्थित रवि होटेलमा चियापान गरियो र स्रिसैलमतर्फ अघि बढियो । वरिपरि हरियाली थुम्काको उपस्थिति र मन्द–मन्द चिसोले जन्मभूमिको झल्को दिलायो । करीब ९ः१५ बजे स्रिसैलम बसपार्कमा उत्रेर टेम्पोबाट होटेल गौरी (नामै स्थानीय भाषामा लेखिएको) मा आई चेकइन गरियो । कोठा–कोठामा लगेजहरू राखी नजिकैको चिया पसलमा चियापान गर्यौ । होटेलमा फर्केर फ्रेस भई १२ः१५ बजे तिर बाहिरिई खाना खानका लागि होटेल खोजिदिन गुगलको सहारा लिई प्रसुन पोखरेलको जन्मदिनको उपलक्ष्यमा मनचिन्ते प्राप्तिको शुभकामना प्रकट्दै पोखरेल जोडीको सौजन्यमा गणेश फुड कोर्टमा करिब २ः०० बजे दिवाकालीन भोजन गरियो । होटेलबाट कोठामा फर्कादा तस्विर खिच्दै पदयात्री बन्यौँ । पदमार्गको छेउमा हरियो घाँस र फुलका चित्र कोरिएको प्रसङ्ग रोचक लाग्यो । स्लिपर बसमा जस्तो आरामदायी यात्रा नहुँदा थकान महसुस भएकाले केही समय आराम गरियो । दिउँसोको खाना ढिला खाएकाले सबैको रायानुसार दुधको बन्दोबस्त मिलाई कोठे भोजन गरी भोलि बिहान ६ः३० मा जम्मा भई आधाघण्टा पदयात्रा गरी ७ः०० बजे दर्शनार्थी हुने सल्लाहमा आराम गरियो – स्रिसैलमको पहिलो रात !

    माघ १० गते बिहीबार बिहान उठेर स्नान गरी यथासमयमा जम्मा भई नजिकैको चियापसलमा चिया, पानी खायौँ र मल्लिकार्जुनको दर्शनका लागि मन्दिरतर्फ पैदल रमाना भयौँ । पाउपोस राख्न जाँदा कोठाको एकातिर दायाँ र अर्काेतिर बायाँ राख्न निर्देशन गरेको देख्दा यहाँ चप्पल, जुत्ता हराउने सम्भावना न्यून रहेको व्यहोरा मनन हुँदा राम्रो लाग्यो । दर्शनार्थीहरूको खासै घुइँचो थिएन । मोबाइल कलकरुममा राखी करिब १ घण्टामा दर्शन सकियो । बाहिरिने तर्फको प्यारापिटमा बसेर हामीले गीता पाठ ग¥यौँ । पशुपति शौचालयको उपयोग गर्न गए, मैले अर्काे अध्याय पाठ गर्न थालेँ । निर्मला पनि शौचालयको खोजी गर्न गइन् ।

    पाठ सकेर निस्कँदा पञ्चामृतका रूपमा नरिवलादिको रस र बदाम मिसाइएको पुलाउको नैवेद्य दिइँदो रहेछ, प्रसन्न मनले खायौँ । सबै बाहिर निस्किसक्दा पनि निर्मला कतै देखिइनन् । पशुपतिले आफ्नो मान्छेको ख्याल गर्नुपर्दैन भन्दै मलाई शौचागारतिर जान भने । म पनि चोकको सार्वजनिक शौचालयमा गई महिला तर्फको बन्द ढोका नखुलुञ्जेल पर्खेर बसेँ । संयोग अर्कै मान्छे निस्केपछि एकमन हाँस्दै र अर्काे मन अब कता खोज्ने त ! सोच्दै मन्दिरको गेटमा गएँ । सहधर्मिणी हराइन् भनेपछि विचार शक्ति प्रबल भएछ क्यारे ! सेकुरिटीमा खटेका व्यक्तिलाई अनुरोध गरेर घूँडा दुखेको पनि बिर्सी मन्दिर भित्र गई जताततै चाहारेँ । कतै नदेखिएपछि सेकुरिटीलाईदक्षिण भारतीय तीर्थ यात्रा – ७ My wife missing भन्दा Announcement contact, out right and left turn ok. भने । त्यतातिर फेरि अङ्ग्रेजी राम्रोसँग बोल्दा रहेनछन्, म हिन्दी बुझेपनि बोल्न नजान्ने ! चाणक्य नीतिको … कविदेशः सुविद्यानां… भनेको व्यहोरा हृदयङ्गम भयो । सम्बन्धित ठाउँको बरबेबहार जानेको व्यक्तिका लागि विदेश भन्ने नै हुँदैन । मलाई भाषाको अनविज्ञताले वास्तवमै असहज गरायो । जेहोस्, ती सुरक्षाकर्मीको सुझाव बमोजिम बाहिरिँदा निर्मला आफ्ना चप्पल सङ्कलन गरिसकेर सबै भएको ठाउँमा आइसकेकी रहिछन् – खुसी लाग्यो ।

    केही तस्विर खिची नजिकै चिया, नास्ता गर्यौ र महिला सहभागीहरूलाई किनमेलका लागि छाडेर हामी दुई नजिकैको एटिएम खोजीमा निस्क्यौँ । एटिएमबाट रकम निकाली दुबै जनाले रामराज ब्राण्डको पहेँलो कुर्ता खरिद गर्यौ – यस यात्राको चिनु स्वरूप ! हुन पनि यो सधैँ लगाइने हैन नै, त्यसैले लगाउने बेलामा मित्र र सम्भवतः स्थान चिन्तन अवश्य हुनेछ । बिक्रेता ठिटोले पढेर को धनी भएको छ र ? म त ७ कक्षा पढेर व्यापारमा लागेको हुँ, जीवन मस्तिसँग बितिरहेको जनाए । कर्मचारी बनेकाले बिरलै ध्यान दिइने क्षेत्र !

    हामीहरू सबैजना भेट हुने भनिएको ठाउँमा फक्र्याैँ तर, महिलावृन्द नदेखेपछि म सामानका झोला लिएर चौतारामा बसेँ भने पशुपति सम्भावित ठाउँमा वोहोरदोहोर गरे । त्यही समयमा मैले यतिखेर अमेरिकातिर टहलिएका नरहरि बरालदाइसँग कुराकानी गरेँ । अन्ततः सबै जम्मा भएपछि नरिवलको रस रु.७०।– का दरमा पिई हिजो खाना खाएको गणेश फुड ल्याण्डमा नई खाना खायौँ । अटोरिक्साबाट कोठामा आई हिसाब रुजु गरी केही समय आराम गरियो । हिजोको जस्तै सायमकालीन भोजन कोठामै गरी – मल्लिकार्जुनले हामी सबै धरावासीको कल्याण गरुन् भन्ने कामनासँगै स्रिसैलमको अन्तिम रात स्वरूप आराम गरियो ।

    क्रमशः …

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.