×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दक्षिण भारतीय तीर्थ यात्रा-४ (कन्याकुमारीदेखी रामेश्वरमसम्म)

  •  गोरखा समाचार
  • बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    पुस २९ सोमवार बिहान ८:४५ बजे चालक गाडी लिएर आएपछि सबै लगेजहरू लोड गरी रामेश्वरम् तर्फको यात्रारम्भ गरियो । बीचमा पेट्रोल पम्पमा शौचालय प्रयोग र फ्यूल हाल्ने कार्य भयो । बाटोमा संघशरणद्वारा लिखित पुस्तक अनुसार क्लेशनासको लागि लोभ र दानको भूमिकाबारे चर्चा भयो । वास्तवमा लोभ र मोहकै कारण क्लेश उत्पन्न हुने रहेछ । यो मानेमा दानमा मन बढाउन सकियो र लोभ लाग्ने बानी घटायो भने स्वभावत: क्लेशनास हुने लेखकको अनुभव सबैका लागि मननीय ठहर्‍यो । भोक पनि लागेको कारण दिउँसो १:३० बजे रामानाथपुरमको पट्टिनामकाटको होटेलमा दक्षिण भारतीय खाना केराको पातमा खायौँ । निकै भिड भएपनि व्यवस्थितै हिसाबले सेवा दिइरहेको लाग्दथ्यो । तर अन्तर्राष्ट्रिय भीषाकार्ड स्वाइप गर्ने सुविधा रहेनछ ।

    खाना पछिको यात्रामा गाडी चलाउन सिपबारेमा चर्चा चले । मैले पोखरामा आइएस्सी पढ्नेताका (२०३४-३६) साइकल सिक्दा बगरको कसाइटोलमा दाउरा बेची रहेकी अधबैंसे महिलाको टाँगमुनि छिराउँदा सहपाठी साथीहरूको सहयोगमा जोगिएको, धोवीगौँडानेर कुखुरालाई किचेको, महेन्द्रगुफा जाँदा बालकको हात ब्रेकमा पस्दा ब्रेक नलागेर बालक घिसारिएको जस्ता व्यहोराहरू जस्ताको तस्तै सुनाउँदै २०५४ मा लेखनाथ नगरपालिकामा कार्यरत हुँदा मोटरसाइकलको दुर्घटनासम्म पुग्दा साढेतीन बजेछ । खाना पहिले नै गुगल खोजी गरी खोजेको होटल दुवारकामा चेकइन गरियो ।

    संक्षिप्त ताजगी पछि पैदल निस्केर समुद्रतट अवलोकन गर्‍यौँ । तदुपरान्त पार्वती मन्दिर र रामेश्वर मन्दिरको दर्शन गरी रामेश्वर मन्दिरको पश्चिमगेटबाट केटाकेटीहरूलाई लाइभकास्ट गरी दर्शन गराइयो । वास्तवमा यी मन्दिरहरूको निर्माणमा प्रयुक्त ढुङ्गाका पिलर, बीम आदि उनताका कसले कसरी बनाए होला र केको सहायताले ठड्याउने र पर्खाल बनाउने गरिएहोला जस्तो लाग्दथ्यो । त्यत्रा मन्दिरका संरचना अचेलका क्रेनादि उपकरणहरूबाट पनि असम्भवप्राय: लाग्दथ्यो । जेहोस्, दर्शनावलोकन गरी श्री महावीर भोजनालय, रामेश्वरम्मा चपातीको भोजन गर्‍यौँ । गलामा खिसखिस गरेकाले बेटाडिन खरिद गरी चियादि खायौँ । एटिएमबाट रकम निकालेर पानीको व्यवस्था मिलाई कोठामा आई आराम गरियो ।

    माघ १ गते मङ्गलबारका दिन ७:३० तिर समुद्रतटमा गई मकर सक्रान्ति स्नान गरी पितृलाई तर्पण दियौँ । कपड़ा फेरेर रामेश्वरम् वरिपरिका २२ कुण्डहरूमा स्नान गरियो । सबै कुण्डहरूमा केही पण्डाहरूले सानो बाल्टी इनारमा उभाएर भक्तजनहरूतिर पानी फ्याँकिदिँदा रहेछन् । सायद दक्षिण भारतीय जस्तो लाग्ने एकजना तीर्थालु मेरो अगाडि थिए, बाल्टीको पानी शरीरमा परेन भनेर आफ्ना समूहका साथीहरू छुटेपनि पर्खेर छ्यापी मागे । त्यो घटनाले आस्तिक मनलाई रोमाञ्चित गरायो । २२सै कुण्डको स्नान गरीसक्दा हामीहरू नै केही समय ३/३ जना बनेर अलमल पर्‍यौँ । मैले बेल्टब्यागमा सानो गीताको पुस्तक लगेको स्नान गर्दा पानीको ओसले भिजेजस्तो भएछ । अरू साथीहरू जम्मा नहोउञ्जेल चप्पल राखिएको ठाउँमा मैले एक अध्याय गीता पाठ गरेँ । अन्तत: सबै जम्मा भएपछि होटेलमा आई नुहाएर तीलका लड्डु खाई माघे संक्रान्ति मनायौँ । चोकमा चिया कुकिज खाएर केही समयपछि नजिकैको श्रीरामदेव मारवाडी भोजनालयमा लिमिटेड भोजन (दाल, २ वटा तरकारी, १ कप भात, ४ वटा चपाती, दही, पापड, पुरानो कागतीको अचार) खायौँ । बिहानदेखिको थकानले होला, होटेल फर्केर केही समय आराम गर्‍यौँ । सायमकालीन चियापान गरी होटेल आउँदा पानी परेकाले कोठे खाना खाई भोलि बिहान चारैबजे तयार भई मन्दिर दर्शन गर्ने रायसाथ आराम गरियो ।

    माघ २ गते बुधवार बिहान कोठैमा स्नान गरी ४:१५ मा निस्किएर लाइन बसी मन्दिरमा रामेश्वरम्को दर्शन गरी निस्कँदा करिब ६:०० बज्यो । चिया पिई कोठामा गएर नास्ता गर्‍यौँ । अटोरिक्सा भाडामा लिई ८:३० बजे निस्केर विभिषणको मन्दिर, रामसेतु हुँदै धनुषगढी पुगेर फलफूल खाई वरिपरिको अवलोकन गरी १०:३० बजेतिर होटेल फर्क्यौँ । १४४ वर्षे कुम्भमेला-प्रयागराज, को प्रसङ्गमा अर्कै टीम बनेर आउने कि जस्ता प्रतिक्रिया उपर मन्थन गर्दै लगत्तै खाना खान निस्कियौँ । कार्डबाट रकम निकाली महिलावृन्दलाई किनमेलमा सरिकिन लगाई हामी दुईजना महासागरको जल लिन गयौँ । त्यतैबाट घुम्दै एउटा सङ्ख पनि किनियो । सबै भेट भएपछि चिया पिई कोठामा आई झोला मिलाई रामेश्वरमको अन्तिम रातस्वरूप आराम गरियो-भोलि बिहान मधुराइतर्फ लाग्ने निर्णयसँगै ।

    क्रमश:…

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.