×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कुराका कुरा

  •  गोरखा समाचार
  • बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कमल लम्साल

    हामीले २०७६ सालदेखि हरेक फागुन महिनामा विचारको उत्सव कर्णाली उत्सव कुडा कर्नालीका मनाउँदै आएका छौं । विगतका पाँच वटा संस्करण हामीले बुलबुले तालको किनारमा बसेर सम्पन्न गर्याै । र, छैटौं संस्करण यस सिटी हलको आँगनमा आयोजना गर्यौं ।

    धेरैलाई लागेको छ यस उत्सवले सार्थकता पाउँदै गएको छ । यसले कर्णालीलाई चिन्ने र चिनाउने अभियानमा धेरै नै सहयोग पुर्याएको छ । कर्णालीको पहिचान केलाउँदै यहाँका मानिसहरुको आत्मबल बढाउने काम गरेको छ । मलाई लाग्छ कुनै पनि मुलुकको समृद्धिका लागि त्यहाँको राजनीतिमात्र महत्वपूर्ण हुँदैन । समाजका विविध आयामहरुको विकास हुन सकेमात्र देश विकास हुने हो । कुनैपनि देश समृद्ध हुन त्यहाँको संस्कृति सबल हुनुपर्छ । त्यहाँको सद्भावना मजबुत हुनुपर्छ । राजनीतिक रुपमा विभाजित समाजलाई जोड्ने भनेकै संस्कृतिले हो । किनभने संस्कृतिले समाजमा गहिरो गरी जरा गाडेको हुन्छ । सबल संस्कृति नै सभ्यताको आधार हो । र, सभ्य समाज यसै पनि सद्भावयुक्त हुन्छ र हुनुपर्छ ।

    हामीलाई थाहा छ– समाजले नै हो हामीलाई निखार्ने । विभिन्न समय र सन्दर्भमा अवलम्वन गरिएका समाजिक अभ्यासले नै हामीलाई परिष्कृत बनाउँदै लैजाने हो । यद्यपि समाजमा हुन्छ र हुँदैनको रस्साकस्सी सधैं चलिरहन्छ । ‘भयो’ र ‘भएन’ को संघर्ष भइरहन्छ । त्यसैले हो हामीलाई अघि बढाउने । अडिग बनाउने ।

    कतिलाइ लागेको होला कुरा गरेर केही हुँदैन । तर हाम्रो विश्वास छ कि कुरा नगरी केही हुँदैन । एकैनासे पद्धतिमा हुर्केको मानिसलाई अर्कोथरी कुरा पनि हुन्छ भन्ने कुरा पत्याउनै कठिन भएजस्तै हामीले २०७६ सालमा यस्तो विचार उत्सव आयोजना गर्दा धेरैलाई कुरा गर्ने पनि उत्सव हुन्छ भन्ने लागेको थियो । भनिन्छ– बेथिति बीच हुर्केकालाई बेथिति नै रीत हो जस्तो लाग्छ । अरुका कुरा त्यति प्रभावकारी लाग्दैनन् । यद्यपि अरुसँगको अन्तक्रिर्या नहुँदा समाज गतिशील बन्न सक्दैन् । विचारको मन्थनले मात्रै राम्रो र नराम्रो पत्ता लाग्ने हो । अतः अन्तक्र्रिया नै समाज विकासको बैज्ञानिक विधि हो । आज हामीले जे जति उपलब्धी हासिल गरेका छौं ती सबै सामाजिक संवादका प्रतिफल हुन् ।

    हामीले मानव विकासलाई केलाउने हो भने कुराकानीको सर्वथा महत्व छ । भाषाको विकास भनेकै कुराकानी गर्ने माध्यमको विकास हो । भाषाबाहेक अन्य विषयको विकासमा पनि कुराकानीकै योगदान छ । तर्कशास्त्र, दर्शन, विधिशास्त्र वा अन्य जुनसुकै विधाको विकास हेर्ने हो भने त्यसको आधार कुराकानी भएको पाइन्छ । विज्ञानसम्मत सामाजिक शास्त्रको विकासमा कुराको धेरै महत्व छ । कसैले केही कुरा व्यक्त गर्छ, त्यसमा अर्कोले खण्डन वा समर्थन गर्छ । धेरैले विचार प्रकट गरेपछि त्यो परिष्कृत हुन्छ । र, सिद्धान्त बन्छ । त्यसले समाजलाई दिशानिर्देश गर्छ । सिद्धान्त बदलिन्छ पनि ।

    एकजना शुभचिन्तकले उत्सव बारे असन्तुष्टि जाहेर गर्दै झन्डै १५ मिनेट बोल्नुभो । त्यसपछि मैले भनें यो पनि त कुरै हो । मानिसले कुरै गरेर हो सन्तुष्टि वा असन्तुष्टि प्रकट गर्ने । कुरा नै सहमति वा असमहती प्रकट गर्ने माध्यम हो ।

    हामी जान्दछौं– प्रभावशाली दर्शन वा सिद्धान्त पनि कुरै हुन् । देश बनाउने योजना पनि कुराका ठेली हुन् । संविधानका धारा वा कानुनका दफा नै किन नहुन् ति सबै कुरा हुन् । यतिसम्म कि मानिस सपनामा पनि कुरा गर्छ । अझै चराचर जगतका कुरा बारे हामी धेरै नै बेखबर छौं ।
    राजनीति र समाजमा कुराको प्रभाव अचम्मको छ । कुरा गरेर केही हुँदैन भन्नु पनि कुरै हो । के राजनीतिक दलका घोषणा पत्र कुराका ठेली होइनन् ? मैले चुनाव जितें भने यस्तो गर्छु, उस्तो गर्छु भन्ने नेताका भाषण र प्रतिवद्धता कुरा होइनन् ? अतः कुराभन्दा पर मैले केही देखेको छैन । हामीलाई दृढ विश्वास छ कुरा नै समाज विकासको सुत्रधार हो । त्यसैले हामी अविचलित यो कुराकानीको श्रृङखला आयोजना गरेका छौं ।
    कुराकै वरपर कुरा गर्दा पनि कुरै गर्नुपर्छ । हामीले जानेका छौं एकजना शिक्षकले कक्षाकोठामा कुरा पढाउँछ । आफूले जानेको अरुलाई सिकाउँछ । एकजना वकिलले अदालतमा कुरा नै वहस गर्छ । आफूलाई प्रमाणित गर्न खोज्छ । अखबारका पानाभरी कुरैकुरा छापिएको हामीले पढेकै छौं । सामाजिक सञ्जालका भित्तामा लेखिने लाइन कुरै हुन् । कसैलाई कोही किन मनपर्छ ? कसैलाई कोही सुन्न वा पढ्न किन रुचाउँछ ? के कुराको कुनै स्थान छैन ?

    एकजना नेताले जनतासामु कुरै गरेर माग्ने हो– भोट । कुरा राजनीति मात्र पनि होइन कुरा अर्थशास्त्र पनि हो । नेपालमा वर्षेनी सबैभन्दा धेरै नाफा गर्ने संस्था कुरा गर्ने कम्पनी हुन् । नेपाल टेलिकम वा एनसेल । नेपालमात्र होइन संसारभर कुरा गर्ने वा गराउने संस्था सबैभन्दा धनी छन् । अतः कुरा अर्थतन्त्रको आधार पनि हो । यदि कुरै हुदैनथ्यो भने सोचौं त– के हुन्थ्यो ।

    एउटा कुखुरीले कसरी भाले वा चल्लासँग सम्वाद गर्छे। भालेलाई कसरी समागमका लागि आव्हान गर्छे। वा चल्लालाई कसरी खाना भेटिएको संकेत गर्छे । मृग मृगिणी कसरी प्रेम वा सुरक्षाका कुरा गर्दाहुन् ? ढुकुरका जोडीको प्रेमालापमा के कुरा हुन्छ होला ? के कुरा विनाको जीवन र जगत हुनसक्छ ?

    कुरामा धेरै तागत छ । हामीले तरबारभन्दा कलम ठूलो भनेर त्यसै वादविवाद गरेका होइनौं । कलमले लेख्ने पनि कुरा नै हो । मानिस कुरैले खुशी हुन्छ, कुरैले निराश पनि हुन्छ । हामी कुरैले हाँस्छौं, कुराले नै हामीलाई रुवाउँछ । के कुरामा तागत छैन ? के कुरामा मानवीयता छैन ? मानव हुनुको भाव छैन ? तब हामी किन भनिरहेछौं कि कुरा गरेर कामै छैन ? अतः कुरा मनोविज्ञान हो । मानिस मस्तिष्कको सर्वोच्च अभ्यास हो ।

    कुरा समाजशास्त्र हो, मानवशास्त्र हो । गीत संगीतमा पनि कुराकै कुरा गरिएको हुन्छ । केही मिठो बात गर । यो कुराकै आव्हान हो । कुराकानी वा गफगाफ समाजका विशेषता हुन् । डिग्री लिंदाका थेसिस के कुराकै सिलसिलेवार फेहरिस्त होइनन् ? अतः मानव समाज कुरै कुराको समुच्चय हो । कुरा बिनाको समाजको परिकल्पना पनि सम्भव छैन ।

    कुराको लय वा भाव हुन्छ । कुरामा मिठास र खल्लोपना हुन्छ । कुरैमा हुन्छ स्विकार्ने र नकार्ने तागत । कुरैले कसैको नङ्ग–नाडी गलाउँछ । कुराले नै हो– कसैको मनमा गुलाब फुल्ने । कुरैले हामीलाई घोर राष्ट्रवादी वा आस्तिक बनाउन सक्छ । कुरैले कसैलाई अघोरी वा नास्तिक पनि । कुरा नै ‘म’ लाई ‘म’ बनाउने साँचो हो । कुरैले हो– कोही कठोर हुने वा पग्लिने । प्रेमपत्र र घोषणापत्र दुबै कुराका कुटुरा हुन् । र, यो भन्दा पर समाज छ भन्ने लाग्दैन । अतः कुरा साहित्य हो। इतिहास हो ।

    ‘भेटेर कुरा गरौं’ वा ‘भो कुरै नगरौं’ भन्न पनि कुरै गर्नुपर्छ । कुरा बोलेर वा नबोलेर पनि हुन सक्छ । तर कुरा चाहिं हुन्छ हुन्छ । भनिन्छ नि मौनतामा पनि सम्वाद हुन्छ । मैले किताबमा पढेको हरफ हो– ‘उसले लाजले खुट्टाको चोर औंलो बुढी औलोले छोपी’। के पुस्तकका पानामा लेखिएका निर्जीव अक्षर र पाठक बीच सम्वाद नहोला ? उसले खुट्टा बजार्यो, अनि पीठ फर्काएर हिंड्यो । के यसबाट बुझ्न सकिन्न र– उ रिसायो ? भाषाको विकास मानव विकासको सर्वोच्च उपलब्धि हो । त्यही भाषाले नै हो हामी सबैलाई जोड्ने । र, कुरा भाषाको अभिव्यक्ति हो । भाषाशास्त्र हो ।

    यदि बोली र भाषा हुँदैनथ्यो र हामीबीच सम्वाद हुँदैनथ्यो तब मात्र भन्न सकिँदो हो कि कुडा गरिकन क्या हुँदो हो ?

    मैले यहाँ प्रस्तुत गरेका विचार पनि कुरै हो । यहाँहरु मेरा कुरा ध्यान दिएर सुन्नुभएको छ । परख गर्नुभएको छ । र, मनन गर्नुभएको छ कि म कुराको पक्षमा छु । कुरा गर्नु र हुनुको पक्षमा छु। कुरा नै लोकतन्त्रको सार हो । कुरै नहुने समाजमा लोकतन्त्र हुँदैन । आफ्ना कुरा भन्न र अरुका कुरा सुन्न तयार भएर यस विचार उत्सवमा उपस्थित सबैमा साधुवाद । उत्सवको आयोजनामा साथ, समर्थन र सहयोग गर्ने सबैलाई धन्यवाद । उत्सवको सफलताको शुभकामना प्रदान गरी हामीलाई हौसला दिने सबैप्रति हामी कृतज्ञ छौं। विशेषतः आयोजक संस्था ऋति फाउण्डेसन र कर्णाली उत्सव आयोजक समितिका सबै सदस्यहरु धन्यवादका पात्र हुनुहुन्छ । वक्ता सहजकर्ता सहभागी र दाताहरुको सहयोग नभएको भए हाम्रो कुरै हुन सक्दैनथ्यो । हामीलाई तीन दिनसम्म यस औपचारिक मञ्चमा कुरा गर्न सघाउने सबैप्रति हार्दिक आभार प्रकट गर्दै यस विचार उत्सवको समापन भएको जानकारी गराउँदछु ।

    लम्साल, कर्णाली उत्सवका संयोजक हुन् । (यो उनको ७ फागुनमा कर्णाली उत्सव : कुडा कर्णालीका छैटौं संस्करणको समापनमा व्यक्त विचार हुन् ।)

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.