×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दक्षिण भारतीय तीर्थ यात्रा-३ (तिरुवनन्थपुरमदेखि कन्याकुमारीसम्म)

  •  गोरखा समाचार
  • आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    सबैजना टीकारदुर्गा भाउजूहरूको कोठामा जम्मा भई कोठेनास्ता गरी बाहिर निस्केर चिया पियौँ । चिया स्टलका धनी कहिल्यै नहाँस्ने जस्ता देखिँदा पशुपतिले यो मान्छे हाँसे मैले १० रुपैयाँ दिन्थेँ भनेको व्यहोरा तमाम यात्रावधिको स्मरणीय लाग्छ । जेहोस् ८:३० बजेतिर सामानहरू गाडीमा राखी कन्याकुमारीका लागि रमाना भयौँ ।

    आधी घण्टाको यात्रापछि गाडीमा पेट्रोल हाल्न रोक्दा खानेहरूले खानेचिज ( मासु समेतको समुद्री सिपी बिक्री गरेको हाम्रो लागि नौलो भयो । ११:०० बजेतिर वायाँतर्फ होचा-होचा पहराहरू देखिए-हाम्रै पहाडी भेकमा जस्तै, मनमस्तिष्कमा सम्झना आलियो । गुगल मार्फत गाडीमै होटेलको खोजी गर्दा होटेल गणेश एण्ड लज मन्दिरबाट पनि नजिकै र हाम्रो खर्चको सीमामा पनि समेटिने भेटियो । साढे एघारबजे सोही होटेल अगाडि सामानहरू झारेर चालक अर्को बुकिङका लागि बिदा भए । हामीले चेकइन गरी संक्षिप्त ताजा बनेर खानाको लागि बाहिरियौँ ।

     

    शुद्ध शाकाहारी भोजनको खोजीमा नजिकैको होटेलले खाना भएको जनाएर प्रवेश गर्दा माछाको परिकार र गन्धले स्वीकार्न सकिएन । त्यतातिर माछा र अण्डालाई शाकाहारी पनि मानिन्छ रे ! अर्को होटेलको सोधनी गर्दा करिब एक किलोमिटरको दुरीमा विवेकानन्द पार्क रहेको र त्यहाँको चित्रा होटेलमा शुद्ध शाकाहारी भोजन पाउन सकिने जानकारी लिई अघि बढ्यौँ । करिब पौने एक बजेतिर नभन्दै चित्रा होटेल अगाडि पुग्यौँ । केराको पातमा दक्षिण भारतीय खाना खाएर ताजा खरबुजा र भुईँकटहरको जुस खायौँ । दुई बजेतिर होटेलमा फर्केर पाँच बजेसम्म आराम गरी साढेपाँच बजेतिर पैदल बाहिरियौँ ।

    करिब आधा घण्टाको हिँडाइपछि कन्याकुमारीको मन्दिर र पारिपट्टि टापुमा विवेकानन्द रक मेमोरियलको अवलोकन गरियो । पारि द्वीपमा जानेबारेमा जिज्ञासा राख्दा ७५ र ३०० रुपैयाँका प्रवेश टिकट लिएर मात्र जान सकिने र टिकट भोलि ८:०० बजे मात्र लाइनमा बसी लिन सकिने जानकारी प्राप्त भयो । उखुको जुस पिएर गर्मीलाई मस्तर्‍याई सामुद्रिक तटमा तस्विर खिचेर पानीको छालसँग रमाइयो । नजिकैको श्री मारवाडी पञ्जावी ढावा, नियर रकवे, कन्याकुमारीमा रोटीको खाना खाई पैदल टहल्दै होटेल फर्क्यौँ । सबैसँग भोलि बिहान ७:३० मा लबीमा भेट हुने राय गरी पशुपति र मैले रामेश्वरम् जाने गाडीको खोजी गरी आराम गरियो ।

    पुस २८ आइतबार बिहान उठी सनातनी नित्यकर्महरू सम्पादन गरी कुर्ता र टोपीको पहिरनमा कन्याकुमारीको दर्शन निस्कियो ।अटोरिक्साबाट गई दर्शन गर्न लाइनमा जाँदा पुरुषलाई माथितिर भेष्ट पनि लगाउन नपाइने व्यहोराको जानकारी भयो र त्यसै गरियो । लाइनमा बस्दा एकजना महिला बाँसको छेस्काले जिब्रो छेडेर सहयोग मागिरहेको देख्दा हामीकहाँ भक्तपुरतिर कुनै पर्व विशेषमा यसैगरी जिब्रो छेड्ने गरेको व्यहोरा ताजियो । नियालेर हेर्दा तिनको त्यो व्यहोरा कृत्रिम जस्तो लाग्दथ्यो, भला जेसुकै होस् ! दर्शनपछि सबै जम्मा भई मन्दिर परिसरको समुद्रीतटमा तस्विर खिच्यौँ । दुईजना मेडमहरूको व्रत भएकाले वहाँहरूलाई दुधको बन्दोबस्त मिलाई हिजोकै ढावामा नास्ता गर्‍यौँ र स्वामी विवेकानन्द रक मेमोरियलमा जान फेरी चढ्ने टिकट लिन १०:३० बजे लाइनमा लाग्यौँ । हामी रु ७५ दरको लाइनमा बस्न जाँदा संयोग सेन्ट जेभियर्स कलेज, माइतीघरका विद्यार्थीको समूह भेटियो र तिनीहरूसँगै मिसियौँ । श्रीमती बजाउने र श्रीमान्ले आफैँलाई कोर्राले हान्ने खेल  देखाएर सहयोग बटुलिरहेको दृश्य कारुणिक लाग्दथ्यो । लाइनमै बस्दा आफन्तजनसँग कुराकानी कुराकानी गरियो भने हिजो हामीलाई कन्याकुमारी ल्याइदिने ट्राभल एजेन्ट ‘Friendstrack’ सँग कुरा गरी भोलि रामेश्वरम्सम्म पनि उनीहरूकै गाडीबाट जाने टुङ्गो लगाइयो । डेड बजेतिर बल्ल टिकट हात लाग्यो भने उभिँद-उभिँदा गलित भएको शरीरलाई भक्तपुरकी छोरी सुनवीको सौजन्यमा मलाई २:०० बजेतिर बिसाउने अवसर प्राप्त भयो । टिकट हात परेको पनि एक घण्टापछि मात्र फेरीमा चढ्ने लाइनमा पुगियो । जेहोस् साढेदुई बजे पारि स्वामी विवेकानन्द रक मेमोरिय द्वीपमा पुग्यौँ । पुन: त्यो द्वीप घुम्न प्रतिव्यक्ति रु ३० लाग्ने रहेछ र टिकट लिई पाउपोशलाई निर्धारित स्थानमा राखी घुम्न थाल्यौँ । पशुपति जोडीको करिब दुई दशक पहिलेको स्मृति तज्याउने तस्विर लिई अरूहरूले पनि तस्विर खिच्यौँ ।

    अरूहरू थाकेको कारण विवेकानन्दको मूर्तिसम्म जान असमर्थ जनाए पनि टीका, दुर्गा भाउजूहरू र म माथि गयौँ । Statue of Wisdom को गेटबाट छिरेर तीन घुम्ति उकालोमा क्रमशस् २७, २० र २२ पाइलाहरू हिँडेपछि स्वमीको पूर्णकदको विशाल मूर्तिको दर्शन पाइने रहेछ । हामीले पनि दर्शन गरी केही तस्विर खिची फर्कियौँ । भित्तामा 122. DREAM VISIONS मा In wakeful hours who sees me not, I meet in dreams and linger yet. जस्ता १३३ वटा कवितांश जस्ता मार्वलमा कुँदेर टाँसिएका थिए । सिसाको पुल-तल समुद्रको पानी देखिने, तरी २९ पाइलाको उकालो चढेर विवेकानन्द ध्यानस्थ शीलामन्दिरमा शारदा र म मात्र गयौँ । त्यहाँ १८९२ डिसेम्बर २५,२६,२७ मा स्वामी विवेकानन्द ध्यानमा बसेको व्यहोरा जानकारी लिइयो । अन्ततस् ४:०० फिर्ता भई पायक पर्ने ठाउँबाट तस्विर खिच्यौँ । त्यहिँनेर एउटा मौलोलाई मर्दना धोती पहिर्‍याई माला लगाइएकोमा एउटा कुखुराको भाले बसेको दृश्य पनि अविस्मरणीय लाग्छ, यो यात्राको । थकित शरीरलाई मारवारडी ढावाको शुद्ध शाकाहारी भोजनालयको एसी च्याम्बरमा डोसा, बिरीयानी, कर्डराइस खाएर कोठामा आई ब्याग मिलाई आराम गरियो-कन्याकुमारीको अन्तिम रात स्वरूप !

    क्रमस…

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.