×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ८ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दक्षिण भारतीय तीर्थ यात्रा -२ (दिल्लीदेखि तिरुवनन्थपुरमसम्म)

  •  गोरखा समाचार
  • सोमबार, माघ २८, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    पौष २३ गते मङ्गलबार बिहान ५:३० बजेतिर प्लेटफर्मतिर आ-आफ्ना सामानहरू लिएर निस्क्यौँ । प्लेटफर्म प्रवेश गर्ने ठाउँमा ‘स्क्यानिङ् मेशिन’बाट सामानहरू जँचाएर भुइँतलामा झर्‍यौँ । ६:१६ मा स्टेशनमा चिया पिएर राजधानी एक्सप्रेसमा चढ्यौँ । ८:३० बजेतिर ब्रेड, बटर, भेज कट्लेट, चिया, चिनी, पाउडर दूध, केटचप, म्याङ्गो फ्रुटी सहितको ब्रेकफास्ट खाइयो । रिजर्भ सीटमा तल गुजरात निवासी दीपकजी वैवाहिक वार्षिकोत्सव मनाउन गोवा जाँदै रहेछन्, हामी ६ जनाको फोटो खिचेर मेलमा सेयर गरिदिए । केही समयपछि रेलको टिकट जाँचकी (टिटिई) आएर टिकट रुजु गर्दा सम्झना रेग्मीको नाउँमा दुर्गाजीले गरेको यात्रा अवैधानिक यात्रा मान्दै उनले ९ हजार सजाँय लाग्ने जनाए । यो विवादमा दीपकजीले सहजीकरणको प्रयास गरे । रपनि, हामीले आफ्नो परिचयपत्र देखाएपछि टिटिईले रसिद नकाट्ने हिसाबले हाम्रो खुसीले केही दिन भन्दाभए । संक्षिप्त गल्तीले उग्ररूप लिनु भन्दा सामसुम पारी यात्रावधिको निश्चितता प्रदान गर्नु उपयुक्त हुने ठहर बमोजिम अघि बढेपनि अलिक नमज्जा लाग्यो नै ।

    बसको लामो यात्राको थकान र हिजो बेलुकाको रेलवे प्लेटफर्मको अर्धसयनको परिणाम प्राय: सबैलाई निद्रादेवीले निमन्त्रणा दिएको आभाष मिलेकाले ‘थ्री टायर एसी ट्रेन’ को सदुपयोग गर्ने व्यवस्था मिलाइयो । यस्तो रेलमा पहिलो पटक यात्रा गर्ने सहयात्रीहरूलाई अवलोकनकर्ता  बनाई हामीले सुत्न मिल्ने तीन तला तयार पार्‍यौँ । सबै जना तलमाथि मिलेर सुत्ने काम भयो । १:०० बजेतिर रोटी, पुरानो अचार, भात, दाल, पनीरसहितको खानाको सेवा सुरु भएको खबरसँगै सबै सक्रिय भयौँ । ‘डेजर्ट’का रूपमा आइसक्रीम थियो । फेरि ४:३० बजेतिर स्याण्डविच, दाल भरेको कचौरी, केटचप, सोनपापडीको नास्ता गरियो । साँझ ७:३० बजेतिर लञ्च जस्तै डिनर खाई एक साइडमा म, टिका, निर्मला र अर्को साइडमा दुर्गा, सुनिता र पशुपति मिलेर आराम गर्‍यौँ ।

    बिहानी सयन योगादि गरी पूर्ववत् प्रात:कालीन नास्ता गरियो । मंगलुरूमा ओर्लेर फोटाहरू खिच्ने काम गरियो । हिजो जस्तै प्रात:कालीन नास्ता, दिवाकालीन खाना, अपरान्हकालीन नास्ताका साथै सायमकालीन भोजनसमेत गरियो । बेला-बेलामा गीता पाठ, स्वास्थ्य संवेदनशीलतादिका चर्चाहरूलाई समय काट्ने कर्दको रूप दिइयो । अन्तत: झण्डै ४१ घण्टाको रेल यात्रा पूरा गरी बेलुका ११:३५ बजे तिरूवनन्थपुरममा उत्र्यौँ । गाडी खोजी मनसा टुरिष्ट होममा गई ‘चेकइन’ गरी एकबजेतिर आराम गरियो ।

    अर्को बिहान करिब ८:०० बजे सबै जम्मा भएर बाहिर निस्क्यौँ । पद्मनाभम् मन्दिरको दर्शन गर्दा महिलाले धोती र ब्लाउज/चोली अनि पुरुषले धोती र माथि गम्छा (ऐच्छिक) मात्र प्रयोग गर्न सकिने जानकारी भएपछि हामी दुईजनालाई मर्दना धोती खरिद गरी उत्तरी गेटबाट मन्दिरको अवलोकन गर्‍यौँ । फर्कँदा दही र रातोकेरा लिई कोठामा नास्ता गरी ‘साइट सिईङ’मा निस्क्यौँ । कुराकानीको अन्त्यमा २८००।- रुपैयाँमा सहरावलोकन गराउने हिसाबले यात्रारम्भ गरियो । सुरुमा अत्तुकल भगवती (दुर्गा) मन्दिरमा दर्शन गरियो । त्यहाँ कागतीको बोक्रामा बत्ती बाल्ने प्रथा रहेछ । बाटोमा सुन्तला र अम्बा किनी ‘बोटिङ्’स्थलको अवलोकन गर्न गयौँ । समय भएमा ‘बोट’बाट ‘कोभालम बीच’ हुँदै AVM Canal, Mangrove Forest, Forest Island, Golden Sand Beach, Estuary, Elephant Rock, Meditation Point, Flying cam View, Floating Restaurant, Floating Cottage, Bird Sanchuary, Pattanakadu जस्ता दृश्य अवलोकन गर्न सकिने व्यहोराको जानकारी लिई फर्कँदा काँचो नरिवल पानी खायौँ ।

    त्यहाँबाट आजिमाला शिवको दर्शन गरियो । खरानी रङमा निर्मित सो मूर्ति बहुत मेहनत लगाएर बनाएको लाग्दथ्यो । सजीव आकृतिको सो मूर्ति नै खुला ठाउँमा मन्दिरको प्रतीक झैँ थियो । त्यसैको केही तल सामुद्रिक किनारमा गई सामुद्रिक छालसँग रुझ्दै तस्विरहरू खिचेर फर्क्यौँ । बाटोमा ठूलो भीड हुने पञ्जावी ढावा होटेलमा दक्षिण भारतीय खाना खाइयो । होटेल फर्कने क्रममा हातले बुनेर बनाइएका सामान ‘ह्याण्डलुम’ अवलोकन गरी केही खरिद पनि गरियो । स्वाइप मेशिनमा कर्डको प्रयोग सफल भयो, कमिशन नकाट्ने रहेछ, खुसी लाग्यो । कोठामा आई दुई साथी बाहिरिई भोलि मन्दिर दर्शनका लागि आवश्यक रातो १ मीटर, पहेँलो २ मीटर कपडा र नरिवल तेलका ४ सेट ल्यायौँ । भोलि ६:३० बजेको दर्शन कार्यक्रममा जाने राय र कोठे भोजन गरी आराम गरियो; बानी नपरेर होला बाहिरको भोजनभन्दा कोठे भोजन मीठो लाग्यो ।

    पद्मनाभम् मन्दिरमा दर्शनका लागि ६:३० बजे पूर्वी गेटबाट छिरी कलकरूममा मोबाइलहरू राखी पश्चिम गेट/नोडाबाट प्रवेश गर्ने लाइनमा लाग्यौँ । करिब एक घण्टापछि सुरक्षा जाँचबाट पास भई मन्दिर परिसरमा प्रवेश गरियो । महिलाहरूले सारी, ब्लाउज/चोली लगाउनुपर्ने बाध्यकारी व्यवस्थाको पालना कुर्ता सुरुवाल बाहिर पनि सारी बेरेर गरेको देखिन्थ्यो भने पुरुषहरूले मर्दना धोती नै लगाउनु पर्ने र माथि रामनामी/गम्छा राख्न पाइने रहेछ । हामीले पनि त्यही अनुसार गर्‍यौँ । बालुवा माथि लाइन लाग्ने/बस्ने व्यवस्था रहेछ । शायद गर्मी ठाउँ भएकाले नाङ्गो पैतालाले टेक्नुपर्दा समग्र बालुवा खपिनसक्नुको तातो त नहुने भएकाले त्यसो गरिएको होला । हामी पनि लाइनमा बस्यौँ । प्रसङ्गमा कलकरूमको रसीद हराएको जानकारी भएपछि दुई साथीहरू तुरुन्तै बाहिरियौँ । निस्कँदा उत्तर गेटबाट बाहिरिई कलकरूममा ‘हाम्रो रसीद हरायो’ भनी अनुरोध गर्दा झोला खोजी सिरानको तख्तामा राख्दै ‘हामी दुईजना बेगर त्यो झोला नदिने’ आश्वासन पाएपछि पुन: प्रवेशद्वार (पश्चिम गेट) मा जाँदा अघिको भन्दा निकै लामो लाइन रहेछ । रपनि ‘महिलावर्गसँग सम्पर्क हुन नसकेकोमा’ ग्लानिबोध गर्दै ठेलम्ठेलको लाइनमा बसी झण्डै एक घण्टामा पुन: प्रवेश पायौँ । अन्तत: ११:०० बजेतिर पद्मनाभ ‘विष्णु भगवान’ को दर्शन करिब पाँच मीटरको दुरीबाट गरियो । त्यहाँ फूल, प्रसाद लग्ने, चढाउने, मूर्तिको पाउमा पूजा गर्ने, भेटी चढाउने, दर्शन गर्ने जस्ता काम गर्न पाइँदो रहेनछ । जहोस्, करिब पाँच घण्टाको प्रतीक्षापछि पद्मनाभसँग ‘धर्तीको कल्याण हवोस्’ भन्ने आशिष मागी बाहिर निस्केर सबैजना एकट्ठा भयौँ ।

    सामान लिन कलक रुममा सम्पर्क गर्दा सुरक्षा कमान्डर लिएर आउन भन्नु भयो । कमाण्डरले आधारकार्ड – परिचय पत्र, माग गरेपछि सबैजना अटोरिक्साबाट कोठामा आई पशुपति र म पासपोर्ट लिएर फर्क्यौँ । पहिले कट्मरो व्यवहार गरेका कमाण्डरले राहदानी देखाएपछि कलकरूम गई हाम्रो झोला उपलब्ध गराउन लगाई हामीसँग मोवाइल नम्बर सोधेर पक्कापक्की गराएर सहयोग गरे । मन्दिरको भूमिकामा तस्विर खिची होटेल फर्की कोठामा नास्ता गर्‍यौँ । दुईसाथी चिया पिउन बाहिर जाँदा भोलि बिहान ९:०० बजेतिर कन्याकुमारीसम्म लगिदिन एउटा गाडीसँग ४,५००।- मा कुरा मिलायौँ । सायमकालसम्म आराम गरी लामखुट्टेले सताएकाले मच्छरको लिक्युड, साबुनहरू किनी अलि माथि चोकनेरको रेष्टुरेण्टमा सायमकालीन भोजन गर्‍यौँ । होटेलमा फर्केर हिसाब मिलान गरी बाबु/नानीहरूसँग कुराकानी गरी आराम गरियो – तिरुवनन्थपुरमको यात्राको पूर्णबिराम गरी कान्याकुमारीको कल्पनामा डुब्दै ।

    क्रमश: …

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, माघ २८, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.