×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ८ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अतीतको पानाबाट-दशक पहिले पोखराका नवरत्नसँग भाग १

  •  गोरखा समाचार
  • सोमबार, माघ २१, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिकल पाैडेल

    नगरको उन्नयनका लागि आ-आफ्नो क्षेत्रबाट समीचीन योगदान गर्ने व्यक्तिहरूबाट नगरपालिकाले चयन गरी ‘नवरत्न’का रुपमा सम्मान गर्ने नेपालका नगरपालिकामध्येको पहिलो अभ्यास पोखरामा भएको रहेछ । संयोग सात वर्षसम्म शैथिल्यता वरदेको प्रसंगलाई २०६६ भाद्र ६ गतेका दिन ‘नवरत्नसँग परिचय र अन्तर्क्रिया’को आयोजना गरी पुनर्जीवन दिइएको थियो । नगरपालिकाकी प्रशासकीय अधिकृत कल्पना बरालद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम, तत्कालीन राजनैतिक संयन्त्रमा नेपाल कम्युनिष्ट पार्टी, एकीकृत मार्क्सवादी-लेनिनवादीका प्रतिनिधि एवं पूर्व नगरप्रमुख कृष्ण थापा (हाल माननीय सांसद, प्रदेश सभा, गण्डकी प्रदेश) ले ‘पोखराका नवरत्न’ बारे पूर्व झल्को (फ्ल्यास ब्याक) व्याख्याबाट आरम्भिएको थियो ।

    जसमा –
    आफ्नो बुवो जोडबलमा टुकुचेबाट पोखरामा आई होटेल व्यवसायमा लाग्नु भएका पोखराको होटेल एशोसिएशनका संस्थापक हरिध्वज तुलाचनले डबल बेडको रु१०।- र सिङ्गल बेडको रु७।– का दरका सात बेडको होटेलबाट आरम्भ गरेको व्यवसायमा पहिलो पटक ‘एयर कण्डिशन’ राखेको स्मरण गर्नुभएथ्यो । श्रममा विश्वास गर्ने बौद्धमार्गी तुलाचन थाङ्काचित्र पनि कोर्ने जनाउनु हुन्थ्यो भने नैतिकता स्खलन हुँदै जाँदा पोखरेलीहरू म जस्तै खराब हुँदै गएमा व्यङ्गमिश्रित चिन्ता प्रकट गर्नुभएथ्यो । शहरमा चाक्ला-मुग्ला सडक नहुनु, ट्राफिकको समस्या दिनानुदिन बढ्दै जानु, जल-थल-वायुमा प्रदूषण बढ्दै जानु, नगरको योजनावद्ध विकासमा ध्यान नपुग्नु जस्ता समस्याहरूमाथि प्रकाश पारेर भक्तपुर सहरलाई नमूनाका रुपमा लिई साँघुरा सडकहरूलाई एकतर्फी कायम गर्न सकिने हुँदा सबैको साथ सहयोग लिएर जे पनि गर्न सकिने बताउनु हुँदै त्यसदिनको बसाइउपर प्रसन्नता प्रकट गर्नुभएथ्यो ।

    विसं २०२३ सालमा पोखरा भित्रिएर प्राज्ञिक क्षेत्रको विकासमा आफूलाई समर्पित गराउनु हुने जर्ज जोनले पृथ्वी नारायण क्याम्पस स्थापना गराउनु भएको हो । पहिलो व्यचका विद्यार्थीहरू पीताम्बर नेपाली, दीपेन्द्र बहादुर क्षेत्री, त्रिभुवन शर्मा लगायतको साथ लिई छाप्राहरू निर्माणबाट आरम्भिएको शैक्षिक अभियानमा अब गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिनुभएथ्यो । वहाँकै चेलाको रुपमा मलाई पाउँदा प्रसन्नता व्यक्त गर्दै क्याम्पसबाट उत्पादित विषयविज्ञहरूबाट सुझावहरू सङ्कलन गरी नगरलाई अघि बढाउनु उपयुक्त हुने राय प्रकट गर्नुभएथ्यो ।

    आर्वा-३ मा जन्मिएका व्यङ्गचित्रकार दुर्गा बराल ‘वात्सायन’ ले डा.अलिमा जोनले आफ्ना चित्रहरू हेरी राम्रो मानेर मलाई यही क्षेत्रमा लाग्न प्रेरणा दिए बमोजिम चार दशकदेखि आफूलाई कला क्षेत्रमा समर्पण गरेको जनाउनु हुन्थ्यो । २०५८ सालमै कला क्षेत्रको संस्थागत संरचना निर्माणारम्भ भएपनि आर्ट ग्यालरीमा कला आदान-प्रदान, कला प्रदर्शन एवं कलाकारहरू एकट्ठा भई शोच विकास गर्ने अवसरबाट कलाकारहरू अझैसम्म वञ्चितै रहेको जनाउँदै व्यवस्थित कला सङ्ग्रहालयको स्थापनामा जोड दिनुहुन्थ्यो । सामाजिक सभ्यतालाई विकासको सूचकका रुपमा परिभाषा गर्दै कला विकासलाई नगरपालिकाले पनि आफ्नो महत्वपूर्ण कार्यमा समावेश गर्नुपर्ने सुझाव दिनुभएथ्यो ।

    चार दशक पहिलेदेखि पर्यटन व्यवसायमा समर्पित व्यक्तित्व झलक थापाले पर्यटनलाई सुपरिभाषित गरिनुपर्ने जोड दिंदै स्वर्ग सादृश पोखरालाई पर्यटकको दीर्घ बसाइको स्थानका रुपमा विकास गरिनुपर्ने, बिग्रेरभत्केका पूर्वाधारहरूको यथासमयमा मर्मत गर्नुपर्ने र अपुग अनि अधुरालाई पूर्णरुप दिनुपर्ने बताउनु भएथ्यो । आफुले कालिज, तित्रा, पानीहाँस पालन गर्दै आँगन, पिंडी, मझेरी, आटी नामका स्थानीय वाइन बनाएको जनाउँदै यस्तै पोखराको पहिचान गराउने खाले पोखरेली रैथाने उत्पादनमा जोड दिनुपर्ने सुझाव प्रस्तुत गर्नुभएथ्यो ।

    पर्वतबाट विसं २०१९ सालमा पोखरामा आई उद्योग व्यवसायमा संलग्न हेमबहादुर प्रधान १८ वर्षसम्म पोखरा उद्योग वाणिज्य सङ्घमा र २०४३ सालमा शुरु गरिएको विन्ध्यवासिनी व्यवस्थापन संस्थामा २१ वर्षसम्म अध्यक्षता ग्रहण गरेको जनाउँदै पोखरामा उद्योग वाणिज्य क्षेत्रलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्ने कुरामा जोड दिनु भएथ्यो ।

    आफ्ना बुवाद्वारा साक्षर बनेका कृष्णप्रसाद श्रेष्ठ (जन्म विसं १९८२) ले एकलव्यका रुपमा अन्तरमनमा गुरु स्थापना गरी कला सिर्जनामा लागेको जनाउनु हुन्थ्यो । कलाकारहरूलाई अवसरहरूको सिर्जना र कला सङ्ग्रहालयको व्यवस्थालाई तत् क्षेत्रको अत्यावश्यकताको रुपमा औंल्याउनु भएथ्यो ।

    विसं २०२० देखि २०२९ सम्म तत्कालीन गण्डकी अस्पतालमा काम गर्नुभएका पाल्पा तानसेनबाट पोखरा प्रवेशिएका डा.कुमार समशेर राणाले न्यूरोडमा जस्तै चाक्ला सडकहरू निर्माणमा जोड दिंदै महेन्द्रपुल, चिप्लेढुङ्गा, पृथ्वीचोक उर्फ लखनथापाचोकमा आकाशेपुलहरू निर्माण गरिनुपर्ने सुझाव दिनुभएथ्यो ।

    तिनैताका तीनजना नवरत्नहरू परलोक भैसक्नु भएकोमा श्रद्धासुमन प्रकट गर्दै कृष्ण थापाले नवरत्नलाई नगरका अभिभावकका रुपमा लिने शोच माथि प्रकाश पार्नुभएथ्यो । नवरत्नहरूको तस्वीरसहितको वैयक्तिक विवरण तयार पार्ने, वहाँहरूसँग आवधिक रुपमा अन्तर्क्रिया गरी सुझावहरू सङ्कलन गर्ने, वहाँहरूको चलचित्रे विवरण ‘भिजुअल वायोग्राफी’ तयार पार्ने, वहाँहरूलाई विशेष परिचय(पत्रको व्यवस्था गरी नगरपालिकाले केही सुविधाहरूको व्यवस्था मिलाउनु पर्ने सुझावहरू प्राप्त भएका थिए ।

    त्यसैगरी ट्राफिक व्यस्थापन, पैदल मार्गको व्यवस्था, नगरबसहरूका लागि बसस्टप निर्धारण, सवारी पार्किङ्को सुव्यवस्थापन, सभागृहको मर्मत तथा सुसञ्चालन, सेती तथा फेवाको जलप्रदूषणको यथासमयमै नियन्त्रण, नगरपालिकाको बजेट परिचालन दरमा वृद्धि गर्दै सहर सफाइमा जोड, उपयुक्त स्थानहरूमा सार्वजनिक शौचालयहरूको निर्माण, कोमागानेरबसुन्धरा पार्कमा ‘वाटर फाउण्डेसन’ निर्माण, फेवातालमा ‘फ्लोटिङ् रेष्टुरेण्ट’ सञ्चालन जस्ता सम्भावनासमेतमाथि प्रकाश छर्दै पोखरा आर्ट ग्यालरीलाई व्यवस्थित गराई हामी सबैमा आ-आफ्नो दायित्व र कर्तव्यबोध गरी सुधारको अपरिहार्यता औल्याउँदै यौन स्वतन्त्रतारस्वच्छन्दता ‘प्रोनोग्राफी’ लाई पूर्ण निस्षेध गर्नुपर्नेमा जोड दिइएको थियो ।

    भूगोलसमेत विस्तार गरी ‘महानगर’ बनेको पोखराले वर्तमानको कोरोना कहरसँग जुध्दै विकासका कार्यहरू निरन्तर अघि बढाइरहेकोछ । त्यो बेलाका उल्लिखित सत्यतालाई मनन गरी समुचित कार्यान्वयनको इटाले सुन्दर, प्राकृतिक पोखरेली महल निर्माणको कार्य सुचारु रुपमा अघि बढिरहेको सन्दर्भमा पछाडि फर्केर साविकबाट हाल कहाँ पुगेछौं भन्न संक्षिप्त सहयोग मिलोस् भन्ने सदाशयले यो प्रयास जस्ताको तस्तै पेश गरिएकोछ । सम्बन्धित सरोकारवालाहरूले समीचीन हिसाबले ग्रहण गर्नुहुने विश्वास गरौं ।

    ‘सके सपारौं, नसके नबिगारौं‘
    #हामीसबैकोकल्याणहवोस्#

    २०७७ असार ४ गते बिहीबार,
    कीर्तिपुर-२, अमृतनगर, काठ्माडौं ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, माघ २१, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.