×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १० मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

ब्यवस्थित भारतीय शहरको भ्रमण : एक स्मरण

  •  गोरखा समाचार
  • आइतबार, माघ १३, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    २०६६ साल चैत्र १६ गते सोमबार प्रातकालीन कर्महरू सम्पादनका क्रममा झोला मिलाउने कामलाई समेत सम्पादन गरी खाना खाएँ । छोराछोरीको परीक्षालाई उच्च सफलताको शुभकामना दिंदै म कलङ्की हुँदै अन्तर्राष्ट्रिय विमानस्थल तर्फ रमाना भएँ । १२ बजेदेखि ३ घण्टा चक्काजामको चर्चाले हाम्रो २ बजेको उडान समाउन थप सहयोग पुगाएको प्रतीत हुन्थ्यो ।

    भारतीय व्यवस्थित र योजनाबद्ध शहरहरूको अवलोकन भ्रमण हाम्रो मूल उद्देश्य थियो । स्वायत्त शासन कानूनले व्यवस्था गरेका ५ वटा विषयगत योजना तर्जुमा समितिहरू (पूर्वाधार तथा संरचना विकास, जनसंख्या तथा सामाजिक विकास, कृषि बन तथा वातावरण विकास, भूमि तथा जलस्रोत विकास, सङ्गठन तथा प्रशासन विकास) मध्ये पूर्वाधार समितिको निर्णय र सिफारिश बमोजिम नगरपालिका संयन्त्र बोर्डको निर्णय अनुसार स्थानीय विकास मन्त्रालयको स्वीकृतिमा राजनैतिक संयन्त्रबाट पूर्व नगरप्रमुख कृष्ण थापा, ज्ञानबहादुर कोइराला र वीरेन्द्र विजुक्छे, स्थानीय विकास मन्त्रालयबाट उत्तम सिलवाल, नगरपालिकाबाट प्राविधिकहरू सर्वश्री शारदामोहन काफ्ले, अरुण पौडेल, सुशील पौडेल, सुरेन्द्र पौडेल, झलक मोहन ओझा, शिवप्रसाद बराल, अमीर भण्डारी र लेखा तर्फबाट तोरणबहादुर कुँवरसाथ मसमेत गरी १३ जनाको प्रमण्डल जेट लाइटको विमानबाट २ः४० बजे दिल्ली रमाना हुने कार्यक्रम थियो । सोही बमोजिम उडान गरी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो । विमानस्थलीय परीक्षण सकी आफ्ना सामग्रीहरू जम्मा पारी बाहिरियौँ । ट्याक्सीको व्यवस्था मिलाई हामी पहाडगञ्जस्थित होटेल सूर्य प्लाजामा पुगेर आराम गर्यौँ ।

    पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च तथा संविधानसभाका माननीय सदस्य श्री सूर्य बहादुर के.सी.को गुडगाउँस्थित मेडी सिटी हस्पीटलमा उपचार भैरहेकोमा समस्त नगरपालिकाका तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामनाका लागि जाने शोचलाई मूर्तरूप दिन ट्याक्सी रिजर्भ गरी ज्ञानबहादुर, वीरेन्द्र, कृष्ण र म रमाना भयौँ । स्वास्थ्य लाभको स्थितिप्रति बधाई दिँदै (हाल स्वर्गीय) केही समय विचारादानप्रदान गरी फिर्ता भयौँ । अत्यधिक भोक लागेको कारण रोटी, दाल, तरकारी, दही खाई ज्ञानबहादुरजी, कृष्ण थापाजी र म कोठा नं.१०४ मा आराम गर्यौै ।

    अर्काे दिन बिहान उठी नित्यकर्ममा संलग्न भई रेक्साबाट रेल्वे स्टेशन गयौँ । रेलमा डोटीको एकजना वेयरा भेट भए । चिया नास्ता खाँदै हामीहरू सेन्चुरी ट्रेनबाट चण्डीगढ तर्फ रमाना भयौँ । पूर्वमेयर कृष्ण थापाको मोवाइल हरायो अर्थात् होटेलमा छुट्यो तर फोन गर्दा नछुटेको व्यहोरा होटलवालाबाट जानकारी गराइयो । यसबाट त्यहाँको इमान्दारिता प्रष्ट भयो । रेलमा भने सुरक्षाको राम्रो व्यवस्था भएको पाइयो । स्टेशनबाट रेल छुट्नुपूर्व कुकुरद्वारा निरीक्षण गराइँदो रहेछ । सुरक्षाकर्मीसमेतको निगरानीले सुरक्षित यात्राको आभाष मिल्दथ्यो । टिटिबाबु – विनोद कुँवरलै टिकट निरीक्षण गरे । यात्रा अघि बढ्यो । बीचमा खानाको रूपमा दुई टुक्रा पाउरोटी, जाम, बटर, अमलेट, जुस र चियाको सेवा प्राप्त थियो । त्यहाँ पनि वेयराको रूपमा नेपाली भाइ भेटिएथे ।

    वास्तवमा बाहिर हेर्दा निकैराम्रो खेती देखिन्थ्यो । पत्रिकाहरू अध्ययन गर्दै–गर्दै हामीहरू साढेदश बजेतिर चण्डिगढ पुग्यौँ । रेल स्टेशनमै स्याङ्जाका इश्वरी – जो छिमेकी गाउँका प्रधानपञ्च-सरपञ्च रहेछन्, पर्वतका कमलबहादुर पुनजीले पुष्पसहित स्वागत गर्नुभयो । गाडीबाट होटेल नीलकमलमा पुर्याई खाने बन्दोवस्तका साथै कार्यक्रम तय गरियो । त्यसदिन म कोठा नं. १४ मा झलकजीसँग बसेँ । खानामा चिकनकरी, दाल, तरकारी, रोटी, भात, हरियो सलाद आदिको व्यवस्था थियो । जुन सबैचिजहरू बढी भएर फालिएको देख्दा मेरो “एक सिताको पनि मूल्य हुन्छ” भन्ने मन कुँढियो । जेहोस् खाना खाईसकेपछि दृश्यावलोकनका लागि हामीहरू सर्वप्रथम चट्टाने बगैँचामा गयौँ ।

    टुटेफुटेका मार्वल, स्लेट, बिजुलीका सामान, गाग्रा, घैंटा, चुरा, किट आदिलाई त्यतिराम्रोसँग सजाएर पर्यटनको आकर्षण केन्द्रको रूपमा विकास गरेको पाउँदा खुसी लाग्यो । विभिन्न चराचुरुङ्गी, मानिस, पशुपक्षीहरूका आकृतिमा सजाइएका व्यहोराले मानवीय सिर्जनशिलताको विज्ञापन गरिरहेझैँ लाग्दथ्यो । पहिलो र दोस्रो चरणको कार्यसमापन गरी तेस्रो चरणको कार्यसमेतको अवलोकन गरिरकेपछि हामीहरू गुलाफे बगैँचाको अवलोकन गर्न त्यतातिर लाग्यौँ । प्रजातिका हिसाबले दक्षिण एसियाकै ठूलो बगैँचामा पानीका स्वचालित फोहराले सिँचन गरिएको थियो । ढोका नजिकै सभ्य घण्टीका रूपमा राखिने मसिना धातुका पाइपहरू र चराकृतिहरूलाई एउटा रुखाकारको खम्बामा राखिएको थियो । जुन हावाको झोक्कासँग मितेरी लगाउँदा मीठो कोकील झङ्कारको आभाष मिल्दथ्यो । कोमागाने मितेरी पार्क र बसुन्धरा पार्कलाई पनि संयुक्त रूपमा हिमाली तलैयाको बगैँचाको रूपमा विकास गर्ने चर्चा गरी त्यहाँबाट बाहिरियौँ ।

    त्यहाँबाट हामी राजीवगान्धी सूचना प्रविधि पार्कको अवलोकन गर्न त्यतातर्फ लाग्यौँ । बाहिरबाटै अवलोकन गरी हामीहरू मनसादेवीको मन्दीरको दर्शन गर्न गयौँ । इश्वरीजीको सहयोगमा भिआइपीको रुटबाट प्रवेश गरी दर्शन गरियो । भव्य पूजास्थल, हवनस्थल-यज्ञस्थलको प्रबन्ध अति राम्रो थियो । त्यसैको नजिकै रहेको पटियलाको मन्दीरको पनि दर्शन गरी त्यसैको परिसरबाट शहर अवलोकन गरियो । त्यहाँनेर राखिएको शौर्य विद्युतीय सडक वत्ती अनुकरणीय थियो । दुग्ध पदार्थहरूको सेवन गरी हामीहरू चण्डीगढका पूर्व नगरप्रमुख सुरेन्दर सिंहजीकहाँ गयौँ । शायद त्यो उनको पार्टी अफिस थियो । परिणाम कोठा साँघुरो भएपनि चाक्लो मनले हामीहरूको स्वागत गर्दै आफूले गरे÷भएका काम कारबाहीका बारेमा अवगत गराउनु भयो । खादाको कमी भएपछि आफुलाई लगाएका खादाहरू हामीलाई नै उपलब्ध गराई वहाँहरूले नाम लिनु भएका उपस्थित व्यक्तित्वहरूलाई सम्मान गर्नुपर्दा एकातर्फ खल्लो लाग्यो भने अर्कोतर्फ सबैलाई समान स्तरमा राख्न गरिएको प्रपञ्चको प्रशंसा गर्न मन लाग्यो ।

    तापनि हामीहरू सिवालिक पार्कको सायमकालीन अवलोकनका लागि रमाना भयौँ । पर्याप्त नगरबासीहरू आउँदा रहेछन् । निःशुल्क प्रवेश गर्न पाइने उक्त पार्कको निर्माण सन् २००६ मा सुरेन्दरकै पालामा भएको रहेछ । जङ्गल प्रकृतिको बीस एकड जमीनमा करिब २४१ लाख खर्च गरी सो पार्क बनाइएको रहेछ । जहाँ बच्चाबच्चीहरूका लागि मन बहलाउने सामग्रीहरूका साथै फाउण्टेनका रङ्गीन फोहराहरूले अरुको मन पनि आनन्दित बनाउने गरी निर्माण गरिएको पाइयो । यो अवलोकन गर्दा वास्तवमा नगरपालिकाको एउटा अनिवार्य काममा पार्क निर्माण गरी नगरबासीहरूलाई पूनर्ताजगी गराउनु पनि हो भन्ने स्पष्ट भयो । त्यहाँ स्थानीय पत्रकारहरूले हाम्रो भ्रमणका विषयमा जिज्ञासा राखेका थिए । भारतीय व्यवस्थित शहरहरूको अवलोकन गरी अनुभव र विचारहरूको आदान–प्रदान गर्नु अनि निकटमा आएको नेपाल भ्रमण वर्ष २०११ को प्रचार प्रसार गराउनु हाम्रो मूल उद्देश्य रहेको व्यहोरा अवगत गराइएथ्यो । त्यसपछि होटेलमा आई खाना खाई शारदा, अरुण, सुशील, झलकजीहरूसँग समीक्षा गरी आराम गरियो । नेपाल–भारत एकै हुन् भन्ने व्यहोरा पूर्वमेयरले अभिव्यक्त गर्दा कसैले पनि कुटनैतिक प्रतिवाद नभएको तर त्यहाँकै काउन्सेलरले प्रसङ्ग समेट्दै अन्यत्र मोडेको जस्ता प्रसङ्गदेखि भोलि वर्तमान वहालवाला मेयरसँग भेट हुने कार्यक्रममा कमसेकम हाम्रो तर्फबाट संक्षिप्त तयारी गर्नुपर्ने राय गरियो । सुशीलजीले तयार पारेपछि भोलि राजनैतिक संयन्त्रका सहभागीहरूसँग शेयरगरी अन्तिमीकरण गरेर छपाउने र उनीहरूलाई पनि उपलब्ध गराउने राय गरी करिब एकबजेतिर आराम गरियो ।

    वास्तवमा चण्डीगढको हरियाली र व्यवस्थित बाटाहरू प्रशंसनीय पाइए भने कालो प्लाष्टिकको प्रयोगलाई बन्देज गरेको, सार्वजनिक ठाउँहरूमा थुक्न, मुत्न नपाइने व्यहोराका साथै चुरोट, रक्सी पिउन नपाइने जस्ता व्यवस्थाहरू मिलाएर शहर र शहरबासीहरूलाई शिष्ट, अनुशासित र नियमित हुन प्रेरित गरेको पाइयो ।

    उठी सनातनी नित्य कर्मपछि प्रातकालीन हिंडाइ उत्तम सिलवालजीसँग गरें । पतिङ्गरहरू जम्मा पारेर जलाएको र शहर बढारबुढुर गरेका दृश्यहरू देखिए । जलाउँदा ल्याण्डफिलजन्य फोहरको आयतन घट्ने व्यहोराको जानकारी गरियो । फर्केपछि बल्ल साथीहरूले प्रातकालीन नास्ताको व्यवस्था मिलाउँदै हुनुहुँदोरहेछ । मलाई भरखरैको हिंडाइमा मासका जेरी÷इम्रिति दृष्टिगोचर भएका हुँदा, त्यतै गई पहिलो चोटी नेपालगञ्जमा इम्रिति चखाउने राघवध्वज रेग्मी र नेपालगञ्जको स्मरण गर्दै दही र इम्रितिको नास्ता गरेँ । एघार बजे बहालवाला नगरप्रमुखज्यूसँग अन्तरक्रियात्मक छलफल थियो । त्यसैले साथीहरूको समेत नास्ता भएपछि हामीहरू नगरपालिकाको कार्यालय जसलाई नगर निगम भनिंदो रहेछ, जाने तयारी गरियो । अरुणजीले ओमराजजीको दस्तखतसँग औपचारिक निम्तापत्रहरू तयार पारी ल्याउनु भएको रहेछ । त्यतिबेलासम्म अवगत थिएन । त्यसैले राजनैतिक संयन्त्रका सहभागीहरूसमेतबीच छलफल गरियो । राजनैतिक व्यक्तिहरूबाट ल्याइसकेपछि गरिदिऊँ जस्तो मतैक्य व्यहोरा प्रकट भएपछि मैलेपनि हस्ताक्षर गरी निम्तापत्रलाई औपचारिकता प्रदान गरियो । तरपनि अन्तरमनमा कुनैपनि किसिमको औपचारिक आमन्त्रण नपाइकन आएका हामीहरूले हाम्रै बोर्डकोसमेत सम्मति नलिई निमन्त्रणा गर्नु आफैंमा आपरिपक्व लागिरहेको थियो भने भ्रमणवर्षको प्रचार–प्रसारमा यसको पनि भूमिका हुने व्यहोराले थोरबहुत सन्तुष्टि महसुस गरिरहेको थिएँ । सुशीलजीले “निम्ता दिने तर अहिले हैन, पोखरा फर्केपछि” भनी आफ्ना तर्कहरू “नदिंदैमा बिग्रने के ? जबकी दिने हो भने हामी हलुङ्गा हुन्छौं” राख्दै हुनुहुन्थ्यो । जेहोस् खामबन्दी समेत नभएका नाङ्गा पत्रहरूले आफ्नो कर्म पूरा गरेका थिए । हामीहरू करिब औपचारिक रूपमा रमाना भयौँ । इश्वरीजीले होटेलमै आई हामीहरूलाई मार्गनिर्देश गर्नुभएको थियो ।

    “अझै पाँच मिनेट पछिमात्र आइपुग्नु हुने रे मेयर मेडम ! अहिले आई नपुग्नु भएकाले हामीहरू गाडीमै बसौं” भनी इश्वरीजीले भन्दा प्रशाधनकक्षको पनि आवश्यकता खट्केकोले भित्रै प्रतिक्षा कक्षमा गएर प्रतिक्षा गर्ने सल्लाह गरी करिब १०० मीटरजतिको दूरी पैदल तय ग¥यौँ । जबकी स्तरीय गाडीबाट जानु उपयुक्त हुने सल्लाह अनुसार शिमलासम्म पुग्ने गरी दुईवटा गाडीहरू रिजर्भ गरिएका थिए । तर त्यसको कसैले भ्याउसम्म पनि पाएनन् ।

    जेहोस् पुगेपछिको केही समयमा नगरप्रमुख – मेडम मेयर अनु चत्राथजी आइपुग्नु भएछ र हामीलाई वहाँकै कार्यकक्षमा लगियो । त्यसैसँग नगरपरिषद् कक्ष पनि सटेको रहेछ, जुन अन्त्यमा अवलोकन गरियो । यथार्थमा सो व्यहोरा उपयुक्त ठहर्यो ।

    २६ वटा वडाहरूमा विभक्त सो नगरमा प्रत्येक वडाबाट एकेक जना वडाध्यक्ष-काउन्सेलरहरू प्रत्यक्ष चुनावबाट चुनिने रहेछन् । विभिन्न तह र तप्काका ९ जना विशेषज्ञहरूलाई मनोनयन गरी जम्मा ३५ जनाको नगरपरिषद् हुँदो रहेछ । यिनीहरूको कार्यावधि ५ वर्षको हुने र यिनीहरूले आफैंमध्येबाट दुईवटावर्ष महिला, एउटा वर्ष दलित जनजाती र अन्य दुइवटा वर्ष साधारण पार्षद्मध्येबाट नगरप्रमुखको चयन गर्ने परिपाटी रहेछ । हाम्रो परिपाटीका विषयमा जिज्ञाशा राखेकी नगरप्रमुखले “म भन्न सक्छु” को इजाजतसँगै प्रकाश पार्न गरेका सुशीलजीका ३-४ वटा प्रयासहरू उपर वास्ता नगरी कार्यकक्षमा प्रवेश गरेका उनका पार्षदहरूलाई ठाड्ठाडै परिचय गराएको देख्दा त्यति उपयुक्त जँचेन । तापनि पुष्पगुच्छाले स्वागत गर्दिभइन् । अर्काे बैठक कक्ष खाली भएपछि त्यतै सरेर बल्ल परिचयादिसमेतको औपचारिकता प्रदान गरियो । धेरै जनाले नेपाल आउने प्रबल इच्छा भएकोले तपाईंहरू निम्ता गर्नुहुन्न ? जस्ता व्यहोरा प्रकट गरे । जेहोस् चण्डिगढको विषयमा निम्नानुसारको संक्षिप्त व्यहोराको प्रस्तुति गरियो ।

    चण्डिगढको प्रस्तुतिका मुख्य अंशहरू ………………
    त्यसपछि मैले पनि हिजोमात्र साथीहरूलाई तयार पार्न लगाएको प्रस्तुति सुनाउँदो भएँ, जसमा पोखराको परिचयका अलावा यो भ्रमणको उद्देश्यलाई यसरी प्रस्तुत गरिएको थियो ।
    भ्रमणका मुख्य–मुख्य उद्देश्यहरूमा ……………….. हुन् ।

    प्रसङ्गवस आफ्नो प्रस्तुतिपछि सम्झानाको चिनो हामीलाई दिइयो । लगत्तै हाम्रा पक्षबाट पनि हिमालको परावर्तन देखिने फेवासहितको पोखराका वस्तीहरूको तस्वीर अङ्कित उपहार उपलब्ध गराइयो, जुन हाम्रो पस्तुतिपश्चात गर्दा उपयुक्त हुने लागिरहेको थियो ।
    जेहोस्, अन्तरक्रियात्मक बैठक फलदायी भएको महसुस दुबै पक्षबाट गरियो । सञ्चारकर्मीहरूले हिजो शिवालिक गार्डेनमा हामीसँग सोधिएको व्यहोरा आजको पत्रिकामा निकाली सकेका थिए भने हाम्रो अन्तरक्रियाकै बखत सिटी टेलीभिजन च्यानलले संक्षिप्त प्रतिक्रिया लिएको थियो । अन्त्यमा एउटा निम्तापत्र मेयरलाई हस्तान्तरण गर्न लाग्दा आफ्ना पार्षदहरूप्रति “हेर त निम्ता पनि ल्याइएकै रहेछ नि !” भनी हाम्रो व्यवस्थितताको व्याख्या गर्नुभएथ्यो । हुनपनि हामीहरूप्रति निम्ता गरियोस् भन्ने प्रशस्त मागहरू हुँदापनि धैर्यतापूर्वक अन्त्यमा तपाईं र तपाईं मार्फत् सम्पूर्ण पार्षद एवं चण्डिगढबासीहरूमा नेपाल भ्रमण वर्ष २०११ को निम्तो, जसले हाम्रो औपचारिक सम्बन्ध विस्तारमा पनि कोशेढुङ्गा बन्न सकोस् भनेर उपलब्ध गराउँदा उनीहरू हतारिएको व्यहोरा प्रमाणित हुनु स्वभाविकै थियो । चियापान गरी बिदावादी भई हामीहरू शिमला तर्फ लाग्यौँ । कुनैपनि साइटको अवलोकन गर्न सकिएन । १० मीटरको सडक बढार्ने मेशिनको प्रयोग उपयुक्त लाग्यो । अन्तरक्रियाको अन्तसम्ममा थोरैमात्र सभासद् बाँकी थिए । भनिन्थ्यो विभिन्न समितिहरूका बैठकहरू चलिरहेको थिए । हाम्रो अग्रिम खबर नहुनुले अपेक्षित हुन नसकेको अवगत गराइयो भने इश्वरीजीले समन्वयको ठूलो भूमिका निर्वाह गरेर हामीलाई ठूलो गुन लगाउनु भयो ।

    हामीहरूले दुईबजेतिर यात्रारम्भ गरी सवा घण्टामा ४५ किलोमीटरको यात्रा तय गरी धरम्पुरस्थित रातो खुर्सानी रेष्टुरेण्टमा पुगेर खाना खाइयो, जुन स्वादिलो पनि थियो । अन्ततः साँझमा शिमला पुग्यौँ । भीरालोमा बनाइएका घरहरू, मिलेको बस्ती आफैंमा चित्ताकर्षक देखिन्थ्यो भने पोखरामा पनि काहँुको डाँडा, सराङ्गकोटको डाँडा, मालेपाटन पारीको पाखोहरूमा बस्ती विकास गर्नसके खेतीयोग्य जमीनमा प्लटिङ्ग त घट्थ्यो नै पर्यटकीय आकर्षण पनि थप हुने विश्वास गरियो । उकालो चढ्नुपर्ने स्थानमा लिफ्टको व्यवस्था गरिएको रहेछ, जुन मेरा लागि पहिलो अनुभव भयो । हामीहरू बजार घुमी होटेल रिज भ्यूमा बस्ने व्यवस्था मिलाई नजिकैको होटेलमा खानाको बन्दोवस्त मिलाएऊँ । खानापछि कोठे समीक्षा गरी आराम गरियो । वास्तवामा रात्रीको समयमा बाहिर निस्कँदा कतै आकाशै धर्तिमा खसेर तारा झल्मलाएका त हैनन् जस्तो भान पर्दथ्यो ।

    वास्तवमा भिरालोको वस्ती अवलोकनीय थियो । उत्तमजी र म प्रातकालीन हिंडाइमा निस्क्यौँ । सार्वजनिक गाउँमा थुक्न, मुत्न वर्जित गरिएका र उल्लङ्घन गर्नेलाई पाँचसय रूपैयासम्म जरिवाना गर्नेदेखि कवाडी सामान जथाभावी नफाली दिन गरिएका नगर निगमका अनुरोधहरू ठाउँ–ठाउँमा टाँसिएका थिए । शहर पनि सफा लाग्दथ्यो । बाँदरहरूले फोहर जम्मा गर्ने टङ्कीहरूमा भएका खाद्य वस्तुहरू खाइरहेका देखिन्थे । सामग्रीहरू महङ्गा लाग्दथे । प्रातकालीन हिंडाइपछि आलुका परौठा, कागती÷आँपको पुरानो अचार, दही, चिया, मिठाइको प्रातकालीन खाजा खाइयो । त्यसपछि हामीहरू हिमालयको दृश्यावलोकन गर्ने हिसाबले कुफरी भन्ने ठाउँतिर रमाना भयौँ । त्यहाँ घोडाहरू प्रशस्त थिए – घुमाउने प्रयोजनका लागि । महङ्गो हुँदा र समयाभावले यत्तिकै हेरेर अन्तरमनको पेश्कि रहरको फछ्र्यौट गरियो । पूर्वमेयर फर्कने भएकाले एउटा गाडी त्यही बाटो चण्डिगढतर्फ यात्रा अघि बढायो ।

    औपचारिक बिदाइका हातहरू मिलाई हामीहरू पुनः शिमला फक्यौँ । सामान्य किनमेल गरी जशन रेष्टुरेण्टमा खाना खान पस्यौँ । तर १२ः३० बजीसक्दा पनि प्रातकालीन खाना मात्रै सेवा गरिने वेयराको व्यहोराले बाहिरिन थालेका हामीहरूलाई साहुजीलै दिवाकालीन भोजनकै सेवा उपलब्ध गराउने जनाएपछि खाना खाएरै हिंड्यौँ । बरु बिहानको नास्ता बाहेकको खाना एक बजेपछिमात्रै पाइने व्यहोरा जनाउने वेयराले नै हामीलाई अमिलो मनसँग सेवा उपलब्ध गराएको देख्दा “कुप्रालाई उठी सुख न बसी सुख” भन्ने उखानको स्मरण भयो । विचराको जागीर हो, अन्यथा हामीलाई वाध्यकारी सेवा दिने थिएन ।

    जेहोस्, खानापछि लगत्तै चण्डिगढका लागि फिर्ता रमाना भयौँ । आज्जसोकै लालमिर्ची रेष्टुरेण्टमा चिया पिई प्रभाणुमा एशिया रिसोर्ट लिमिटेडले सञ्चालन गरेको टिम्बर ट्रेल नामक केबुलकार प्रतिव्यक्ति रु.३५०।– का दरले चढ्यौँ र रिसोर्टमा पुग्यौँ । केवल दुईवटामात्र कार रहेका र एकपटकमा १५ जना ओसार्न सक्ने खुवी भएकाले मूलतः रिसोर्टका ग्राहकहरूलाई आवागमनका खाँतिर सञ्चालन गरिएको भान हुन्थ्यो, तथापि उचाइबाट नियालिने दृश्यावलोकनको मज्जा÷आनन्द आफैंमा उच्च मूल्यवान् हुने भएकाले अन्यान्य दर्शकहरू पनि आउने–जाने गर्दारहेछन् । विगत १९ वर्षदेखि सुरक्षा गार्डका रूपमा काम गरिरहेका पोखराका जुठे गुरुङ्गदाइसँग पनि भेट भयो । यथार्थ मै माथि पुगेर हेर्दा देखिने रमणीय दृश्यहरू अत्युपयुक्त लाग्दथे । हामीहरूले हाम्रै पोखराको फिस्टेल लजले राखेका हाते फेरीहरूको व्यवस्थासँग तुलना ग¥यौँ, तर हामीकहाँ ग्राहकबाहेककालाई सेवा उपलब्ध गराईंदैन ।

    त्यसपछि हाम्रो यात्रा अरु अघि बढाई योगभिन्द्र पार्कको अवलोकन ग¥यौँ । अमीर र म बाहेकका साथीहरूले अघिल्लै पटक अवलोकन गरिसकेका भएकाले हामी दुई जनामात्र भित्रियौँ । बिजुलीको अभावले पानीको फोहरा हेर्न पाइएन । जेहोस्, हरियालीयुक्त पार्कको बीचमा लम्बाइमा तीन चरणका पोखरी र फोहराको व्यवस्था मिलाइएको आफैंमा रमणीय लाग्दथ्यो । फर्कंदा माटो मुछ्ने प्रयोजनका लागि तोरी पेल्ने हातेकोल जस्तै ठूलो सिमेन्टजस्तो कडा चिजले बनाएको पाङ्ग्रालाई घुमाउने खाल्टेबाटो थियो, जहाँ इटाको धुलो, बालुवा, माटो र गोवर आदि मिलाई पानी हालेर घुमाएर लेदो तयार पारिँदो रहेछ, जुन इटा टाँस्नेकाममा प्रयोग गरेको पाइयो ।

    त्यहाँबाट नीलकमल होटेलमा आई ताजगीपछि बाहिरिँदा हेटौंडाको मदन भन्ने भाइले मम बनाएर बेच्दै गरेको भेटियो र हामीले पनि खाने व्यवस्था मिलाइयो । वास्तवमा बोसो कम मिसिएको मम आफैंमा स्वादिष्ट थियो । त्यसैलाई सायमकालीन नास्ताका रूपमा प्रयोग गरी हामीहरू चण्डिगढ रेल्वे स्टेशनतिर रमाना भयौँ । हामी जोधपुरका लागि रमाना हुनु थियो । कमल र इश्वरजीहरू पनि बिदाइका खाँतिर स्टेशनमा आउनु भएको रहेछ । बिदावादी भई करिव साढे एघार बजेतिर रेलमा चढियो ।

    एककोठा जस्तोमा तल तीन र माथि तीनवटा गरी सुत्न मिल्ने व्यवस्था थियो । दुईटा सेता च्यादर, एउटा तकिया, एउटा रग उपलब्ध थिए । सबै सफाचट थिए । म भएको कम्पार्टमा म र झलकजी थियौँ । दुवै माथिपट्टिको स्थानमा थियौँ । विस्तारा बनाई सबै साथीहरू आराम गर्न थाल्यौँ । मैले कम्प्यूटरमा फोटाहरू डाउनलोड गरी आराम गरेँ । त्यस्तो किसिमको रेलयात्रा मेरा लागि पहिलो थियो ।

    रातसँगै हाम्रो रेलयात्रा पनि अघि बढी रह्यो । कुखुराको डाँकोसँगै उठ्ने बानीले त्यहाँ पनि उछार दिएन । बाह्य परिवेशको परिवर्तनले असर नपार्ने हाम्रो आन्तरिक पाचनादि प्रणालीको व्यवस्था आफैंमा अतुलनीय लाग्दछ । सनातनी रूपमा ५ बजेतिरै दिशापिशावको निःसृतिखाँतिर उठें र सामान्य नित्यकर्म सम्पादन गरेँ । तर पढ्ने सामग्री एवं कम्प्यूटरमा पावरको अभावले पुनः आराम गरेँ । अरुणजीले बाथरुममा तातोपानीले मज्जाले नुहाएँ भन्दै थिए । त्यस्तो नुहाउन हुने स्थान त हैन तर कमोट÷प्यानलाई क्रमशः पश्चिमी र भारतीय शैलीका प्रशाधन कक्ष÷ट्वाइलेटको व्यवस्था र हातमुख धुने बेशिनको व्यवस्था थियो । शौच सोझै तल खस्ने किसिमको व्यवस्थाले गर्दा स्टेशनहरू फोहोर भएका रहेछन् ।

    दिल्लीको स्टेशन वास्तवमा फोहोर थियो । जेहोस्, ७÷८ बजेसम्ममा सबैजना उठियो र हातमुख धुने काम पनि सकियो । तर त्यो रेलमा प्रातकालीन नास्ता एवं भोजनको व्यवस्था रहेनछ । परिणामस्वरूप स्टेशनमा ५ मिनेट रोकिँदा साथीहरूले चिया बिस्कुट, कुकीहरूको व्यवस्था मिलाउनु भयो तर मेरा लागि कालो चिया नपाइनु र बिस्कुटादि नखाने प्रवृत्ति हुनुले भोकै रहन वाध्य गरायो । साढे नौबजेतिर सुशिलजीले नुनिला र गुलिया चिजहरू भएको र खाने कि भन्दा भोकले होला ! ज्ञानबहादुरजी र मैले पानीसँग प्रशस्तै खायौँ । खानाको बन्दोवस्तका लागि अघिल्लो स्टेशनमा पहिल्यै खबर गरी प्रबन्ध मिलाइयो ।

    विकानिर भन्ने स्टेशनमा प्लाष्टिक र दुनाहरूमा भात दाल, तरकारी, दही आदि प्राप्त भयो तर अतिसाना हुँदा प्लाष्टिकका थैलीहरूमै दाल तरकारी हाली अविस्मरणीय ढङ्गले खाना खाइयो । हामी बस्ने च्याम्बरमा दुईजना सम्भ्रान्त लाग्ने बुढाबुढी पनि थिए । जोसँग थालीहरू थिए, उनीहरूले ब्रेकफास्ट गरिसकेका थिए । तर हामीहरूले पनि माग्नु अनुपयुक्त ठानियो भने उनीहरूले पनि प्रयोग गर्न दिएनन् । मैले उही “नबोलाए पनि जान्छ, नसोधे पनि बोल्दछ । छोटाको गर्छ जो विश्वास, उ मूर्ख कहलाउँछ ।” भन्ने हाम्रा कविजीको काव्य स्मरण गरेँ । तोरणजीले त्यही रेलमा काम गर्ने व्यक्तिहरूसँगबाट एउटा टिफिनबट्टा मागी मलाई उपलब्ध गराए । आपूmले आफ्ना पाँचै औंलासमेत नअटाउने दुनामा भात खाएको दृश्य आफैंमा अनौठो थियो । जेहोस् पैसा तिरेर उल्लिखित बमोजिम भएपनि जठराग्नी शान्त पारियो । अन्ततः ४ः४५ बजेतिर जोधपुर स्टेशनमा उत्रियौँ । जहाँ ४३ डिग्री सेल्सियस तापक्रममा जोधपुर तातिरहेको थियो । हामी पनि त्यही तातोमा घुल्न वाध्य भयौँ । एकदम परिचित स्थानमा भएको आवागमनको आभास हुने गरी आ–आफ्ना व्यागहरू गुडाएर स्टेशनबाट बाहिरियौँ । ट्याम्पो, ट्याक्सी, रेक्साचालकहरूलाई वास्ता गरैनौं । यदि अबोधता प्रकट गरेमा ठगी हुने व्यहोरा अन्यत्रका ज्ञाता मित्रजन सुशील, अरुण, शारदाजीहरूले जनाउँथे । विचरा मानवीयता ! जेहोस् अन्त्यमा चारवटा ट्याम्पोसँग सम्झौता गरी होटेलको खोजीमा बाहिरियौँ । होटेल हवेलीमा पु¥याई ड्राइवरहरूले हामीसामु आफ्नो ऋजुता प्रकट गरे ।

    त्यसदिन मलाई कोठा नं. १०७ मा शारदामोहन र तोरणजीसँग बस्ने व्यवस्था मिलाइयो । झण्डै मरुभूमिको झल्को लाग्ने जोधपुर शहरमा हरियाली कम थियो । आकाशे निलो रङ्गमा भवनहरू रङ्गिएका थिए । मार्वलको प्रयोग झ्यालढोकाका फ्रेममासमेत गरिएको थियो । गर्मी प्रशस्तै थियो । हामी ताजगीपश्चात् घण्टाघर हुँदै नयाँबजारतिर घुम्न बाहिरियौँ । एउटा रेष्टुरेण्टमा डोसा लगायतको नास्तादि गरी खादीका कुर्ता सुरुवाल खरिद गरी होटेलमा फक्र्यौँ । परम्परागत साँस्कृतिक कार्यक्रम प्रदर्शन आफैंमा रोचक थियो । हिन्दू केटीहरू र मुस्लीम केटाहरू मिलेर त्यो कार्यक्रम सञ्चालन भएकोमा एकजना नर्तकीले उल्टोतिर झुकेर मुखले कागजी नोट टिपेर नाचेको दृश्य अत्याकर्षक लाग्दथ्यो । साथीहरूले आपूmलाई रङ्ग्याउँदै रङ्गमा खाना खाएर आराम गरियो ।

    सनातनी प्रभातकालीन कृतहरूमा संलग्न भएँ – होटेलको छतमा, जहाँ आज्जसोको रात्री कार्यक्रम सञ्चालन भएको थियो । वास्तवमा आकाशे नीलो रङ्गमा रङ्गिएका भवनहरू मिलेर जोधपुरे किल्ला मेरानगढको काखमा रमेको जोधपुर प्रातकालको सिर्सिरे मन्द पवनसँग मुस्कुराउँदै सूर्याेदयको प्रतिक्षा गरिरहुञ्जेल मलाई पनि छत छाड्न मन लागेन । उत्तम सिलवालजी पनि आउनु भयो । केहीक्षणसम्म छतबाटै वरिपरिको सौन्दर्यावलोकन गरी चिया पिएर मिजार पठान र नरेन्दर सिंह नामका चालकद्वारा हाँकिने गाडीहरू जयपुरसम्म पु¥याइदिने हिसाबले भाडामा लिई त्यसदिनको यात्रारम्भ गरियो । नौ बजेमात्र खुल्ने व्यवस्था भएका कारणले मूल किल्ला – मेरानगढको आँगनमा र वरिपरि अवलोकन गर्ने र तस्वीर खिचाउने कार्यमा नै रहर पूर्ति गरिटोपलेर हाम्रो यात्रा जयपुर तर्फ अघि बढ्यौँ ।

    क्याल्साइड नामक कडा चट्टानमा मार्वल लुकाएका पत्थरका ढिस्का र थुप्राहरूको अवलोकनमा मन–मन कर्णालीतिरका यीभन्दा अग्ला पर्वतेश्वरका कालीगढलाई तुलना गर्दै अघि बढ्यौँ । बेरोजगारका लागि १०० दिनको रोजगारी कार्यक्रमले पनि मलाई कर्णाली रोजगार कार्यक्रमको स्मरण गरायो । महिलाहरू खानेपानीको पाइप बिच्छाउने नाला खनिरहेका देखिन्थे । प्रतिदिन काम गरेवापत ५ किलो गहुँ र रु.१००÷– नगद दिइने व्यवस्था रहेछ । वास्तवमा झ्यालढोकाका फ्रेमसमेत मार्वलबाट बनाइएको शहरका रूपमा चित्रित गर्न मिल्ने जोधपुर पार गर्दैगर्दा पेट्रोलपम्पनेर शीलाबाट मार्वल तयार गरेको व्यहोरा पनि नियालियो । पोखरामा पनि गर्नु र हुनुपर्ने व्यहोराहरूलाई यात्राका खुराकका रूपमा उपयोग गर्दै मध्यान्हतिर बारभन्ने ठाउँमा पुगेर खाना खायौँ । मोटेल रिङ्ग लिडर पालीमा पीरोसहितको नेपाली थालीको खानाखाई यात्रा अघि बढाइयो । करिब ३५० किलोमीटरको यात्रा पूरा गरेपछि जयपुर शहरमा पुग्यौँ । वास्तवमा राजमार्ग पनि रोड डिभाइडरबाट विभक्त हुँदा आफ्नै लेनमा ८०÷१०० किलोमीटर प्रति घण्टाका दरले गाडीहरू हुँइकिरहेका थिए । इण्डियाको एउटा पक्ष अति राम्रो लाग्यो । त्यो के भने टेक्सी चालकहरूको प्रत्येक शहरमा पोशाक तोकिएको रहेछ, पोशाक नलगाई गाडी हाँकेमा लाइसेन्स जफतसम्मको कारवाही हुँदोरहेछ । तसर्थ हामीलाई जोधपुरबाट जयपुरसम्म ल्याउने ड्राइवरहरू पठान र सिंहले मनखुसी पोशाक लगाएका कारण पिङ्क सिटी प्रवेश गर्न सकेनन् र हामीलाई एउटा गेटमा पु¥याएर छाडिदिए । एसी गाडीमा सवार भएका हामीहरू जयपुरको घाममा टट्टिन पुग्यौँ । सुशीलजी, अरुणजी र तोरणजीहरू होटेलको खोजीमा लाग्नु भयो । हामी सितलमा ओथाएकाहरूलाई त गर्मी महशुष हुँदा वावरी÷पुदिना मिसाएर आइस सोडा खायौँ । विचरा साथीहरू त्यो टण्टलापुर घाममा कसरी घुमे हुन् ? किनकी यही टोल र ठाउँ भन्ने टुङ्गो थिएन । अनि हामीहरू यात्रा छोट्याउने तर्कहरूमा छलफल ग¥यौँ । कोची पुगेपछि लक्ष्यद्विप तर्फको टुङ्गो लगाउने र यथासम्भव छोट्याउने शोचमा मतैक्य भयौँ, तर हवाइजहाजका पहिल्यै किनिएका टिकटहरूले ठाउँ छोट्याए पनि अवधि छोट्याउन बाधा पारे । अन्ततः तोरणजी मोटरसाइकलबाट हामीलाई लिन आए । हामी सबै रेक्साबाट होटल रुवीमा बस्ने व्यवस्था मिलायौँ ।

    सामान्य ताजगी पश्चात् शहर अवलोकनका खाँतिर बाहिरियौँ । जलमहल, हावा महलको चर्मद्रैष्टीय अवलोकन गर्दै हातबाट बनाइएका जुत्ता, चप्पलहरूको दोकानमा छि¥यौँ । ठीक दाम भन्ने त्यस दोकानमा कुनैपनि वस्तुमा मूल्य अङ्कित थिएन तर त्यहाँका कामदारहरूको मुखारबिन्दबाट उद्घाटित अङ्कमा कत्तिपनि तलमाथि गरिएन तापनि केही सामानहरू खरिद भए । वास्तवमा पिङ्क शहर भनेको करिव ५०० वर्ष पहिले निर्माण गरिएको मानिंदो रहेछ । सम्पूर्ण भवनहरूको पहिलो तलाका दोकानी कोठाहरू एकदम समान प्रकृतिका देखिन्थे । भवनहरूलाई अनवार्य रूपमा पिङ्क रङ्गले रङ्ग्याउनु पर्नेरहेछ । सातवटा प्रवेशद्वारहरू एकै प्रकारका थिए । जेहोस् शहर अवलोकनसँगै सन्ध्यागमन भयो र करिव ३०-३५ किलोमीटर टाढा सञ्चालन भैरहेको साँस्कृतिक÷सर्वपक्षीय भेलाको अवलोकन गर्न रमाना भयौँ । चोककी रानीका नामले परिचित सो मेला हाम्रो सडक महोत्सव, औद्योगिक मेला, महायज्ञ जस्तो लाग्दथ्यो । त्यहाँ सबैप्रकारका सँस्कृति र परम्परा झल्कने नाचगान, खानपानको व्यवस्था थियो । रु.३५०।– प्रति व्यक्ति तिरेपछि ठूलो स्टीलको थालीमा दुना–दुनामा सबै परिकारहरू मनचिन्ते हिसाबले खान पाइने थियो । सबै रीति–स्थिति, रहन–सहन, भेष–भुषा झल्कने गरी व्यवस्था मिलाइएको सो मेला (?) मा चक्रब्यूह पनि बनाइएको रहेछ, प्रवेश सहजै गरेपनि निस्कँदा अल्मलिएको क्षण अझैसम्म स्मरणीय छ । सामूहिक बिवाह, ब्रतबन्ध पनि गरे÷गराएको देखिन्थ्यो । टाउकामा सातवटा घैंटाहरू राखी विभिन्न हिसाबले गरिएको नृत्य अत्याकर्षक थियो । मोहीको कडी समेत बनाइएको खाद्य परिकारहरू मनचिन्ते हिसाबले “एक सिताको पनि मूल्य हुन्छ” भन्ने भावनासँगै मैले खाएछु, केही साथीहरूको “शायद यसरी खाने हाकिमसाहेव मात्रै होला !” भन्ने प्रतिक्रिया सुन्दा उपरवाला नै साक्षी रही सत्य निरूपण गर्नु भन्ने कल्पना गर्दै करिब दुई–ढाई घण्टाको रमन पश्चात् कोठामा आई पूर्ण ताजगीपछि आराम गरयो । त्यसदिन झलकजी, उत्तमजी र म सहसयनकर्ता बनेका थियौँ ।

    सबेरैको उडान भएका कारण ४ बजेतिरै उठेर सबै तयार भई विमानस्थलतर्फ रमाना भयौँ । हामी मुम्बईमा करिव ४ घण्टाको ट्रान्जिट÷सङ्कमणअवधिमा रही कोची पुग्नु थियो । ढिलो सुताइको र छिटो उठाइको कारण शरीर भारी र टाउकोमा मन्द दुःखाइ थियो । सम्पूर्ण चेकिङ्गपछि हामीलाई लिएर इण्डिगोकेर जहाज ६ बजे मुम्बईतर्फ उडान शुरु ग¥यो । मैले हवाइजहाजकै शौचागार प्रयोग गरी तिरेर खानापर्ने प्रातकालीन नास्ता खाई आराम गरेँ । यात्रुहरूको न्यून संख्या देखिन्थ्यो, शायद आन्तरिक उडान एवं सखारैको उडान हुनु यसको कारण होला । म सीट परिवर्तन गरी झ्यालसँगैको ठाउँ उपयोग गरी निदाएँ । करिब १३०० मीटर अर्थात् ४२००० फिटको उचाइसम्ममा उडी सवा एक घण्टामा मुम्बईस्थित छत्रपति शिवजी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्र्यौँ । वास्तवमा भारतीय विमानहरूमा कुनै उडान निकै सस्तो मूल्यका हुँदारहेछन्, जहाँ हरेक खाद्य एवं पेयवस्तुहरू यात्रुले किन्नु पर्दाे रहेछ । हामी त्यस्तैमा थियौँ । हामी उत्रेपनि हाम्रा झोलाहरू कोचीकै लागि रमाना भएकाले विमानस्थलमा हामीहरू हलुका यात्रुजस्ता देखिन्थ्यौँ । वास्तवमा यो विमानस्थल साँगुरो प्रतीत हुन्थ्यो । हामी बाहिरिएर चियापान गरी ट्याक्सी खोजेर २ घण्टा शहरका मुख्यस्थानहरूमा पुग्ने राय भयो । सोही बमोजिम ट्याक्सीको खोजी गर्दा ड्राइवरले थप अर्काे ठाउँमा पनि पु¥याइदिने हिसाबले रु.७००।– भनेकोमा पहिला जुबिच – हिन्दमहासागरको किनारा, पुगेपछि बढाएर रु.९७५।– चाहिने व्यहोरा बतायो । आँटिसकेपछि भनेर समुद्रमाथि बनेको राजीव गान्धी पूल (सागरसोथ) को पनि अवलोकन गरियो, जुन कोरियाको इन्चेन पूलको सानो रूप रहेछ । हामीसँग जुबिचमा ई. मुरली रञ्जीतजी पनि भेट हुनुभएथ्यो ।

    अन्ततः हामीहरू पुनः विमानस्थल प्रवेश गरी १२ः१० बजे कोचीको लागि उड्यौँ । यसपाली भने विमान कोचाकोच थियो अर्थात् खाली नै थिएन । १ः४५ बजे हामी कोचीन विमानस्थलमा उत्र्यौँ । विमानबाट नियाल्दा दक्षिणी भारतको कोचीन क्षेत्र आफैंमा हराभरा देखिन्थ्यो । समथर भूभाग सबैमा खाद्यान्न बालीले ढाकेको थियो भने शेष भाग जङ्गल र त्यसैको बीच–बीचमा आवास÷घरहरू देखिन्थे । जङ्गलमा पनि नरिबल प्रकृतिले नै छरिदिएको भान हुन्थ्यो, हामीकहाँ कटुस र चिलाउने जस्तै । चिलाउनेका दानालाई फोरेको सुपारीका दानाका रूपमा थप स्वाद पोखिदिएको भए प्रकृतिले कस्तो हुँदो हो ?

    जेहोस्, विमानस्थलमा उत्रेपछि एयरपोर्टकै वातानुकूलित (एयरकण्डिसन्ड) बसमा चढी हामीहरू कोची तर्फ लाग्यौँ । करिव ३५÷४० किलोमीटरको यात्रापछि सो बस फोर्ट कोचीको बसपार्कमा रोकियो र हामीहरू उत्र्यौँ । एकातर्फ सागरीय तट र अर्काेतर्फ उद्यान थिए । हामीहरू उद्यानमा सुस्तायौँ । अरुणजी, सुशीलजी होटेलको खोजीमा गए । हामीहरूले फलपूmल खरिदी खाएर बोक्राहरू विक्रेताकहाँ लग्दा रुखको फेदमा जम्मा गर्ने भोलिपल्ट नगर निगमको गाडी आएर लग्छ भनियो, नभन्दै हुँदो पनि रहेछ – त्यस्तै । हामीलाई हाम्रो भाद्र महिना जस्तो उखुम भएको थियो । साथीहरूले फोर सिजन रेष्टुरेण्ट, प्रिन्सेस रोड, फोर्ट कोची खोजेर आउनु भएपछि मसहित सिलवालजी र झलकजी ११३ नम्बरको कोठामा खटियौँ । अलि ढीलै गरी खाली गराइएको सो कोठामा रुम स्प्रे छरी सुगन्धित बनाउने चेष्टा गरियो । जसको कारण समयमा ताजगी हुन सकिएन तापनि भोक लागेकोले चोकमा गई नास्ता लिइयो । झण्डै लेकसाइडको झल्को दिने खालको ठाउँ हुँदा आफैंमा महङ्गो थियो भने किनमेलका लागि बजार टाढै पर्दाेरहेछ । विदेशीहरूको उपस्थिति बाक्लै देखिने त्यो ठाउँमा हामी पनि विदेशी नै देखिएका थियौँ । कोचीको रमाइलो साँझलाई बाटौमा आतसबाजी जस्तो लाग्ने खेलौना गुलेली तन्काएर आकाशतिर फाल्दै बिदा गरी भोलिपल्टको स्वागतार्थ आराम गरियो । वास्तवमा थकान महसुस पनि भएको थियो ।

    थकानादिको परिणाम अलि ढिलो उठियो । सुशील र अरुणजी अवधि पनि छोट्याउन सकिन्छ कि र आज साँझको रात्रीबसको टिकट व्यवस्थाका लागि बाहिरिनु भयो । हामीहरूले प्रातकालीन नास्ता नजिकैको नेपाली भाषी साहकोमा खायौँ । साथीहरू घुमघाम गर्नुभयो । मैले केही सूचनामूलक र हास्यप्रधान फोटाहरूको प्रस्तुतीकरणका लागि स्लाइडहरू बनाएर पूर्वान्हको समय व्यतीत गरेँ । बिहानकै होटेलमा दिवाकालीन खाना खान सबै साथीहरू गयौँ । रूफटपमा खाना खाएमा प्रति प्लेट हरेकमा रु.१०।– अतिरिक्त रकम लाग्दोरहेछ । त्यहाँ प्राकृतिक सितलो पाउन सकिन्थ्यो । हामीहरू तलै बसेर खाना खाई फेरीबाट जलबिहार गर्न निस्क्यौँ । प्रति फेरी रु.१,५००।– मा रिजर्भ गरी हामी १ घण्टाका लागि जलबिहार ग¥यौँ । ५÷७ जनाको टिमले तोरीपेल्ने कोलका बाहाँहरू जोडेजस्तै गरेर ठूलो जाल थापी माछा मार्दा रहेछन्, हामीहरूलाई रोचकै ठह¥यो । गर्मी ठाउँ, जलयात्रा त्यसमा पनि चिसो पिउँदै वास्तवमा रोमाञ्चित हुँदै एकघण्टा जलउपर विताएको पत्तै भएन । तत्पश्चात् तरबुजालाई मसिना टुक्रा पारी बरफसाथ बाल्टिनमा राखेर छोपिएको दृष्टिगोचर हुँदा एकन गिलास खाने इच्छा जागेकाले पूर्ति गरियो । ठूला चाना पारेर झिँगा र धुलोसँग सम्पर्क भएको बिक्री वितरण गर्नभन्दा उल्लिखित विधि उपयुक्त जँच्यो । जुन हामीकहाँ पनि लागू गर्न सकिने देखिन्छ । जेहोस्, कोचीको एक दिनलाई बिदाइका हात हल्लाउँदै कोठामा फक्र्यौँ र झोलाहरू मिलाई रात्रीबस यात्राका लागि इर्नाकुलम (बस छुट्ने ठाउँ) तिर लाग्यौँ । सबैले आ–आफ्ना झोलाहरू गुडाउँदै हिंडेको दृश्य राम्रो लाग्दथ्यो भला स्थानीयहरूले जेजस्तोसुकै सोचुन् ! हामीहरू नजिकैको चोकमा निस्केर ४ वटा ट्याम्पो भाडामा लिएर बस छुट्ने स्टेशनतिर लाग्यौँ । सिमसिमे वर्षा भैरहेको थियो । दुर्भाग्य ! सुशीलजीको कम्प्युटर भएको झोला खसेछ, केही समयपछि पछाडिबाट आइरहेको मोटरसाइकलका यात्रुले स्मरण गराईदिंदा फर्केर खोजी गर्दा पाउन सकिएन ।

    हामीहरू स्टेशन नामको यात्रु प्रतिक्षा क्षेत्रमा पुग्यौँ । पानी परिरहेको थियो । पौने आठ बजे छुट्ने भनिएको बस वर्षातादिका कारण हुनसक्छ, पौने नौबजेमात्र स्टेशनमा आइपुग्यो । त्यतिञ्जेल हामीहरू घरको सानो पटाहा – जहाँ पूmटपाथे चिया पसल सञ्चालित थियो, मा निजको पसललाई अतिक्रमण गरी आ–आफ्ना झोलाहरूमात्र बिसाएनौ, हामीहरूले ओतसमेत त्यहीं लाग्यौँ, विचराको व्यापार ठप्प भयो । ३÷४ सय किलोमीटरको यात्रा गराउने बस छुट्ने काउण्टरका अगाडि कमसेकम १५÷२० जनामात्र भएपनि अट्ने प्रतिक्षालय जरुरी प्रतीत भयो । कतै पोखरा उपमहानगरपालिकाको सौजन्यमा निमार्ण गरौं कि ! भनी ठट्टा गरेर प्रतिक्षाको समय कटनी गरियो । साथीहरूले केन्टुकी फ्राइड् चिकेन – केएफ्सि. बाट डिनर प्याकको व्यवस्था मिलाउनु भयो । अन्ततः ९ बजेको समयमा हामीलाई बोकेर वातानुकूलित ठूलो बसले आफ्नो गति शुरु ग¥यो । तर शहरबाट बाहिरिनै दुईघण्टा विताउनु प¥यो, अर्थात् ठूलो जाम थियो । ४० किलोमीटरको यात्रा पूरा गरेपछि अर्काे बसले बैङ्लोर पु¥याउने हुँदा आ–आफ्नो सीट त्यसैमा मिलाएर बस्नु होला, भन्ने उर्दी अनुरूप यत्तिकै खाली सीटमा बसियो, आखिर त्यै बसले बैङ्लोर भन्दा ४० किलोमीटर यतैको दूरीसम्म पु¥याइदियो । कतिपय स्थानीय यात्रुहरूले प्रतिवाद पनि गरेका थिए । बीचमा खानाका लागि पनि रोकिएन । यो सेवा हेर्दा हामीकहाँ जत्तिको पनि नभएको महसुस भयो ।

    धन्य डिनर पकेट तयार पारिएछ ! भोलिपल्ट बिहान साढे नौबजेतिर एउटा पेट्रोलपम्पमा रोकिएपछि हामीहरूले सूचीनिचीको कार्य सम्पादन गरियो । त्यहाँबाट सामान्य बसमा हामीलाई सारियो । करिब ४०÷४५ किलोमीटरको यात्रा पूरा भएपछि हामीहरू बैङ्लोर उत्र्यौँ । लगत्तै टेम्पोबाट होटेल एजे. इन्टरनेशनलतर्फ लाग्यौँ, जहाँ गतवर्ष साउन–भदौमा आउँदा साथीहरू शुलभ मूल्यमा बस्नुभएको रहेछ । होटेल अगाडि पुगेपछि १÷२ जना गई कुराकानी गर्नभन्दा ढुक्क मनले केही छैन, सबै उत्रे हुन्छ भन्ने राय बमोजिम सबै उत्र्यौँ । तर अफशोच ! सिजनको कारण कोठाभाडा गतवर्ष अफसिजनको जस्तो सस्तो गर्न नसक्ने व्यहोरा अवगत भएपछि सबै सामानसँग उत्रेका हामीहरू बस्न बाध्य भयौँ । त्यो तीनतारे होटेल रहेछ । कोठाहरूमा सामान बिसाएर ताजगीपछि नजिकै खाना खान गयौँ । त्यहीं रहेको होटेलमा सोधनी गर्दा मिल्दो दर बारे जानकारी भएपछि भोलिदेखि त्यसैमा सर्ने निधो गरियो । सामान्य बजार घुमफिर गरी खाना खाई आराम गरियो ।

    ढिला सुताइको परिणाम ढिलै उठियो । नुहाएर प्रातकालीन सम्पूरक नास्ता खायौँ । त्यसपछि हामी होटेल सेलेक्टमा सर्यौँ । म, झलक र उत्तमजीले झोलाहरू कोठा नं. २१५ मा बिसाई मैसुरका लागि गाडीको खोजी ग¥यौँ । होटेल म्यानेजर हुसेनजीले प्रति किलोमीटर रु.१२।५० पैसाको दरले १३ जना अटाउने खुवी भएको गाडी बन्दोवस्त गरिदिनु भएपछि मध्यान्हमा हामी रमाना भयौँ । सोझै टिपु सुल्तानको बगैँचा – दरियावाग गयौँ । पूर्ण हरियालीबाट आच्छादित शान्त वातावरणमा रहेको त्यो स्थानको बीचमा हाम्रैलागि अवलोकनीय संग्रहालय बनाइएको रहेछ । जसानुसार टिपु सुल्तानको जन्म सन् १७५० मा भएको बुझियो । चमाराजा, कृष्णराजाहरू उनका चौतरीयाहरू रहेछन् । त्यसैको नजिकबाट कावेरी नदी बगिरहेकी रहिछन् । मूलतः त्यो वोडेयारको दरबार रहेछ । चमाराजा, कृष्णराजाहरूको थरै वोडेयार थियो र उनीहरू सुल्तानका चौतरिया भएकाले यसै बागमा उनीहरूको बसोबास भएकाले वोडेयारको दरबार भनिएको रहेछ ।

    त्यासपछि हामीहरू मैसुरको खाटी सिल्कको बिक्रीकक्षतिर लाग्यौँ र केही उपहारहरू किन्यौँ । वास्तवमा मूल्यउपर कुनै प्रश्न वा मोलतोल गर्न नपाइने भनिएतापनि त्यहाँ गरिएको खरिद आफैंमा नेपालमा भन्दा महङ्गो भएको महसुस गरियो । तापनि श्रीखण्डको क्रिम, काठ, बसाउने झोल जस्ता बस्तुहरू खरिद गरी हामीहरू टिपु सुल्तानको दरबार अवलोकन गर्न गयौँ ।

    मूलगेटपछि नै फोटो खिच्न मनाही रहेछ, क्यामेरा त्यही छाडी अघि बढ्यौँ । सुरक्षाको कडा व्यवस्था थियो । जुत्तामोजासमेत खोलेर भित्र छिरियो । भित्ता–भित्तामा देवी, भगवति, देउता, भगवान आदिका तेलीया सजीव चित्र कोरिएका थिए भने छतमा रङ्गीचङ्गी कलाकारिता मुखरित भैरहेको थियो । मैले वाक्यमा उतार्नै नसकिने किसिमको हेर्दै आनन्द दिलाउने हिसाबको मनोरम दृश्यहरूको सजावटमा सो दरबार गम्किरहेको प्रतीत हुन्थ्यो । त्यसैको परिसरमा राधाको÷कृष्णको मन्दिर पनि रहेछ, दर्शन गरियो । सिंहमरमरमा कुँदिएका बुटाहरू पनि सजीव लाग्दथे । स्नीग्ध प्रकृतिको सो दरबार अवलोकन गरी विन्द्राबन बगैँचाका लागि रमाना भयौँ । रु.१५०।– भनिएको मुरली रु.१०।– मा लिइदिन गरेको वाध्यकारी अनुरोधलाई मैले स्मरणीय मानेकोछु । तापनि केही मित्रहरूले आवश्यकताका सामग्रीहरू खरिद गर्नु भयो ।

    विन्द्राबन बगैँचामा पनि क्यामेरा लग्न नपाइने सूचना जारी गरिएको थियो । लग्ने भए रु.५०।– क्यामेरा शुल्क तिर्नु पर्दाेरहेछ । तर पहिलो प्रवेशमा खासै जोड नगर्ने महसुस गरी लुकाएरै पार लागियो । “जसका साथमा खोटो मोहर, उसैको मन धरमर” भन्ने उखान झैं पार्कमा भित्रिएपछि फोटो खिच्न क्यामेरा निकाल्दामन झस्किन्थ्यो । नभन्दै रङ्गीन फोहराको साङ्गितिक प्रदर्शनी स्थल पुग्ने बेलामा दुईजना ठिटाहरूले क्यामेराको शुल्क बुझाएको रसिद चेक गरिरहेका रहेछन् । अब ठगीको धोतीले इज्जत धान्ने कुरै भएन । रु.५०।– प्रति क्यामेरा भुक्तानी गरेर मुख्यस्थल तर्फ अघि बढियो । कावेरी नदीकै पानीबाट सो फाउण्टेन बनाइएको रहेछ । सङ्गीतको धुनसँगै रङ र वेग बदलिने गरी पानीका फोहरा मिलाइएको रहेछ । वास्तवमा करिब पौने घण्टाको सो प्रस्तुति चित्ताकर्षक लाग्यो । हामीले पनि फेवाको पानीबाट यस्तो शो देखाउने व्यवस्था मिलाउन सके ! भन्ने मन पल्हायो, तत्कालै कोमागाने पार्कको फाउण्टेनको अवस्थालाई सम्झँदा मन सिथिलियो । जेहोस् दिनभरको थकाइ बिर्साउने प्रकृतिको प्रदर्शनी हेरेर ताजा फलपूmलको रस पिई हामी बैङ्लोरतर्फ फिर्ता रमाना भयौँ । बाटोमा रोइला गीतहरूका रिकर्डहरू बजाउँदै र गाउँदै गरियो । मैले पनि १४००% कममा खरिदेको मुरलीलाई फुकेर स्वर मिलाउने प्रयास गर्दाे भएँ । कताकति मिलेको आभास मिल्दा केही साथीहरूले मलाई “बहुआयामिक प्रतिभा रहेको” भनी प्रतिक्रिया दिंदा मानवीय मन प्रफुल्ल हुन्थ्यो । आते–जाते–घुम्तेमा ३५० किलोमीटरको दूरी तय गरी खाना खाई भोलिको प्रतिक्षामा आराम गरियो ।

    वास्तवमा ढिलो सुतेका कारण सबैजना सहजमै उठ्यौँ । हिज्जसो त ७ः३० बजेतिर साइबाबाको केन्द्र पुट्टपँिर्त जाने सल्लाह भएको थियो । तर आलस्यले विभिन्न वहानामा कार्यान्वयनमा व्यवधानहरू खडा गर्न पुगेछ । कतिपय सहभागीहरू उतै बस्ने शोच बनाउनु भएको, कोही एकतर्फी मात्रै ३५० किलोमीटर दूरी छ भनेपछि आज फर्किने कुरा पनि भएन र भोलि आउँदा यहाँ बैङ्ग्लोरमा हेर्नै पर्ने ठाउँहरू प्नि छुट्ने जस्ता द्विविधायुक्त भावनाहरूको सिर्जना भएको पाइयो । पछि बुझ्दाखेरी साइबाबाकेन्द्र बैङ्ग्लोरमा पनि रहेको, जुन ३५ किलोमीटरमात्र टाढा रहेकाले जाइआइ हुनसक्ने र बाबालाई पनि त्यहीं भए भेट्न सकिने व्यहोरा अवगत हुँदा यहीं बैङ्ग्लोरमै जानेसम्मका तर्कहरू पनि आए । तर मलाई अनियोजित हिसाबको निर्माणमा व्यवस्थितताको रूप हेर्नु परे साइबाबाको आश्रम–पुट्टपर्ति जानु भन्ने जानकारीले गर्दा बाबाको दर्शनभन्दा स्थानावलोकन अन्तर मनिषा भएको व्यहोरा सहभागीहरूलाई अवगत गराएँ । त्यहींको केन्द्रमा पुट्टपर्तिका बारेमा बुझ्दा केवल १५०÷६० किलोमीटरमात्रै रहेको थाहा लागेपछि उही हिजोको गाडी मगाई साँझ फर्कने गरी जाने निर्णय गरियो । जामका कारण गाडी समयमा आइपुगेन, गर्मीले पनि उछार दिइरहेको थिएन, रपनि हामीहरू साढेदश बजेतिर सबै सहभागीहरू मिलेर नास्तादि खाई पुट्टपर्तितिर रमाना भयौँ ।

    त्यसदिनको यात्रा एक्स्प्रेस हाइवेबाट अघि बढिरहेको थियो । बञ्जर क्षेत्र, ढुङ्गाहरूका थुप्रा रहेका थुम्का, उजाड मरुभूमितुल्य भूभाग हुँदै हाम्रो यात्रा अघि बढिरहेको थियो कर्नाटकबाट हामी आन्द्रप्रदेशमा पुग्नु पर्दाेरहेछ । आन्द्रमा प्रवेश दस्तुर रु.३०००।– प्रति गाडी प्रति हप्ता तोकिएको रहेछ । अन्य टोल ट्याक्समात्रैको प्रसङ्ग ठानेर वार्ताकारहरूले “ठीक छ” भनेका रहेछन्, तर यो सोचेभन्दा अत्यधिक रकम थियो । व्यापक चर्चा–परिचर्चाहरू भए, ड्राइवर हामीलाई ठगी गर्दैछ, इण्डियनहरूको दृष्टिकोण ! आदिआदि । हुनपनि हामीलाई पुट्टपर्ति पु¥याएर घुमिफिरी बैङ्ग्लोर ल्याउने र प्रति किलोमीटर रु.१२।५० र लाग्ने टोलट्याक्स भुक्तानी गर्ने हिजोको मान्यता आजका लागि पनि भनिएको थियो । तर आज प्रदेश नै फरकमा प्रवेश गर्दा प्रवेश कर नै बढ िरहेछ, यो व्यहोरा शुरुमै अवगत नगराइनु हामीजस्ता नवागन्तुकहरूका लागि एक प्रकारको ठगी नै मानिनु पर्दछ । फेरि, त्यत्रो तिर्नुभन्दा सिमानाबाट अर्काे गाडीमा जाने, यो गाडीले पर्खने, हामी फर्केपछि यसै गाडीबाट बैङ्ग्लोर फर्कने कुरा गर्दा पनि “गाडी मालिकले नपर्खी सिमानाबाट फर्कने” व्यहोरा अवगत गराइयो भन्दा आफैंमा पेल्न खोजेको आभाष मिल्दथ्यो । अझ हाम्रो तर्फबाट “सिमानादेखि बाबाधामसम्मको दूरीको दुइगुणाको पनि भाडा तिर्छाैं” भन्दापनि स्वीकृति नमिल्ने जस्तो आभाष मिलेपछि शुल्क तिरेरै प्रवेश गर्ने सर्वसम्मति भयो । अब फेरि अगुवाहरूले अर्काे त्रुर्टि गरेछन् – भारतीय दुतावासबाट हामीहरूलाई सरोकारवालाहरूबाट यथोचित सहयोगको लागि लेखेको पत्रसमेत साथमा राखिएको रहेनछ, भएको भए हामी कुनै पर्यटक नभै कार्यालयीय भ्रमणमा आएका र हप्तौं दिन नभै एकैदिनमा आइजाइ गर्ने व्यहोरा मात्रै जनाउँदा १०% जति मिन्हा गरियो रे ! औपचारिक पत्र भएको भए अरु सहुलियत हुने रहेछ । यात्रावधिमा समीक्षा गर्दै जाने प्रस्ताव पनि प्रस्तुत विवादास्पद प्रसङ्गले न्यूनानुमान गरायो ।

    जेहोस् आन्द्र प्रदेश प्रवेशपछि अघि बढेको यात्रा पुट्टपर्तिको बाबाद्वारा निर्माण गराइएको हवाइमैदान (स–साना बोइङ्ग समेतका लागि) को अवलोकन गर्दै २ः३० बजे बजार र बाबाधामक्षेत्र प्रवेश गरियो । साइबाबा अस्पताल, विश्वबिद्यालय, संग्रहालय नियाल्दै बसपार्कमा बस रोकी हामीहरू उत्र्यौँ । हाफ्पेन्टमा प्रवेश निःषेध रहेकाले अरुण, झलक, तोरण साथीहरू बाहिरै पोशाक खरिदमा लाग्नुभयो । भित्रिएका हामीहरू घुम्दै जाँदा बीरवल चौधरी नामक बन्धुसँग भेट भयो । जसको किड्नीमा रहेको पत्थर बाबाले हेरेरै अर्थात् दृश्यशक्तिका भरमा फुटाई दिनुभयो, दुईमहिनासम्म रक्तपात भयो, अहिले ठीक छ जस्तो स्वानुभव सुनाउँदै हामीलाई परिसर घुमाइदिनु भयो । मलाई एभेन्यूज टेलीभिजनको चामत्कारिक बाबा ले किन एकमुठी चामल शक्तिका भरमा सिर्जना नगरिदिएर त्यहीं धाम बाहिर माग्नेहरूको लाम लागेको छ ? जस्ता प्रसङ्गसँग बीरवलको आफ्नै अनुभवको तुलना गर्दाे भएँ । जसरी भएपनि दर्शनार्थीहरूको घुइँचो थियो । हाम्रा साथीहरू पनि पोशाक खरिद गरी प्रवेशिनु भएछ । दक्षिण भारतीय, पश्चिमा, भारतीय लगायतका ४÷५ तले क्यान्टिनहरूको व्यवस्था, धर्मशालाहरूको व्यवस्था देखाउँदै हामीलाई बाबाको जीवनीमा आधारित संग्रहालयको अवलोकनका लागि सिफरिश गरयो, जुन ३ः३० बजे खुल्ने रहेछ । अफशोच ! सरसफाइ लगायतको प्रसङ्गले मे १ तारिखसम्मका लागि बन्द गरिएकोले इच्छापूर्ति हुन सकेन । हामीहरू दिवाभोजनको खोजीमा लाग्यौँ । केराको पातमासमेत खाना पाइने रहेछ ।

    अन्ततः ५ः३० बजेमा मात्र बाबा हलमा आउने व्यहोरा जानकारी भएपछि हामीहरू दूरदर्शन भएपनि गर्ने हिसाबले तलमाथि गरी समय वितायौँ । महिला र पुरुष दर्शनार्थीहरूका लागि छुट्टाछुट्टै व्यवस्था थियो । क्यामेरा, पाउपोश, अर्धपोशाक त निसिद्ध थियो नै, अझ कापी–कलम, हातहतियार, मोवाइलसमेत अर्थात् सकेसम्म निर्धारित सेतो कुर्ता–पाइजामा वा सुरुवालबाहेक केही पनि साथ नलिई प्रवेश गर्नुपर्ने व्यवस्था रहेछ । गर्मीका कारण भूईँको तातोले शिरमा झ्वाँला दिंदो थियो । सामान राख्ने क्लोयाक रुम (ऋयिबप च्ययm) मा सामानहरू राखेर हामीहरू पनि बाबाको दर्शनार्थीका लाइनमा सामेल भयौँ । बहुत कलात्मक हिसाबले निर्माण गरिएको दर्शनगृह आफैंमा अत्युपयुक्त देखिन्थ्यो । ५ः१५ बजे ह्वील चियरमा बाबाको आगमन भयो । सबै दर्शनार्थीहरू सल्याङ्बल्याङ गर्न थाले । स्वयंसेवकहरूले यथास्थानग्रहणका लागि प्रयास गरिरहेका थिए । दर्शनार्थीमा बाल, युवा, बृद्धहरू थिए भने स्वदेशीदेखि विदेशी – पश्चिमाहरूको पनि बाक्लै उपस्थिति थियो । उही एभेन्यूज टिभीले देखाएजस्तै बाबाबाट मुख पुछ्ने हिसाबले एउटा सेतो रुमालको पटक–पटक प्रयोग भैरहेको थियो । हामी ५ः५० सम्म त्यहाँ विताई ६ः३० बजे फिर्ता रमाना भयौँ । करिब ३ घण्टाको निरन्तर हँकाइबाट ३६६ किलोमीटरको दूरी पार गरी बैङ्ग्लोर आई खाना खाई कमीशन कानून लगायतका विषयमा खुला छलफल गरी भोलिपल्टको प्रतिक्षामा आराम गरियो । कोठा भने साँघुरै थियो ।

    त्यसदिन बैङ्ग्लोर वरिपरिकै अवलोकन गर्ने तथा आवश्यकताका सुलभ सामग्रीहरूको खरिद गर्ने कार्यक्रम थियो । सोही अनुरूप प्रातकालीन नास्तापछि ज्ञानबहादुरजी, उत्तमजी र म पहिलेका जानकार मित्र शारदाजीसाथ एउटा ट्याक्सी पार्किङ्ग शुल्कबाहेक रु.४०।– प्रति किलोमीटर वा प्रति ४ घण्टा रु.७००।– मा लिई दृश्यावलोकनमा अघि बढ्यौँ ।

    विशाल क्षेत्रफलमा फैलिएका कारण आन्तरिक रूपमासमेत यात्राका लागि भ्यानको व्यवस्था गरिएको लालबागमा हाम्रो पहिलो पदार्पण भयो । ठूलो पत्थर रहेको सो बागमा÷बगैँचामा घना हरियाली रहेछ । टिपूसुल्तानका पालमा लगाइएका ठूला–ठूला आँपका रुखहरू थिए । रुखको फेद जस्तो आकृतिका फोहोर फाल्ने भाँडाहरू आफैंमा आकर्षक लाग्दथे । बीचमा ठूलो प्रदर्शनी हलको निर्माण गरिएको रहेछ । वास्तवमा गर्मी ठाउँ बैङ्ग्लोरमा त्यो बगैँचा बालकदेखि बृद्धसम्म सितल छहारी ताप्ने स्थानको रूपमा देखिन्थ्यो भने नवजोडी तथा नवप्रेमीहरूको एकान्त वार्तालापको स्थलका रूपमा पनि प्रयोग भैरहेको देखिन्थ्यो । हामीकहाँ भने पोखरा–कोमागाने पार्कको घना जङ्गल पनि नासिइसकेको यथार्थता कल्पँदा यस्तो कसरी र कहिले बनाउने होला ? भन्ने लागेथ्यो ।

    त्यसपछि हामीहरू विशाल वृष मन्दिरमा गयौँ । ठूलो ढुङ्गलाई कुँदेर गोरुको आकार दिइएको र त्यसैलाई मन्दिराकारमा राखी दर्शनार्थीहरूलाई आकर्षण गराइएको प्रसङ्गले हामी स्याङ्जाको अन्धाअन्धीजस्तालाई समेत उपयुक्त ढङ्गले प्रयोग गर्न नसकेको तीतो यथार्थता मनमा आलियो । दर्शनपछि हरियो नरिवलको झोलसमेत खाई हामीहरू अघि बढ्यौँ । टिपूको संक्षिप्त दरबार र किल्लालाई बाहिरबाटै नियाल्यौँ । लौकाजस्तो लाग्ने फलहरू तल्र्याङ्गतुर्लुङ्ग देखिन्थे । सोधनी गर्दा चालकबाट, अफ्रिकन फल हो, जुन विषालु पनि छैन र खान पनि स्वादिलो छैन भन्ने उत्तर प्राप्त भएथ्यो । त्यही क्रममा हामीहरू जलविश्व र मनोरञ्जनविश्वको समेत अवलोकन गर्यौँ । समयाभावले भित्रै गई सहभागिता दर्शाउन असक्षम भयौँ ।

    त्यहााँट हामीहरू विज्ञान संग्रहालयमा गयौँ, जुन वास्तवमा रोचक थियो । राइट ब्रदर्शले बनाएको विमानको कङ्कालदेखि गियर, घिर्नी, पाङ्ग्रा लगायतका विज्ञानका जिज्ञासुहरूका लागि अत्याकर्षक लाग्दथ्यो । विद्युतीय ज्ञानका लागि अलग्गै कोठा थियो । पुस्तकादिको बिक्रीकक्ष पनि भएकाले हामीले पनि केही पुस्तकहरू खरिद ग¥यौँ । यसरी बैङ्ग्लोरको दृश्यावलोकनको कार्यलाई पूर्णविराम गरी होटेलमा फर्केर दिवाकालीन भोजन गर्यौँ । त्यसपछि बजार घुमफिर गरी दुईजना सहभागीहरू भोलि बिहानै लाग्ने भएकाले शुभयात्राको शुभाभिवादन प्रकट गरी हामीहरू पनि झोला मिलाउन लाग्यौँ । किनभने हामीहरू पनि भोलि बिहान ११ः५५ बजे हवाइयात्रा मार्फत् कलकत्ता रमाना हुनु थियो । पोका पुन्तुरा मिलाई सनातनी आराम गरियो ।

    समयै सुतेकाले होला यथासमयमै उठी प्रभातकालीन नित्यकर्महरूमा संलग्न भएँ । होटेलको छतमा हरियालीको अवलोकन र स्वाच्छ पवनसँगै गरिएको नित्यकर्मले जोधपुरको स्मरण गरायो । हामीहरूले प्रातकालीन नास्ता गरी हवाइमैदानका लागि रमाना भयौँ । वास्तवमा शहरबाट ३२ किलोमीटरको दूरीमा बैङ्ग्लुरु विमानस्थल अवस्थित रहेछ, तसर्थ हामीहरू यथासमयमै ट्याक्सीबाट रमाना भयौँ । “समग्रमा ५०% छुट, एक किन्ने ६ पाउने” जस्ता दोकानी व्यहोराहरू स्मरणीय थिए । हामीहरू ठीक समयमा बैङ्ग्लुरु विमानस्थलमा पुग्यौँ । विधिवत् चेकइन सम्पन्न गरी प्रतिक्षाकक्षमा मैले भ्रमणका केही स्लाइडहरू तयार पारेँ । हामीहरूको उडानसमय ११ः५५ थियो । करिब ३५,००० फिटको उचाइमा उड्ने सो विमानमा चुरोट र रक्सी निःषेध थियो । धुँवा पत्तालगाउने यन्त्रसमेत विमानमा जडान गरिएको व्यहोरा जानकारी गराइएको थियो । २ घण्टा ३५ मिनेटको सो यात्रामा सबै साथीहरूको सिफारिशमा मैले जीवनको पहिलो पटक र सम्भवतः अन्तिमचोटी रिबोक नामको नाडी घडी खरिद गरेँ । उडान अवधिभर मोवाइल फोनको स्वीच अफ हुनुपर्ने सरकारी नियमको जानकारी गराइयो । हामीहरू २ः३५ बजे नेताजी सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल, कलकत्तामा अवतरण ग¥यौँ । तापक्रम ४३ डिग्री सेल्सियस थियो ।

    विमानस्थलबाट ट्याक्सीमा शहरतिर लाग्यौँ – प्रिन्स स्ट्रीट जाने हिसाबले । तर पार्क स्ट्रिटमा केही होटेलहरू देखिएपछि हामीहरू होटेल भिआइपी इन्टरकन्टिनेन्टलमा बस्ने व्यवस्था मिलायौँ । अर्काे होटेलका दलालहरूले सोभन्दा सस्तोमा मिलाइदिने बताउँदै थिए तर व्यवस्थापकहरूको भैसकेको निर्णयलाई सम्मान गर्दै त्यतातिर लागिएन । कोठा साँघुरो भएकाले झलकजी र ममात्र कोठा नं ५ मा बस्ने व्यवस्था भयो । साँझपख बाहिरिई साथीहरूले सामान खरिदको काम भयो भने ज्ञानबहादुरजी र मैले कार पार्किङ्गको विधिबारेमा जानकारी लियौँ ।
    प्रोजेक्ट म्यानेजर पाउलका अनुसार ५ वटा ठाउँबाट २८० कारहरू पार्किङ्गको सुविधा मिलाइएको रहेछ । जहाँ हरेक कारका लागि प्लेट हुँदोरहेछ र २÷३ तलको तलामा माथिबाट हाइड्रवलिक विधि (३) र चेन विधि (२) बाट सिधै तल लगिँदो रहेछ । कुनैपनि कारमालिक आएर प्लेटमाथि कार राखिदिएपछि कन्ट्रोलरुमबाट लाइसेन्स नम्बर, नाम, गाडी नम्बर आदिको व्यहोरा सफ्टवयरमा इन्ट्री गरेपछि त्यसले स्वचालित विधिबाट खाली ठाउँमा लगेर प्लेटसहित पार्क गर्दाेरहेछ । पछि निकाल्नु पर्दा उल्लिखित विवरण उपलब्ध गराएपछि सफ्टवयरले प्रतिघण्टा रु.२०।– का दरले शुल्क हिसाब गरी निकाल्ने आदेश दिएपछि सो प्लेट कारसहित स्वतः आफैं माथि आउँदो रहेछ । यो विधि हाम्रो शहरमा पनि कामयावी हुन्छ कि ? ठानी त्यसको विस्तृत विवरण माग गर्ने काम गरियो । त्यसपछि कोठामा आई खाना खाई आराम गरियो । मैले भने दैनिकी टिपोटको कार्य गरी आराम गर्दा अलि ढिलै भएको थियो ।

    हाम्रो यसपालीको भारतीय यात्राको अन्तिम दिन पनि म समयमै उठी नित्यकर्ममा संलग्न भएँ । छतमा गई हिज्जसोको जस्तै गर्ने शोच – गर्मीका कारण होटेलमा काम गर्ने ठिटाहरू सबै छतमा सुतेकाले अपूरो रह्यो । तापनि वरिपरिका दृश्यहरू नियाली कोठमै प्रातकालीन नास्ता मगाई खाँदै यात्रासंस्मरणको लेखनी अघि बढाई रहेँ । काठ्माण्डौं सम्पर्क गरी छोराछोरीसँग ल्याउनुपर्ने सामानहरूका विषयमा कुरा गर्दा सम्पूर्ण सामानहरू काठ्माण्डौंमा नै पाइने, मैले रोजेको रङ्ग एवं प्रकार उनीहरूको मनले रोजेको जस्तो हुन नसक्ने, आखिर ४०÷५० रूपैयाभन्दा बढी सस्तोमा पनि नपाइने अवस्थामा त्यो सस्तो रकमको बचतसँग चाहनाको क्षतिपूर्ति कम हुने हुँदा कुनैपनि चिज नल्याउन आग्रह गरेको व्यहोरा मलाई पनि जायज लागेकाले मैले सामान नकिन्ने निधो गरेँ ।

    प्रतकालीन नास्तापछि कलकत्ताका वरिपरिका दृश्यावलोकन गर्ने कार्यक्रम तय गरियो । मूलतः दक्षिणेश्वर कालिका टेम्पल, परेशनाथ टेम्पल, जरासाङ्कु ठाकुरबारी वेलुरनाथ, मार्गल प्यालेस, साइन्स सिटी, निक्कोपार्क, एक्वाटिक किङ्गडम÷वाटर किङ्गडम, नल्वान बोटिङ्ग, कम्प्लेक्स, हेरिटेज पार्क, बिडला मन्दिर, भिक्टोरिया मेमोरियल, बिडला प्लानेटोरियम, इण्डियन म्यूजियम, एलिपोट जू, सेकेण्ड विक्ली ब्रिज, नेशनल लाइब्रेरी, नेहरू चिल्ड्रेन म्यूजियम, खिदुल टुर पार्क, एसेम्ब्ली हाउस, राइटर्स बिल्डिङ्ग, हाइकोर्ट, मिलेनियम पार्क, हावरा ब्रिज, कालिघाट काली टेम्पल आदिलाई दृश्यावलोकन स्थलका रूपमा लिइँदो रहेछ ।

    जसमध्ये हामीहरूले ३ वटा ट्याक्सीहरू भाडामा लिई हावरा ब्रिज हुँदै दृश्यावलोकनका लागि बाहिरियौँ । त्यो पूलमा रोकिएर फोटो खिच्न निःषेध गरिएको रहेछ । हामीहरू पनि गाडीबाटै हेर्दै सेकेण्ड विक्ली ब्रिज हुँदै साइन्स सिटीमा गयौँ । वास्तवमा विज्ञानका बालबालिकाहरूका लागि उपयुक्त स्थान विकास गरिएको रहेछ । सम्पूर्ण अवलोकन गर्न नसके पनि ऐनैऐनाको कोठामा एकैजनाको १०÷१२ आकृतिहरू हेर्दा वास्तविकबाटै अल्मलिएको क्षण रोमाञ्चक थियो । कतै उल्टो, कतै तेर्साे, कतै आधामात्रै आकृति देखिने हिसाबले ऐनाहरू मिलाइएका थिए, जसले पनि कसरी होला ? जस्तो कौतुहलता सिर्जना हुन्थ्यो । त्यसपछि हामीहरू थ्रीडि चस्मा लगाएर हेर्ने ल्फिम÷थिएटरमा गई आधाघण्टा सजीवीय चलचित्र हेरियो । अर्काे कक्षमा सम्पूर्ण ग्रहहरूको अवस्थिति लगायतको सूचनामूलक व्यहोरा कम्प्यूटरिकृत गरी राखिएको रहेछ, जसको माउस पुरानो ढाँचाको थियो । गर्मी अत्यधिक भएकोले निक्को पार्कलाई पनि बाहिरबाटै नियालेर होटेल फक्यौँ ।

    होटेलमा आई खाना खाएर आराम ग¥यौँ र केही किनमेलसमेत गर्ने गरी बाहिरियौँ । प्रथमतः कार पार्किङ्गको सूचनामूलक जानकारी (सिडी, ब्रुसर आदि) लिने हिजोको सल्लाह बमोजिम जम्मा गर्यौँ । त्यसपछि त्यहींको बजारमा अधिकाँश साथीहरूले आफ्ना आवश्यकताका वस्तुहरू खदिर गरेर सँग्सँगै होटेल फक्यौँ । त्यहाँको सफाइमा प्रयोग भएको कुचो र फोहोर जम्मा गर्ने फोल्डिङ्ग टोक्रो आफैंमा वैज्ञानिक देखिन्थ्यो । त्यसको प्रयौगिक अभ्यास ज्ञानबहादुरजीले गरेपछि राम्रो महसुस गरियो ।

    साँझ एउटै कोठामा जम्मा भई तथाकथित समीक्षा गर्यौँ । सुधार गरिनुपर्ने विषयमाभन्दा पनि पोखरा फर्केपछि यो भ्रमणमा के–के व्यहोराहरू अवलोकन गरियो ? तिमध्ये राम्रा र सिफरिशसाथ जिम्मेवारी तालिका बनाउने साथै समग्र यात्रा व्यवस्थापनको बारेमा आफूले अनुभव गरेको आधारमा थप व्यवस्थित गर्न के–के गर्नुपर्ला ? ताकि आगामी यात्राहरूमा सुधार गर्न सकियोस् जस्ता व्यहोराहरूलाई समेटी सम्पूर्ण सहभागीहरू बसी प्रतिवेदन तयार पार्ने सल्लाह गरियो । यसको अलावा यात्राको विषयमा सम्पूर्णको समान बुझाइ हुनुपर्ने, जसमा यो यात्राको संयोजन नेपाल इञ्जिनियरिङ्ग एशोसिएशन, पोखरा उपमहानगरपालिका एकाइले गरेको र उसको अनुरोधमा कार्यालयले यात्रावधिको काज सिफारिश र पूर्वाधार तथा संरचना विकास समितिले आफ्ना सदस्यहरूसमेत सहभागी हुने सिफारिशलाई नगरपालिका बोर्डले पारित गरी मन्त्रालयबाट स्वीकृत भएपछि विकास योजनाहरूमा धक्का नलाग्ने गरी कन्टिन्जेन्सी रकमको सहयोग नगरपालिकाबाट भएको र सहभागीले कति–कति उठाउनु पर्ने व्यहोरा पछि हिसाब निकालिने बारेमा पनि मतैक्य चर्चा गरियो । त्यसपछि खाना खाई विदेशी भूमिको अन्तिम रातको आराम गरियो । सोभन्दा पहिले प्राकृतिक विद्वतताका बारेमा केही साथीहरूबीच मैले आफ्ना अनुभुतिहरू सेयरिङ्ग गरेथेँ ।

    २०६६ को बिदाइसँगै हाम्रो अवलोकन भ्रमण पनि अन्त्य हुँदै थियो । भ्रमणको अन्तिम दिन बिहान पनि म सनातनी प्रातकालीन कृतहरूमा संलग्न भई झोलाहरू मिलाउने कार्य गरेँ । त्यसपछि बिहानी खाना खाई ट्याक्सी लिएर विमानस्थलतर्फ रमाना भयौँ । संयोगबस हाम्रो ट्याक्सीको टायर पञ्चर भएकाले हामीहरू केही ढिला हुनपुग्यौँ । वास्तवमा पूर्वाल्लेख गरिएझैं प्रचण्ड गर्मीका बावजूद कलकत्तामा हरियाली कायमै थियो । नगरनिगमले खानेपानीको आपूर्तिका खाँतिर ठूल्ठूला पाइपहरू सडक सतहमै राखिएका दृश्यहरू अवलोकन गर्र्दै विमास्थलीय कारवाहीमा संलग्न भयौँ । एउटा कुरा, त्यहाँ कलकत्तामा ट्याक्सीहरू सम्पूर्ण पँहेलो रङ्गमा रङ्ग्याइएका थिए जसको बीचमा रातो धर्काे (स्ट्रीप) भएमा एयरकण्डिसन नभएको र नीलो धर्काे भएमा एयरकण्डिसन भएको भनेर छुट्याउन सकिने व्यवस्था अनुकरणीय लाग्यो ।
    चेक इन भइसकेपछि झलकजीले प्रायसँग भ्रमणको संक्षिप्त प्रतिक्रिया सङ्कलन गर्नुभयो । त्यसदिनको हाम्रो विमान एयर इण्डियाको थियो । त्यसमा प्रत्येक सीटको सामुन्नेमा डिस्प्ले स्क्रीनको व्यवस्था थियो, जसमा राडारबाट विमानको पहुँच र अवस्थितिको जानकारीका साथै केही चलचित्रहरू पनि हेर्न सकिने व्यवस्था थियो । शाकाहारी भोजनको सेवा लिँदै एकघण्टा बीस मिनेटको उडान अवधि पूरा गरी सवा तीनबजे हामीहरू नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय हवाइ अड्डामा उत्र्यौँ र बैदेशिक अवलोकन भ्रमणको अन्त्य गर्यौँ ।

    कोही पनि खासै बिरामी नहुनु, कसैबीच पनि मनोमालिन्य नसिर्जिनु, उपलब्धतासँग सहर्ष तादात्म्य हुनु, जो जसले जे जसरी भएपनि अन्ततः व्यवस्था मिल्नु, कुनैपनि बाह्य व्यक्तिहरूसँग भनाभनसम्म नहुनु, कोही कसैको केही पनि क्षति नहुनु जस्ता खुसीका प्रसङ्गसँगै हाम्रो यात्रा सम्पन्न भएको थियो ।

    २०६७ बैशाख १ गते बुधबार
    कलङ्कीस्थान, काठमाडौँ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, माघ १३, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.