×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

स्वस्थ जीवनका लागि आयुर्वेदिक चिकित्सा – संक्षिप्तमा ४

  •  गोरखा समाचार
  • बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    धर्तीका करिब आठ अर्व मानिसहरूको शरीरको बनौट कफ, पित्त र वात नामक त्रिद्वोषको संयोजनबाट बनेको हुन्छ । कसैका हातका चक्रहरू कसैका हातसँग नमिले जस्तै यी त्रिद्वेषको अनुपातिक संयोजन पनि फरक–फरक हुन्छ । महर्षि बाग्भटका अनुसार कफ असन्तुलित भएमा २८ प्रकारका, पित्त बिग्रिएमा ४० प्रकारका र वातको गडबडीले ८० प्रकारका रोगहरू मानवीय शरीरमा लाग्ने हुन्छ । यसप्रकार सामान्यतया आयुर्वेदिक दृष्टिकोणमा प्रकृतितः १४८ प्रकारका रोगहरू हामीलाई लाग्न सक्छन् । वहाँद्वारा रचित “अष्टाङ्ग हृदयम्” को गहन अध्ययन गरी त्यसका खाटी व्यहोराहरूलाई स्वर्गीय राजीव दिक्षितज्यूबाट प्रकट गरिएका प्रवचनहरू, सद्गुरुका भनाइहरू, खप्तड स्वामीको स्वास्थ्य विज्ञान, डा. राजु अधिकारीको खाने कसरी, पिउने कसरी ?, डा. अजीत मेहताको स्वदेशी चिकित्सा सार, ॐ शान्ति, जिउनेकला, जीवन विज्ञान, मनोक्रान्ति, ॐ जप ध्यान, राधेराधे लगायतका कार्यक्रमहरूमा दर्शाउन मिलेका सहभागिताका अवसरहरूको आर्जन अनि प्रातःस्मरणीय पिता तुलसीराम पौडेलज्यूले सङ्ग्रह गर्नुभएको हजुरबुवाको श्री वैदाङ्ग डायरी र वहाँको आयुर्वेदिक उपचारहरूबाट प्रभावित भई स्वस्थ जीवनयापनका लागि आफ्नै आनीबानी, खानपान, भोजनालय, आहारबिहार आदिमा सुधार गर्न सकिँदो रहेछ भन्ने केही अनुभव-अनुभुतिहरू यहाँहरू समक्ष सेयर गर्ने सदासयले यो आलेख तयार पारेकोछु । यो मानेमा वहाँहरूप्रति प्रथमतः नतमस्तकतापुर्वक हार्दिक आभार प्रकट गर्दै दिवङ्गत आत्माहरूको बैकुण्ठवास हवोस् भन्ने कामना गर्दछु । विभिन्न विद्वान् अग्रजहरूले प्रकट गरेका प्रायःजसो व्यहोराहरूलाई मिसमास गरी नयाँ प्रयोगहरू पनि यहाँ प्रस्तुत भएकाछन्, जसप्रति यहाँहरूले स्वप्रयोग गरी प्राप्त सुझावहरूले थप परिमार्जन गर्न सक्नेछु भन्ने पुर्णाशा राखेकोछु ।

    ४. सूचीनिची र योग, ध्यान अनि प्राणायाम गर्ने तरिका :

    प्रातःकालको उषापानले कब्जियतलाई निवारण गर्ने व्यहोरा अनुभवसिद्ध हो । रपनि बानी नपरुञ्जेल सहज नहुन सक्छ । तसर्थ, पानी पिएपछि दिसा जान मन लागेन भने हामीले आफूलाई मनपर्ने धून बजाएर नृत्य चिकित्सा गर्न सकिन्छ, जसमा पेटलाई नचाउनु अनिवार्य हुन्छ । त्यसपछि निःसन्देह शौच गर्ने रहर उत्पन्न हुन्छ । डा. अजीत मेहताले “स्वदेशी चिकित्सा सार” मा त हरियो पानी (हरियो शिशाको बोत्तलमा पिउने पानी भरेर ६–८ घण्टा घाममा सूर्यपाक गरिएको) लाई कब्जियतको राम्रो औषधि हो, भन्नुभएको छ । मनतातो पानीमा कागती र वीरेनुन मिलाएर पिउनु पनि स्वास्थ्यप्रद हुन्छ ।

    शौचालयमा गएपछि यथासम्भव प्यानमै टुक्रुक्क बसेर अन्यथा “कमोट” मै भएपनि बल नगरी सहज हिसाबले दिसा पिसाप हुन दिनुपर्छ । यतिबेला हतार गर्नु उपयुक्त मानिँदैन । बरू लामै समय लाग्ने भयो भने कुनै पठनीय व्यहोरा पाठ गर्नु (Bathroom Reading) राम्रै हुनेछ । भनिन्छ – पिसाप मात्र गर्दा पाद आयो भने आफ्नो पाचन प्रणाली ठीक छ भनेर जान्नु । फेरि दिसा, पिसाप गर्दा बङ्गारा-दाँतलाई जोडसँग जोड्ने ग¥यो भने दाँतहरूको छिद्रोपन पनि क्रमशः ठीक हुँदै जाँदो रहेछ – यो पनि अनुभव गरिएको प्रसङ्ग हो ।

    दिसा गरिसकेपछि पञ्चस्नान (मुख, हात, पाउ) गरी योग, ध्यान, प्राणायाम गर्नु राम्रो हुन्छ । महर्षि पतञ्जलीले निर्देश गरे बमोजिम शरीरलाई सबै आसनमा ढालेर गुरु रामदेवले “रामदेव योग” नै प्रचलित हुँदै आएको सर्वविदितै छ । सबै प्रकारका योगासन गर्नु आफैँमा उत्तम हुन्छ नै तर, उमेर अनुसार सबै हठयोग गर्न सम्भव नभएमा निम्नानुसार गर्दा पनि शरीर सक्रिय नै रहँदो रहेछ –

    पूर्व सिरान गरेर पातलो सिरानी वा खाली हिसाबले म्याट वा दरीमा सिधा सुत्ने र हातको बुढीऔँलालाई कान्छी औँलादेखि चोर औँलासम्मका टुप्पहरू संक्षिप्त घर्षण गर्दै श्वासको तालमा कम्तीमा ५१ पटक चलाउने र सँगै खुट्टाका औँलाहरू पनि चलाउने; दुबै खुट्टाका घुँडाका भागहरू आलोपालो तल–माथि गरी ५१ पटक हल्लाउने; डेडफुट जतिको दुरीमा पैताला राखी दुबै खुट्टाका बुढीऔँलाहरू छुँदै–छोड्दै पनि ५१ पटकसम्म गर्ने; खुट्टा जोडेर घुँडाको भागबाट सँगै तल–माथि ५१ पटकसम्म गर्ने; खुट्टाका पैतालालाई सास लिँदै घुँडातिर तान्ने र सास छाड्दै विपरीत दिशामा तन्काउने कार्य पनि कम्तीमा ३१ पटक गर्ने । यी कार्यहरू गर्दा हातलाई अपानवायु मुद्रा (चोर औँलाले बुढी औँलाको फेदमा थिची माझी र साहिँली औँलाका टुप्पालाई बुढी औँलाको टुप्पामा जोड्ने) मा वा ज्ञान मुद्रा (चोर र बुढी औँलाका टुप्पा जोडी अरू औँलाहरू सिधा राख्ने) मा रहनु राम्रो हुन्छ ।

    चारवटा औँलाहरू पट्याएर बुढी औँला बाहिर पारी कसक्क कस्सिएको मुठी पारेका बेलामा दायाँ हातको चोर औँलाले एड्रिनल ग्लाण्ड, माझी औँलाले मृगौला, साहिँली औँलाले पेङ्क्रियाज र कान्छी औँलाले कलेजोका अक्युप्रेशरका बिन्दुहरूमा दबाब परिरहेको हुन्छ भने वायाँ हातको चोर औँलाले एड्रिनल ग्लाण्ड, माझी औँलाले रक्तचाप, साहिँली औँलाले पेङ्क्रियाज र कान्छी औँलाले मुटुका अक्युप्रेशरका बिन्दुमा दबाब परिरहेको हुन्छ र २४ घण्टामा कम्तीमा २ मिनेट बराबर यो दबाब दिन सकेमा तत्तत् अङ्गहरू सुचारु हुन सहज हुन्छ भनिएको छ ।

    उल्लिखित चरणपछि हातमा मुठी कसेर भुइँमै राखी स्वच्छ अक्सिजन (प्राणवायु) भित्र लिएर – पूरक, भित्रै रोकेर – कुम्भक गर्दै देब्रे कान्छी औँलालाई अरूभन्दा जोडले दबाई मुटु रहेको स्थानमा अक्सिजन पुगेको कल्पनासँगै टाउकोलाई दायाँबायाँ कम्तीमा ५१ पटक हल्लाई कार्वनडाईअक्साइड बाहिर छाड्ने – रेचक गर्दा मुटुमा रहेको फोहोर बाहिरिएको कल्पना गर्ने; त्यस्तै दायाँहातको कान्छी औँलालाई जोडले थिच्दै आमाशयको माथि रहेको कलेजोमा स्वच्छ अक्सिजन भरिएको कल्पनासँगै पेटको कलेजो रहेको भागलाई दायाँबायाँ ५१ पटक हल्लाई सास छाड्दै कलेजोमा रहेको विकार बाहिरिएको कल्पना गर्ने; एवम् रीतले साहिँली औँलाहरू थिचेर आमाशयको तल रहेको पेङ्क्रियाजलाई, दायाँ माझी औँला थिचेर किड्नी (मृगौला) मा रहेको विकार बाहिरिएको कल्पना गर्ने; त्यस्तै बायाँ माझी औँला थिचेर रक्तचापको कल्पनामा शरीरको दायाँबायाँ हरलाई ५१ पटक तलमाथि सर्काउने र दुबै हातका चोर औँलाहरू थिचेर मृगौलामाथि टोपी जस्तै हुने एड्रिनल ग्लाण्डलाई सफा गर्ने र अन्त्यमा सबै औँलाहरू जोडले थिच्दै अर्थात् मुठी कस्तै प्रणवायु फोक्सोमा भरेर शिरलाई कम्तीमा ५१ पटकसम्म दायाँबायाँ हल्लाई फोक्सो सफा भएको कल्पनाले मनलाई महत्त्वपूर्ण सबै अङ्गहरूसँग साक्षात्कार गराउँदा छुट्टै ऊर्जा प्राप्तिको अनुभव हुन्छ – गरी हेरौँ !

    त्यसपछि मुठी कसिएकै अवस्थामा फोक्सोभरि प्राणवायु भरेर असजिलो नहोउञ्जेलसम्म रोक्ने र आफूलाई पीडा भएको ठाउँमा केन्द्रित गर्दै सबै अङ्गहरूमा मन दौडाउँदा खोलामा बाढी आउँदा किनाराको कमजोर भाग बगेजस्तै श्वास छाड्दा सम्पूर्ण पीडाहरू कार्वनडाइअक्साइडसँग बाहिरिएको कल्पना गर्दा आनन्द अनुभव हुन्छ । श्वास छाड्दै गर्दा कसिएको मुठीलाई पनि फुकाउँदै औँलाहरू तनक्क तन्काउने र श्वासको तालसँगै कान्छी औँलादेखि बुढी औँलासम्म कल्पना गरेको औँलालाई बढी जोडले तन्काई कुहिनाको आलम्बनमा कम्तीमा ११-११ पटकसम्म तलमाथि गर्ने, यसमा पनि श्वासको लय मिलाउँदा थप प्रभावकारी अनुभव भएको छ ।

    हातहरूलाई शरीरको बगलमै भूइँमा राखी श्वासको लयसँग औँलाहरूलाई अर्धमुठीका रूपमा जोडले पट्याउने र सोही तालमा गुदद्वारलाई पनि मुज्याउने अनि दाँतहरूलाई पनि जोडसँग थिच्ने (दाह्रा किट्ने) क्रमलाई कम्तीमा ५१ पटक गर्दा औँलाका जोर्नीहरू खुकुला हुने, पायल्स जस्तो बिमारमा पनि राहत हुने र दाँत पनि बलिया हुने महसुस भएको छ । त्यसपछि समयाभाव भएमा सुतेकै अवस्थामा कम्तीमा १११ पटक सयन कपालभाँती गर्ने र भ्रामरी, ॐ कार पनि गरेर उठेर शयनयोगलाई समापन गर्ने; जसमा कम्तीमा ३० मिनेट लाग्दछ । अन्यथा शयनासन सकाएर उठी कम्तीमा १५१ पटक पुतली आसन – यो पनि श्वासको लयमा एकाग्र चित्तले ढाड, गर्धन सिधा राखेर गर्नुपर्दछ । खुट्टा सिधा राखेर ढाडबाट शरीरलाई दायाँबायाँ कम्तीमा ११ पटक फर्काउने र हातले भूइँ छुने । सुखासनमा बसी हातका पञ्जा÷औँला हल्लाउने, औँलाले कुम छुने, कुममा पञ्जा÷औँला राखी वृत्तकारमा अघिपछि घुमाउने र घुमाउँदा कुहिनाहरू छोइनु राम्रो हुन्छ, हातलाई घुँडामा राखि कुम अघिपछि घुमाउने, श्वस लिँदै दाहिने हात दायाँ कन्सिरीमा राखी बायाँ धकेल्ने र टाउकाले दायाँ धकेल्ने – यो क्रम बायाँतर्फ, शिरतर्फ, चिउँडोतर्फ, निधारबाट पछाडितर्फ र पछाडिबाट अघितर्फ श्वास रोक्न सकुञ्जेल जोड गर्ने र क्रमलाई अन्त्य गरी सम्भव भएसम्म कम्तीमा तीन पटक सूर्य नमस्कार गर्ने र योगासनलाई पूर्ण बिराम गरियो भने हाम्रा मुख्य–मुख्य अङ्गहरूमा मनको संयोग भई सक्रिय रहने सन्देश सञ्चार भई शरीरमा हलुकापन महसुस हुनेछ । समयले भ्याएमा पतञ्जलीले सिफारिस गरेका रामदेवले सम्पादन गर्ने योगाभ्यासलाई कुनै गुरुबाट सुरुवात गरी आफूले निरन्तरता दिँदा राम्रो हुनेछ ।

    अब सुखासनमै बसी भस्त्रिका – श्वास भित्र लिने पूरक, रोक्ने कुम्भक र विस्तारै बाहिर छाड्ने रेचक यथासम्भव १ः२ः१ मा कम्तीमा ११ पटक गर्ने । यसो गर्दा आफूलाई मनपर्ने श्लोकका चार लाइनमध्ये पहिलो कल्पना गर्दै पूरक, दोस्रो र तेस्रो लाइन कल्पना गरुञ्जेल कुम्भक र चौथो लाइन कल्पना गर्दै रेचक गरेमा श्लोकलाई कण्ठाग्र गर्न सहज भएको अनुभव छ । तदुपरान्त अनुलोम–विलोम (वायाँ नाकको प्वालबाट श्वास लिने, दायाँ नाकको प्वालमा बुढीऔँला राखी बन्द गर्ने अनि वायाँ प्वाललाई माझी र साहिँली औँलाले बन्द गरी बुढीऔँला हटाई दायाँ प्वालबाट श्वास बाहिर छाड्ने) पनि कम्तीमा ११ पटक गर्नुपर्दछ । त्यसपछि कपालभाँती (श्वास बाहिर पेट भित्र) कुमलाई नहल्लाई कम्तीमा १५१ पटक गरेपछि शरीरमा प्राणवायु (अक्सिजन) ले ऊर्जा प्रदान गर्दछ । दुबै हातका चोरऔँला जोडिने गरी दुई आँखीभौँका बिचमा (तेस्रो नेत्रमा), बुढीऔँलाहरू दुबै कानमा र माझीदेखि कान्छीऔँलाहरूले आँखा छोपी नाकबाट श्वास भित्र्याई भ्रमराको जस्तो आवाज निकालेर भ्रमरी प्राणायाम गरिन्छ । यसो गर्दा पहिलो पटकमा मस्तिष्कमा, दोस्रो पटक श्वासनलीबाट फोक्सो–मुटु–कलेजो–फियोसम्म, तेस्रो पटकमा पेन्क्रियाज–एड्रिनल–मृगौला–मुत्राशय–मुत्रनलीको बाह्य बिन्दु – मुत्राङ्गसम्म, चौथो पटक आहारनली (ओसोफेगस) हुँदै स्पिङ्कटर–आमाशय–ड्युडोनमसम्म र पाँचौँपटकमा (ड्युडोन–जेजुनम–ईलियम) सानोआन्द्रा–ठूलोआन्द्रा–रेक्टम हुँदै गुदद्वारसम्म भ्रमराको आवाजमा “भ्याकुम क्लिनर” को आवाज सम्झँदै तत्तत् अङ्गमा जम्मा भएको फोहोर सफा गरेको कल्पना गर्दा अत्यानन्द महसुस भैरहेकोछ भने यिनै अङ्गहरूमा उल्लिखितै क्रममा आफूलाई मनपर्दाे तेलीय पदार्थ “लुब्रीकेन्टस्” लिई ज्ञानमुद्रामा हात राखी नाकबाट श्वास भित्र्याई ओठलाई गोलाकार बनाएर ॐ कारको उच्चारण गर्दै हल्का मालिस गरी थप्थप्याउँदै “हिजोभन्दा आज अझ राम्रोसँग काम गर्नु है !” भन्ने सन्देश छाड्दै क्रम सक्दा साच्चैको प्रसन्नानुभूति अनुभव गरिएको छ ।

    त्यसपछि सके बुद्धासनमा नभएपनि सुखासनमा बसेर घूँडामा हत्केला माथि पारेर ज्ञानमुद्रामा राखी आँखालाई नाकको टुप्पोमा केन्द्रित गर्ने र श्वासप्रश्वासमा मनलाई केन्द्रित गरेर आफूलाई ध्यानस्थ राखेर कम्तीमा १५ मिनेट बिताएर सामान्य ध्यानको रूप लिन सकिन्छ भने समयले साथ दिँदाको हकमा मनमाफिकको ध्यान गर्न सकिन्छ ।

    यसरी योगासन, ध्यान, प्राणायाम सकाएपछि हातलाई रगडेर तताई अनुहारमा हल्का फिराउँदा, तालुलाई मालिस गर्दा, कानलाई माड्दा, गर्दन, छाती, कम्मर, हात हुँदै खुट्टपसारेर दुबै खुट्टाहरूमा ११÷११ पटक मालिस गरी सुतेर सवासनमा बसी खुट्टाको बुढीऔँलादेखि टुप्पीसम्म मन डुलाउँदै सबै अङ्गहरूलाई सु–सन्देश दिँदा छुट्टै आनन्द महसुस हुन्छ । सवाशनको अन्त्यताका गायत्री गणनाको औँलाका चक्रको क्रममा परमात्मामा सम्पूर्ण निष्ठा, आत्मामा दृढता, विचारमा परिपूर्णता, मनमा सन्तुष्टता, बुद्धिमा दिव्यता, संस्कारमा श्रेष्ठता, दृष्टिमा पवित्रता, वाणीमा मधुरता, चलनमा उदारता, कलामा निपूर्णता, कर्ममा प्रवीणता, सेवामा नम्रता, व्यवहारमा सरलता, स्नेहमा शुद्धता, सम्बन्धमा निर्लिप्तता, आहारमा सात्विकता, जीवनमा सत्यता, व्यक्तित्त्वमा रमणिकता, निद्रामा निश्चिन्तता ! जस्ता व्यहोरालाई मनन गर्दै कल्पना गर्दा सबै अङ्गहरू पनि सोही बमोजिम कार्याग्रसर हुँदै गरेको अनुभव हुन्छ – आत्मासुझाव !

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस#

    (अध्ययन, अनुभव र अनुभुतिमा आधारित)

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.