×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

निर्विषय पढेपछि…

  •  गोरखा समाचार
  • सोमबार, असोज २१, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    अष्टदेव खनालद्वारा ’जसले संसार हेर्ने आँखाको साथसाथै सिङ्गो ब्रह्माण्ड दियो उनै मातापिताप्रति’ समर्पण गरी २०७७ सालमा सुशीला खनाल, साहित्य सङ्गम, चितवनबाट प्रकाशित सामाजिक उपन्यास हो – निर्विषय ! समग्रमा ३४४ पेजको यो उपन्यास २०१, २८९ पेजमा प्रयुक्त शब्दबाट उपन्यासको नामाकरण गरिएको देखिन्छ । मूलतः अमेरिका र नेपालको परिवेशमा लेखिएको प्रस्तुत उपन्यास नेपालको संस्कार र संस्कृतिको संक्षिप्त परिचयात्मक अभिलेखका रूपमा लिन सकिने लाग्दछ । उपन्यासमा ज्ञान सम्बन्धी व्यहोरा, जीवन सरोकारी पक्ष, सामयिकताका सन्दर्भ, ममता÷मानवियता सम्बन्धी चर्चाहरूलाई समेटिएको छ । त्यसै गरी उपन्यास लेखनी स्वयंमा साहित्यिक कर्म हो नै, यसमा पनि इतिहासलाई परिचय गराइएका प्रसङ्गहरूसँगै साहित्यिकताका व्यहोरा, लेखकले आफूलाई अनुभविएका प्रसङ्गहरू र अन्त्यमा प्रयुक्त उखान टुक्काहरूलाई निम्नानुसार प्रस्तुत गर्दा लेखको सोचानुकूल नभएमा यसैमार्फत् यथोचित याचना गर्दै अझ यसो भैदिएका भए भन्ने सन्दर्भहरूलाई पनि संक्षिप्तमा उल्लेख्नुलाई अनर्थ नठानिदिनुहुन सदाग्रह गर्दछु ।

    १) ज्ञान सम्बन्धी व्यहोरा

    ज्ञानका लागि अध्ययन अनि अध्ययनका लागि सामग्रीहरूको जरूरी हुन्छ नै । जसमध्ये पुस्तक एक माध्यम हो । ’निर्विषय’ पनि यस्तै निम्नानुसारका भावबाट ज्ञान प्रदानेको महसुस हुन्छ, जसको संक्षेपीकरण –

    •  ज्ञान कर्तव्यका लागि र कर्तव्य जीवनका लागि हो ।
    • ज्ञानलाई जीवन उपयोगी बनाउनु सफल हुनु हो ।
    • प्रयोगमा नआएको ज्ञान फगत् थन्क्याएर राखेको हतियार हो ।
    • निष्क्रियता दिल, दिमाग र शरीरको खिया हो ।
    • अज्ञानले प्रतीक्षा गराउँछ । प्रतीक्षाले उत्सुकता र जागरुकतालाई ।
    • अन्ततोगत्वा ज्ञान र सीप समाजका लागि हो । चाहे समाज विकसित होस् वा अविकसित ।
    • अध्ययनमा एक चित्ते समाधि साधना केन्द्रित हुनै पर्छ ।
    • बुद्धिमानका लागि न कुनै चिज अगोचर छ, न कुनै स्थान अगम्य छ । न कुनै काम गर्न नसकिने नै छ ।
    • अरूलाई चिन्नु विद्वता हो । आफूलाई चिन्नु महानता हो ।
    • अध्ययन, मनन र लेखनका विषयहरू खोज्न टाढा जानै पर्दैन ।
    • व्यक्तिमा रहेको जुक्ति र बुद्धिको सामर्थ्य पहिल्याउने शिक्षा नै मूल माध्यम हो ।
    • ढुक्क र निष्फिक्री भावले अन्वेषण गर्न सके हाम्रा गिरिमालाहरू नै ज्ञानका भण्डार हुन्, सत्य र न्यायका अजय स्रोत हुन् ।
    • राष्ट्र निर्माण गर्ने सूत्र कुनै विद्यालय वा विश्वविद्यालयले प्रतिपादन गर्ने होइन । सूत्राधार आफैँ बन्ने हो ।

    २) जीवन सम्बन्धी सरोकारी पक्ष

    वास्तवमा जीवन आफैँमा आ–आफ्नै सुनाइमा परिभाषा गर्न मिल्ने ’ढिकी स्वर’ भनौँ वा फुटालिने ’पाल्सी भाषा’ हो भन्दा अत्युक्ति नहुने लाग्दछ रपनि उपन्यासकारले जीवन दर्शनलाई समेट्ने गरी प्रयोग गर्नुभएका केही सन्दर्भहरूलाई देहायमा उल्लेख गर्न सकिन्छ –
    ड्ड संयमित र अनुशासित जीवन पद्धति सफलताको सोपान हो ।

    • जीवन एउटा अविरल यात्रा हो ।
    • जीवन यात्रा हो, गन्तव्य होइन । जीवन स्थिर छैन, अविरल छ, गतिशील छ।
    • जीवन इच्छाबाट परिचालित छ ।
    • कर्म नै जीवन र गति हो । निष्क्रियता क्षयको पर्याय हो ।
    • जीवनका अनगिन्ती मोडहरूले लिएको निराशा र कुण्ठालाई ईर्ष्या र द्वेषबाट होइन करुणा र ममताले जीवनको ध्वनि सुनाउन सिकोस् …
    • स्वस्थ जीवन स्वच्छ विचारको स्रोत हो । जीवन आवादीका लागि हो, बरबादीको लागि होइन ।
    • धैर्य, संयम र आत्मबल जीवनका दरिला आधार हुन् ।
    • आफ्नो संस्कार र संस्कृतिको अभावमा सुन्दर वाटिका पनि उराठ लाग्ने जीवनकै विशेषता रहेछ ।

    ३) सामयिकताका सन्दर्भ

    न जोगाउन सकिने, न कसैलाई पनिपक्ष गर्ने; सबैलाई समदर्शी दृष्टिकोणबाट नियाल्ने सामयिक सन्दर्भहरू पर्याप्त हुँदाहुँदै टिपिएका व्यहोराहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ –

    • मानिस समयको दास र विचारको कमारो हो ।
    • नदेखिने गरी निरन्तर बगिरहने समयले मानिसलाई मजासँग बाँधेको छ । मानिस समयको बँधुवा हो ।
    • समय बितेको थाहै हुँदैन । समयले न पर्खन जानेको छ, न त फर्कन नै ।
    • यो अदृश्य समय न किन्न पाइन्छ, न जतन गरेर राख्न नै सकिन्छ ।
    • समय ज्ञानको भण्डार हो, भावनाको गहिराइ पनि हो । समय आफूलाई हेर्ने र चिन्ने प्रमुख माध्यम पनि हो ।
    • प्रकृतिको सृष्टिका अत्यन्त दुर्लभ र विशेष महत्त्वका वस्तुहरू समयसँग हुँदा रहेछन् ।
    • शक्ति र सम्पन्नतापूर्ण उन्मादले समयको आवाज दब्छ, संवेदनाहरू लट्ठिन थाल्छन् र सिङ्गो भूगोल आर्तध्वनिले बहिरो बन्छ ।
    • बितेको समयका कुरा अनुभवको रूपमा ग्रहण गरी आगतलाई आँखामा टाँसेर सपनामा खेलाउँदै विपनाको सार्थक साधनामा लाग्नु बेस हो ।
    • समय यथार्थतः जाल मात्र होइन, महाजालको पनि जञ्जाल रहेछ ।

    ४) ममता/मानवियता सम्बन्धी

    न खरिद्न सकिने, न परिभाषामा समेटिने अनुपम ममत्वलाई र मानवीय चोलाको सार्थकतालाई उजिल्याउने हिसाबले प्रयुक्त प्रसङ्गहरूलाई देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छ –

    • मातृस्नेहको परिभाषाका लागि गम्भीर चिन्तनशीलता, चित्रण र शील्पको खाँचो पर्दैन, स्वयमसिद्ध यसको परिभाषा हो ।
    •  मम्मीको काखमा तीनै काम बिर्सेर मस्तसँग निदाउनुमा नै जीवन देख्छु ।
    • आमाको काख सन्तानको लागि दिव्यतम खुराक हो ।
    • जहाँ प्रेम, सद्भाव, स्नेहको बिस्कुन छ, त्यहाँ विषाद, चिन्ता र खिन्नता खोज्दा पाइँदैन ।
    • प्रकृतिको अनुपम सौन्दर्य सिर्जनामा सिङ्गो मानव समाज निरीह बन्न बाध्य छ ।
    • संसारलाई मासुको गन्धले होइन, प्रेम र सद्भावले सिँगारौँ ।
    • मानिसका अनन्त चाहनाहरू मध्ये श्रेष्ठतम चाहना बाँच्नु हो ।
    • मित्रताको सौन्दर्य, कामनाको दुर्गन्ध र शारीरिक चाहनाले कदापि विकृत हुँदैन ।
    • सहजतासाथ बाँच्ने प्रयासमा मानवत्व सल्बलाउँछ ।असहजताले अन्त्यको बाटो लिन्छ ।
    • उत्सुकता र जाँगर नभए मानिसले नविनताको परिचय नै पाउँदैन । उन्नति र अवनतिको अर्थ पहिचान गर्न सक्दैन ।
    • मान्छेको आत्माको धून अनौठो छ । संसारमा जुन चिज दुर्लभ छ, प्राप्त गर्न कठिन छ, त्यही चाहन्छ – मानिस ।
    • वातावरणले सिर्जना गरेको प्रदूषण भन्दा मानिसको विक्षिप्तताले सिर्जान गरेको प्रदूषण कयौँ गुना घातक सिद्ध भएको यथार्थ छ ।

    ५) ऐतिहासिकता÷साहित्यिकता सम्बन्धी

    इतिहास के हो रहेछ भन्ने प्रसङ्गसँगै साहित्यिक कृतिमा ’नाकको सोझा’ नभै उपमा÷उपमेयको जलप लगाएर मिठास भरिएका केही सन्दर्भहरूलाई निम्नानुसार उल्लेख्न सकिन्छ –

    • इतिहास भविष्यको मार्गदर्शक हो ।
    • विडम्बना, मानिस अनिश्चितताको रहस्यमय अपसंस्कृतिको विकासमा इतिहासको जग भत्काउन क्रियाशील छ ।
    • प्रकृतिको अनुपम उपहारमाथि मानवीय हठले निर्मम दमन गरेको रुग्ण इतिहास प्रतिपल यहाँ लेखिइरहेको छ ।
    • आधुनिक सभ्यता र आविष्कारको नाममा विश्वले दम्भ र उन्मादको मदिरापान गरिरहेको छ ।
    • हार्दिकताको किस्तिमा प्रेम र सद्भावका ग्लासहरूमा टन्न कफी भरेर…
    • सत्यमाथि शक्ति र सामर्थ्यले घोडा कुदाएको छ । यो प्राकृत अपराध हो ।
    • मायाभित्र आलिङ्गन, सरसता र सजीवताको चुम्बन हुन्छ ।
    • अभिरुचिको बोक्रो कोट्याएर लगनशीलताको लेप लगाउना साथ सिर्जनशीलता अङ्कुरित हुन्छ र अविनाशी बन्न पुग्छ । नवीन इतिहास निर्माण हुन्छ ।

    ६) अनुभविएका प्रसङ्ग

    हरेक व्यक्ति आफैँमा अनुभवको प्रतिमूर्ति हो नै । अधिकांशका अनुभव आफैँसँग विलिन हुन्छन् भने खनाल जस्ता सर्जकहरूले तिनलाई सबैसामु सान्दर्भिक हिसाबले पस्कने हैसियत आर्जेका हुन्छन् । सोही क्रममा आफूले आर्जेको अनुभवलाई ’निर्विषय’मा निम्नानुसार उल्लेख भएको पाइन्छ ।

    • व्यक्तिमा प्रविधि अथवा जुक्ति र बुद्धिको तागत पहिल्याउने शिक्षा नै पहिलो र बलियो शक्ति हो ।
    • पृथ्वीमा नारीहरू सृष्टिका कथा हुन्छन्, तर कथा उपसंहारमा नपुग्दै टुङ्गिन्छन् ।
    • सिर्जना भित्र प्रेम र करुणाको निवास हुन्छ ।
    • प्रकृतिको नियम नमान्ने कहिल्यै सुखी र आनन्दित हुन सक्दैन ।
    • विश्वास सही ठाउँमा गर्न सकिएन भने परिणाम गलत हुन सक्छ ।
    • समयक्रममा घट्ने अवश्यम्भावी घटनाहरूप्रति सुसंयमित भई सन्तुष्टि भाव व्यक्त गर्नु मानसिक शान्ति हो ।
    • कर्तव्यले सत्य निरूपण गर्न चाहन्छ । कर्तव्यको पहाडबाट देखिने मूर्ति नै सत्यको मूर्ति हो।
    • राम्रो भए पनि प्रयोग भएन भने हतियारमा पनि खिया लाग्छ ।
    • उनीहरूको चाहना र रुचिमा हाम्रो सदाशय मिसिन पुग्यो भने श्रद्धा र विश्वासको जग मजबुत हुन्छ ।
    • सत्य, सदा सत्य ! साँचो कुराको परीक्षा हुन सक्दैन ।
    • आनन्द प्राप्त गर्न चाहने हो भने सौन्दर्यबोधको नितान्त खाँचो हुन्छ ।
    • मानिसमा अनुभूतिगत विविधता विद्यामान हुन्छ ।
    • नुनिलो पानीले तिर्खा मेटिँदैन ।
    • सत्य दुर्लभ छ । बहुमूल्य छ ।
    • प्रकृति जे छ, त्यो नै शाश्वत् सत्य हो ।
    • खराब साथी – घरको धुरीमा, छानामा उम्रने पीपल हो ।
    • सम्बन्ध टाढा रहँदा गाढा हुने प्राकृतिक नियम हो ।
    • मुख लुकाएर कुरा गर्नुमा के स्वाद हुन्छ र ! ?
    • जाडो र शीतलहर गरिबका दुर्दिन नै हुन् ।
    • दाजुभाइ छुट्टिए पछि उन्नति प्रगति हुन्छ र केरा फुटाले सप्रिन्छ ।
    • लामो यात्राको सुरुआत आफ्नै घरबाट आफ्नै पहिलो पाइलोबाट हैन र ! ?
    • देख्नु, जान्नु र अनुभव गर्नु भनेकै यात्राको चुरो हो, जसलाई मानिसहरूले अनादि कालदेखि निःशर्त पछ्याइरहेका छन् ।
    • प्रकृति अजेय छ । यहाँ कालकुट विषदेखि सञ्जीवनी बुटी र अनेकौँ शक्तिवर्धक कन्दमूलहरूको भण्डार छ ।
    • राजनीति त जनताको सेवामा समर्पित हुने समाजसेवा हो ।
    • निरन्तर सङ्घर्ष र प्रयासले सफलताको शिखरमा पुर्याउँछ ।
    • लगनशीलता र धैर्यताले मानिसलाई शिखरमा पुर्याउँछ ।
    • शरीर स्वस्थ, विचार स्वस्थ र व्यवहारहरू स्वस्थ नभएसम्म परिवर्तन असम्भव छ ।

    ७) उखान, टुक्काको प्रयोग

    प्रस्तुत उपन्यासमा निम्नानुसारका मूलतः टुक्का र उपमा प्रयोग भएको छ । जसले सन्दर्भलाई थप प्रकाशित गरेको महसुस हुन्छ ।

    • ’पशु धन, गन्दै नगन्’
    • ’अतिथि देवो भवः’
    • कोलमा परेको खुट्टो..
    • उहिलेका कुरा खुइले
    • चरीको चुच्चै हतियार
    • स्वान्त सुखाय
    • नाथ्री फुटेर लागेको रगत सरह
    • पौडन त पोखरीमा नै डुब्नु पर्छ
    • जिउ रहे संसार हेर्न पाइन्छ

    ८) भैदिएको भए राम्रो

    टङ्कन त्रुर्टिका सन्दर्भ :

    यति हुँदाहुँदै पनि अझ यसो भैदिएका भए भने झैँ लाग्नुले ’कोही पनि आँटिताके जस्तो हुँदैन = ल्य यलभ ष्क एभचाभअत’ भन्ने भनाइलाई सर्वत्र सार्थक मानिनु हो जस्तो लाग्दछ । तसर्थ, निम्न पेजहरूमा भेटिएका टङ्कन त्रुर्टि (?) हरूलाई आगामी संस्करणमा सच्याउँदा असम्भवप्रायः भएपनि ’सुनमा सुगन्ध हुँदो हो’ कि भनेर यहाँ उल्लेख गरिएको छ ।

    स्वयम्म् (स्वयंमा)६, स्बालम्वबन (स्वावलम्बन)९, कतकता (कता–कता)१२, महाजले (महाजनले)१४, महोत्समा (महोत्सवमा)१६, उज्जवल (उज्ज्वल)१९, वहृमाण्ड (ब्रह्माण्ड) २५, विश्ब्युद्ध (विश्वयुद्ध)३६, अस्तिव (अस्तित्व)४८, झिल्लको (झिल्को)४८, व्यवसायिक (व्यावसायिक)५१, बिहानिकोको (बिहानीको)५५, गर्यो (ग¥यो)५६, वान(र)हरूको६०, परिपक्कता (परिपक्वता)६२, सपूर्ण (सम्पूर्ण)६३, अङ्गमाल (अङ्कमाल)६८, मूल्याङ्गन (मूल्याङ्कन)६९, भने गए (भन्दै गए)७२, गरिरहृयो (गरिरह्यो)७६, ह्दय (हृदय), चकिँदै(चर्किँदै) ७९, टहलियएको (टहलिएका)८१, तत्थ्य (तथ्य), ग्राहय (ग्राह्य)८४, उघोषण (उद्घोषण)८५, गेग्¥यान (गेग्र्यान)८९, बुद्धित्व (बुद्धितत्त्व)९१, बाहृय (बाह्य), क्रान्त्फि (क्रान्तितर्फ)९९, रहृयो (रह्यो)१०८, आहृलादकारी (आह्लादकारी)११२, ब्रहृम (ब्रह्म), आम्रभ (आरम्भ)१२०, काल्ना (कान्ला)१२९, पच्छाइरहेका (पछ्याइरहेका)१३९, उज्या लो (उज्यालो)१४७, अस्त्वि (अस्तित्व)१६६, व्यहार (व्यवहार)१६७, स्नात्तकहरु (स्नातकहरू)१६९, रहेछ न छ कि (रहेनछ कि)१७०, कार्यव्यस्तले (कार्यव्यस्तताले) १७१, कोहोलो लाग्दो (कहालीलाग्दो)१७५, सबलाउन (सल्बलाउन)१७९, असहृय (असह्य)१८०, स्व भवकतामा (स्वभाविकतामा)१८८, जिमिदार (जिमिन्दार)२१४, ताततो (तात्तातो)२२५, बुढीगण्ड(की)को२४५, यशोबहृम (यशोब्रह्म)३०७,

    शुद्धिकरणको सन्दर्भ :

    नेपाली बृहत् शब्दकोशलाई सन्दर्भ ग्रन्थत्व सुम्पिँदा केही शब्दहरू दायाँ बाकसमा उल्लेखे बमोजिम हुनुलाई शुद्ध भनेर अर्थ्याएको देखिँदा यसलाई पनि भैदिएको भए राम्रो हुने लागेर यहाँ जस्ताको तस्तै शेयर गरियो, सोही बमोजिम ग्रहण हुन सदाग्रह गर्नुलाई लेखकीय परम कर्तव्य ठहरिने अपेक्षा गरिन्छ ।

    ९) अभिलिखित स्थान र पात्रहरू

    उपन्यासमा विभिन्न ठाउँहरू र पात्रहरू उल्लेख छन् । जसमध्ये अधिकांशलाई तपसील बमोजिम प्रस्तुत गर्न सकिन्छ –

    • स्थानहरू
      लस भेगस, टेक्सास, युलेस, हुवर ड्याम, कोलोराडो, नेभाडा, एरिजोना, क्यालिफोर्निया, नेव्रास्का, लिङ्गन सहर, ट्रिनिडाड,
      नेपाल, काठमाडौँ, भरतपुर, ककनी, कागती गाउँ, बाँदर झुला, सौराहा, बाघमारा, नरकटिया, सिसहनिया, हर्दी, मोहना, सानो पटलहरा, लालपर्सा, पोखरा, महेन्द्रगुफा, पाताले छाँगो, बुद्ध शान्ति स्तुपा, सराङ्गकोट, फेवाताल, तालबाराही, नाउ डाँडा, काँढे, चित्रे, नयाँ पुल, डिमुवा, दोबोल्ला, सहश्र धारा, कुस्मा मिलन चोक, लेकफाँट, जलजला, दामोदर कुण्ड, मुक्तिनाथ, कागबेनी, पैराथाप्लो देउराली, रूपसेको छहरो, नीलगिरि हिमाल, ठूलो बुगेन, रगते ओडार, धवलागिरि , सुर्ती चढाउने देउराली, दहबुगी, चिमखोलाको धुरी, बाँदरजुङ्ग भीर, तुर्तुरे पानी, काली ओडार, गुराँसे डाँडा, त्होङ्क्यु खोलाको शिर, टुकुचे, थासाङ्ग सात सय, लार्जुङ्ग, आँखु, ज्यामरुङ्ग, बुट्टार, अर्घौता, डाँडागाउँ, सल्यानटार, कोषढुङ्गा, गोलाङ्ग, हात्ती सुँढे, हरिद्वार, हृषिकेश, केदारनाथ, बद्रीनाथ, मुक्तिनाथ, लोमान्थाङ्ग, नेपालगञ्ज, सुर्खेत, हुम्ला, हर्रे, लाटी–कोइली, देहरादुन, टिकौली, वीरेन्द्रनगर, भण्डारा, गड्यौली, गाईघाट, सिञ्चाङ्ग, तनहुँ, सिस्ने खोला, सराङ्गघाट, प्यूघर टिगोर फाँट, स्याफ्राङ्ग बेसी, टिगोर गाउँ, लमजुङ्ग, बेँसीसहर, सुन्दर बजार, मानेचौका, कुन्छा, शान्ति चोक, काउले पानी, बन्दीपुर…
    • पात्रहरू
      प्रिन्सी बेन, ब्यासिल, जुलिसा, महाजन निकोल, लुईस, जिम, विलियम, लुकास, रोमी, लिण्डा, अन्ना, एलेक्स, लिलियाना, डा. थोमस, मुहम्मद युनिस, मन्दिरा पटेल, विक्रम रणसिन्धे, नोरा, बालसूर्या, इस्मा, रोबिन, डा. ब्रुस, प्रो. वेली, प्रो. डङ्कन, इम्मा, डा. सिन्डे, कुलपति, अमेरिकी राष्ट्रपति, उत्तर कोरियाली नेता, रुसी राष्ट्रपति, युनुस, लप्टन बा, विपना, कुलमण्डन शाह, कालु शाह, यशोब्रह्म शाह, खजे दुरा, कुसुमाकर घिमिरे, धिङ्गल, क्याप्छा, खलासी भाइ, श्यामजी, मृगेन्द्र भाञ्जा, माइकल…
      अन्त्यमा, ’बिहानीले दिनको झल्को दिन्छ’ भन्ने भनाइलाई साक्षी राख्दा उपन्यासकार खनालको पहिलो कृतिले आगामी लेखकीय सम्पदाहरू थप गहन, रोचक, फलदायी हुने विश्वास लिन सकिन्छ । म कुनै समालोचक नभएकोले र यो मलाई पहिलो भेटमै सौगात स्वरूप प्रदान्नु भएको ’निर्विषय’ पढ्दा गरिएको टिपोटको सपाट प्रस्तुती मात्र भएकोले यसलाई विज्ञजनले प्रस्तुत रूपमै लिइदिनुहुन सदाग्रह गर्दै लेखकलाई थप सिर्जनाका लागि हार्दिक मङ्गलमय शुभकामना टक्र्याउन चाहन्छु । शेष कुशल, सबैमा यथासम्मानसहित,
      …सके सपारौँ, नसके नबिगारौँ…
      ३हामीसबैकोकल्याणहवोस्३
      २०८१ आश्वीन १५
      कीर्तिपुर–२, मध्यनगर, काठमाडौँ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, असोज २१, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.