×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

राज्यको वर्तमान अवस्था भित्र सदाचार

  •  गोरखा समाचार
  • बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    केदार खनाल

    सदाचार सरल जीवनपद्दति हो र संस्कार पनि हो । समाजको उन्नति, प्रगति र अग्रगमनसंग जोडिएका नैतिकता, सामाजिकता र व्यवहारिकताको केन्द्र नै सदाचार भएकाले समाजका आम नागरिकको नैतिक मूल्य मान्यताहरु पनि यसैको जगमा अडेको हुन्छ । यहिनेर हिजो आजका मानिसहरुको व्यवहारमा आएको असहज परिवर्तन भित्र समाजको गति मापन गर्न सकिन्छ किनकी नेपाल एउटा दरिलो सामाजिक परम्परा, संस्कार र संस्कृति भएको समुन्नत राष्ट्रको अनुकरणीय उदाहरण हो । यस्को आफ्नै नीति नियम,परम्परागत संस्कार र संस्कृतिहरुको बेजोड उपस्थिति छ । यिनै सत्यहरु हाम्रा जीवनयापनका आधार हुन ।

    तथापी, हामी द्विबिधामा छौ या सत्यमा हिड्न सकेका छैनौ बिचारणीय कुरा छ । शंकाको ठुलै जगमा बसेर हेर्दा हामीले अंगालेका कदम र बाटाहारुले नेपाली माटो र संस्कृतिलाई अंगाल्न सक्यौ कि सकेनौ रु कस्तो संस्कार, व्यवहार र संस्कृतिमा दैनिकी गुजारी रहेका छौ रु हाम्रो घर परिवार, छिमेक समाजलाइ कसरी संचालन गरिरहेका छौँ भन्ने महत्वपूर्ण सवाल हाम्रा अगाडि चुनौतिका रुपमा देखिन्छन् । त्यही भूमिकाले हाम्रा संमग्र गतिबिधीहरुलाई उजागर गर्न मद्दत गर्दछ भन्ने लाग्दछ । आजका दिनसम्म आईपुग्दा हामी हाम्रा संस्कार संस्कृति, परम्परा र ब्यबहारमा धेरै नै स्खलित भएका छौँ ।

    ब्यबहारहरु हिजोका नैतिक बन्धनबाट मुक्त छन् । आज हामी हाम्रा संस्कार, नाता सम्बन्ध, शिष्टाचार र अपनत्वबाट बिमुख भएका छौँ । संस्कृति भित्र छाडापन, पश्चिमी प्रभाव तथा बिकृतिहरुको पक्षपोषण देखिन्छ भने घमण्ड र सम्पन्नताको आडम्बरहरु झल्किन्छन । यि नै देखिएका तथ्यहरुको आडमा हामी भित्रको उत्कण्ठाले हामीलाई पाखेबाट आधुनिक र प्रगतिबादी बनाएकोमा गर्व हुन थाल्यो । यहाँसम्म आउदा हामीले हाम्रो धरातललाई भुलि सक्यौ र प्राप्त बिचलनलाई आफ्नो मार्ग दर्शनको रुपमा लिनु पछाडि हाम्रै विगत र वर्तमानका सामाजिक, आर्थिक र सांस्कृतिक पक्षबाट प्राप्त मूल्य मान्यताहरु हाम्रो हुन सकेनन् ।

    आज हाम्रो सामाजिक धरातल तडकभडकमा रल्लिएको छ । संस्कार परम्पराहरु त्यसै गरी संकटमा छन् । हाम्रा धार्मिक चाडपर्वहरु, बिबाह ब्रतबन्ध, दशै, तिहार, तिज, ल्होसार, छँठ देखि मृत्यूकर्मसम्म हेर्दा यति धेरै अनावश्यक भडकाउका मारमा परेका देखीन्छन् । हामी यति धेरै शौखिन र खर्चालु बन्दै गयौ कि यसको गहन समीक्षा गर्न जरुरी छ । परिवारको सदस्यको मृत्यू हुँदा समेत हामी भोजभतेर गर्न व्यस्त भई वहकिन छोडेनौ । यति मात्र होईन कसैको बिबाह भयो भने ३र४ बसमा दुई तिन सय त जन्ती नै तैनाथ हुन्छन् । छुनै सकिने सुनका गहना देखि साईपाटासम्म अनि ब्यक्ति पिच्छे सम्मानका खातिर बिभिन्न जातका कपडा देखि बहुमुल्य बस्तुहरुले यति महंगो संस्कार र संस्कृतिलाई बढवा दियौ कि कल्पना गर्दा पनि कहाली लाग्छ ।

    छोरा वा छोरीको बिबाहको लागि भनेर जग्गा बेच्नुपर्ने, बैंकबाट ऋण लिनुपर्ने, घरका बस्तुभाउ बेच्नुपर्ने बाध्यता भित्र केबल देखासिकी र उक्साहटको भ्रम मात्रै छ । यही उक्साहटले सम्पन्न परिवारहरु पनि ऋणको भारी बोक्दै भावी जीवन कष्टकर बनाउदै छन् । राज्यको सामाजिक नियम अन्तर्गतका सदाचार हामीसंग हुँदाहुँदै पनि हामीले किन देखे नदेखे झै गऱ्यौ । यो नियम तपाईको होईन रु हाम्रो होईन रु सिङ्गो समाजको होईन रु बहसको बिषय बनेको छ ।

    एक दिनको देखावटी इज्जतको लागि सारा सम्पत्ति दाउमा राख्ने हाम्रो सोच भित्र उज्यालो भबिष्य देखिदैन । जसले जे भनुन् सदाचार हाम्रो व्यवहारिक कानून हो । राम्रोलाई राम्रो भन्नसक्नुपर्छ,पञ्चायतकालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठकै आफ्नो छोराको बिबाहमा ५१ जना जन्ति जाने निर्धारित कार्यक्रम अन्तर्गत दुलही लिन जाँदा उँहा कै मन्त्रीमण्डलमा रहेका सिंह थर भएका मन्त्री ५२औँ जनामा पर्दा विवाहमा सहभागी हुन नपाएको समाचार त्यसबेलाका सामाचारहरुले प्राथमिकतामा राखि प्रस्तुत गरेका थिए । त्यसैले जौखौ, तौलौं समय, परिस्थिति र आफ्नो स्थितिको स्व(मुल्याङ्कन गरौँ । सदाचार हाम्रा लागि हो र त्यसलाई व्यवहार, बिचार र पूर्विय संस्कारसंग अनुसरण गर्दै लागू गरौँ ।

    यहाँनेर अर्को पक्ष पनि औल्याउनु सान्दर्भिक हुँदा माथिका दृष्टान्तहरुबाट पनि के पुष्टी हुन आउदछ भने समाज दिनानुदिन अधोगति तर्फ गईरहेको पाइन्छ । हाम्रा आचरण व्यवहारहरु क्रमिक रुपले खस्कदै गएका छन् । एकले अर्को छिमेकीलाई हर्ने दृष्टिकोण भित्र अहमता र घमण्डको बिरुप सत्य भित्र कहि न कहि शत्रुताको तुष देखिन थालेको छ । हरेक ब्यक्तिमा नकरात्मकताले यति धेरै गाँज्न थाल्यो कि घर परिवार, नाता सम्बन्ध सबै ब्यर्थ हुन थाले । स्वंय नेपाल देश मातृभूमि हुदाहुदैँ पनि नेपालमा बसेर केही हुदैन, किन यहाँ बस्नु भन्ने भाष्य चलनचल्तीका रुपमा आउनु सामान्य समस्या होइन होला । यसले मातृभूमि प्रतिको माया, प्रेम, आस्था र बिश्वासमा घृणाभाव देखिन शुरु भयो ।

    आमाबाबुको सम्पत्ति कति छ रु थाहा छैन् । कहाँबाट रकमको जोहो गर्छन मतलब भएन । जसरी पनि बिदेश जाने हो, हो भन्ने रटान पछाडि बाबुआमाको हाड घोटी चन्दन सुरु हुन्छ । तर पनि उनीहरुमा चढेको बिदेश जाने भुत सवार उनै साथीभाई संगैको हुल र भीडमा समावेश हुन जाँदा हामीसंग राज्यको उपस्थिति कहाँनेर रह्यो रु एघार बाह्रका बिर्द्यार्थीहरुको स्वस्फुर्त जवाफ बिदेश१ यहाँ राज्यको नजर कहाँ रह्यो रु के राज्यको दायित्व ल्इऋ ीबततभच दिने मात्रै हो रु सोच्ने बेला आएको छ । हामीले शिक्षालाई व्यवसायिकीकरण गर्न सकेनौ र अहिले त्यसैको असर भोग्दैछौ । यि यावत दृष्टान्तले के देखाउछ भने राज्य मात्र जिम्मेवार नभएर हामी घर परिवार, समाज सबैको हक बराबर देखिन्छ संगै दोषी हामी पनि हौ भन्न कुनै अप्ठ्यारो छैन ।

    अब रह्यो बालबालिकाहरुलाई हामीले दिएका शिक्षा, स्वास्थ्य, व्यबहारिक ज्ञानहरु कति कामयावी भए वा हुन सकेनन् बिश्लेषण गर्न जरुरी छ । पहिलो त ब्यबहारिक शिक्षा घरबाटै दिनुपर्ने हो । त्यसमा हामी अभिभावक चुकेकै हौ । राज्यको शिक्षा प्रणाली भित्रका नैतिक शिक्षा, व्यवसायिक, संस्कृत शिक्षा ओझेलमा मात्र होइनन् विवादका घरेमा परेका छन् । सामाजिक न्याय उल्टो दिशातर्फ लाग्यो । सदाचार र नैतिकता सिकाउनेहरुकै शिकार भए । राष्ट्रप्रेमले ओतप्रोत कालजयी राष्ट्रगित रेडियो र टिभीमा बज्छ छोडे ।

    टिकटक, इस्टाग्राम लगायत सामाजिक सञ्जाल चलाउनेहरु अधिकांशले नकारात्मक सोच र व्यवहारको प्रतिनिधित्व गर्दै गलत सन्देश प्रबाह गर्नु पछाडि सदाचारको पक्ष कमजोर बन्दै गयो । सामाज भित्रको ठुलो संजाल भयंकर नकारात्मक जंजाल खडा गर्न उद्धत रह्यो । यिनै कुराहरुले राष्ट्रप्रतिको माया प्रेम,बिश्वास र आस्थामा नकारात्मकता भर्ने र छर्ने काम गरिरहेका छन् । यिनै बिषयमा गहन छलफल र बहस हुनुपर्नेमा राज्य र समाज मौन छ । तसर्थ सकारात्मक सोच र विश्वास बढाउने तर्फ लागौ ।

    समाजको उन्नति प्रगति त्यहिको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानबाटै हुन्छ । तर यहाँ आर्थिक पक्ष लथालिङ्ग छ, सामाजिक पक्ष बिबादित छ र सांस्कृतिक पक्ष बाह्य आयातित छाडापन र देखासिकीले बिकृतिमयय बनेको छ । तसर्थ हामी सुध्रिनु छ, हामी धरै टाढा संकटग्रस्त क्षेत्र तर्फ जाँदै छौ । जुन भासमा फसेपछि फर्किनै नसकिने अवस्था आउन सक्छ र ढिलोचाडो कुनै दिन हामी एकै ठाँउमा बसी पश्चाताप गर्नुपर्ने दिन आउन सक्छ । त्यसैले समयमै बिचार गरौ त्यो दिन भनेको “न रहे बाँस, न बजे बाँसुरी” नै हो ।

    प्रहरी उपरीक्षक, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा कास्कीमा कार्यरत हुन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.