×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हिंसा न्यूनिकरणमा हाम्रो दायित्व

  •  गोरखा समाचार
  • बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    केदार खनाल

    महिला हिंसा सम्बन्धी १६ दिने अभियान (November 25- December 10) सम्मका कार्यक्रमहरु बिगत जस्तै यस बर्ष पनि बिभिन्न तह र तप्कामा संचालन भईरहेछ र भईरहने छन । यस अभियानमा महिला मात्र नभई पुरुषहरुको पनि उल्लेख्य सहभागिता रहनु सुखद पक्ष हो । हामीले यि र यस्ता कार्यक्रमहरु मनाईरहदा यसले समाजमा ब्याप्त हिंसालाई निरुत्साहित गर्ने गरि कार्यक्रमहरु गरिनु पर्नेमा कर्मकाण्डी ढंगबाट शुरु र अन्त्य हुने गरेको विगतको अनुभव हामीसंग छ । यस्ता कार्यक्रमहरु कुनै बर्ष तथा दिवसका रुपमा मात्र नभई ३६५ दिन नै मनाउन जरुरी देखिन्छ ।

    हिंसाको जड के हो ? कुन ठाउँमा यसको प्रत्यक्ष असर छ र कहाँबाट यसको शुरुवात भएको छ भन्ने एकिन तथ्य नभई सतही रुपमा गरिने सभा गोष्ठी र भाषणले यस कार्यक्रमको उद्देश्य पुरा हुने कुरामा बिश्वस्त हुन सकिदैन । हिंसा भोग्ने र भोगाउनेको बारेमा यथेष्ठ जानकारी भए पनि त्यसको मर्मस्थलसम्म नपुगि गरिने कार्यक्रमहरु केवल “टाउको दुखेको औषधी नाईटोमा लाई” मात्र हुनेमा द्विबिधा रहेन । यसमा हरेक ब्यक्ति, परिवार, छिमेक, गाउँटोलसंगै राज्य नै एकाकार भएर “म हिंसा गर्दिन” भन्ने प्रतिज्ञा लाई आत्मसाथ गरिनु पर्दछ । बहुसंस्कृति, बहुभाषा, बहुजातजातीले बनेको हाम्रो समाजमा कहि न कहि एक अर्काका संस्कृतिहरुको समिश्रण फेला पार्न सकिन्छ ।हाम्रो समाजले यस्तो बहुल संस्कृतिलाई अंगाल्दै गर्दा समाजमा फैलिदै गएको बिकृति बिसंगतिको पाटोलाई पनि ख्याल राख्नु जरुरी देखिन्छ । वर्तमान अवस्थाको मूल्याङ्कन गर्ने हो भने संस्कृतिक मुल्य मान्यताहरु बिस्तारै स्खलित हुँदै लोप हुने दिशा तर्फ उन्मुख देखिन्छन् भने सांस्कृतिक रुपमा समाज दिनानुदिन बिकृत हुँदै गईरहेको छ । आफूले गरेको सही र अर्काले गरेको सोह्रै आना गलत ! भन्ने संस्कृतिले हिंसाको पक्षमा जनमत श्रृजना गरिरहेछ । हिंसा भित्र पनि हिंसाको शिकार हुने तितो सत्य भित्र कालोलाई कालो र सेतोलाई सेतो भन्न नसक्ने सामाजिक संरचनासंगैको समाज दोषी छैन भन्न सकिदैन ।

    हिंसा सम्बन्धमा बिभिन्न आंकडाहरुलाई हेर्दा नेपालमा महिलाहरु यौनजन्य हिंसामा मात्र २७% रहेको देखिन्छ, हरेक ४ जना महिला मध्ये एक जना हिंसा भोग्न बाध्य छन । दैनिक जसो महिला तथा बालबालिका माथि हुने हिंसाका घटनाहरु कुनै न कुनै रुपबाट बढिरहेका नै देखिन्छन । घर,परिवार र छिमेक देखि समाजमा घटेका घटनाहरुको बिरुप चित्रको आंकलन गर्दा पनि लाजमर्दो तथ्यहरु भेटिन्छन । स्कुल पढ्दै गरेका बालिका माथि शिक्षकले गर्ने यौन हिंसा देखि आफन्त तथा नजिकका नातेदारबाट भएका घटना, ७२ बर्षिय बृद्वले ७ बर्षिया बालिका माथि गरेको यौन हिंसालाई हेर्दा समाज यति धेरै बिकृत र कलंकित भएको छ कि यसको कुनै लेखाजोखा नै छैन, न त यसको कुनै क्षतिपुर्ति नै गर्न सकिन्छ ।

    यस्ता जघन्य प्रकारका हिंसालाई पनि यदाकदा ढाकछोप गर्ने प्रबृतिले झन संसय थपेको छ । वास्तवमै भन्नुपर्दा अधिकाशं हिंसाको जड त परिवार भित्रै देखिदा यसले पीडित र समाजलाई दिने सन्देश के हो ? एक पटक हामीले भोगीरहेको समाज र हामीले कल्पना गरेको समाजलाई तुलना गरौँ, त्यहाँ भित्र हामी कहाँ छौँ र हाम्रो दायित्व के हो भन्ने कुरामा स्पष्ट हुन्छौ । तसर्थ यसको ओखति पनि हिंसाको आधारबिन्दु र जडलाई पहिचान गरि निरुत्साहित र निराकरण गर्न लक्षित हुनु श्रेयकर हुन्छ ।

    मुलुकको बिद्यमान गरिबी, अशिक्षा, बैदेशिक रोजगार, सामाजिक संजाल (साईबर) को अनियन्त्रित तथा अव्यस्थित प्रयोग आदिका कारण घटेका हिंसाजन्य घटनाहरुमा समाज र समाजको प्रतिनिधित्व गर्ने हाम्रो उपस्थिति कहाँ रह्यो ? राज्य कहाँनेर चुक्यो ? ९ बर्षिया बालिका देखि ७० बर्षिया बृद्वासम्मले गरेका आत्महत्याका कहाली लाग्दा घटनाका बारेमा हाम्रो कार्यक्रमहरु कति कामयावी बने भन्ने कुराले हाम्रो उपस्थितिलाई धिक्कारीरहेको भान हुन्छ । यस्ता घटनाहरु घट्नु पछाडी के-के तत्वहरु जिम्मेवार छन् भन्ने बिषयमा हामी एकिन हुन नसक्नु तथा घटना घट्नुको कारण र तथ्यहरु आज पनि निरुत्तरित हुनुले हामी शुन्यमा नै छौ भन्न धक लाग्दैन ।

    अझ घटना घटिसकेपछि आरोप प्रत्यारोपका बिच आग्रह पुर्वाग्रह राखि गरिने कानूनि कारवाही केवल देखावटी मात्र हुन जान्छ । घटनाले तत्काल परिवारका सदस्यहरुलाई पार्ने असर र पीडाको मुल्याङ्कन समेत गर्न नसकिएको अवस्थामा न्याय खोज्दै अदालत धाउने पीडितको ब्यथा त झन परको कुरा भयो । न्याय निरुपण गर्नेहरुको भन्दा कानून खेलाउनेहरुको हातमा निर्णय शक्ति पुग्दा पिडकको सहज उनमुक्ति भई पीडित थप पिडा भोग्न बाध्य भएको अवस्था छ ।

    यसले अपराध घटाउनुको सट्टा बढ्न प्रेरित गरिरहेको यथार्थतालाई नजर अन्दाज गर्न मिल्दैन होला । तसर्थ बिद्यमान कानूनमा समेत परिमार्जनको आवश्यकता देखिन्छ । यि माथिका कटुसत्य तथ्यहरुलाई आजैका दिन देखि मनन गरि कार्य गर्न सकेनौ भने हाम्रा भाषण, गोष्ठि, उदघाटनहरु केवल देखावटी हुन जान्छन । यसबाट पिडकले उन्मुक्ति र पीडितले पुनः पिडा ब्यहोरिरहदाँ हामीले संचालन गरेका कार्यक्रमहरु केवल “हिजो मरि सासु आज आयो आँसु” मा सीमित हुनेछन् ।

    हिंसाका घटनाहरु विगतमा पनि नभएको होइनन् । विगतमा अशिक्षा, गरिबी, अन्धबिश्वास, सामाजिक विभेदका साथै समाजका सम्भ्रान्त बर्गको वोलवालाबाट चल्ने परम्पराले घटनाहरुको ढाकछोप हुने प्रबृत्ति थियो र घटनाहरु उजुरीका रुपमा नआई Unreported हुने गर्दथ्यो तर आज खुला समाज, नागरिकमा आएको चेतना लगायत हरेक किसिमका पहुँचका कारण उजुरी बढेको पाइन्छ । बिबिध अल्झनहरु पार गर्दै न्याय प्राप्तिका निमित्त आशा लिई हिडेका पीडितहरुले के कस्तो न्याय प्राप्त गरे र गर्नेछन प्रश्न अझै अनुत्तरित छ ।

    गण्डकी प्रदेशमा महिला तथा बालबालिकाहरुको आत्महत्याको अवस्था

    माथिका दुबै तथ्याङ्कहरु हेर्दा समस्याहरु बिकराल रुपमा फैलिरहेको देखिन्छ । यस्ता समस्याहरुको निरुत्साहन र नियन्त्रण गर्न राज्यका साथसाथै नागरिक समाज लगायत हिंसा न्यूनिकरणसंग सरोकार राख्ने सबै संघसस्थाहरु क्रियाशिल हुन जरुरी छ । ब्यक्ति, समाज, गाउँटोल देखि बिद्यालय, क्याम्पस सबै ठाउँमा सचेतना फैलाउन आवश्यक देखिन्छ ।

    समाजमा रहने व्यक्तिहरुको आचरण व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ । यसका निमित्त राज्यले आवश्यक नीति तथा योजना बनाई गाउँगाउँबाट हिंसा अन्त्यको बिगुल फुक्न ढिला नगरौँ । यसले नै सभ्य र विकसित समाजको पहिचान दिन सक्छ ।

    हाल प्रहरी उपरीक्षक खनाल नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा कास्कीमा कार्यरत हुनुहुन्छ

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.