काठमाडौं । लोक शैलीमा आधारित ‘नौडाँडा पारी २’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगोलियन हार्टका गायक राजु लामाको स्वरमा सजिएको यस गीतलाई संगीतकार टिका दाहालले संगीतवद्द गरेका हुन् ।
राहुल प्रधानले संगीत संयोजन गरेको यस गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् । भौतिक रुपमा टाढा रहेका २ प्रेमिल जोडीको कथालाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनय रहेको छ ।
चित्लाङ वरपरका रमणीय दृश्य समेटिएको यस गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । भिडियो बिकाश धमलाको सम्पादन रहेको हो । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘टिका दाहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।




















