×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बिर्सनै नसकिने अतीतका दिनहरू …!

  •  गोरखा समाचार
  • मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    “हिजो कुनियो लाउनी भन्ते थर्पुकाले, लाम्पाटातिर फुकाहार भ’कोछ । आज गाईगोरु तेतै लए हुन्च !” आमाले गाईगोरु फोएर डहरमा निकाल्दै अर्थ्याउनु भयो । शनिबारका दिन स्कूल छुट्टी हुने,हाम्रो काम त्यो दिन गाईबाख्रा चराउने हुन्थ्यो । गाउँका सबैजसोले गाईगोरु लिएर सेरा, लाम्पाटातिर लग्दथ्यौँ ।

    मास छिन्ने,भट्ट काट्ने काम गर्दै गरेका हुन्थे । गाईगोरुको हुल आएको देखेपछि छिटो-छिटो त्यो काम गर्न थाल्दथे । हामीले पनि सघाउँथ्यौँ । हरिया मासका कोसा भेट्दा छोडाएर मुखतिर हाल्थ्यौँ । साँच्चै मीठो हुन्थ्यो – ती काँचा मास,भट्टका गेडा खाँदा । गाईगोरु पनि फुक्काफाल भएर उफ्रँदै रमाएका हुन्थे ।

    चाउके गह्रामा एकखुट्टे खेल्ने कोट बनाइन्थ्यो । एकजना साथीले कालीखोलाको बाटुलो ढुङ्गोलाई ढ्याक बनाएर ल्याउँथे । ढुङ्गालाई घोटी-घोटी राम्रो बाटुलो ढ्याक बनाइन्थ्यो । २/३ जना एकखुट्टे खेल्थ्यौँ । कसैले लारी बनाएर लगेका हुन्थे । आ-आफ्नो सीप र रहरका आधारमा ढ्याक,लारी-लौरी बनाएर सहभागिता जनाउने स्वच्छ प्रतिस्पर्धा अचेलका लागि पनि अनुकरणीय लाग्नु पर्दछ । २/४ जना लारी-लौरी खेल्न थाल्दथ्यौँ । एकातिर तीखो बनाएका सिमलीका दह्रा लौरी भएका साथीले ठेट्ने खेल्ने प्रस्ताव गर्दथे । २/३ जना त्यतै अल्मलिन्थ्यौँ । गाईगोरुले खलाको कुनियो खाइदिन्छन् कि?भन्ने बाहेक कसैको खेती खान्छन् कि भन्ने चिन्ता हुँदैनथ्यो । भुजुङ्गेतिर निहिन बेर्ने,बिटा लगाउने काम गरिरहेका हुन्थे । बिटा उठाएपछि त्यो गह्रो पनि फुकाहार बन्दथ्यो । गाईबस्तुलाई पनि साँच्चै रमाइलो भए झैँ लाग्दथ्यो ।

    मलाई धानका सिला खोज्न मन लाग्थ्यो । धानका गेडाको टुप्पोलाई अगाडिका दाँतले खोल्स्याएर चामल कुटुक-कुटुक पार्दा स्वादिलो लाग्दथ्यो । यो बानीले गर्दा साथीहरूले मलाई’धानचरी’भन्ने गर्दथे । एक मुठी धान बनाएर कुनियामा मिसाइदिन्थेँ ।

    बाख्राहरू कता-कता छिरलिन्थे ।’मकै ला-ला’भन्दै बाख्राहरू जम्मा पारिन्थ्यो । घाम ढल्कन थालेपछि बस्तुभाउ घर लाने बेला हुन्थ्यो ।’पान-पान’भन्दै गाईगोरुलाई कालीखोलामा पानी ख्वाएर घरतिर लान्थ्यौँ । फुकाहार चर्न पाएर गाईबस्तु सबै टन्न अघाएका हुन्थे ।

    गाईगोरु,बाख्रापाठा घर ल्याएपछि स्याँर्कोटदेखि सीमचौरसम्मका खेतहरूमा कपर्दी,राजा,ओरोडोरो खेल्ने गरिन्थ्यो । घर आमाहरूले दिएका मकै जाँघेका खोल्तीमा राखेर सबैजना जम्मा हुन्थ्यौँ । नुन र खुर्सानीका घोगा टोकेर दगुर्दा न्यानो हुन्थ्यो । एकदिन खुर्सानी लाने पालो मेरो थियो । बिर्सेकाले माइली आमैको सुर्काबाट ५/६ घोगा चोरेर लगेथेँ । साँच्चै भन्दा मैले सम्झने चोरी त्यही हो । हुनपनि नुन-खुर्सानी टोकेर,मकै खाँदै ओरोडोरो,कपर्दी,राजा खेल्दा जाडो भएको महसुसै हुँदैन्थ्यो ।’हेर यो चिसाँ (चिसोमा) कति उफ्रन सकेका हुन्–यी केटाकेटीहरू ! हुन त केटाकेटीको जाडो बोकाले खान्छ भन्छन् …’हामीले जाडो नमानी खेलेको देखेर चौताराबाले भन्ने गर्नुहुन्थ्यो ।

    अर्को शनिबार बस्तुभाउ चराउन खाल्टिकापाखातिर लगिन्थ्यो । त्यहाँ लगेपछि गाईबस्तुलाई चोर्न जाने ठावै थिएन । हामीहरू जैमेका बारीमा पिँडालुका सिला खोज्थ्यौँ । खन्न बिर्सिएको गानु भेटिँदा ठूलै चिज पाएझैँ लाग्दथ्यो । विष्णुले दियासलाई लगेका हुन्थे । नल-परालको घाई-घुरान सोहोरेर आगो बालेर ताप्दा सारै आनन्द आउँथ्यो । त्यही आगोमा सिला भेटिएका पिंडालुलाई पोल्न हालिन्थ्यो । पिर्सलिएकै/पिल्सिएकै अवस्थामा छोडाएर कोक्याउँदै भएपनि आफ्नो भागमा परेको तात्तातो पिंडालु खाँदाको स्वादै अर्को हुन्थ्यो ।

    कसैले घरबाट निउवा लग्थ्यौँ । थोरै हुँदा टारीघरका थपेर नुन-खुर्सानीसँग खाई ह्वाई-द्वाई गर्दा जाडो भागेको महसुस हुन्थ्यो । दाँत कुँडिएमा निउवाको बोक्रा चवाएपछि ठीक हुन्थ्यो । कसैले’मेरा त कुँडिएनन्’भनेमा’तैँले सानोमा गुहु खाएको रचस्’भनिन्थ्यो–श्रुतिगत परम्परा र संस्कारको धरोहर ! गुहु खाएको दोषभागी हुने डरले दाँत नकुँडिएका भएपनि कुँडिएजस्तो गरिन्थ्यो ।

    आइतबार स्कूल जाने दिन ! बिहानै सबै मिलेर भर्कुन्ना (भरिकुण्ड) को धारामा नुहाउन जान्थ्यौँ । विष्णुले अक्सिजन नामको दन्तमञ्जन ल्याएका थिए, ‘रिमरिम मीठाइँ’खाएको स्वाद आउँदा मुखको थुक निलौँ जस्तो हुन्थ्यो । जानकार साथीले’निल्न हुँदैन’भनेपछि थुक्नुपर्दा मनखत लाउतो (लाग्दथ्यो) । मैले एकपटक स्कूलमा पुरस्कार पाउँदा’लक्स’सावुन पनि पाएथेँ । एस्सो हातमा घोट्दा फिँजैफिँज हुने,मुख धुँदा आँखामा परो (पर्‍यो) भने पीरो हुने,पानीले पखाल्दा सबै अङ्गहरू सफा भएको झैँ लाग्दथ्यो ।

    ‘जनैको एउटा डोरो चुँडियो भने नबोली नयाँ फेर्नुपर्छ नत्र जनै छिनेका बेलामा बोलो (बोल्यो) भनेपनि बौलाहिन्छ,नुहाएर जप नगर्ने हो भनेपनि बौलाहिन्छ’ भन्ने मान्यता थियो । परिणामस्वरूप छेउको हरियो दुबो,सिरुका पातलाई दुई पैतालाका बुढीऔँलामुनि राखेर जनै राखेका हातले पानी अचाई पालैपालो जप गरिन्थ्यो । जप गर्दा कसैले छुन,कसैसँग बोल्न हुँदैनथ्यो । वास्तवमा कुशको आसनमा १/२ घण्टा बस्ने हो भने रक्तचाप सन्तुलनमा आउने वैज्ञानिक तथ्य अचेल प्रमाणित भैसकेकोछ । त्यही कुशको प्रतीक स्वरूप हरियो तिरिनलाई आसन बनाउन लगाइएको जस्तो लाग्छ । जप गर्दा बोल्न नहुने,छुन नहुने व्यहोरा – एकाग्रताको लागि रचिएको विद्वत सोचाइ जस्तो लाग्दछ ।

    अचेल’मेडिटेशन’गर्नु राम्रो भन्ने भनाइको मूर्तरूप रहेछ जस्तो लाग्छ – जप गराइ । जेहोस् स्नानादि कर्म सकेर सबैजना घर फर्कन्थ्यौँ ।
    घर आमाले खाना पकाइसकेकी हुनुहुन्थ्यो । पिँढीमा परेको घामको छायाँका आधारमा स्कूल जाने बेलाको निर्क्यौल हुन्थ्यो । धोती फेरेर भान्सामा गई बल हालेर नबोली खाना खाने चलन थियो–जुन अहिले पनि विज्ञानसम्मत देखिन्छ । किनभने,बाहिरफेर नलागाइने सफा धोती फेरेर खाँदा आफू गएको फोहोर स्थानबाट कपडामा टाँसिई आएका किटाणुको खानामा सम्पर्क नहुने भयो । बर्तुन(व्रतबन्ध) गरेकाले बासी खाना खान हुन्न भनिन्थ्यो । भनिन्छ – खाना पाकेको ४८ मिनेटभित्र खाँदा खानामा भएको पौष्टिक तत्त्व कायम रहन्छ, त्यसपछि क्रमश: घट्दै जान्छ । आमाले पकाएको ताजा,तात्तातो खाना चरेसका थालमा पस्किएर दिनुहुन्थ्यो । हातपाउ धोएर,चोखो धोती फेरेर भान्सामा पिर्कामा टुक्रुक्क बसेर खाने गरिन्थ्यो । अङ्खराको पानीले थाललाई घेरा हालेर,दूध वा घ्यूमा मुछिएको भात थाल अगाडिको फिलिङ्गोमा चढाउनु पर्थ्यो । स-साना ५ गास खाएर पानी अचाई’अक्ष,दक्ष,नक्ष, शिखा’भन्दै घाँटीलाई सबैतिर नचाउनु पर्दथ्यो ।

    यो प्रक्रियाले स्थलमार्गबाट आउने किटाणुलाई जलघेराले,पवनमार्गबाट मिसिन सक्ने किटाणुलाई आगोमा चढाउँदा आएको वायुप्रदूषण हटाउने धुवाँले नि:षेध गरेको हुन्थ्यो भने शुष्क भोजननलीलाई रसिलो पार्न स-साना ५ गास–त्यो पनि दूध-घ्यूमा मुछिएको भात सहयोगी हुन्थ्यो । फेरि भोजननलीलाई खुलाउन’अक्ष,दक्ष …’को कर्मले यथेष्ठ सहयोग गरेको हुन्थ्यो । यो व्यहोरालाई मैले “नीरूलाई पत्र” मा’हाम्रा धार्मिक नियम र भौतिकता’शीर्षक दिएर अलि विस्तृतीकरण गरेकोछु । जेहोस् यसरी खाना खाएर स्कूले ड्रेस लगाएर झोला भिरेर को चाँडो घरबाट निस्कन्छ?साँच्चैको स्वच्छ प्रतिस्पर्धा हुन्थ्यो । स्कूल निर्माणको काममा छात्र-छात्राको सहभागिता स्वरूप जरेखोलाबाट सबैले एकुन्टा ढुङ्गा लिएर स्कूल गइन्थ्यो ।

    गर्मीका सिजनमा हाफछुट्टीमा आँधीखोलाको ‘स्याम्कीरह’मा पौडन गइन्थ्यो भने ठण्डी सिजनमा चिन्तेचौरका खरबारीतिर जुर्केली (सुकेको घाँसमा आगो लगाउने) लगाउँदै न्यानो पारिन्थ्यो । कुनै पिरियड खाली हुँदा’साल हान्ने’चलन थियो । त्यो भनेको कुनै पैसा बनेको साललाई तल पारेर माथि हेरेर साल अड्कल गर्नु हो,साल मिल्यो भने जित्यो नत्र हार्‍यो । मैले एउटा २०२३ सालमा बनेको सिलटे पाँचपैसाले झण्डै एक रुपैयाँ जितेको क्षण सम्झँदा अहिले पनि रमाइलो लाग्दछ ।

    गुच्चा खेल्ने चलन पनि तेसबेला बहुप्रचलित थियो । गुच्चा फोर्ने खेलदेखि ५ पैसा ठिनीको खेल खेलिन्थ्यो । अर्काको गुच्चालाई टोलेर विपरीत दिशातिर हुत्याई आफ्नो गुच्चा आफूतिर सरर आएको क्षण सारै रमाइलो लाग्दथ्यो । गुच्चा पिलाउने/छिराउने खोपीको आडैमा आफ्नो गुच्चा लुकाई अरूलाई फँसाउन सफल हुँदा ठूलै विजय हासिल भएझैँ लाग्दथ्यो ।

    सिजनमा खोलापारी पारिबनमा’खल्लुका रुख’तिर खल्लु/तिजु खान गइन्थ्यो । आफू रुख चढ्न नसक्दा वा पाकेका तिजु भएको हाँगोमा टिप्न जान नसक्दा ती हाँगामा गएका साथीले गलक्क पाकेका आफूले खाई गिला-गिला भएका टिपेर हामीलाई फालिदिँदा ती साथीको उपकारी भावनाको कदर गर्न मन लाग्दथ्यो भने टर्रो-टर्रो गुलियो भएको तिजु खाँदाको स्वादै अनुपम लाग्दथ्यो ।

    प्राइमरी तहमा पढ्नेताका स्कूल बन्दै थियो । हामीले घुम्तिस्कूलका रूपमा विभिन्न चौतारीहरूलाई उपयोग गरेथ्यौँ । झरी पर्दाका दिन वा झरी परेपछि पढाइ छुट्टी हुँदा पढ्न नपाएकोमा दु:खी हुनुभन्दा घर जान पाइने भएकोमा सबैजना खुसी मान्दथ्यौँ । पढाइ हुँदाका दिन सानागुरुले गाली गर्नुपर्दा’अरे बढर’भनेको र ठूला गुरुले’सिस्नाको आँठो’मगाएर हत्केलैमा भएपनि सिस्नु लगाएका क्षणहरू अहिलेसम्म स्मरणीय लाग्दछन् ।

    वास्तवमा कति रमाइला थिए है–ती दिनहरू, बिर्सनै नसकिने …!!!

    …सके सपारौं, नसके नबिगारौं…
    #हामीसबैकोकल्याणहवोस्#
    झारखोला, स्याँर्कोट, स्याङ्जा

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.