तिलक पाैडेल
वास्तवमा मलाई ४–५ महिना अगाडिदेखि टाउको दुखेको पनि छैन, छाती दुख्नु पनि छैन, शरीरमा कहीं चोट पटक लागेको पनि छैन तर १०३.४ डिग्री को ज्वरो आउने गर्यो । गुगलमा खोजी गर्दा कतै आन्तरिक रुपमाुट्यूमरुपल्हायो भने वा क्यान्सरको प्रारम्भिक चरणमा
व्यक्तिलाई केही नभैकन पनि ज्वरो आउन सक्छ भन्ने कुरोको जानकारी पाइयो, जसले मनमा एउटा सन्त्रस्तता जन्माइदियो । आखिर मानवीय जीजिविषा ! पोखरामा गएर डा.नारायण गौतम ( बालसखा, सँग व्यहोरा जनाएपछि उनले सबै परीक्षण गराइदिए । जसअनुसार भिडियो एक्सरे गर्दा ३.४ सेन्टिमिटरको एउटा धब्बा कलेजोको दायाँ भागमा देखियो । त्यसको स्थिती टुंगो लगाउन सिटिस्क्यान गर्ने सल्लाह बमोजिम सिटिस्क्यान गरियो । यसबाट त्यो धब्बा जन्मजात नै रहेछ भन्ने जानकारी प्राप्त भएपछि मनमा सन्तोष एवं प्रसन्नता महसुस भयो । व्यहोरा नयाँ वर्ष सुरु भएपछिको हो ।
३-४ महिनाको अन्तरालमा तीजको बेलामा दरखाने दिन ठूलै ज्वरो आएर पानीपट्टि लगाई समन गर्नुपर्ने भयो । तिज पनि बित्यो । संयोग निजामती सेवा दिवसको उपलक्ष्यमा ब्यूरो ८१, नेपालले एउटा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागी हुन गई फर्केर आउँदा घरनेरको चोकमा साथीहरूसँग भेट भयो । सनातनी विषयमा कुराकानीहरु भए । सो समयमा एकादुई लामखुट्टेले पिँडौलातिर टोकेको महसुस हुन्थ्यो र पनि सनातन हिसाबले घरमा आएर खाना खाई आराम गरेँ ।
पर्सीपल्ट साँझ खानाखानुपूर्व ज्वरो आयो । बलै केही खाना खाई सिटामोल खाएर सुतेँ, तर ज्वरो घटेन । भोलिपल्ट श्रीमतीसाथ सिभिल अस्पतालमा गएँ । ज्वरो एकाइमा जचाउँदा रगतको नमुना छाड्न लगाई रिपोर्ट आएपछि पक्का हुनसक्ने भएपनि तपाईँलाई डेङ्गुको आशङ्का छ, सिटामोल २-२ चक्की दिनको तीन पटक खानुहोला, जीवनजल र झोलिलो चिज प्रशस्त खानुहोलाु भन्ने सुझाव अनुसार औषधि लिएर घर फर्केँ । खाना खान मन नलाग्ने, ज्यान दुख्ने, ज्वरो आउने क्रम जारी रह्यो । रिपोर्ट आउँदा पनि डेङ्गु एनएसवान एन्टिजेन (रेपिड) पोजेटिभ देखियो । डाक्टरले उल्लिखित बमोजिमै गर्न सुझाव दिनुभयो । संयोग मलाई टाउको दुख्ने, वान्ता आउने लक्षणहरू भने देखिएनन् । खाना गन्हाउन थाल्यो, फलफूल पनि हेर्नै मन नलाने हुन थाल्यो । अर्को संयोग श्रीमतीलाई पनि ज्वरो आउन थाल्यो । लक्षणहरू मिलेकाले नजँचाई मैले खाने गरेका औषधिहरू उनले पनि सेवन गर्न थालिन्, सायद मेरो अवस्थालाई मध्यनजर गरी आफूलाई बलजफत् सनातनी काममा सरिक राख्न बाध्य भइन् । एकदिन साँझ बलै जाउलो ख्वाए आमारछोराले । मलाई भने ज्वरोको चाप बढ्न लागेको महसुस भयो । बाबुलाई पानीपट्टि तयार गर्न भनेँ । ज्वरोको मात्रा झण्डै १०४ डिग्री पुग्यो । मलाई ती पानीपट्टिले काम गरिरहेजस्तो लागेन । गहिरो बाटामा पानी ल्याउन लगाएँ । हातखुट्टामा सुकेको खर बाँधी आगो सल्काइदिए जस्तै असह्यनीय जलन भयो र हातखुट्टालाई बाटाको पानीमा डुवाएँ र टाउकोमा सानो तौलिया भिजाएर राख्न लगाएँ । बाटाको पानी नै तातेको महसुस भयो । केही घटेपछि सिटामोल खाएर सुती टोपलेँ । त्यसको भोलिपल्ट विस्ताराको पल्लो छेउमा सुतिरहेको समयमा श्रीमतीजीले विभिन्न फलफूलहरू काटेर, बिरेनुन छर्केर लौ बलै गरेर भएपनि खानुस्, अनि जाउलोमा कुरिलो र गेडागुडीको झोल मिलाएर खानुहोला भनिन् । मलाई ठूलो सकस आइलागे जस्तो भयो । कोल्टे फर्कंदा ८ बजेको थियो । मलाई त्यो फलफूल यसैपनि खाने इच्छा थिएन, त्यसमा पनि जीउ यस्तो दुखेको थियो कि दायाँ-वायाँ कोल्टे फर्कन पनि मनले मानिरहेको थिएन । उनी भने कोठामा पस्दा बित्तिकै किन हो त नि नखाएको ! भनेरस्नेह बर्साउँथिन् । मलाई त्यो फलफूलसँग भेट गर्न आधा घण्टाभन्दा बढी लाग्यो । र पनि एकटुक्रा मुखमा हाल्दा बित्तिकै थुकौँ जस्तो भयो । अनि उनीलाई डाकेर यो सबै फलफूल ग्राइण्ड गरिदिनु अनि नाक थुनेर पिउँला भनेँ र सोही बमोजिम उपभोग गर्दोभएँ ।
त्यसैदिन छिमेकी परमादरणिय दाजू राममणिको जोडी भलाकुसारीका हेतु आउनुभयो । वहाँहरू पनि डेङ्गु लागेर भरखर तङ्ग्रिने क्रममा हुनुहुन्थ्यो । सखास्नेहले उछार नदिँदा प्रत्यक्ष हुने मनीषा पूरा गर्न मकहाँ छिर्नु भएको रहेछ । मेरो अवस्थालाई नियालेपछि एकपटक प्लेटलेट हेर्नुपर्ने बताउँदै सम्भव भएसम्म गृहसेवा होमसर्भिस को खोजी गर्नुभयो । त्यो कामयावी नभएपछि नजिकैको अस्पतालमा जान करै गर्नुभयो । परिणाम, हामी साथै (हाम्रो कान्छोबाबु समेत) कलङ्कीस्थित नेपाल नेशनल हस्पिटल मा गयौँ । त्यो अस्पतालको प्रमुख हाम्रै भतिजा डा.प्रकाश पौडेल छन् । सरासरी इमर्जेन्सीमा गएपछि तापक्रम लिने, रगतको नमुना लिने जस्ता कार्य गरी मलाई स्लाइन चढाइदिए । प्रकाशबाबु आएर प्याथोलोजीको रिपोर्ट आउन २-३ घण्टा लाग्ला, त्यसपछि भर्ना हुने कि घरै जाने निधो गरौँला, अहिले डेङ्गुको प्रकोप बढिरहेकोछ तापनि हामीकहाँ ४-५ दिनमा ठीक भएर गएकाछन्, आत्तिनु पर्दैन अङ्कल ! भनेर बिदा भए ।
म स्लाइन जडित अवस्थामा इमर्जेन्सीको बेडमा पल्टिरहेको थिएँ, छेउको स्टुलमा राममणिदाइ बसेर मेरा हात सहलाइरहनु भएको थियो । म भने ठूलो बाबुका परिवार अमेरिकामा, छोरीका परिवार पोखरामा, अब कान्छोबाबु पनि उच्च शिक्षाको रहर पूरा गर्न विदेशतिरै जाने तयारीमा छन् । हामी बुढाबुढी दिनप्रतिदिन वृद्धावस्थाको उकाली चढिरहने क्रममा आजभन्दा भोलि कमजोर हुँदै जाँदैछौँ । शरीरिक कमजोरीसँगै यस्ता रोग-व्याधिले आक्रमण गर्ने सम्भावना बढ्दोछ । आज राममणिदाइ नभएको भए मलाई यहिँसम्म पनि कसले ल्याइदिँदो हो ? हाम्रो सहरीया बसाइ शुभाशुभ कार्यको निम्तोपत्र हात परेपछि मात्र औपचारिकता निर्वाहमा सीमितिएको लाग्छ । बरु गाउँघरमा त वल्लोपल्लो घरका छिमेकीले एकदिन मात्र देखानपरे कतै केही भएछ कि ! भनी खोजतलासी गर्ने गरिन्छ । के गर्नु खै ? गाउँतिरै पो गएर वृद्धकाल बिताउने हो कि …! जस्ता कल्पनामा डुब्न पुगेँछु, अनायासै आँखामा नुनिलो पानी भरिएर छचल्किन पुग्दा कोषबाट पोखिन पुगेछ । दाइले थाहा पाउनुभयो या भएन, मैले स्लाइनरहित हात वहाँसँगबाट फुत्काइ आँखा मिचे जसरी रसाएका आँखा पुछेर पुनस् दाइको हातलाई जोडले समाउँदै के थाहा ? भोलिसम्मै यस्तै सेवामा जुट्न पर्ने पो हो कि दाइ, आज हजुर नआएको भए म यहाँ आउने शोचमा थिइन … रौद्रस्वरमा पोखिएँ । वहाँ पनि मानवीय अतिसंवेदनशीलता भएको व्यक्तित्त्व के भन्या त्यस्तो ? साथीभाइ, छिमेकी हुनुको सार्थकता नै यस्तै परिस्थितिमा हुने सामीप्यतामा छ नि ! अनि हामी भनेको त जीवनपर्यन्तमा सहृदयी ! यस्तो पनि सोचिरहने विषय हो र ! भनेर आत्मीय साखुल्यता दर्शाउनु भयो ।
प्याथोलोजीको प्रतिवेदनले प्लेटलेट कम मात्र हैन अन्य मुख्य अवयवहरू भाइटल स्टाटिस्टिक्सु पनि बिथोलिएको व्यहोरा जनायो । डा.प्रकाश आएर यस्तो अवस्थामा घर गएर सिटामोल र जीवनजल खाएर बस्नु अङ्कल भन्नु अनुपयुक्त लाग्यो, घरमा गई च्यापेर मलाई डाक्नुभयो भनेपनि मलाई हजुरसामु आउन २-३ घण्टा लाग्छ, बरु यहाँ त मेडिकल प्रोफेसनलुका बीचमा हुनुहुन्छ, केही जरुरी पर्ने बित्तिकै म आइहाल्न पनि सक्छु । त्यसैले २-४ दिन भर्ना भएरै बसौँ अङ्कल ! भन्ने सुझाव दिए, जुन इन्कार्ने हैसियत मैले गुमाइसकेको थिएँ । बेडको चाँजोपाजो र औषधिको सिफारिस गरेर उनी गए ।
अब ढुक्क हुनुपर्यो, बेलुका पनि आउनु परे म आउँछु, अहिले मेरो साधनमा बाबु गएर ल्याउनुपर्ने कपडा ल्याउँछन्, बरु के खान मन लागेकोछ बल गरेरै भएपनि खानु पर्यो राममणिदाइले भन्नुहुँदा कुर्नको चिन्ता नलिनु अङ्कल म छँदैछु, अरू व्यवस्था पनि मिलिहाल्ला भनी कान्छोबाबुले भने । सिस्टरले बेडको व्यवस्थाको खबरसँग ह्विलचियरु लिएर जान सङ्केत गरिन् । अन्ततस् म बेडमा गएर डेङ्गुको प्रेस्क्राइब्ड बिरामीमा नामाङ्कन गरेँ । त्यो लक्षण देखिएको दसौँ दिन थियो ।
भोलिपल्टदेखि अमृतनगर नागरिक समाजका अध्यक्ष अशोक ढुङ्गाना लगायत टोल छिमेकका शुभचिन्तक अग्रजानुजहरू फलफूलादि लिएर भेट्न आउनु भयो । म भने झन् शिथिल भएझैँ बोल्न मन पनि नलाग्ने, खान मन पनि नलाग्ने जस्तो अवस्थामा थिएँ । घरि-घरि बिरामीका कुरुवाहरू सरासर हिँडेको देख्दा म पनि त्यसैगरी हिँड्न सकुँला कि यत्तिकै होला ? सम्मका शोचहरू मथिङ्गलमा सल्बलाउँथे । डिस्चार्ज हुनुभन्दा अघिल्लो साँझ साढु हर्कजीले बाबुलाई घर गई आफूले खाना खाई बुबालाई जाउलो लिएर आऊ अनि म फर्कुंला भनी मेरो कुरुवा बन्नुभयो । संयोग मलाई कामज्वरो छुट्यो । दाँत र शरीरलाई अरट्ठ पारेर अब काम्दिनु सोच्छु तर शरीर हल्लिहाल्छ, ज्वरो पनि बढ्दै गयो । पानीपट्टि लगाइदिनु भयो र पनि क्रम जारी रह्यो । बाबु पनि घरबाट फर्के, हर्कजी बिदा हुनुभयो । मलाई कामज्वरोले कमाइरहँदा मेरो मन सुताइको अवस्थाउपर मनन गर्न पुगेछ । मेरो सिरानी उत्तरदिशामा रहेछ । फलाम मिसिएको मेरो रगत अस्थीर हुँदा छुटेको कामुमा धर्तीको विकर्षण बलले थप सहयोग गरेको महसुस हुँदा बाबुलाई सिरानी अर्कोतर्फ गराइदिन लगाएँ । आश्चर्य ! सिरानी बदलेपछि मेरो कामछुटाइमा कमी आइहाल्यो । बाबुलाई पनि व्याख्या सुनाउँदा व्यहोरा विज्ञानसम्मत रहेको जनाए । निभ्नेबेलाको बत्ती जस्तै आएको रहेछ क्यारे त्यो कामज्वरो, तदुपरान्त ज्वरो आएन ।
करिब हफ्तादिनको अस्पताल बसाइपछि डिस्चार्ज भई घर आएँ । सोदिन आर्धाङ्गिनीलाई पनि स्वास्थ्य परीक्षण गर्दा डेङ्गु एण्टिबडी आइजि एमु र डेङ्गु एण्टिबडी आइजि जि पोजेटिभ देखियो, जुन मलाई पनि सकारात्मकै देखिएको थियो । जेहोस्, घर आएपछि आफन्त एवम् शुभचिन्तकहरूको शुभभावनाहरूले पनि तङ्ग्रिन सहयोग पुर्याए । फर्कँदैको दिन जाउलोमा खसीको खुट्टाको रस मिसाइदिएछन् । मलाई त्यो स्वाद पो मीठो लाग्यो र भोलिबाट यस्तै झोलसँग नरम भात बनाइदिन भनेँ । अन्ततस् मासुको रससँग माडबस्न पुग्दा करिब दशक अगाडिदेखिको शाकाहरी, मांसहारीमा परिणत भएँ । शरीरमा कमजोरी व्याप्त थियो तर खाना रुचि बढोत्तरी हुँदैजाँदा एक हफ्ताको अन्तरालमा डेङ्गु सम्बन्धी निम्न फाँकीहरूसहित सामाजिक सञ्जालमा प्रकट हुन सकेँ –
कपाल दुख्यो पैल्हो दिन, सिटामोल खाइदिएँ,
जिरिङ्-जिरिङ् भयो शरीर, न्यानो नाना लाइदिएँ ।
डेङ्गू हुन सक्छ भने अनुभवी स्वजनले –
सिभिल हस्पिटलमा गई, व्याधि सबै जँचाइदिएँ ।।
एनएस्वान भन्ने डेङ्गू, पोजेटिभ देखिएको,
रिपोर्ट दिए डाक्टरले, “सिटामोल खाउँ”लेखिएको ।
जीवनजल पिइराख्नु, बलैकरै खाइरहनु –
रुच आखिर डेङ्गूद्वारा, स्वस्थ शरीर खेदिएको ।।
प्लेटलेट भन्नी घट्दा रुचन्, लाख् भन्दा तलतिर,
मेवा पात्को रसपान गर्ने, चर्चा चल्थ्यो टोलतिर ।
काँचो नरिवलको पानी, हरियो मकै उसिनेको –
प्यूँन बाध्य ढल्क्यो मन, क्यारौँ त्यस्तै झोलतिर ??
मन्शिर पीडा तनौडाहा, उखरमाउलो हुँदो रुच,
आफ्नै खाना आफैँलाई, नखाऊँ झैँ गनाउंदो रुच ।
कोरोनाुनि कडै भन्थे, हामी भने जोगिएथ्यौँ –
ऊर्जा झर्या सिख्रिल्लो रुख, झैँ वदन बनाउँदो रुच ।।
न केई पढ्न, न केई लेख्न, न केई सुन्न मन लाग्ने,
न कैँ हिँड्न, न केई खान, न केई गुन्न मन लाग्ने ।
अचम्मैको व्याधि रुच, अग्रजानुज महानुभाव –
तीन हप्ता भो अझै घरि, एक्लै रुन मन लाग्ने ११
सबै फल्फूल काटकुट पारी, एकै चोटी ग्राइण्ड गरी,
आँखा चिम्ली, स्वाद नलिई, पेटतिर ख्वात्त पारी,
जाउलोलाईुनि त्यसै गरी खायौँ हाम्ले सैंसाथी हो –
नआत्तिनु, नमात्तिनु, कुल्किएलान् जोरीपारी ११
हजुरकाँनि झुल्किएला, डेङ्गू भन्ने रोगव्याधि ११
एकजना साथीले म कोरोनाको तीनैुवेभुको पीडित हुँ । पहिलो चरणमा प्रायसस् समवयीहरू समेतको मृत्युले बढी भयभीत रहेँ, दोस्रो चरणमा एउटा खोप पनि लगाएकोले डर खासै लागेन, तेस्रो चरणमा त दुवै खोप लगाइसकेकोले सामान्य रुघाखोकीका रूपमा लिएथेँ । अहिले डेङ्गुले पनि बाँकी राखेन, यो त कोरोनाको हजुरबाउ पो रहेछ… भन्थे । मलाई कोरोनाले भने छोएको थिएन, तर डेङ्गुले भने शिथिलै पार्यो । शारीरिक अस्वस्थताको समयमा सबैभन्दा ठूलो ओखती भनेको शुभचिन्तकको आडभरोसा, आत्मविश्वास र धैर्य रहेछन् जस्तो अनुभव रह्यो । आहार, विहार र निद्रालाई सुव्यवस्थित गराउँदा हत्तपत्त रोगव्याधिले हाम्रो शरीरमा प्रवेश नपाउने सत्याता उपर सबैको ध्यानाकृष्ट हवोस्, सबैमा सुआरोग्यताको हार्दिक शुभकामना !!!
…सके सपारौँ, नसके नबिगारौँ…
@हामीसबैकोकल्याणहवोस्#
२०७९ मार्ग १५ गते
आँधीखोला-२, झारखोला, स्याँर्कोट, स्याङ्जा ।




















