×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नागरिकता प्रकरणको अद्योपान्त

  •  गोरखा समाचार
  • शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धर्मेन्द्र कर्ण

    नागरिकता विधेयकको गलपासो राजा वीरेन्द्रको घाँटीबाट फुकाउन सहयोग पु¥याउने संवैधानिक राजतन्त्रको पालाका प्रधानमन्त्री शेरबहादुर देउवा नै अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालका प्रधानमन्त्री हुन् । यो गलपासो अब राष्ट्रपति विद्यादेवी भण्डारीको घाँटीमा फस्ने भएको छ । अन्ध तथा उग्र राष्ट्रवादीहरूको लहैलहैमा संवैधानिक संसदीय राजतन्त्रका राजालाई नागरिकता विधेयक हस्ताक्षर गरी सदनलाई फर्काउनका साटो थन्काई राखिरहँदा त्यो विधेयक तत्कालीन राजा वीरेन्द्रको घाँटीमा गलपासो बनिसकेको थियो । त्यतिखेर पूर्वप्रधानमन्त्रीहरूको सल्लाह लिनेक्रममा गिरिजाप्रसाद कोइरालालाई राजा वीरेन्द्रले बोलाएका थिए । कोइराला राजासँगको भेट गर्न जानुअघि जानकारहरूसँग सल्लाह गरेका थिए । जन्मसिद्ध नागरिकतासम्बन्धी प्रावधानसहितको त्यो विधेयकलाई रोकेर मात्रै होइन सर्वोच्चको राय पनि बुझ्न पठाएका थिए । सर्वोच्चका न्यायाधीशहरूले न्यायिक मनको विवेक प्रयोग नगरी त्यो विधेयकको विपक्षमा राय दिएको थियो । संवैधानिक राजाको हैसियतमा वीरेन्द्रलाई त्यो विधेयक संसदमा पठाउनुपर्ने नै थियो ।

    तर, पठाउन अघि उनले पूर्वप्रधानमन्त्रीहरूको सल्लाह लिने बेला भेट गर्न पुगेका कोइरालाले राजासँगको भेटमा विधेयक रोकेर गल्ती गरेको भने । सर्वोच्चको राय लिएर झन् थप गल्ती गरेको कुरा कोइरालाले राजालाई भनेका थिए । कोइरालाले भने, “विधेयक संसदमा गयो र संसदबाट फेरि जस्ताको त्यस्तै हुबहु फिर्ता भए के हुनेछ रु” संकटमा राजा फसेका थिए । त्यतिखेर पनि देउवा नै प्रधानमन्त्री थिए । राजाले देउवालाई बोलाएर सदनमा विधेयक फिर्ता लिने बोल्न भने र देउवाले पनि उनको गलपासो हटाइदिने गरी बोले र सदनले त्यो विधेयक फिर्ता लिएको थियो । राजाले राजनीतिक गतिविधिमा संलग्न हुँदा यो गलपासो उनको घाँटीमा फस्न गएको हो । संसदीय व्यवस्थामा राजा वा राष्ट्रप्रमुख गल्ती गर्दैन । सबै काम सरकारले गर्ने भएकोले सबैको जबाफदेही सरकारको हुन्छ । यो सैद्धान्तिक प्रस्थापना हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राजा वीरेन्द्रको कथा दोहो¥याएर गलपासो आफ्नो घाँटीमा हालिसकेकी छिन् । फिर्ता पठाएको विधेयक फेरि दुवै सदनबाट पारित भई फेरि राष्ट्रपति विद्यादेवी भण्डारीको मेचमा पुगिसकेको छ । राष्ट्रपतिले जनता सार्वभौम हुन्छ भन्ने ठानेर प्रामाणीकरण गरी पठाउने सम्भावना जिउँदै छ । माथिको प्रसङ्ग उतिखेर देउवा क्याबिनेटमा मन्त्री रहेका जयप्रकाशप्रसाद गुप्ताले सार्वजनिक गरेका छन् । नभए माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कानुनी उपाय खोज्ने भनी दिएको अभिव्यक्तिले स्थिति भयावह हुने खतरा छ ।

    त्यतिमात्र होइन राष्ट्रपति भण्डारी विरुद्ध महाभियोग लगाउनुपर्ने आवाज उठ्न सक्ने छ । यो विषयको बचाउमा पूर्वधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेले पनि ठीक ढङ्गबाट उभिन सक्ने अवस्था छैन । ओलीले नै दिएको अध्यादेशमा सही गर्ने उही राष्ट्रपतिले उही विषयवस्तुसहितको विधेयक फिर्ता पठाउने आँट गर्नु भनेको राजनीतिक गरेको स्पष्ट ठहर छ । प्रत्यक्षलाई प्रमाणको आवश्यकता हुँदैन । हुन त नागरिकता विधेयकको राजनीति अहिले जसरी निर्लज्ज तरिकाले गरिएको छ, यसरी कहिल्यै पनि गरिएको देखिएन ।

    नागरिकको नेपाली अवधारणा नेपाली संविधानहरूबाट खोज्दा संविधानमा वंशज, जन्मसिद्ध, वैवाहिक अंगीकृतका प्रावधान सुरुदेखि नै रहेको पाइन्छ । सुरुमा वंशज र जन्मसिद्धबीचको खासै अन्तर जनतामा र प्रशासकमा बुझाइएको पाइँदैन । छोरा जन्मसिद्ध बाबु वंशज भएका नागरिकता परिवारहरू यो मुलुकमा नभएका होइनन् । विस्तारै नागरिकताको कडाइ गरिँदै लगिएको हो । त्यसैले राजनीति नागरिकताको विषयमा विशेषगरी ०३६ सालपछि भएको पाइन्छ । मतदाता नामावलीका लागि नागरिकता आवश्यक नहुँदा निर्दल र बहुदलबीच भएको जनमत संग्रहका बेला तत्कालीन प्रधानमन्त्री सूर्य बहादुर थापाले निर्दललाई जिताउन पारिका व्यक्तिहरूलाई मतदाता नामावलीमा समावेश गर्न लगाए । निर्दल जित्यो बहुदल हा¥यो । तर, मतदाता नामावलीमा समावेश भएकाहरू निक्र्यौल गर्न गाह्रो भयो । जन्मसिद्ध नागरिकता दिन जिल्ला प्रशासन कार्यालयबाट कठिन बनाइयो । पछि त्यसलाई ०३८सालतिर अध्यादेशबाट खारेज गरियो । जन्मसिद्ध अध्यादेशबाट नागरिकता खारेज भएपछि । नेताहरूको भनसुन र सिफारिसमा र पैसा तिरेर नागरिकता लिनेहरूले लिए । विस्तारै नागरिकताको आवश्यकता सामाजिक जीवनका सबै क्षेत्रमा जसरी अपरिहार्य बनाइयो त्यसरी नै यो समस्या बल्झिँदै गयो । ०४६ सालको आन्दोलनबाट संसदीय प्रजातन्त्रवादी सरकारले समाधानको प्रयास गर्दा वीरेन्द्रको गलपासो प्रकरणपछि कतिपय प्रयास नभएको होइन तर सफलता मिलेन् ।

    नेकपा माओवादीको जनयुद्धको बृहत शान्ति सम्झौताबाट बैठान हुने बेला राजधानीका भित्तामा “गर्वले भनौँ मधेशी हौँ विदेशी होइन धर्ती पुत्र हौँ’ तराई मधेशमा बोलिने विभिन्न भाषाहरूमा यो नारा लेखिएपछि र अन्तरिम संविधानमा जन्मसिद्ध नागरिकताको प्रावधान राखेर एक हदसम्म खोजिएको समाधानले माओवादीलाई देशभर लोकप्रिय बनाउन थप सहयोग गरेको थियो । तर, त्यतिखेर अन्ध तथा उग्र राष्ट्रवादीहरूको स्वर मधुरो थियो । भनसुनका आधारमा नागरिकता दिलाउन खोज्ने अन्ध तथा उग्र राष्ट्रवादीहरूको कमाइ खाने भाँडो समाप्त भयो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन बनाइएको अन्तरिम संविधानमा एकहदसम्म समाधान गर्न खोजिएको प्रयासबाट उनीहरूको भाँडो समाप्त हुने भएपछि उनीहरू माओवादीको विरोध गर्ने नै भए । बहुदललाई हराउन ०३६सालको गल्ती सुधार गर्न हर्क गुरूङको प्रयोग गरी नागरिकताको राजनीति सुरु भएको थियो ।

    गुरुङ प्रतिवेदनले मधेशमा ल्याएको तरङ्ग

    पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय जनसंख्या आयोगले २०३९ पुसमा हर्क गुरुङको संयोजकत्वमा बसाइँसराइसम्बन्धी अध्ययन गर्न एक कार्य दल गठन गरेको थियो । त्यसले साउन २०४० मा प्रतिवेदनले नेपाली राजनीतिलाई तरङ्गित बनायो र नागरिकतालाई नेपाली राजनीतिको एक मुद्दा स्थापित गर्न लगायो । गुरुङको सो प्रतिवेदनले तराई–मधेश क्षेत्रमा ठूलो संख्यामा भारतीय आप्रवासीको बसोवास रहेको र उनीहरूले नेपाली नागरिकतासमेत प्राप्त गरेको दाबी गरेको थियो । नेपालजस्तो सानो र सीमित साधन भएको मुलुकले विदेशी नागरिकको आप्रवासनमा नियन्त्रण गर्न सिफारिस प्रतिवेदनले गरेको थियो ।

    सरसर्ती हेरिरहँदा यो प्रतिवेदनले बोलेको ठिकै थियो तर यस अन्तर्गत गरिएको राजनीति भनेको भारतीयहरूसँग अनुहार र लवज मिल्ने सबैलाई भारतीय भनिसकेकोमा तराई क्षेत्रमा तीखो प्रतिक्रिया उत्पन्न भयो । २०३८ सालको निर्वाचनमा सप्तरीबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित सांसद गजेन्द्रनारायण सिंहको नेतृत्वमा राजधानीमा मधेशीहरू सक्रिय भए । पञ्चायतकालमा राजधानीमा रहेर गतिविधि गर्न नेपाल सद्भावना परिषद् गठन गरियो । २०४६मा संसदीय प्रजातन्त्रको पुनर्बहालीपछि नेपाल सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टी बनाइयो ।नेपाल सद्भावना पार्टीले २०४८ सालपछिका सबै निर्वाचनमा प्रतिस्पर्धा गर्याे ।

    नागरिकता माग गर्नेलाई भारतीयलाई नागरिकता दिने माग भनी गैरराष्ट्रिय भनियो । नेपाल बाहिरका पहाडे अनुहार भएका बर्मेली, सिक्कमेली, कुमाउँ गढवालीलाई नागरिकता लिन असहज नहुनु तर गैर पहाडे अनुहारलाई नगरिकता लिने व्यावहारिक समस्यालाई सदभाना पार्टीले विभेद भएको भनी राजनीति गर्याे । नेपाल सद्भावना पार्टीले मधेशमा नागरिकता वितरण गर्न २०३६ सालको जनमतसंग्रहको मतदाता नामावलीलाई आधार बनाउनुपर्ने माग गरेपछि राजनीति झन् चर्कियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, असोज ०१, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.