×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सार्थक लोकतान्त्रिक अभ्यास

  •  गोरखा समाचार
  • शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धर्मेन्द्र झा

    स्थानीय शासकीय संरचनाको संस्थागत विकास नभएसम्म न संविधानको पूर्ण कार्यान्वयन सम्भव छ न त लोकतन्त्र र सङ्घीयता नै गतिशील हुन सक्छ । अहिले स्थानीय तहको निर्वाचनको सन्दर्भ चर्चामा छ । सरकारले २०७९ को वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचनको तिथि घोषणा गरेको छ । यसअन्तर्गत निर्वाचनका कार्यक्रम सञ्चालित छन् । आसन्न निर्वाचन नयाँ संविधान २०७२ जारी भएपछिको दोस्रो हो । पहिलो पटकको निर्वाचनका माध्यमबाट स्थानीय सरकारको अवधारणाबारे जनताले बोध गर्न पाएका थिए भने दोस्रो पटकको निर्वाचनका माध्यममबाट पहिलो पटकका असल अभ्यासलाई संस्थागत गरिनेछ । यस सन्दर्भमा पहिलो पटक निर्वाचित स्थानीय सरकारबाट स्थानीय स्तरमा भौतिक विकास र पूर्वाधार निर्माणको आवश्यकता पहिचान र तदनुकूलका कार्यक्रम सञ्चालनको प्रयत्न गरिएको थियो । लोकतन्त्र र सङ्घीयताको सार्थक अभ्यासको प्रयास गरिएको थियो ।

    स्थानीय जनताले आफू रहेकै ठाउँमा सम्बद्ध सेवा प्राप्त गर्न सक्ने प्रणाली विकासको प्रारम्भ भएको थियो । यो अलग कुरा हो, यसमा सबै स्थानीय तहलाई शतप्रतिशत अङ्क प्रदान गर्न नसकिएला तर सबै स्थानीय तह थोकका दरमा अनुत्तीर्ण वा असफल नै भए भनेर पनि भन्न मिल्दैन । थुप्रै स्थानीय तहमा निकै महìवपूर्ण उपलब्धि प्राप्त भएका छन् । कतिपय ठाउँमा सकारात्मक परिणाम देखिइसकेका छन् भने कतिपय ठाउँमा परिणाम प्राप्त हुन बाँकी छ । यसै क्रममा आसन्न दोस्रो निर्वाचनको महìव निकै बढी छ । यस पटकको निर्वाचनले विगतका कार्यलाई थप संस्थागत गर्नेछ । यस्तै यो निर्वाचनपछि पूर्वाधार तयार भएका आयोजनाले निरन्तरता प्राप्त गर्नेछन् भने विगतका गल्तीबाट सिकेर लोकतन्त्र र सङ्घीयताको सम्बद्र्धनका क्षेत्रमा संस्थागत पहल हुने अपेक्षा गरिनु गलत हुँदैन ।

    एउटा कुरा स्वीकार्नैपर्छ, स्थानीय तह सबल र लोकतान्त्रिक नभएसम्म समग्रमा कुनै पनि मुलुक सबल र लोकतान्त्रिक हुन सक्दैन । वास्तवमा जनताले स्थानीय स्तरमा सरकार, विकास र लोकतन्त्रको अनुभूत गर्न सक्ने पहिलो निकाय नै यही हो । शासनलाई तल्लोस्तरसम्म विकेन्द्रित र संस्थागत गर्ने दिशामा स्थानीय तहको निर्णायक भूमिका रहन्छ । देशका लागि योग्य नेतृत्व तयार गर्ने उपयुक्त स्थान पनि यही हो । यसैले लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकमा स्थानीय स्तरलाई सशक्त बनाएर वैज्ञानिक रूपमा सञ्चालन गर्ने प्रयास भएको पाइन्छ । यस सन्दर्भमा सङ्घीयता लागू भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचन निश्चय नै महìवपूर्ण छ । यति महìवपूर्ण हुने आकलन गरिएको यो निर्वाचनका सन्दर्भमा केही नकारात्मक टिप्पणीले स्थान पाएका छन् । खासगरी उम्मेदवार चयन प्रक्रिया, महँगो सञ्चालन प्रक्रिया, भ्रष्टाचार र अनियमितता नातावाद–कृपावाद आदिका विषयमा नकारात्मक टिप्पणी हुने गरेका छन् । यस्तै निर्वाचनका सन्दर्भमा निर्माण भएको दलीय गठबन्धनका बारेमा पनि प्रश्न उठेको छ ।

    गठबन्धनका कारण योग्य र उपयुक्त उम्मेदवारले स्थान पाउन नसकेको टिप्पणी गरिँदैछ भने समावेशी अवधारणाको दृष्टिले पनि विगतको तुलनामा निराशाजनक अवस्थाको अनुभव गरिएको छ । विगतमा स्थानीय तहको प्रमुखमा महिलाको सङ्ख्या न्यून भए पनि उपप्रमुखमा भने ९० प्रतिशतभन्दा बढी महिला पदासीन थिए । यस पटक यो सङ्ख्यामा निकै गिरावट आउन पक्का छ । अर्को महìवपूर्ण कुरो, यस पटकको निर्वाचनमा जातीयताको प्रभाव बढी पर्ने सम्भावना छ । कतिपय स्थानीय स्तरमा त के पनि भन्न थालिएको छ भने, निर्वाचनमा जुन–जुन दल र व्यक्ति उम्मेदवार भए पनि जित्ने भनेको जातले नै हो । यसो भयो भने यसले भविष्यमा नेपालको लोकतन्त्र र सङ्घीयतालाई कमजोर बनाउनेछ । आशा गरौँ, यसो नहोला ।

    लोकतन्त्रमा स्थानीय स्तरमा स्थानीय सरकारको रूपमा स्थानीय तहले काम गर्छ । यसलाई जनताको सबैभन्दा नजिकको शासन संयन्त्र मानिन्छ । यो निकाय लोकतन्त्रको जग पनि हो । यस यथार्थका बारेमा बढी भनिरहनु जरुरी छैन, विश्व परिवेशले प्रमाणित गरिसकेको सत्य हो यो । स्थानीय तहलाई शक्ति र अधिकारसम्पन्न बनाइनुपर्छ भन्ने अवधारणालाई लोकतान्त्रिक शासन व्यवस्था भएका देशमा स्वीकार गरिएको पाइन्छ । स्थानीय तह राज्यका शक्तिको विकेन्द्रीकरण गर्ने एक सशक्त माध्यम पनि हो । जुन शासन प्रणालीले शक्ति विकेन्द्रीकरणको अवधारणालाई आत्मसात् गरेर जनस्तरमा अधिकारको निक्षेपणको मूल्य बुझेको हुन्छ व्यवहारमा त्यही शासनलाई जनताप्रति उत्तरदायी लोकतान्त्रिक शासन व्यवस्थाका रूपमा बुझ्न सकिन्छ । शक्तिलाई केन्द्रीकृत गर्ने र नागरिकका सम्पूर्ण प्रकारका अधिकार आफूसँगै राख्ने शासन शैली लोकतान्त्रिक होइन ।

    जनताले स्थानीय स्तरमा सरकार, विकास र लोकतन्त्रको अनुभूत गर्न सक्ने पहिलो निकायका रूपमा संविधानले स्थानीय तहको परिकल्पना गरेको छ । शासनलाई तल्लोस्तरसम्म विकेन्द्रित र संस्थागत गर्ने दिशामा स्थानीय निकायको निर्णायक भूमिका रहन्छ । देशका लागि नेतृत्व गर्ने व्यक्तिको क्षमता प्रदर्शित हुने पहिलो स्थान नै स्थानीय निकाय हो । नेपालमा हालका दिनमा कुनै पनि दलमा नेतृत्व क्षमताका दृष्टिले नयाँ व्यक्तिको उपस्थिति बोध गर्न सकिएन । यसकोे मूल कारण हो, विगतमा लामो समयसम्म स्थानीय तह ९निकाय० को निर्वाचन नै हुन सकेन । पक्कै पनि पहिलो पटकको स्थानीय तहको निर्वाचनले यस दिशामा केही आशा जगाएको छ । नेपालमा जनताका सम्पूर्ण आकाङ्क्षा पहिलो पटक गठन भएका स्थानीय तहले पूरा गर्न सक्यो भनेर भन्न सकिने अवस्था छैन । यो सत्य हो तर यही आधारमा स्थानीय सरकारको अवधारणा र प्रणाली नै गलत छ भनेर भन्न मिल्दैन ।

    लोकतन्त्र कुनै सीमा वा बन्धनमा बाँधिएको शासन व्यवस्था होइन तर यसले खुकुलो नैतिकताको बन्धन यसरी सिर्जना गरेको हुन्छ कि यो नै मानवीय उच्च सभ्यताको द्योतक बन्न पुगेको छ भनेर स्वीकार्दा फरक पर्दैन । वास्तवमा लोकतन्त्र जनताको प्रतिनिधिमूलक शासन व्यवस्थाको यस्तो नाम हो जसको विकल्पमा अर्कोे त्यत्ति नै जनमुखी, न्यायमुखी, सहभागितामूलक, जनप्रतिनिधिमूलक र सामाजिक न्याय सहज वितरण गर्ने राज्यसंस्था अहिलेसम्म राजनीतिक वृत्तमा आविष्कार हुन सकेको छैन । लोकतन्त्रले प्रभावकारी सहभागिताका लागि मतदानमा समानता, समझदारीको विकास, सरकारका सम्पूर्ण कार्यसूचीमाथि जनताको अन्तिम नियन्त्रण र सम्पूर्ण वयस्कको संलग्नतालाई प्रत्याभूत गरेको हुन्छ । लोकतन्त्र सबैलाई प्यारो लाग्ने कारण हुन्– दमनकारी शासनकोे अन्त्य, आधारभूत अधिकारको बहाली, वैयक्तिक स्वतन्त्रता, आत्मनिर्णयको अवसर, नैतिक स्वायत्तता, मानवीय विकास, अत्यावश्यक निजी स्वतन्त्रताको संरक्षण, राजनीतिक समानता, शान्ति र समृद्धिको अवसर । लोकतन्त्रले सामाजिक न्यायको प्रत्याभूति दिइरहेको हुन्छ । किनभने, यसको आधारभूमि भनेकै समाजको हितका लागि न्यायपूर्ण समानता हो ।

    संसारका कुख्यात तानाशाहहरूले समेत आफ्नो राज्य प्रणालीको प्रक्रियालाई कहीँ न कहीँ लोकतान्त्रिक व्यवस्था भन्न रुचाउँछन् । निरङ्कुश एकतन्त्रीय शाासन पनि एक प्रकारको लोकतन्त्र नै हो भन्ने देखाउने बाध्यता उनीहरूलाई परेको देखिन्छ । लोकतन्त्र हुन निर्र्वाचित जनप्रतिनिधिको नियन्त्रणमा व्यवस्थापिका, त्यस्तो व्यवस्थापिकाप्रति उत्तरदायी कार्यपालिका र स्वतन्त्र न्यायपालिका हुनैपर्छ । नेपालमा स्थानीय स्तरबाटै यी सबै कुराको प्रत्याभूतिको प्रयास गरिएको छ । यसैगरी स्थानीय स्तरमा लोकतन्त्र संस्थागत गर्ने उद्देश्यले स्थानीय तहमै मानवअधिकार, प्रेस स्वतन्त्रता, सामाजिक न्याय र लैङ्गिक समानताद्वारा सम्पूर्ण विभेदकारी कानुन र प्रचलन अन्त्यको अवधारणा पनि नेपालको संविधानले आत्मसात् गरेको छ । वास्तवमा लोकतन्त्र उपर्युक्त तìवहरूको प्रतिस्पर्धात्मक र समन्वयकारी साझा संस्कृतिको नाम हो । यी सबैका लागि अत्यावश्यक छ आवधिक निर्वाचन प्रक्रिया । नेपालका सन्दर्भमा विश्लेषण गर्ने हो भने स्थानीय तहको आसन्न निर्वाचनले माथि उल्लेख गरिएका विषयमा सन्तोष गर्न सकिने अवस्था सुनिश्चित गरेको छ । यो सन्तोषको विषय हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.