माेहनलाल श्रेष्ठ
गरु र मन पराउ
धेरै मल जल गरे
धेरै गोडमेल गरे
मलजल र गोडमेल किन गरे
अवश्य फुल होला भनि
लामो प्रतिक्षा पछि
आफ्नै बगैचामा फुल फुल्न थाल्यो
रंगीचंगी फुलहरु
धेरैसम्म हावा हुरीमा मडारीय
असिना पानीको किन नहोस
तै पनि फुलेर सुगन्ध फैलाउनु
उसको कर्तब्य थियो
त्यसैले मानिस भनेको बिरुवा हो
एक दिन फुल्ने छ चाँदी जस्तै फुल्ने छ
जसको परिपक्क बिचार र अनुभव
गाउँघरमा बाड्न थाल्दछ
चाहेर पनि फुल्न सक्दैन
ति होचा भिर पाखाहरु
थुम्का थुम्की डाँडा र टाकुराहरु
फुल्नको लागि त हिमाल नै बन्नु पर्दछ
आकास जस्तै फैलिनु पर्दछ
अग्लीनु पर्छ सगरमाथा भएर
अनि फुल्दछ हिउँका फुलहरु
न गम्किनु ए युवा युवतीहरु
कालो कपाल छु भनेर
धेरै अभिमान नगर बुझी राख
कहिल्यै नुखइलीने रंग सेतो हुन्छ
एैले तिमीहरु कोपिला नै छौ
यी रौंहरुलाई चाँदी बनाउन
तिमीहरुले धेरै पसिना बगाउनु पर्छ
धेरै डाँडाकाडाँ छिचोल्नु पर्छ
अनिमात्र तिमीहरु बिस्तारै फक्रने छौ
हर हर बास्ना सहित सेता इन्द्र कमल भएर फुल्ने छौ
मान्छे फुलेपछी यति राम्रो देखिन्छ
यति मन मोहक
यति लोभ लाग्दो देखिन्छ की
दैवले पनि मन थाम्न सक्दैन
कुनै न कुनै दिन कसैले नदेख्ने गरी
टपक्क चुढेर सुटुक्क लिएर जान्छ
त्यो हो सतो फुल, त्यो हो सेतो फुल
श्रेष्ठ जेष्ठ नागरिक संघका केन्द्रिय सदस्य र जिल्ला शाखाका अध्यक्ष हुन



