×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आजको सन्दर्भमा महिला र हिंसा

  •  गोरखा समाचार
  • मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शोभा अधिकारी

    कुनै पनि परिवारका सदस्यले त्यही परिवारका कुनै पनि सदस्यलाई मानसिक, शारिरीक र भावनात्मक रुपमा गरिेने हिंसा र पिडालाई घरेलु हिंसा भनिन्छ । घरेलु हिंसा विशेष गरी महिला तथा बालबालिका र कमजोर ब्यक्तिमाथि हुने गर्दछ । कुटपिट, भेदभाव, अवाञ्छित लाल्छना, मानसिक तथा शारिरीक यातना, दुब्र्यबहार, अवहेलना आदी घरेलु हिंसामा पर्दछन् । यस बाहेक खान लाउन नदिनु, घरबाट निकाल्नु, दाइजोको निउँमा गरिेन दुब्र्यबहार, झुटा आरोप लगाउनु, घरभित्र थुनेर राख्नु, गाली गलौज गर्नु, डर, त्रास, धम्की तथा विभिन्न यौनजन्य अनुचित ब्यवहार गर्नु गराउनु पनि घरेलु हिंसा हो । हिंसाको बिषयमा चर्चा गर्दा घरेलु हिंसा बाहेक जस्तै–राजनैतिक हिंसा, सामाजिक हिंसा कार्यक्षमा हुने हिंसा र धर्म संस्कृतीको नाउँमा हुने हिंसाको बारेमा पनि राष्ट्रिय बहस चल्न थालेको छ ।

    मानवताको मुल्य र मान्यतालाई कुल्चेर भौतिक सुविधा संग तुलना गर्दै हिंसा गर्नु जघन्य अपराध हो । मानव अधिकारको उल्लंघन हो । आधा आकाश ढाकेका महिला भने पनि अधिकारबाट वञ्चित हुनुपरेको कारण हिंसा बढेर गएको छ । नेपाल सरकारले सन २०१० लाई लैङ्गिक हिंसा बिरुदको बर्षको रुपमा घोषणा गरेर हिंसा का घटना न्यूनिकरण गर्न खोज्यो । तर सफलता मिलेन । धेरै महिलाहरु विभिन्न हिंसाका नाउँमा नारकिय जीबन बिताउन बाध्य छन् । कतिपयले त तिरस्कार, बहिस्कार, घरबार बिहिन र परिवार बिहिन हुने डुले गुपचुप हिंसा सहिरहेका छन् । समाजम मुख खोल्न डराएका छन् । जति हिंसाका घटनाहरु बाहिर निस्केका छन् ति दर्दनक छन् । हिंसाको नाउँमा अकल्पनीय घटनाहरु समाजमा घटिरहेका छन् । ति घटनाहरुलाई टुलुटुलु हेर्न हामी बाध्य छौ । कारण दण्डहिनताको अन्त्य नभएकोले ।

    हाम्रो समाज आज संक्रमणको पद्वतीसंगै अगाडी बढेको छ । हामी न्याय र कानूनको फितलो अभ्यासमा छौ । कानून छ, कार्यान्वयन छैन । न्याय दिने निकाय छ, न्याय पाउने ब्यक्ति छैन । विवेकहिन ब्यक्तिको जमातमा हामी फसिसकेका छौ । यहाँ अपराध हुन्छ, अपराधी भेटिदैन । हिंसा गरिन्छ, हिंसा गर्ने हिंस्रक हुदैन । जस्तो सुकै अपराध गरे पनि कानूनी दायरामा ल्याउन सकिएको छैन । जटिल घटनामा पनि राजनैतिक संरक्षणको नाउँमा अपराधीलाई मुक्ति दिलाइन्छ । अपराध र हिंसालाई राजनितिकरण गरिन्छ जसले गर्दा हिंसाका घटनाहरु बढिरहेका छन् । लोकतन्त्र, गणगन्त्र, आर्थिक र सामाजिक रुपान्तरण, समावेशीकरण, शान्ति र दिगो विकास, न्यायिक र समुन्नत समाज सन्दर्भमा ब्यापक बहश चल्छ । यस्तो बहशले समाजमा लैङिक हिंसा न्यूनिकरण हुनुपर्ने हो । तर ब्यवहारमा त्यस्तो देखिदैन । हिंसाको कारणबाट बनेकाहरु पिल्सिएका छन् । पिडकहरु उक्सिरहेका छन् । त्यती मात्र नभई पद, प्रतिष्ठा र आर्थिक लाभ प्राप्त गरेका ब्यक्तिहरु नै महिला हिंसामा संलग्न भएको पाईन्छ ।

    नेपाली समाजमा आज पनि दाइजो प्रथाको विकराल समस्या छ । दाइजोको नाममा धेरै महिला ज्यूदै जलेर मर्नु परेको छ । झुण्डाएर कतिपयलाई हत्या गरिएको छ । केही अंङ्गभङ्ग भएका छन् । कसैलाई तेजाव खन्याइएको कारण कुरुप अनुहार र शरिरलिएर बाँच्नु परेको छ । यसैगरी हिंसा पिडित कति महिलाले त मानसिक सन्तुलन गुमाउन पुगेका छन् । निर्दोष महिला चरित्र हत्याको अभियोगमा हिंसाको मार खेपिरहेका छन् । भने कुनै मिहला भोकभोकै र आधि पेट खाएर बाच्न बाध्य छन् । दिनप्रतिदिनको घरेलु हिंसाबाट महिलाहरु शोषित र पिडित बनेका छन् । अशिक्षित परिवारका गाउँमा ति महिला मात्र होइन शहरका शिक्षित महिला पनि हिंसाबाट अछुतो छैनन् । प्राय गरेर गृहणी महिला पिडित देखिन्छन् । यथार्थमा नियाल्दा रोजगारको अवशर पाएका महिला, समाजसेवी महिला, राजनितिज्ञ महिला सबै आ–आफ्नो कार्यक्षेत्रमा धेरै थोरै दमित र पिडित छन् । पितृ सतात्मक सत्ता र शक्ति हावी भएको कारण यस्तो समस्या आएको हो ।

    यस्ता हिंस्रक आततायीको हिंसाले विकराल विक्षिप्त अवस्थामा महिलालाई पु¥याउछ । धेरै घर परिवारका बुहारी एकतर्फी सम्झौता र समझदारीको नाममा तड्पी बाँचीरहेका छन् । घटनाहरु थुप्रै घर परिवारमा घटिरहेका छन् । नेपाली समाजमा घट्ने यस्ता घटनाहरुले महिला अधिकारबादीहरुलाई चुनौती दिइरहेको छ ।

    पुरुष महिलालाई हरतरहले दमन गर्न चाहान्छ । यती मात्र होइन महिलालाई समाजको मुल प्रवाहबाट अलग्याएर चलाखी पूर्ण तरिकाले घरको र पुरुषको विलाशीताको काममा सिमित गरिएको छ । सामाजिक हैसियत र प्रभाव बढ्ने कार्यमा अग्रसर हुन खोज्ने महिलाहरुको बिरुद्व विभिन्न बाधा पु¥याइन्छ । हतोत्साहित पारिन्छ । जीवनको मुल दर्शनलाई बुझेर अगाडी बढ्ने सामथ्र्य भएका महिलालाई पुरुषले बिद्रोही नारीको संज्ञा दिन्छ र तिरस्कार गर्दछ । तसर्थ सम्पूर्ण महिलाहरु संगठित भई आफ्नो अधिकारको लागि आवाज उठाउनु पर्दछ । हिम्मत नहारी बिकृतीको बिरुद्व लड्नु पर्दछ । साथै महिला हिंसाका यस्तो थुप्रै कहाली लाग्दा मुद्वाहरुको सन्दर्भमा कमल चलाउनु पर्दछ । हिंसाको कहाली लाग्दो अवस्थालाई चिर्नकोलागि महिला अधिकार र हकहितका बिषयलाई ब्यापक बहशले मात्र पुग्दैन, कानूनी संरक्षणको पनि उत्तिकै आवश्यता छ ।

    महिला हिंसा बिरुद्वकोलागि देश ब्यापी अभियान चलाउनु पर्दछ । यसकोलागि सरकारी, गैरसरकारी, स्थानिय निकाय, पत्रकार र बुद्विजिवीहरुलाई सहभागी गराई समाजमा चेतना फैलाउनु पर्दछ । महिला हिंसा बिरुद्व परिवारका सबै सदस्यहरु सजग हुनु पर्दछ । महिलालाई शिक्षा, स्वास्थ्य र आर्थिक रुपमा पहुँच बढाउने कार्यक्रमहरु लागु गर्न आवश्यक छ । महिलालाई राज्यको मुल प्रवाहमा समेट्नै पर्दछ । यसको बिकल्प छैन । यसै गरी दाइजो लिनेदिने र माग्नेलाई कानूनको परिधी भित्र ल्याउनु पर्दछ । दण्डहिनताको अन्त्य गरिनु पर्दछ । जसले गर्दा महिला माथी हुने हिंसालाई रोक्न सकिन्छ ।

    लेखिका नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य समेत हुन

    शोभा अधिकारी  [email protected]

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.