×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

स्थानीय निर्वाचनको अन्यौलता

  •  गोरखा समाचार
  • आइतबार, माघ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हरि वाग्ले, तनहुँ

    नेपालको संविधान बमोजिम २०७४ सालमा दुई र तीन चरणमा भएका तीनै तहका सरकार अहिले कृर्याशिल छन् । लामो समयको अन्तरालमा संविधानसभाबाट संविधान जारी भएपछि पहिलो पटक स्थानीय तह र त्यसपछि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन भएको थियो । स्थानीय तहको निर्वाचनको पहिलो चरण २०७४ वैशाख, दोश्रो चरण असार १४ गते र तेस्रो चरण असोज २ गते गरी तीन चरणमा सम्पन्न भएको थियो । त्यस्तै प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन पनि दुई चरणमा सम्पन्न भएको थियो । जसमा पहिलो चरण २०७४ मंसिर १० गते र दोश्रो चरण मंसिर २१ गतेका दिन सम्पन्न भएको थियो । स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचनमा जनताको अपार सहभागिता हुने हुदाँ यि निर्वाचनका विषयमा जनताको त्यत्तिकै चासो हुने कुरालाई स्वभाविक मानिन्छ । संवैधानिक व्यवस्था अनुसार ०७९ साल निर्वाचन वर्ष हुने कुरा निश्चित छ । लोकतन्त्रमा निर्वाचनबाट पछि हटने सुविधा कानुनले सरकारलाई दिएको हुदैन किनभने आवधिक निर्वाचननै लोकतन्त्रको प्राण मानिन्छ । निर्वाचन आयोगले २०७८ साल पुस ०९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी स्थानीय तहको निर्वाचन २०७९ वैशाख १४ र २२ गते दुई चरणमा गर्नुपर्ने भनी सरकारको ध्यानाकर्षण गराएको छ । विधिको शासनमा संविधानलाई सर्बोपरी मान्ने गरिन्छ । संविधानसंग नबाझिएको सर्तमा ऐन कानुनको सर्बोपरितालाई स्वीकार्दै आएको पाइन्छ ।

    स्थानीय निर्वाचन

    सर्बप्रथम यहि २०७९ जेठ ०५ गतेबाट स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिदै छ । माथिनै उल्लेख गरिएझै संविधानकोे धारा २२५ मा पदावधि सकिएको ६ महिना भित्र निर्वाचन गर्नु पर्ने व्यवस्था रहेको छ । त्यस्तै स्थानीय तह निर्वाचन ऐन २०७३ मा प्रतिनिधिहरुको पदावधि सकिने दुई महिना अघिनै निर्वाचन सम्पन्न गर्नु पर्ने व्यवस्था उल्लेख भएका कारण कानुनी अन्योलताको स्थिति देखिएको छ । नेपालको संविधान २०७२ र स्थानीय तह निर्वाचन ऐन २०७३ मा फरक फरक व्यवस्था रहेका कारण असहज भएको छ । दलीय स्वार्थका कारण ऐन सशोधन गरेर पनि स्वार्थ शिद्धि गर्ने दलहरुको परम्परा रहेकै कारण समयमा निर्वाचन हुने नहुनेबीच अन्योलता छदैछ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा जननिर्वाचित पदाधिकारी बाहेक अन्य कुनै तवरले स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनको वैकिल्पक व्यवस्था भएको देखिदैन । सरकारमा रहेका नेपाली काँग्रेस बाहेकका अन्य दलहरूले तीन तहका निर्वाचनहरू एकपटक गर्दा खर्च कम हुने र सजिलो पनि हुने तर्क अगाडि सार्दै स्थानीय निर्वाचनलाई केही समय पछि गर्नु उपयुक्त हुने विचार सार्वजनिक गरेका थिए । तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्छ भनी गरिएको तर्क स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने राजनीतिक षडयन्त्र हो की भन्ने आशंका उब्जाएको छ । केही दिन पहिले एकजना पूर्व प्रमुख निर्वाचन आयुक्तले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिले उब्जाएको यस्तो बिचारले द्धिविधा जन्माउछ । स्थानीय तहमा आफ्नो अनुकूल नतिजा नआउने मात्र होइन, त्यसको परिणामले प्रदेश र संघको चुनावमा कांग्रेससँग गर्न चाहेको तालमेल समेत प्रभावित हुने डरले गठवन्धनका दुवै दलले चुनाव टार्न खोजेका छन् ।

    स्थानीय निर्वाचन समयमा सम्पन्न गरेर राजनीतिक दलहरु संविधानको भावना र अक्षर भन्दा विपरित चल्दैनन भन्ने संन्देश दिनु पर्दछ । यस अघिका केहि सरकारहरु संविधानका प्रावधानलाई मिचेर बहादुरी देखाउने गलत धारणा बोकेर हिठथे भन्दा केहि गलत हुदैन । किनभने बिगतमा दलीय स्वार्थ अनुसार राज्य संयन्त्रलाई चलाउने गलत परम्परा नभएको होइन । मुलुकमा विद्यमान राजनीतिक दलहरुनै राज्य संन्चालनका प्रमुख एंव महत्वपुर्ण र अपरिहार्य स्रोत हुन् । त्यसैले कुशल शासन अर्थात सुशासनका लागि दलीय इमान्दारिता र जवाफदेहिताको भरपुर विकास आवश्यक छ । तिनै दलहरु जो संविधानको पालना गर्दैनन् सत्ता र पावरका अगाडि संविधानका अक्षर र भावनालाई निरिह देख्नु गम्भिर त्रुटि हो । स्थानीय जनता आफ्ना प्रतिनिधिहरु मार्फत आफ्ना विकासका सपना पुरा गर्न चाहन्छन् । दैनिक जसो पर्ने प्रशासनिक र राज्यका तर्फबाट पाउने सेवा सुविधामा जनप्रतिनिधिहरुको सेवा अपेक्षा गरिरहेका हुन्छन् । यस्तो नागरिक अपेक्षा प्रति चुनाव जिते पछि तिनै नागरिकका अपेक्षित चाहना र आवश्यकता भन्दा निजि स्वार्थ पुरा गर्ने अभिष्ट पाल्नु प्रतिउत्पादक हुन्छ । स्थानीय तहको चुनावलाई जसरी भएपनि पर धकेलेर सत्ता गठबन्धनका दलहरूबीच वैशाखमै संसदीय निर्वाचन गर्ने अनुचित बहस चलेको छ । यथासमय स्थानीय चुनाव गराउने र संसद्लाई पूर्णकाल चल्न दिने व्यवधानरहित सोझो बाटो हिँड्न छाडेर जिम्मेवार दलहरू आफैंले जानाजान जटिलता निम्त्याउन खोज्नु ठिक होइन । यसबाट एकातिर जेठ पहिलो सातापछि स्थानीय तहहरू सरकार विहीन हुनेछन् भने, अर्कातिर संवैधानिक मर्म र सर्वोच्च अदालतको फैसलाको समेत अवज्ञा हुनेछ ।

    केहि दल र नेतागणको कुत्सित स्वार्थले मुलुकलाई संवैधानिक संकटतर्फ मात्र डोरयाउने छैन, संविधान निर्माणकर्ता दलहरू स्वयं नै फेरि सजिलै निस्कनै नसक्ने गरी फस्ने संम्भावना नजिक छ । यसकारण दलहरूले मुलुकलाई अर्को भस्मासुर पथमा हिँडाउने योजना त्यागेर सबै तहका चुनाव संविधान–कानुन बमोजिम यथासमय गराउने प्रण गर्नुपर्छ । पहिलो त, संविधानको समग्र परिकल्पनाले स्थानीय तह रिक्त हुने गरी चुनाव पछि धकेल्न नै दिँदैन, त्यसैले कुनै धाराको एक वाक्यांशमा मात्र टेकेर पूरै संविधानको खिलाफमा उभिन मिल्दैन । स्थानीय तहका जनताले दलहरूको भाग्य–फैसला कस्तो सुनाउँछन्, त्यो बेग्लै विषय हो, तर त्यसकै पूर्वआकलन गरेर चुनावै पछाडि धकेल्ने रणनीतिक भूल सरकारले गर्नु हुँदैन । जिम्मेवार सरकार त परिणाम जे आए पनि निर्वाचन गराउन तयार हुनुपर्छ । नेपाली काँग्रैसका कयौ नेताहरु आफु हार्ने निश्चित हुदाँ हुदै पनि चुनाव गराएर सहजताका साथ सत्ता सुम्पेका छन् । २०७४ सालको निर्वाचनमा स्यम् शेरबहादुर देउवा २०४७ सालका कृष्णप्रसाद भटराई पछिका यस्ता नेता बनेका छन् । यद्धपी ०४७ सालमा भटराई आफै पराजित हुनु भएको थियो भने ०७४ मा शेरबहादुरले पार्टिका कयौ साथिहरु हार्दा पनि आफुले भने जित्नु भएको थियो । यसैले निर्वाचन परिणामको पर्वाह नगरी समयमै निर्वाचन गराउन काँग्रेसको सरकार तयार हुनु पर्दछ । कदाचित् संविधानको हवाला दिँदै चुनाव पछि धकेलिएर स्थानीय तहहरू रिक्त हुन पुगे भने त्यो अर्को ठूलो संवैधानिक नैतिकताबाट च्युत कदम हुनेछ । हाम्रो संविधानमा प्रतिनिधिसभाको समयअगावै निर्वाचन व्यवस्था गरेकै छैन । चुनावका लागि संसद्को कार्याकाल छोट्याउनु प्रकारान्तरले प्रतिनिधिसभाको असमयमा विघटन गर्नु हो । यस्तो गर्न संविधानले नमान्ने मात्र होइन, प्रतिपक्ष दलका नेता तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोहो¥याएर गरेको संसद् विघटन विरुद्ध सर्वोच्च अदालतले सुनाएको फैसलाले पनि दिँदैन ।

    प्रतिनिधिसभा सदस्यहरूलाई सार्वभौम जनताले पाँच वर्षका लागि आफ्नो प्रतिनिधिकारुपमा प्रतिनिधित्व गर्नका लागि आदेश र अख्तियारी दिएर पठाएका हुन्, । यसरी जनताबाट पाएको आदेश र अख्तियारीको पालना नगरी अवधि नपुग्दै बीचैमा प्रतिनिधिसभा विघटन गरी पुनः जनतामा जाने कुरा संविधानमा अन्तर्निहित भावना र निर्वाचनको माध्यमबाट प्रकट भएको जनादेश प्रतिकुल हुनेछ । त्यस्तै वैकल्पिक सरकार गठन हुन नसकेको अवस्थामा बाहेक अन्य कुनै आधार वा कारणबाट कार्यावधि बाँकी रहेको प्रतिनिधिसभा विघटन हुन नसक्ने’ सर्वोच्चको निर्देशनात्मक आदेश तथा सन्देश सत्ता गठबन्धनले राम्रो संग बुझ्नुपर्छ । जहाँसम्म प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा चल्न नदिएको प्रश्न छ, त्यो कुनै बहाना हुनै सक्दैन । प्रमुख प्रतिपक्षी स्वयं संसद् र जनताप्रति उत्तरदायी हुनैपर्छ, र यसका निम्ति सरकार र सत्तारूढ दलहरूले रचनात्मक पहल गर्नुपर्छ । आफैं उभिएको जमिन प्वाल पार्ने त्रुटि गर्नु उल्टो बाटो हिडेर गन्तब्यमा पुग्ने लक्ष्य राख्नु सरह हो । वर्तमानमा भइरहेको चलखेलबाट के बुझिन्छ भने, जति राजनीतिक हन्डर खाए पनि अथवा जति व्यवस्था परिवर्तन भए पनि आवधिक चुनावलाई निर्बाध रूपमा र यथासमय सञ्चालन गर्ने काम नेपालमा अझै सकसपूर्ण छ । तसर्थ, यस्तो अवस्थालाई चिर्न या त बजेट प्रस्तुत गर्ने मिति झै संविधानमानै चुनावी मिति तोक्ने प्रबन्ध मिलाउनुपर्ने हुन्छ । यसबारेमा सम्बन्धित सबैले यथा समयमानै यथोचित विमर्श थाल्नुपर्ने देखिन्छ । अन्यथा आवधिक चुनावको सुनिश्चितता स्थापित तिथि, मिति र मान्यता बमोजिम नभएर राजनीतिक दलहरुको इच्छाशक्ति र शक्तिशालि नेताहरुको स्वार्थमा मात्रै निर्भर भैरहने जस्तो देखियो । यस्तो अवस्था तोड्न भविष्यका लागि उपयुक्त विधिबारे बहस आजबाटै थाल्नु पर्छ । अहिलेलाई भने सरकारले अविलम्ब निर्वाचन आयोगले तोकेको मितिमा स्थानीय निर्वाचन घोषणा गर्नुपर्छ, र संसदीय निर्वाचन यथासमय गराउन दृढ रहनुपर्छ । संविधान जारी भएपछि बसाल्नुपर्ने थितिलाई कसैको पनि बदनियतपूर्ण राजनीतिले बिथोल्नु हुँदैन ।

    २०५४ साल पछि करीव २० वर्षमा भएको स्थानीय निर्वाचनले जनतामा उत्साह र आशा जगाएको थियो । संघियताको कार्यान्वयन संगै गाउँ गाउँमा शिहदरवार भनिएका ७५३ स्थानीय तहका योजनाहरु र प्रतिनिधिहरुको कार्यशैलीबाट केहि अपवाद बाहेक जनता सन्तुष्ट भएको पाइएन । संविधानमा भएका अधिकारका कार्यसुचि र स्थानीय शासन ऐन २०७४ ले निर्दिष्ट गरेका काम कर्तब्य र अधिकारहरुको यथोचित प्रयोग गरेको अनुभव सायद धेरै जनताले गर्न पाए जस्तो लाग्दैन । जनताका समस्याहरुको सहज निराकरण एंव स्थानीय विकासमा जनप्रतिधिनिधिहरुले अपनाउनु पर्ने मितब्ययिता पारदर्शिता र जवाफदेहिता जस्ता लोकतन्त्रका आधारभुत पक्षहरु प्रति त्यति ध्यान दिएको पनि पाइएन भन्ने जन गुनासाहरु सर्बत्र सुन्न र भोग्न पाइन्छ । समग्रमा नागरिकका अपेक्षा अनुसार स्थानीय तहहरु चल्न नसकेको सत्यताबाट अनभिज्ञ सायद कोहि होला । यि तमाम कमि कमजोरी र लापरवाहिका बावजुद समयमा निर्वाचन गरी नयाँ प्रतिनिधि छान्न कानुनी र नैतिकरुपमा पनि बाध्य छौ । अब सरकार मुलुकमा स्थानीय निर्वाचन समयमै गराउन द्धिविधा रहनु हुदैन । भरखरै प्रधामन्त्रि शेरबहाुर देउवाद्धारा राष्टका नाउमा भएको संम्वोधनमा यो चुनावी वर्ष भएको उल्लेख गर्दै निर्वाचन तयारीमा लाग्न सम्वन्धित सबैलाई अनुरोध गरेका छन् । यद्धपी स्थानीय निर्वाचन मितिको सुनिश्चितता खोजेका नागरिकले प्रधानमन्त्रिबाट त्यो आश्वासन त पाएनन् तर यतिमै सरकार प्रति अविश्वास गर्नु हतार होला । ४७ बुदाँमा समेटिएको करीव आधा घण्टाको सम्वोधनमा प्रधानमन्त्रिले आफ्नो ६ महिने कार्यकालको प्रगती विवरण सहित केहि प्रतिवद्धता पनि गरेका छन् । कोरोना महामारीमा परेका नागरिकप्रति सरकार प्रमुखको यो सम्वोधनमा यथेष्ठ चासो लिएको पाइएको छ । समग्रमा ओमिक्रोन जस्तो घातक महामारीबाट बच्दै आसन्न निर्वाचनहरु समयमै शान्तिपुर्णरुपमा सम्पन्न हुनेमा आस्वस्त एंव विश्वस्त हुनै पर्दछ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, माघ ०९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.