×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सांस्कृतिक विचलन सन्दर्भमा करोडको प्रश्न

  •  गोरखा समाचार
  • आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आज नेपालमा जनै पूर्णिमा, रक्षाबन्धन, राखी, क्वाटीपुन्ही र संस्कृत दिवस पर्व एकसाथ मनाइयो ।

    फरक–फरक भूगोल र समुदायमा मनाइने यी सबै पर्वप्रति कन्टिर–बाबूको यथोचित् सदाशय र सद्भाव छ । सांस्कृतिक बिम्बका रूपमा रहेका यी पर्वले नेपालको सांस्कृतिक परिचयलाई सम्पन्न बनाएको कन्टिर–बाबूको स्पष्ट धारणा छ । तर यी सबै पर्वको वास्तविक महत्त्व र सन्देशलाई हामीले कति ग्रहण गर्न सकेका छौँ ? कन्टिर–बाबूका दृष्टिमा यो करोडको प्रश्न हो ।

    जनै पूर्णिमालाई जनैधारीले पुरानो फुकालेर नयाँ जनै धारण गर्ने पर्वका रूपमा मनाउँछन् । निश्चय पनि यसको केही सन्देश छ । पुरानो मान्यता–विचारमा वर्तमान सन्दर्भअनुसार परिमार्जनको अपेक्षा हुने सन्देश यस पर्वबाट ग्रहण गर्न सकिन्छ ।

    यस्तै रक्षाबन्धनको सम्बन्ध रक्षासूत्र धारणा गर्ने कुरासँग छ । काठमाडौँ उपत्यकामा मनाइने क्वाटीपुन्ही पर्वमार्फत गेडागुडी खाएर शरीरलाई आगामी शरदकालका लागि सक्षम बनाउने सन्देश प्रवाह गरिन्छ । अर्को हो राखी । मूलतः दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध बलियो पार्ने पर्वका रूपमा मनाइने यो पर्व नेपाली समाजमा पछिमात्र मनाउन थालिएको हो ।

    एकदशक अघिसम्म विशेषगरी तराई–मधेस क्षेत्रमा सीमित राखी बाँध्ने परम्परा हिजोआज हिमाली जिल्लाका बजार क्षेत्रमा पनि विस्तारित भएको कुरालाई कन्टिर–बाबूले उत्साहजनक रूपमा लिएका छन् ।

    राम्रो सन्देशयुक्त सांस्कृतिक गतिविधि, परम्परा अँगाल्नु लाई नराम्रो मान्न सकिँदैन । पारम्परिक मौलिक असल संस्कृतिलाई कुनै पनि हालतमा अस्वीकार गर्न सकिँदैन भन्नेमा कन्टिर–बाबू स्पष्ट छन् ।

    यसै पृष्ठभूमिमा संस्कृत भाषाको सन्दर्भलाई पनि जोड्न सकिन्छ । आज संस्कृत दिवस पनि हो । संस्कृतको चर्चा कन्टिर–बाबूले यहाँ यस कारणले पनि गर्न चाहेका हुन् कि पूर्वीय संस्कृति प्रसारको मूल आधार नै संस्कृत हो भन्ने कन्टिर–बाबूको बुझाइ छ ।

    तर पछिल्लो दिनमा नेपालमा संस्कृतिमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको कुरा कसैबाट लुकेको छैन । आयातित संस्कृतिका कारण हाम्रा मौलिक संस्कृति सङ्कटग्रस्त बनिरहेको कन्टिर–बाबूको ठम्याइ छ । घरका लाई पन्छाएर बाहिरका लाई अपनाउन खोज्दाको परिणाम राम्रो हुँदैन । कन्टिर–बाबू यसप्रति सचेत हुन सबैलाई आग्रह गर्छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.