×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

न जनता सूचना माग्न जान्छन्, न सरकार नै दिन चाहन्छ

  •  गोरखा समाचार
  • बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सूचनाको हक

    भ्रष्टाचार नियन्त्रणका लागि अन्य थुप्रै उपाय प्रभावकारी होलान्, तर सूचनाको हकसम्बन्धी ऐनको प्रयोग र कार्यान्वयन सबैभन्दा प्रभावकारी हुन सक्छ । सूचनाको हकसम्बन्धी ऐनको उपयोग गरी मिडियाले आफ्नो भूमिका अझै सशक्त बनाउन सक्छ ।

    माथिको सन्दर्भमा कुरा गर्दा थोरै चर्चा सूचनाको हकको गर्नु सान्दर्भिक ठानिएको छ । विश्वका अन्य देशझैँ नेपालमा पनि यो कानुन छ । आज १५औँ राष्ट्रिय सूचना दिवस हो । २०६४ सालमा आजकै दिन अर्थात् भदौ ३ देखि सूचनाको हक लागू भएको हो । त्यसो त यो कानुन संसदले २०६४ को साउन ५ गते पारित गरेको हो । उक्त कानुनमा ३० दिनभित्र जारी गरिने उल्लेख भएअनुसार भदौ ३ गतेदेखि यो हक जनताले प्राप्त गर्ने सुनिश्चित भएको हो ।

    यस कानुनअनुरूप सेवाग्राहीलाई आवश्यक सूचना उपलब्ध गराउन, जनताको सूचनाको हक संरक्षण, प्रवर्द्धन र प्रचलन गर्न राष्ट्रिय सूचना आयोगको गठन गरिएको छ । २०४७ पछिका सबै संविधानले सूचनाको हकको व्यवस्था गरेको छ । नेपालको संविधान २०७२ को धारा २७ मा पनि यो हकको व्यवस्था गरिएको छ ।

    संवैधानिक प्रावधान र सूचनाको हकसम्बन्धी ऐन २०६४ ले सूचना संस्कृतिको सामान्य विकास भएको पाइए पनि व्यवहारमा भने सन्तोषजनक उपलब्धि प्राप्त हुन सकेको छैन । पछिल्लो अभ्यासले के देखाएको छ भने यहाँ सूचनाको माग गर्नेहरूमा त उत्साहको अभाव छ नै, सूचना प्रदान गर्ने मनस्थितिमा पनि अपेक्षित सुधार आउन सकेको छैन ।

    सोझो भाषामा भन्ने हो भने सरकार पनि जनतालाई सूचना दिन चाहँदैन । सार्वजनिक निकायले निर्वाधरूपमा सूचना प्रवाह गरेको अवस्थामा निम्नानुसारका उपलब्धि हासिल गर्न सकिने अपेक्षा गर्न सकिन्छ ।

    • कानुनी राज्यको निर्माण
    • सुशासन
    • खुला र पारदर्शी पद्धति
    • जनताको सशक्तीकरण
    • भ्रष्टाचार नियन्त्रण
    • जवाफदेहिता

    राष्ट्रिय सूचना आयोगले पनि आफ्ना गतिविधिमार्फत् माथिका उपलब्धि प्राप्त गर्न भूमिका निर्वाह गर्नु अपेक्षित छ । आयोगले विगतमा सूचना संस्कृतिको विकासका गर्ने दिशामा केही उल्लेख्य निर्णय गरेको छ । यहाँ दुइटा उदाहरण प्रस्तुत गरिएका छन् । पहिलो, प्रवेशिका परीक्षाको कापी परीक्षार्थीले हेर्न पाउनेसम्बन्धी कार्यविधिका हकमा र दोस्रो भ्याट छलीमा कारबाहीमा परेका व्यक्ति र प्रतिष्ठानहरूको नाम सार्वजनिक गर्ने सम्बन्धमा विगतमा आयोगले गरेका निर्णय यस्तै उदाहरण हुन् ।

    यी दुवै निर्णय देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा युगान्तकारी निर्णय हुन् भन्दा अस्वाभाविक हुँदैन । र, यी मुद्दालाई मिडियाले महत्व दिई सार्वजनिक गरेर जनतालाई सूचित गरेको थियो ।

    भ्याट छली प्रकरण नेपालको आर्थिक इतिहासकै सर्वाधिक चर्चित विषय बनेको कुरा कसैबाट लुकेको छैन । नेपालमा व्यापारिक घरानाले कसरी आर्थिक अयिमितता गर्छन र भ्रष्टाचारले कसरी संस्थागत रूप धारण गर्दै छ भन्ने बुझ्न योभन्दा उपयुक्त उदाहरण सायदै पाउन सकिन्छ । मिडियाले यो प्रकरणलाई त्यसबेला पर्याप्त कभरेज दिएको थियो ।

    सुशासन र सूचनाको हक

    सुशासनको लोकतन्त्रसँग अत्यन्त घनिष्ठ सम्बन्ध छ । वास्तवमा दुवै एकअर्काका पूरक हुन् । न त सुशासनबिना लोकतन्त्र गतिशील हुन सक्छ न त लोकतन्त्रबिना सुशासन नै कायम हुन सक्छ । जबजब सुशासनको कुरा उठ्छ, पारदर्शी र खुलापन तथा जनउत्तरदायी जस्ता शब्द सँगसँगै रहने अपेक्षा गरिन्छ ।

    सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयनको सन्दर्भले सुशासन र लोकतन्त्रको भावनालाई बल पु¥याउँछ । तर यो ऐन आएपछि नेपालमा गठित सरकारहरू यो ऐनको कार्यान्वयनका दिशामा खासै गम्भीर रहेको पाइएको छैन ।

    जिल्लास्तरका सरकारी कार्यालयलाई एकछिन टाढै राखौं । राजधानीमा रहेका सरकारी कार्यालयमा समेत सूचना अधिकारीको स्पष्ट र प्रभावकारी उपस्थिति पाइँदैन । प्रत्येक तीन महिनामा सूचना सार्वजनिक गर्ने कुरा त आकाशको फल नै सावित भएको छ । यसले के देखाउँछ भने सरकार सूचना सम्प्रेषण गर्न सकारात्मक छैन ।

    निवर्तमान सरकारले त आयोगको गरिमा र महत्व गिराउनसमेत भूमिका निर्वाह गरेको पाइएको छ । विगतमा सचिव स्तरको कर्मचारीले प्रशासनिक नेतृत्व गर्ने प्रावधान रहेकामा पछिल्लो सरकारले आयोगको प्रशासनिक नेतृत्व सहसचिव स्तरको कर्मचारीलाई सुम्पने निर्णय गरेबाट निवर्तमान सरकारको नियत बुझ्न सकिन्छ । विगतको सरकारको यो त्रुटि वर्तमान सरकारले सच्याउने अपेक्षा गरिनु अस्वाभाविक होइन ।

    सूचनाको हकसम्बधी ऐनअनुसार सार्वजनिक महत्वका सूचना प्रवाह गर्नुपर्ने दायित्व सार्वजनिक निकायको हो । कुनै शङ्का हुन सक्दैन, सबै सरकारी निकाय सार्वजनिक निकाय हुन् । यसका अतिरिक्त सूचनाको हकसम्बन्धी कानुनले सरकारीभन्दा बाहेकका अन्य निकायलाई पनि सार्वजनिक श्रेणीमा तोकिदिएको छ ।

    जनताले चाहेको सूचना प्राप्त गर्नु उसको अधिकार हो । जनताले सूचना प्राप्त गर्न नसकेको अवस्थामा जनता जानकारीबाट त वञ्चित हुन्छन् नै समग्रमा यो स्थितिले अपारदर्शिताको अवस्थाको पनि निर्माण गर्छ । पारदर्शिताको अभावमा भ्रष्टाचार मौलाउने मात्र होइन, संस्थागत हुने वातावरणको पनि निर्माण हुन्छ ।

    सूचनामा पारदर्शिता नहुँदा दोषीले उन्मुक्ति पाउने सम्भावना रहन्छ । नागरिकको चाहना भ्रष्टाचारमुक्त अशल शासन हो । यसका लागि निश्चित रूपमा पारदर्शी लोकतान्त्रिक शासन प्रणाली आवश्यक पर्छ, जो सूचनाको निर्बाध सम्प्रेषण अर्थात सूचनामा जनताको निर्बाध पहुँचको अवस्थामा मात्र सम्भव छ ।

    माथिको विश्लेषणका आधारमा सूचनाको हकको महत्वलाई निम्न बुँदामा अध्ययन गर्न सकिन्छ–

    • असल शासनरसुशासन संवर्द्धन गर्न
    • पारदर्शिता बढाउन
    • दिगोबिकासलाई प्रवर्द्धन गर्न
    • आर्थिक अनियमता तथा भ्रस्टाचारको खुलासा गर्न
    • खुल्ला समाजको प्रर्वधन गर्न
    • जनताको सूचनाको अधिकार स्थापित गर्न

    निष्कर्ष

    लोकतन्त्रको संस्थागत विकास र सुशासन सबैको अभीष्ट हो । यी दुवै कुरा त्यतिबेला मात्र सम्भव हुन सक्छ, जब सार्वजनिक निकायका सूचनामा जनताको सहजै पहुँच स्थापित हुन सक्छ । जनताले बिना कुनै अवरोध आफूलाई आवश्यक सूचना प्राप्त गरी त्यस्ता सूचना आफ्नो समस्याको समाधानका लागि प्रयोग गर्न सक्ने अवस्था निर्माण गर्नु नै सूचनाको हकको अभीष्ट हो ।

    यो अवस्था भनेको सार्वजनिक निकाय करदाता जनताप्रति जिम्मेबार हुने संस्कृतिको विकास पनि हो । प्रत्येक अवस्थामा जनता आफैँ अग्रसर हुन सक्ने अवस्था हुँदैन । आयोगलगायत राज्यका सम्बद्ध निकाय यस दिशामा स्वसक्रिय हुनु अपरिहार्य छ भने सूचनाको हकका अभियन्ताले दबाब सिर्जना गर्नु वाञ्छनीय छ ।

    koshionline

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.