×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

धर्मका नाममा मानवताविरोधी, अतिवादी हर्कत

  •  गोरखा समाचार
  • बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धर्मका बारेमा व्यक्ति र देशैपिच्छेका फरक बुझाइ र परिभाषा देखेर–सुनेर कन्टिर–बाबू फेरि एक पटक नराम्ररी झस्किएका छन् । अरे यार एउटै हुनुपर्ने कुरामा यो कस्तो खालको बुझाइ र परिभाषा हो, जो देशैपिच्छे फरक–फरक हुन्छ ?

    बुद्धको मूर्तिअगाडि बन्दुक राखेर धर्मका नाममा हतियार उठाएका लडाकुले सिरगेट सल्काउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा देखिएपछि कन्टिर–बाबूमा गम्भीरताको मात्रा थप बढेको छ । ले घाँस, कस्तो नसुहाउँदो कम्बिनेसन, कहाँ शान्तिका प्रतीक बुद्ध, कहाँ अशान्तिको प्रतीक बन्दुक ?

    कन्टिर–बाबू मान्छन्– भूगोल फरक हुन सक्छ, भाषा फरक हुन सक्छ, विचार वा बस्तुको उत्पत्ति परिवेश र सिर्जना–सन्दर्भ फरक हुन सक्छ । तर पनि कुनै वस्तुगत अवधारणा त संसारभरी एउटै हुनुपर्छ । खबुज भने पनि, रोटी भने पनि, ब्रेड भने पनि कुरो उही बुझिनुपर्छ ।

    पौराणिक कथामा वर्णित स्यालले पोखरीको डिलमा रहेको रुखमा फलेको अङ्गुर भेट्न नसकेपछि अमिलो छ भनेर चित्त बुझाएको प्रसङ्ग त तपाईलाई थाहै होला । त्यो स्यालले भेट्न नसकेको फललाई अङ्गुर, ग्रेप, दाख, द्रक्षाफलम् जे भने पनि आखिर कुरो उही होइन र ?

    धर्मका सच्चा अनुयायीले त आफ्नो धर्मका अरू अनुयायीको मात्र होइन, अरू धर्म मान्नेहरूप्रति पनि विश्वास जगाउँछ । उनीहरूको संरक्षण गर्छ ।

    सन्दर्भ काबुलको हो । कोही धर्मको नाममा, इस्लाम धार्मिक कानुन (सरिया) लागू गराउन बन्दुक बोकेर सत्ता कब्जा गरिरहेका छन् । तर कोही उही धर्मका मानिस धर्म बचाउन अग्रसर भएकाहरूलाई देखेर ज्यान बचाउन थातथलो छोडेर भागिरहेका छन् ।

    यसैमा कन्टिर–बाबू चकित छन् । अरे यो कुन धर्मको काम हो, जो आफूजस्तै धार्मिक अनुयायी देखेर भागाभाग गरिरहेका छन् ? उनीहरूका लागि ज्यान बलाइ भएको छ ।

    धर्मका सच्चा अनुयायीले त आफ्नो धर्मका अरू अनुयायीको मात्र होइन, अरू धर्म मान्नेहरूप्रति पनि विश्वास जगाउँछ । उनीहरूको संरक्षण गर्छ । सच्चा धार्मिक मान्छेहरूले त पैतालाले किरा पनि नमरोस् भन्ने मान्यता राख्छन् ।

    कन्टिर–बााबू सोध्छन् । उही धर्म मान्ने, उही प्रार्थना गर्ने, उही तीर्थयात्रा गर्ने अनुयायीहरू बीच किन यत्रो फरक ? कोही खेद्ने कोही भाग्ने, कोही मार्ने कोही मर्ने । जमिनमा नपुगेर आकाशबाट झरेर पनि मर्ने ?

    यसमा कन्टिर–बाबूको चिन्ताको कुरो अर्को पनि छ । नेपालका कमनिस्ट भनिएकाहरू धेरैजसो यो गतिविधिबाट खुसी देखिएका छन् । उनीहरू अमेरिका पछि हटेकोमा खुसी भएका होलान् । तर यो त उही कसको रिसले कसको काख फोहोर पार्ने खालको कुरो भएन र ?

    धर्मलाई अफिम भन्नेहरू अफगानिस्तानलाई धार्मिक राज्य बनाउने अभियानमा लागेकाहरूको विजय भयो भनिएको घटनामा खुसी हुनुचाहिँ पटक्कै नसुहाउँदो र अनौठो मानेका छन् कन्टिर–बाबूले ।

    कन्टिर–बाबू न जातीय उग्रताका पक्षमा छन्, न धार्मिक अतिवादीहरूका पक्षमा रहनेछन् । अहिले काबुलमा जे भइरहेको छ, त्यो गलत भइरहेको छ, धर्मका नाममा मानवताविरोधी, अतिवादी हर्कत भइरहेको छ भन्ने उनको ठहर छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.