×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अब रेलका नाममा रेला नगरौँ !

  •  गोरखा समाचार
  • शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    खै, कन्टिर–बाबूको जीवन पनि त्यत्तिकै बित्ने भो जस्तो छ । जनकपुर–जयनगर एक्सप्रेस चढेर सरररर यात्रा गर्ने कन्टिर–बाबूको कत्रो ठूलो रहर थियो । तर खै यो रहर कहिले पूरा हुने हो ? थाहा छैन ।

    त्यसो त कन्टिर–बाबूले यो रूटमा रेल नचढेका भने होइनन् तर नयाँ भनिएको नेपालको झन्डा फहराउँदै नयाँ रेल चढ्ने चाहनाको कुरा त फरक हो नि !

    भारतबाट तामझामका साथ ल्याएर रेलको इन्जिन र डब्बा जयनगरनजिक, इनर्वा स्टेसनमा त्रिपालले छोपेर राखेको महिनौँ भइसक्यो । तर रेल चल्ने अझै कुनै छेक–छन्द छैन । बरू त्रिपाल च्यातिएर धुजाधुजा भइसकेको खबर कन्टिर–बाबूले सुनेका छन् । कन्टिर–बाबूले रेल प्रकरणमा मुसाहरूको काम पनि सकिएजस्तै मानेका छन् ।

    बाँकी रेलका लिक, नट–बल्टु तथा स्लिपर आदि एउटा–दुइटा गर्दै चोरी भइरहेको सूचना कन्टिर–बाबूले पाएका छन् । जताबाट आएको सामान हो चोरहरूको अनुकम्पाले उतै जाने क्रम सुरु हुनुलाई भने कन्टिर–बाबूले कुनै अचम्मको कुरा मानेका छैनन् । आखिर ढिलोचाँडो ती सामान एक दिन उतै जाने हुन् भन्ने कन्टिर बाबूलाई राम्रोसँग थाहा छ ।

    हेर बिजोग, त्यत्रो ढोल ठटाएर ल्याएको रेल त सुरु नहुँदै कबाडी पो बन्ने भो । ४० महिने शासनकालको एउटा महत्त्पूर्ण उपलब्धि भनी त्यत्रो प्रचार गरिएको जिनिसको आज यस्तो दुर्गति होला भन्ने कन्टिर–बाबूको दस मनमा एक मन पनि थिएन ।

    यता, २०७७ जेठ २७ गते नियुक्त रेलका गुरूजीले ‘बिनाकाम’ समय बिताएर ठिक १४ महिनापछि अर्थात् २०७८ साउन २७ गते हात उठाए अर्थात् राजीनामा दिए । सर्वसाधारणलाई ‘तँ जस्तालाई त्यही रेलको पाङ्ग्रामा बाँधेर घिसार्छु, कोरोना सकिन दे,’ भन्दै ट्विट गर्ने गुरूजीले राजीनामा–पत्रमा वर्तमान सरकारलाई ‘गँगटे र जनविरोधी सरकार’ संज्ञा दिएका छन् ।

    खिसियानी बिल्ली खम्बा नोचे भने जस्तो आफूलाई ओल्बाको सक्कली पुत्र भनी दाबी गर्ने गुरूजी जथाभावी बोलुन् कि भाँडमा जाउन्, त्यो कन्टिर–बाबूको चासोको कुरा भएन ।

    कन्टिर–बाबूलाई केवल जान्न मन लागेको कुराचाहिँ के हो भने यत्रो दिन रेल किन चलेन ? उनले कुन खेलाँचीमा दिन बिताए ? केका लागि त्यत्रो दिनको तलब–भत्ता खाए, सरकारी सेवा–सुविधा लिए ?

    तर रात गई बात गई भने जस्तो कन्टिर–बाबू अति–आवश्यक नभई गडेको मुर्दा उधिन्ने पक्षमा छैनन् । कन्टिर–बाबूलाई लाग्छ अबचाहिँ रेलका नाममा कसैले पनि रेला गर्नुहुँदैन । अब नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक भएर जो आए पनि उनले फटाफट काम गरुन् र सररर नयाँ रेल चढ्ने कन्टिर–बाबूको सपना यो दसैँसम्ममा पूरा गरुन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.