×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जे सिकायो उही, जे पढायो त्यही

  •  गोरखा समाचार
  • बिहिबार, साउन २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हरेक वर्ष १२ अगस्त अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसका दिन कन्टिर–बाबू अरू दिनभन्दा बढी नै भावुक हुने गर्छन् । कारण नेपालमा युवाहरूको जे अवस्था, सोच र क्रियाकलाप छ अनि विदेशमा जति युवाहरू छन्, दैनिक जति युवाहरू बाकसमा आउँछन् ती सबै सम्झेर कन्टिर–बाबू बढी नै भावुक र गम्भीर हुने गर्छन् ।

    तथापि युवामा निहित सिर्जना–शक्तिप्रति दुनियाँ कायल छ । युवा नै परिवर्तनका मुख्य संवाहक मानिन्छन् । नेपालमा युवाशक्तिको सम्मानमा अन्तर्राष्ट्रिय युवा दिवसका दिन विभिन्न स्तरका कार्यक्रम हुने गर्छन् । यस अवसरमा कन्टिर–बाबू सबै युवालाई शुभकामना व्यक्त गर्छन् ।

    तर कन्टिर–बाबू नेपालका युवाको वर्तमान अवस्थाप्रति सन्तुष्ट छैनन् । युवाको उमेरगत अवधारणाका बारेमा विश्वका विभिन्न देशमा अनेक मान्यता प्रचलित छन् । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानिएको छ । यस आधारमा नेपालको ४० प्रतिशत जनसङ्ख्या युवाको छ ।

    कन्टिर–बाबूले सुनेका छन्– जुन देशमा युवाको सङ्ख्या बढी हुन्छ, त्यो देशको विकास त्यति नै छिटो र प्रभावकारी हुन्छ । तर नेपालको सन्दर्भमा यो मान्यता गलत रहेको कन्टिर–बाबूको निष्कर्ष छ ।

    होस् पनि कसरी ? नीति निर्माण र कार्यान्वयन तहमा वास्तविक युवाको सहभागिता शून्यकै अवस्थामा छ । यहाँ त राजनीतिक दलका बूढापाका पनि आफूलाई युवा भनेर दाबी गर्छन् र सधैँ सत्तामा टाँसिन खोज्छन् ।

    कन्टिर–बाबू भन्छन्– बूढाले सत्ता छोडे पो युवाको पालो आउने हो त । यहाँ त थारो गोरूले जस्तो नेताले ठाउँ ओगटेर बसेपछि विचरा बाच्छा–बाच्छी जस्ता युवाले कहाँकोपालो पाउनु ? उल्टै युवा हुनुको मापन शरीर र उमेर होइन विचार हुनुपर्छ भन्ने तर्क पो गर्छन् !

    नेपालको विकास हुन नसक्नुमा धेरै कारण कारक होलान् । त्यसै मध्येको एउटा टड्कारो कारण हो– कुनै पनि संस्था, पार्टी वा राज्यको निर्णायक तहमा युवाको सहभागिता कम हुनु ।

    कन्टिर–बाबूलाई अर्को अचम्म त के लाग्छ भने नेपालका युवा सधैँ आफूलाई दूधे–बालकसरह ठान्छन् । बूढा नेताले जे सिकायो उही गर्छन्, जे पढायो आज्ञाकारी केटाकेटीले जस्तो त्यही मान्छन् । कहिले पालो पाइएला भनेर युवाहरू बूढाको मुख ताकेर बसेपछि केको पालो पाउनु ?

    खयर, कन्टिर–बाबू यसबारे धेरै टिप्पणी गर्न चाहन्नन् । जब युवालाई ठीकै लागेको छ भने ५० कटेका कन्टिर–बाबूलाई केको खसखस !

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, साउन २८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.