×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नसोचिएको मारमुङ्ग्रीवाला समाधान !

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू हैरान छन्, के–के सुन्नुपर्छ के–के ! कान थुनेर आँखा चिम्लेर बस्ने कुरा पनि भएन । अनेक थोक हेर्नुपर्छ, अनेक थोक देख्नुपर्छ । बाँच्नुमात्र पर्छ, अनेक भोग्न पाइन्छ ।

    एक जना मित्रले कन्टिर–बाबूलाई सुनाउँदै थिए– प्रदेश १ को एक स्थानीय तह (गाउँपालिका)मा नसोचेको लफडा भएछ । ती मित्रका अनुसार, गाउँपालिकाका अध्यक्ष महोदयलाई लेखापाल महोदयले मादल सम्झेर सार्वजनिक ठाउँको ठाउँ बजाइदिएछन् ।

    यस्तो अहिलेसम्म नसुनिएको, अचम्मको कुरो दिनदहाडै देख्नुपर्दा कन्टिर–बाबू क्षुब्ध छन् । नहुनुपर्ने घटना गाउँपालिका कार्यालय परिसरमै भयो । तर कन्टिर–बाबूले एउटा कुरा भने थाहा पाएनन्, ती लेखापाल महोदयले अध्यक्ष महोदयलाई बजाउन चाहिँ किन बजाएका रहेछन् ?

    मुख्य कुरो जहिले पनि महत्त्वपूर्ण हुन्छ । यो प्रकरणको महत्त्वपूर्ण कुरो के हो ? मान्छेले विकास–निर्माणको काममा लेनदेनसम्बन्धी विवाद नमिलेको र हात हालाहाल भएको आशङ्का गरेका छन् । तर यकिन कसैले भन्न सकेका छैनन् ।

    घटनास्थल वरपर हुनेले पनि कुनै किसिमको किटानी बयान दिन सकेका छैनन् । अन्ततः लफडा प्रहरीको हातमा पुगेको छ । प्रहरीले चुरो कुरो के पत्ता लगाउँछ, हेर्न बाँकी छ ।

    आखिर कुरो जेसुकै भएको होस् तर यो ठोकठाक गर्ने र मादल बजाउने कुरालाई भने कुनै पनि हालतमा, कुनै पनि सर्तमा जायज मान्न नहुने तर्क कन्टिर–बाबूको छ ।

    कन्टिर–बाबूका अनुसार यो पूरापूरी फौजदारी अपराध हो । यस घटनालाई त्यही कोटीमा राखेर हेरिनुपर्छ । अझ सबैभन्दा महत्त्वपूर्ण कुरा– यो अवस्थाको सिर्जना किन भयो ? त्यो सबैले थाहा पाउनुपर्छ । समस्या र सूचनालाई गुमराह गर्न पाइन्न । वास्तविक कुरा थाहा पाउने जनताको अधिकार छ ।

    कन्टिर–बाबूका अनुसार यो त सङ्घीयतामा काल पल्क्यो भनेजस्तै कुरा भयो । पदीय मर्यादा र अनुशासनको पालन त सबैले गर्नुपर्छ नि ! कन्टिर–बाबूले माने– अध्यक्षले कुनै गल्ती नै गरे होलान्, नहुने काम गर्न दबाब दिए होलान् । तर के यसको समाधान मारमुङ्ग्री नै हो त ?

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.