×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बर्बाद गर्ने भए भिड मन पराउने घुरघुरेले

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    नेपाली जातिको बानी, बेहोरा र प्रवृत्ति देखेर कन्टिर–बाबू घरि छक्क पर्छन्, घरि जिल्ल पर्छन्, घरि अचम्भित हुन्छन् । तर जति फन्को घुमाए पनि जेरी उही हो । जति फुँदा जोडे पनि कुरा उही हो ।

    नेपालीको सचेतनास्तर जति घटदै छ, कोरोना सङ्क्रमण दर उति बढ्दै छ । यही पारा रहने हो भने नेपालमा तेस्रो लहरको कोरोना सल्किन कति दिन पनि लाग्दैन ।

    आखिर जति भने पनि, जति सम्झाए पनि, जति आग्रह गरे पनि नेपालीलाई नलाग्ने भो । सायद हम नहीँ सुधरेङ्गेवाला ज्याद्रो हिन्दी प्रवृत्ति नेपाली मौलिक विशेषता बन्दो छ । कोरोनाका कारण १० हजारभन्दा बढीको ‘बलिदान’ भइसक्दा पनि नेपालीको मनमा ‘डर’ भन्ने कुरो परेकै देखिँदैन ।

    हो कन्टिर–बाबू मान्छन्– सधैँ लकडाउन गरेर, सधैँ बन्द गरेर जीवन चल्दैन । तर कोरोनाका अगाडि ‘यो मूला केही होइन’ भन्दै लापरबाही गरेर पनि त जीवन चल्दैन नि !

    तर मान्छेलाई राम्रा मुखले सम्झायो, भिडभाड नगरौँ, व्यवहार परिवर्तन गरौँ, सचेतना बढाऔँ भन्यो, भन्यो, करायो–करायो तर काम–व्यवहार गर्ने बेलामा एक कानले सुन्यो अर्को कानले उडाइदियो । खोप लगाउन पनि मारमार । जे गर्न पनि तँछाडमछाड । जसरी भएपनि पहिले आफू र आफ्नालाई चाहियो ।

    सार्वजनिक ठाउँमा एक व्यक्तिदेखि अर्को व्यक्तिबीचको दुरी कम्तीमा ६ फिट हुनुपर्छ भन्दा–भन्दा, लेख्दा–लेख्दा बरू रेडियो टिभी, पत्रपत्रिका र सामाजिक सञ्जालहरू थाकिसके होलान्, नेपालीहरू हच्केका छैनन् ।

    सरकारी सेवा लिँदा होस्, खोप लिँदा होस्, खोप लिएको कार्ड अनुवाद गराउँदा होस्, बैङ्कमा लाइन लाग्दा होस्, तरकारी किन्दा होस्, हाट–बजार जाँदा होस्, गाडी चढ्दा होस् आम्मामामा जताततै मान्छेको अव्यवस्थित घुइँचो देख्दा कन्टिर–बाबूको माथा टनटनाउँछ घरिघरि त । लाइनमा ६ फिट त के एक हात जति पनि दुरी हुँदैन । यता सरकार भने भिड नहोस् भनेर भनेर हुँदाहुँदैको परीक्षा रोक्छ । उता जनता भने जति भिड त्यति ठिक भने जस्तो गर्छन् ।

    सार्वजनिक ठाउँ, हाट–बजारमा मान्छेको यस्तो अनपेक्षित चालामाला देखेपछि कन्टिर–बाबू गम्न थाल्छन्– कम्तीमा ६ फिट भनेको दुई मिटर हो भनेर गोटागन्ती कतिलाई बुझाएर सक्नु ? मान्छेहरू आफ्नै ज्यानप्रति किन यति साह्रो लापरबाह भएका ?

    यसरी मान्छे लापरबाह देखिनुमा स्पष्टतः दुईवटा कारण देख्छन् कन्टिर–बाबू । कि त मान्छेले यो विषयमा केही कुरा बुझेकै छैनन् कि धेर बुझेर लालबुझक्कडी पारा प्रस्तुत गरिरहेका छन् ।

    नबुझ्ने त नबुझ्ने भइगए, बुझ्नेको पनि कुरा गरी साद्दे छैन । यता जतिजति खोप अभियान चल्दै छ, उता उतिउति ‘मैले त खोप लिइसकेँ मलाई त केही हुँदैन’ भन्दै भिडभाडमा घुस्रिने घुरघुरे व्यवहार प्रस्तुत गर्दैछन् ।

    तपाईले गोबर वा मलको थुप्रोमा हुने घुरघुर किरा त देख्नुभएकै होला । त्यसलाई फोहोरको थुप्रोबाट जति बाहिर निकाल्न खोजे पनि मान्दैन । यसो कोट्याएर बाहिर निकाल्यो फेरि फोहोर खोज्दै घुस्रिहाल्छ । ठिक त्यस्तै प्रवृत्ति देखिँदै छ लालबुझक्कडहरूको पनि ।

    अरे, तिनलाई कसले सम्झाउने, कसरी सम्झाउने कि खोप भनेको कुनै रामबाण वा सञ्जिवनी बुटी होइन । यो त खाली मनको सन्तोक र केही मात्रामा रोगप्रतिरोधी क्षमता बढाउने उपायमात्र हो । कोरोनाबाट बच्ने उपाय भनेको मास्क, सेनिटाइजर, भौतिक दुरी र स्वस्थ आहार–बिहार नै हो ।

    कन्टिर–बाबू कपारमा हात लगाउँदै सोचिरहेका छन्– अब जति भन्दा पनि लाग्दैन भने कसको के लाग्छ ? उनी हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु भन्ने पुर्खाहरूको सन्देश गम्दै मनमनै प्रण गर्छन्– बरु ढिलो भए होस्, काम बिग्रे बिग्रोस् तर मापदण्डअनुरूपको भौतिक दुरी कायम नभएको ठाउँमा अमृतै बाँडे पनि गइँदैन !

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.