×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चिन्ताजनक चोरीसँगै अपेक्षित उत्तर

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबूलाई लाग्छ, चोरहरू विशेष हुन्छन् । यिनीहरूसँग चोरीको अद्भूत कला र ज्ञान हुन्छ । त्यसैले होला मैथिली भाषामा एक भनाइ प्रचलित छ– योग विद्यासँ चोर विद्या भारी । अर्थात् पढेर र योग गरेर प्राप्त गरेको विद्याभन्दा चोरको विद्या ठूलो हो ।

    कन्टिर–बाबूलाई लाग्छ– चोरीका सन्दर्भमा चोरले प्रयोग गर्ने धाँसु आइडियाहरूलाई ध्यानमा राखेर नै चोर महिमा गाइएको हुनसक्छ । चोरको विद्या ठूलो भनिएको हुनसक्छ ।

    अरे यार कुनै कुरो सुरक्षित गर्न जस्तोसुकै उपाय अपनाए पनि जतिसुकै बलियो ताल्चा लगाए पनि चोरले आफ्नो काम फत्ते गरिछोड्छ । कडा सुरक्षा पहराभित्र राखिएका कोहिनुर र ज्याकब डाइमन्डजस्ता विश्व विख्यात हिराहरू पनि चोरी भएको मिथक कथा कन्टिर–बाबूले पढेका छन् ।

    कन्टिर–बाबूलाई लाग्छ– संसारमा चोर नै एउटा त्यस्तो प्राणी होला, जो न देउतासँग डराउँछ, न कानुनसँग, न प्रहरीसँग । डराउँथ्यो भने त त्यो चोर हुने पनि थिएन ।

    सन्दर्भ सप्तरीस्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी मन्दिरमा भएको चोरीसँग सम्बन्धित छ । भगवतीको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भयो, सोमबार बिहान चोर पक्राउ परयो, सामान पनि बरामद भयो ।

    कन्टिर–बाबू सानोमा मित्रहरूसँग चोर–पुलिस खेल खेल्दा भन्ने गर्थे– चोर आया चोरी किया, पुलिस आया पकड लिया । अर्थात् चोर्नेले चोर्‍यो, समात्नेले समात्यो । हिसाब बराबर भयो ।

    यसमा प्रहरी सक्रियता प्रशंसायोग्य लाग्यो कन्टिर–बाबूलाई । उनी देउतासँग जोडिएको मात्र होइन, अरू–अरू अपराधका घटनामा पनि प्रहरीको सक्रियता यस्तै देख्न पाइयोस् भन्ने कामना पनि गर्छन् ।

    तर यो घटनासँगै कन्टिर–बाबूको मनमा केही खास प्रश्नले आकार बनाएको छ । आखिर त्यो चोरले देवीको मुकुट चोर्न कुन आइडिया लगायो ? सधैँ भिडभाड भइरहने मन्दिर परिसरमा सम्साँझै चोरी गर्ने आँट त्यस चोरले कसरी गर्‍यो ? त्यो चोरीको घटनामा एक जना मात्रैको संलग्नता थियो कि एकभन्दा बढी सहभागी छन् ? त्यत्रो आम्दानी हुने मन्दिरमा अहिलेसम्म किन सिसिटिभी जडान नगरिएको हो ?

    कन्टिर–बाबू आशा गर्छन्– प्रहरी अनुसन्धानका क्रममा उल्लिखित सबै प्रश्नका उत्तर आउलान् । सँगै अर्को उत्तर पनि अपेक्षित छ– आखिर चोरले चोरी किन गरेको हो ? ठूलो धन कमाउन, बेरोजगारीबाट त्राण पाउन वा कसैको उक्साहटमा ?

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.