×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाली नेतृत्वलाई भूटानको कुरीकुरी

  •  गोरखा समाचार
  • सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘कठै यस्ता दिन पनि आए !’
    चाइनाले अनुदानमा दिएको खोप लगाउन तातोघाममा लाइन लागेका बेला कन्टिर–बाबूले पछाडिबाट च्वास्स मन छुने बोली सुने । पछाडि दुई जना बुजुर्गहरू गफ गर्दै थिए ।

    कन्टिर–बाबूले कान थापेर सुने । एक भन्दै थिए– हुँदा–हुँदा भूटान पनि हामीलाई हेप्ने भइसक्यो । अर्कोले छक्क पर्दै सोधे– कसरी ? के गरयो र भूटानले ?

    कन्टिर–बाबूलाई सवाल–जबाफ रुचिकर लाग्यो । जबाफमा पहिलोले भने– सुन्नुभएन भूटानको कुरा ? नेपालले लिने हो भने भूटानले कारोनाविरुद्धको खोप दिने रे !

    दोस्रोले प्रतिवाद गरे– ल, यस्तो महामारीका बेला एक छिमेकीले अर्को छिमेकीलाई मद्दत गर्छु भन्नु त राम्रै कुरा हो । यसमा दुखी किन हुनु ?

    कन्टिर–बाबूलाई पनि लाग्यो– ठिक भने दोस्रोले । कोरोनाविरुद्धको खोप चीनले दिन हुने, भारतले दिन हुने तर भूटानले दिन नहुने ? आखिर ऊ पनि छिमेकी नै हो !

    पहिलोले आफ्नो भनाइ कायम राख्दै भने– छिमेकी भन्दैमा कहाँ हुन्छ ! समाचार सुन्नु भएन … भूटानले त उब्रेको खोप पो नेपाललाई दिन लागेको रे ! हामीभन्दा कमजोर ठानिएको भूटानले आफ्ना सबै जनतालाई खोप लगाइसकेर उब्रियो भन्छ । हामीले हेर्दाहेर्दै ऊ खोप छेलोखेलो भएर छिमेकीले सहयोग गर्ने अवस्थामा पुगिसक्यो । हामी कहाँ छौँ ? हाम्रा नेताले त पैसा दिएको कोभिसिल्ड खोप पनि ल्याउन सकेनन् । विचरा दोस्रो लटमा खोप लगाउने बूढाबूढीले दुई महिना बित्न लाग्यो तर अहिलेसम्म दोस्रो मात्रा लाउन पाएका छैनन् । कहिले लाउन पाउँछन् त्यो पनि टुङ्गो छैन ।

    ती बुजुर्गका कुरा कन्टिर–बाबूलाई नाजायज लागेन । हाम्रै नेताका कारणले यो अकल्पनीय अवस्था आएको भन्नेमा कन्टिर–बाबू सहमत छन् । नेतृत्वले समयमै व्यवस्थापन सचेतना देखाएका भए आज यो भिक–मग्गा परिस्थिति आउने थिएन भन्नेमा उनको तर्क कन्टिर–बाबूलाई चित्तबुझ्दो लाग्यो ।

    यसबाहेक कोरोना महामारी व्यवस्थापनका सवालमा भूटानले जित्नु नेपाली नेता तथा प्रशासकका लागि कुरीकुरी लाग्नुपर्ने कुरा नै हो । यसमा पनि कन्टिर–बाबू सहमत छन् । तर ती बुजुर्गको एउटा कुरामा भने कन्टिर–बाबूको विमति रह्यो ।

    भूटानले दिएको सहयोग के लिनुभन्ने यदि उनको आसय हो भने कन्टिर–बाबूको यसमा चाहिँ नोट अफ डिसेन्ट छ । सहयोग भनेको सानो–ठुलो जस्तो भए पनि सर्तरहित हो भने लिन हिचकिचाउनु हुँदैन । झन् यो महामारीका बेला खोपको कुरा त मागेरै भए पनि लिनुपर्छ ।

    उता ती बुजुर्गहरू गफ गर्दै थिए । यता आफ्नो पालो आएकाले कन्टिर–बाबू खोप लगाउने कोठामा छिरे ।

    घर फर्किँदै गर्दा कन्टिर–बाबू सोच्दै थिए– जसरी भए पनि जनताको जीवन रक्षाको सवाल अहिलेको प्राथमिकतामा हुनुपर्छ । यदि भूटानजस्तो सानो देशले दिएको कुरा किन लिने भन्ने लागेको हो भने हामीले भुटानी जनतालाई त्यत्रो वर्ष शरण दिएर गुन लगाएको साटो मान्दा पनि भयो ।

    जे भए पनि खोप चाहियो । दसैँअघि नै सबैलाई लगाइसक्नु परो । भूटानले त यतिछिटो खोप व्यवस्थापन गर्न सक्छ भने हामी किन सक्दैनौँ ?

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन १८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.