×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जनतालाई कारबाही, नेतालाई केही न केही !

  •  गोरखा समाचार
  • आइतबार, साउन १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू नेपालमा राजनीतिकर्मी र जनसामान्यबीच जहिले पनि भेद देख्छन् । कहिलेकाहीँ उनलाई लाग्छ, नेपालको सन्दर्भमा राजनीतिकर्मी विशेष वर्गका मानिस हुन् र जनसामान्य झारपात ।

    मैथिलीमा एउटा भनाइ– एकटा के रस्ता इरघाट आ दोसरके रस्ता वीरघाट । अर्थात् एउटाको बाटो इरघाट अनि अर्कोको बाटो वीरघाट । यसको सामान्य आशय हो दुवैथरिको बाटो ठीक विपरीत छ ।

    जनताले जे सोच्छन्, जे अपेक्षा गर्छन्, नेताले त्यो गर्न चाहँदैनन्, नेताले जे गर्छन् त्यो कुरा जनताले मन पराउँदैनन् । यहाँ त्यस्ता कुराको उल्लेख गर्दै गएमा फेहरिस्त निकै लामो हुन्छ । जगजाहेर कुरा दोहोरयाउनुको खासै अर्थ हुँदैन ।

    तथापि कन्टिर–बाबू एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छन् । सांसदहरू जनताले भोट हालेर चुनाव जितेका हुन् । कतिपय जनताले भोट हाल्न चाहेका थिएनन् । कतिपयले उम्मेदवारहरू नै ठीक छैन भन्ने मत व्यक्त गर्न चाहेका थिए । अर्थात् कतिपय जनता नो भोट (भोट नदिने) अर्थात् राइट टु रिजेक्ट (उम्मेदवारहरू अस्वीकार गर्ने अधिकार)का पक्षमा थिए ।

    नेपाली जनताले राइट टु रिजेक्टको अभ्यास गर्न चाहेको निकै लामो समय भइसकेको छ । एकपटक यस विषयले संसदमा प्रवेश पाए पनि नेताजीहरूले मन पराएनन् र प्रस्तावको हावा नै खुस्काइदिए ।

    कन्टिर–बाबुको प्रश्न छ– जनताले चाहिँ यो अधिकार प्रयोग गर्न नपाउने तर नेताजीहरू आफूले चाहिँ यही अधिकारको प्रयोग गरेर सरकार बनाउने–भत्काउने खेला गर्ने ?

    कन्टिर–बाबू पछिल्लो उदाहरण दिँदै भन्छन्– केही दिनअघि संसदमा शेरबहादुर देउवालाई विश्वासको मत दिने–नदिने प्रक्रियाका लागि मतदान चलिरहँदा संसद् भवनभित्रै रहेर पनि केही सांसदले मतदान प्रक्रियामा भाग लिएनन्, केहीचाहिँ मतदानभन्दा ठीक अघि भागे ।

    कन्टिर–बाबूलाई लाग्छ ती सांसदहरूले संसदमा नो भोट वा राइट टु रिजेक्टको अभ्यास गरे । तर यही अभ्यास जनताबाट गरिएको भए तिनलाई कानुनी रूपमा अवैध भनिन्थ्यो ।

    जनताले प्रयोग गरेको भए नो भोटलाई निर्वाचन बहिस्कारसँग जोडिन्थ्यो र कानुनी कारबाहीको कुरा गरिन्थ्यो । तर सांसदहरूलाई नि ? केही पनि गरिन्न ।

    कन्टिर–बाबूको प्रश्न छ– के नेपालमा एकथरि कार्यका लागि दुईथरि कानुनी व्यवस्था छ ? कसैलाई थाहा छ भने कृपया कन्टिर–बाबूलाई भनिदिनुहोला । जय लोकतन्त्र !

    koshionline

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, साउन १०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.