×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मायाको आवरणमा लाजमर्दो ‘तँ’ सम्बोधन !

  •  गोरखा समाचार
  • आइतबार, साउन १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जमाना बदलियो भन्छन् । कहाँ र केमा बदलिएको रहेछ ? कन्टिर–बाबूले अझै राम्ररी भेउ पाउन सकेका छैनन् । अझ सामाजिक संरचना र व्यवहारका सन्दर्भमा त मानिसको व्यवहार अझै उस्तै देख्छन् कन्टिर–बाबू । त्यसो त यस्तो व्यवहार कहिलेकाहीँ भाषाको प्रयोगमा पनि भर पर्ने कन्टिर–बाबूको मत छ ।

    कुरा हिजो–अस्तिको हो । सार्वजनिक रूपमा लैङ्गिक समानताका पक्षधर एक मित्रलाई बातचितका क्रममा कन्टिर–बाबूले सोधे– तपाई पत्नीलाई के भनेर सम्बोधन गर्नुहुन्छ तँ, तिमी, तपाई ?

    उनले एकछिन पनि नबिराई भने– यो पनि सोध्ने प्रश्न हो र म त तँ भन्छु नि ! तिनकी पत्नी स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हुन् । उनले सार्वजनिक रूपमै पत्नीलाई ‘ओइ यता आइज !’ भनेर बोलाएको सुनेपछि कन्टिर–बाबू ती मित्रलाई एक छेउमा बोलाएर सवाल–जबाफ गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।

    कन्टिर–बाबूले मित्रलाई फेरि सोधे– अनि भाउजूले तपाईलाई के सम्बोधन गर्नुहुन्छ नि ? उनको सहज उत्तर थियो– के भन्नु नि, हजुर भन्छे ।

    त्यसो त यो नमिल्दो सम्बोधन नेपाली समाजमा परम्परादेखि चलिआएको हो । झट्ट सुन्दा खासै केही नलाग्न सक्छ । तर विचार गरियो भने सम्बोधनको यो भेदलाई लैङ्गिक असमानताको एक उदाहरण मान्न सकिन्छ, जुन नजानिँदो ढङ्गले समाजमा विद्यमान छ ।

    कन्टिर–बाबूले ती मित्रलाई फेरि सोधे– तपाई जत्तिको कुरा बुझ्ने व्यक्तिले यस्तो असमान सम्बोधनलाई बढावा दिन मिल्छ ?

    उनले भने– यसमा उप्ठेरो के छ ? मैले त उनलाई मायाले पो ‘तँ’ भनेको हुँ । कन्टिर–बाबूको प्रश्न थियो– ए त्यसो भए भाउजूले तपाईलाई माया गर्नुहुन्न रहेछ, त्यसैले हजुर भन्नुहुँदो रहेछ है ? अनि कि भाउजूले पनि त्यही मायाको कारण देखाउँदै तपाईंलाई ‘तँ’ भन्नुभयो भने कस्तो लाग्छ ?

    ती मित्रले केही भन्न सकेनन् । उनको अनुहारको भाव हेर्नलायक थियो । कन्टिर–बाबूको मत छ– परम्पराका नाममा जारी रहेका यस्ता अमिल्दा चलनहरू सुधार गर्दै, विभेदहरू घटाउँदै लानुपर्छ । तब न हुन्छ सभ्य समाज !

    यो प्रसङ्गमा कन्टिर–बाबू मैथिली, खासगरी ब्राह्मण समाजमा अपवादबाहेक पत्नीलाई पतिले ‘आप, अहाँ’ आदि शब्दले ‘तपाई’ सम्बोधन गर्ने र पत्नीले पनि पतिलाई उही प्रकारको बराबरी सम्बोधन गर्ने चलन छ । यसलाई सकारात्मक उदाहरण मान्दै अरू समाजले पनि सिको गरे राम्रो हुने थियो भन्ने कन्टिर–बाबूको ठहर छ ।

    प्रसङ्गवश ती मित्रसँगको यो कुराकानी यहाँ साभार गरेको सम्बन्धमा कन्टिर–बाबू भन्छन्– सरी मित्र, अन्यथा नठान्नुहोला । समाज सुधारका दिशामा तपाई–हामीबाट हुने थोरै पनि परिवर्तनले निकै ठूलो अर्थ राख्छ । आखिर तपाई–हामी सबैलाई थाहा, संसार बदल्नु छ भने सुरुवात आफैँबाट नगरी हुँदैन !

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, साउन १०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.