×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

तुलनात्मक दृष्टान्तमा आत्मसम्मानको कुरा

  •  गोरखा समाचार
  • बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    खप्रओलाई विस्थापित गरी सत्तासिन हुन पुगेका प्रधानमन्त्री शेबदेलाई कन्टिर–बाबूले सञ्चारका विभिन्न माध्यमका साथै भेटेरै पनि बधाई दिएका छन्, कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

    कन्टिर–बाबूजस्तालाई अरू के नै चाहिएको छ र ? बस् आत्मसम्मान न हो । अलिकति ‘रेस्पोन्स’ न हो । कन्टिर–बाबू यसै मानेमा खुसी छन् कि उनले चार वर्षपछि बालुवाटार टेक्ने अवसर पाए । तर खप्रओको पूरै कार्यकालभरि कन्टिर–बाबूजस्ताले बालुवाटार कहाँ छ भन्ने कुराको अनुभूतिसमेत गर्न सकेका थिएनन् ।

    प्रश्न त स्वाभाविक रूपले उठ्छ, आखिर किन ? तर यसको ‘दुई–शब्द’मा भनिने खालको उत्तर कन्टिर–बाबूसँग छैन । जोसँग छ तिनले उत्तर दिन आवश्यक ठानेनन्, ठान्दैनन् ।

    तर रात गयो, बात गयो । यसमा कन्टिर–बाबूलाई खासै चित्त दुखाइ छैन । कारण तपाईलाई पनि थाहै छ ओरालो लागेको मृगलाई जेले वा जसले खेदे पनि कन्टिर–बाबू खेद्न अघि सर्दैनन् । यो उनको नानीदेखिको बानी हो ।

    तर यो बालुवाटार प्रवेश प्रकरणको तुलनात्मक दृष्टान्त यहाँ प्रस्तुत गरेर कन्टिर–बाबूले राज्य वैचारिक रूपमा कतिसम्म आग्रही हुन सक्छ भनेर आफ्नो अनुभवमात्र बाँड्न चाहेका हुन् ।

    खप्रओले आफ्नो कार्यकालमा सञ्चारकर्मी र पत्रकारसँग वैचारिक रूपमा पूरा–पूरा रिसिबी साँध्ने र सम्पादकलाई मुटु नभएको भन्दै पटक–पटक होच्याउने काममात्र गरेको कुरा कसैबाट लुकेको छैन । सायद यही कारण हो, कन्टिर–बाबूजस्ता अनेकले साढे तीन वर्ष बालुवाटार टेक्ने अवसर नपाएको । यसले अरूको त केही बिग्रेन, खप्रओकै ‘इमेज’ प्रभावित भयो भन्ने कन्टिर–बाबूको ठम्याइ छ ।

    के गर्नु तित्राको मुखै वैरी भन्छन् । लागेको कुरा सोझै पस्किँदा कसै–कसैलाई अपच हुन सक्छ । कसै–कसैको चित्त दुख्न सक्छ । त्यस्ताप्रति भने कन्टिर–बाबूको क्षमायाचना छ ।

    सँगसँगै कन्टिर–बाबूको विशेष आग्रह छ– शेबदेले यस्ता कुराबाट सिक्नु जरूरी छ । पूर्ववर्तीले गरेका गल्ती पक्कै पनि शेबदेले दोहोर्‍याउन हुन्न ।

    अरे यार प्रधानमन्त्री भनेका त राज्यको सबै तह–तप्काका अभिभावक हुन् । उनले कुनै पनि आधारमा कसैप्रति भेदभाव गर्न मिल्दैन । बालुवाटार वा सिंहदरबारबाट हिजो यस्तै गल्ती भयो । के भविष्यमा पनि ‘नजिर’ भन्दै विगतका गल्तीलाई निरन्तरता दिनु उचित हुन्छ ?

    बाँकी त शेबदे आफैँले जान्ने कुरा हो । कन्टिर–बाबू यसबारे बढी बोल्ने मुडमा छैनन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, साउन ०६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.