×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

शुद्ध श्रमजीवीहरूलाई शुद्ध कलमजीवीको शुभकामना !

  •  गोरखा समाचार
  • आइतबार, बैशाख १९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू आजको दिन राष्ट्रिय–अन्तर्राष्ट्रिय सबैखाले मजदुरहरूसँग खुसीयाली साट्न चाहन्छन् । शुभकामना दिन्छन् । सँगसँगै उनी आज बिहानैदेखि बडो चिन्तामग्न पनि छन् ।

    नेपालमा मजदुर–किसानका नाममा राजनीति गरेर कहिले नथाक्नेहरू अहिले सत्तामा छन् । तर जो वास्तविक मजदुर–किसान, श्रमजीवी हुन्, तिनले सत्ताबाट के पाए ? अप्ठेरो र महामारीमा राहत के पाए ? रोजगारीको अवसर र सुरक्षा कति पाए ?

    कन्टिर–बाबूको प्रश्न छ– भुइँ तहको मजदुर–किसान अहिलेको सरकारको कामसँग सन्तुष्ट, खुसी भएको कुनै अनुकरणीय उदाहरण छ कसैसँग ? साहु–महाजन र सरकारी निकायबाट नै मजदुर–किसानको पसिनाको मूल्य शौषण र बिचल्ली हुने देशमा किन मनाउने श्रमिक दिवस ? खाली मजदुर–किसानको नाममा सीमित सुकिला–मुकिलाको सत्ता टिकाउन ?

    त्यसो त मजदुर–किसानको नाममा राजनीति गर्ने तर ठाउँ पाइसकेपछि दायित्व भुल्नेहरूलाई मजदुर–किसानलाई सम्बोधन गर्दै भाषण गर्न थोरै भए पनि लाज लाग्नुपर्ने हो । तर लामो समयदेखि सत्ताधारीहरूको व्यवहार नजिकबाट नियालिरहेका कन्टिर–बाबू अचेल एउटा तितो निष्कर्षमा पुगेका छन्– सत्ताधारी भइसकेपछि लाज, घिन, शरम केहीतिर ध्यान नजाँदो रहेछ ।

    कन्टिर–बाबू फेरि सम्झिन्छन्– अपना काम बनता, भाँड में जाए मजदुर–किसान जनता । कसैगरी आफ्नो सत्ता टिके भो । टार, कोट र दरवारमा बसेर स्यान्डविच घिच्नेहरूलाई मकै, भटमास, जनेर, कनिकाको फक्का, नुन–खोर्सानी, रोटीको मूल्य के थाहा ? अझै गुड्डी हाँक्छन् मजदुर–किसानको हकहितको । अरे ओ बेशरम, केही त शरम गर !

    यही मजदुर–किसानको नाम भजाएर तिमीहरू शासनमा आएको होइन ? हिम्मत छ भने सार्वजनिक गर, पछिल्लो तीन वर्षमा कति जना श्रमिक, मजदुरको कल्याण भयो ? कति जना मजदुर–किसान गरिबीको रेखामाथि उक्लिए ? त्यो त तथ्याङ्क आफैँ बोलिहाल्छ नि !

    पछिल्लो वर्ष थप ६ प्रतिशत नेपाली जनता गरिबीको रेखामुनि झरेका छन् भन्ने तथ्याङ्क हालै सार्वजनिक भएको छ । यसमा के छ मजदुर–किसानको सधैँ नाम भजाउनेहरूको सरकारी प्रतिक्रिया ? कन्टिर–बाबू जान्न उत्सुक छन् ।

    कन्टिर–बाबूको अर्को कुरा पनि छ । पछिल्लो तीन वर्षमा सत्तानजिक रहेकाहरूको विगत र वर्तमानको सम्पत्ति विवरण सार्वजनिक गर । छ हिम्मत ? पहिले–पहिले कम से कम मन्त्रीको सम्पत्ति सार्वजनिक गर्ने प्रचलन त थियो । हेदौहेर्दै मजदुर–किसान, सर्वहाराको भनिएको सरकारले त्यो परम्परा पनि पोलेर खाइदियो ।

    तर जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने कन्टिर–बाबूलाई लाग्छ । कम से कम ‘हाम्रो सत्ता आउँछ अनि हाम्रो कल्याण हुन्छ,’ भन्ने भ्रमबाट यो तीन वर्षमा असङ्ख्य मजदुर–किसानहरू सदाका लागि बाहिरिएका छन् ।

    मजदुर–किसानको नाममा राजनीति गर्नेहरूको सक्कली व्यवहार देखिसकेपछि कति वास्तविक मजदुर–किसान सपना र भ्रमबाट बाहिरिए ? त्यसको यकिन तथ्याङ्क त कन्टिर–बाबूसँग छैन । तर उनलाई थाहा छ– आगामी मतपत्रमा त्यसको राम्रै प्रतिबिम्बन देखिनेछ ।

    कन्टिर–बाबू आफैँ पनि एक शुद्ध श्रमजीवी (कलमजीवी) हुन् । आजसम्म दैनिक लेखेरै आफूलाई टिकाइरहेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सबै शुद्ध मजदुर–किसान, श्रमिकहरूको जीवन स्तरोन्नतिको कामना गर्छन् ।

    koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, बैशाख १९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.