×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३२ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फ्लोर क्रसको निरन्तरतामा चर्किएको रोनाधोना

  •  गोरखा समाचार
  • बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू हिजोदेखि लगातार फ्लोर क्रसको कुरा सुनिरहेका छन् । पहिले त उनले यसको त्यति खासै भेउ पाएनन् तर जब यसका बारेमा उनले राम्ररी थाहा पाए तब चश्माभित्रको उनको एक जोडी आँखामा गजबको भाव देखियो ।

    परिवर्तित भाव र परिस्थितिको सन्दर्भमा कन्टिर–बाबूले सुनेका छन्– मानिसका सबै अङ्गले झुठो अभिव्यक्त गर्न सक्ला तर आँखाले झुठो बोल्दैन रे ! अहिले कन्टिर–बाबूका आँखाका भाव पनि त्यस्तै छन् । खुच्चिङ खा भन्ने आशयको ।

    सन्दर्भ कर्णाली प्रदेशको सरकारले प्राप्त गरेको विश्वासको मतको हो । माधव नेपाल पक्षीय एमालेका चार जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री महेन्द्र शाहीको जागीर जोगाइदिएछन् । यसपछि त विचरा ओल्बाको खेमामा रोइलो मच्चिएको छ । संसदीय व्यवस्था र मूल्य–मान्यताको दुहाइ दिन थालिएएको छ । ह्विप पालनको कुरा जोडतोडले उठिरहेको छ ।

    यी सबै प्रक्रियालाई बडो गम्भीरतापूर्वक नियालिरहेका कन्टिर–बाबू एकाएक हाँस्न थाल्छन् र हिन्दीमा प्रचलित एक भनाइ भट्याउन थाल्छन्– कृष्ण करे तो रासलीला, मैं करुँ तो क्यारेक्टर ढिला ?

    शाहीजी धन्यवादका पात्र छन् । संसदीय अभ्यासलाई उनले सहजतासाथ स्वीकारे । त्यसैले रोइलो, रोनाधोना बन्द गरौँ, संसदीय व्यवस्था सुदृढ गर्न सबै जुटौँ ।

    ए, विश्वासको प्रस्तावलाई धोती लगाउन गण्डकी प्रदेशसभा मध्यरातमा स्थगन गर्न हुने ? प्रदेश १ मा प्रदेशसभा सदस्यबीच हडकम्प मच्चाउन हुने ? वाग्मती प्रदेशलाई अनिर्णयको बन्दी बनाइरहन हुने ? सङ्घमा माओवादीका चार जनालाई मन्त्री बनाइरहन हुने ? अनि कर्णालीमा चार जनाले फ्लोर क्रस गर्ने किन नहुने ?

    उत्तर छ कसैसँग ? ए बाबा यसमा रोइलो किन ? ठूलाले जे सिकाउने हुन्, सानाले त्यही सिक्ने त हुन् नि ! कुरो सिम्पल छ– जे रोप्ने हो, त्यही फल्ने हो । बबुरको बोट रोपेर आँपको अभिलाषा किन गर्नु ? रोप्ने बेलामा आफैँले संसदीय मूल्य–मान्यता बर्खिलापको बीऊ रोप्ने अनि अहिले त्यसैको दुहाइ दिन कसरी मिल्छ ?

    बरु कन्टिर–बाबू शाहीजीलाई धन्यवाद दिन्छन्, संसदीय अभ्यासलाई उनले सहजतासाथ स्वीकार गरे । आफू अल्पमतमा रहेको जान्दा–जान्दै पनि उनले विश्वासको मत प्राप्त गर्ने प्रयास गरे । यस्तो पृष्ठभूमिमा कन्टिर–बाबू आग्रह गर्छन्– बेकारको यो रोइलो, रोनाधोना बन्द गरौँ, संसदीय व्यवस्था सुदृढ गर्न सबै जुटौँ ।

    त्यसो त फ्लोर क्रस गर्ने चलनसँग कर्णाली प्रदेशका जनप्रतिनिधिको पुरानै साइनो छ । २०५१ सालमा फ्लोर क्रस गरेर गिरिजा–बाबूको बहुमतको सरकारलाई अल्पमतको बनाइदिने मुख्यपात्र चक्रबहादुर शाही र दीपकजङ्ग शाह कर्णाली प्रदेशकै सांसद थिए ।

    फ्लोर क्रसको राजनीति त्यति बेला ठिक ठान्नेहरूले अहिले चाहिँ गलत भन्ने नैतिक आधार के हो ? सर्प देखे पाखामा हात, माछा देखे दुलामा हात ?

    koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.