×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

राजनीतिमा प्रचण्डका गल्ती नै गल्ती !

  •  गोरखा समाचार
  • बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    धर्मेन्द्र झा

    एउटा उखान छ, चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी। लैंगिक दृष्टिले दोषपूर्ण यो उखान यति बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक जीवनमा चरितार्थ भएको छ।

    ल्ीन् क्ष्लकगचबलअभबनचबपजष्थ्भतष् उबचपभतष्लन
    दाहाललाई ठूलो पार्टीको अध्यक्ष हुने उत्पात रहर लागेको थियो। त्यसैले उनले माओवादीको अस्तित्व नै मेटिने गरी नेकपा एमालेमा विलय गराएका थिए। अहिले उनी त्यसकै परिणाम बेहोरिरहेका छन्। अरूको काँधमा बन्दुक राखेर पड्काउन खप्पिस दाहाल सत्ता स्वार्थको झोलमा नराम्ररी डुबेका छन्।

    त्यसो त दाहालले राजनीतिक जीवनमा अनेक गल्ती गरेका छन्। पार्टी विलय गरेर खड्गप्रसाद ओलीको शरणमा पर्नु सायद उनको पछिल्लो ठूलो गल्ती थियो। विलय हुन उनले जुन पार्टी रोजेका थिए, त्यसमा पहिलेदेखि नै ओलीको हालीमुहाली रहेको सम्भवतः उनले बुझेनन् या पदीय लालसामा आफूलाई चुर्लुम्म डुबाइदिए।

    अस्थिर र कार्यकर्तामुखी अभिव्यक्ति दिन खप्पिस दाहालले राजनीतिमा यस्ता अनेकन् गल्ती गरेका छन्, जसले नेपालको समग्र राजनीतिको कोर्स नै उल्टो दिशामा लगिदिएको छ।

    पहिलोपटक २०६५ भदौ २ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेका दाहालले नौ महिना शासन सञ्चालन गरेका थिए। तत्कालीन प्रधानसेनापति रुक्मागंद कटवालमाथि विष वमन गरेपछि उनी सत्ताबाट बाहिरिन पुगे। दाहालमा जनयुद्धको धङधङी र संविधानसभामा पहिलो दल भएको तुजुक र घमण्ड थियो। त्यही तुजुक कटवालविरुद्ध प्रयोग गरे, परिणामस्वरूप सत्ताबाट बाहिरिन पुगे।

    दोस्रोपटक प्रधानमन्त्री बन्दा दाहालले संसद्मा सम्बोधन गर्दै विगतमा आफूले केही गल्ती गरेको स्वीकारे। त्यति मात्र होइन, उनले ती गल्तीका कारण देशले नै प्रतिकूल मूल्य चुकाउनुपरेको पनि बताएका थिए। उक्त आत्मबोधले उनलाई आगामी दिनमा गल्ती नगर्न उत्प्रेरित गर्ने विश्वास गरिएको थियो। तर उनको गल्तीको शृंखला रोकिएन।

    दाहाल भावनामा बग्ने नेता हुन्। भावुक व्यक्तिले तर्क र यथार्थका आधारमा भन्दा भावनाका आधारमा निर्णय गर्छन्। यसरी निर्णय गर्दा त्रुटि हुन्छ र राजनीतिकर्मीले गल्ती गर्दा त्यसको प्रभाव निर्णयकर्तासम्म मात्र सीमित रहँदैन। प्रभावको आयतन विस्तार हुन्छ र जनतासम्म पुग्छ।

    दाहालका सन्दर्भमा पनि यसै भएको हो। दाहाल र उनको पार्टीले गरेको निर्णयका कारण देशमा प्रतिकूल प्रभाव परेको र राजनीतिले नयाँ ‘डिस्कोर्स’ लिएका घटनाको सूची लामै छ। उक्त सूचीमा समेट्न सकिने प्रचण्डका राजनीतिक गल्तीका केही महत्त्वपूर्ण बुँदाः

    – शान्ति प्रक्रियाको मूल सूत्रधार नेपाली कांग्रेससँग दूरी बढाउनु। जबकि दाहाल कांग्रेसकै सहयोगमा राजनीतिको मूल प्रवाहमा आएका थिए।

    – पहिलो संविधानसभाको निर्वाचनपछि कांग्रेसलाई किनारा लगाएर एमाले र मधेशकेन्द्रीत दलको सहयोग—समर्थनमा प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्नु ।

    – नेपालको संविधान २०७२ को कार्यान्वयनपश्चात भएको स्थानीय तहको निर्वाचनमा कांग्रेससँग तालमेल गर्नु र संसदीय निर्वाचनमा एमालेसँग टाँसिनु ।

    – विगतमा संविधान बन्नुअघि सरकार बनाउने नाममा सहमतीयको सट्टा बहुमतीय सरकारको पक्षमा देखिनु र राजनीतिलाई नयाँ ढंगले ध्रुबीकृत गर्ने प्रयास गर्नु । लामो समयसम्म मधेशकेन्द्रीत दललाई ‘प्रयोग’ गर्नु र पछि त्यतिकै पाखा लगाउनु ।

    – प्रधानमन्त्रीले सेनापतिसँग विश्वासको सम्बन्ध विकसित गर्न नसक्नु र तात्कालीन सेनापति रुक्मांगद कटुवाललाई अपदस्थ गर्ने असफल प्रयास गर्नु ।

    – राजनीतिमा झूठ र धोखाको प्रवृत्तिलाई महत्व दिई स्थापित गर्नु । सम्भावना भएका व्यक्तिको उपयोग गर्नु र प्रयोगहीन बनाएर छोडिदिनु । स्थापित सीमित कार्यकर्ताबाहेक अन्यको राजनीतिक संरक्षण नगर्नु ।

    – नेपाली कांग्रेसका तात्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नबाट रोक्नु । त्यसपछिका दिनमा प्रथम राष्ट्रपति डा। रामवरण यादवलाई असहयोग गर्नु र राष्ट्रपतिका विरुद्ध बेलाबखत गैरराजनीतिक टिप्पणी गर्नु ।

    – माओवादी लडाकु समायोजनका सन्दर्भमा संख्या र प्रक्रियाबारे अपारदर्शी हुनु ।

    – शिविरमा रहेका माओवादी लडाकुका लागि उपलब्ध रकमको हिसाबकिताब स्पष्ट सार्वजनिक नगर्नु ।

    – पार्टी फूटको अवस्थालाई रोक्न नसक्नु, मोहन वैद्य र बाबुराम भट्टराईजस्ता ‘थिंक ट्यांक’ पार्टीबाट अलग्गिनु ।

    – वामपन्थी मोहका नाममा आफू मूलधारको वामपन्थी पार्टी हुने अवसरका विरुद्ध सम्झौता गरी एमाले नेतृत्वको सरकारमा सामेल भई मुख्य प्रतिस्पर्धी एमालेलाई नै मूलधार बन्न सघाउनु ।

    – प्रधानमन्त्री हुँदा सन्तुलित विदेशनीति कायम राख्न नसक्नु । दुवै छिमेकीलाई विभिन्न सन्दर्भमा ‘कार्ड’का रुपमा प्रयोग गर्न खोज्नु ।

    – राजनीतिमा जातीयता र क्षेत्रीयताको बिजारोपण गरी समाजलाई मानसिकरुपमा विभाजित हुन उत्प्रेरकको भूमिकाको निर्वाह गर्नु र माक्र्सवादको अवधारणाविरुद्ध वर्गवादमा विश्वास गर्नु।

    निश्चय पनि यी गल्तीले राष्ट्रिय राजनीतिमा अर्थपूर्ण तर नकारात्मक भूमिका निर्वाह गरेको हेक्का स्वयं दाहाललाई पनि होला। आशा गरौं, दाहालले विगतका आफ्ना गल्तीबाट शिक्षा ग्रहण गर्नेछन् र आगामी दिनमा आफूलाई सन्तुलित ढंगले निर्देशित गर्नेछन्।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.