×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

विकृतिरहित शिवरात्रिको घोर शुभकामना !

  •  गोरखा समाचार
  • बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हजार जिब्रा भएका शेषनागले पनि बयान गर्न नसकेको शिवजीको महिमा विचरा कन्टिर–बाबूले कसरी गरुन् ? अझ शिवरात्रिका दिन कैलाश–डाँडा, देवपत्तन, किरातेश्वर, वनकाली, मृगस्थली, विश्वरुपा, गुह्येश्वरी, राम मन्दिर, श्लेषमान्तक आदि–इत्यादिमा छेउकुनामा शिवभक्त युवा–युवतीबाट प्रदर्शित हुने रमिताको बयान गर्न त दुई हजार जिब्रा भएका शेषनागले पनि सक्दैनन् होला भन्ने कन्टिर–बाबूलाई लागिरहेको छ ।

    शिवरात्रिका दिन कन्टिर–बाबू बिहानदेखि अन्यमनस्क भावमा छन् । उनले सुरुमा जसलाई भेट्यो उसैलाई ‘जय शम्भो‘ भन्दै थिए, बीचमा अचानक एक जना मित्रले ‘जय शम्भो गाँजा कम’ भो भनेर जबाफ फर्काएपछि भने उनी फतफताउन थाले ।

    तर जहाँसम्म उनको फतफत्याइको कारणलाई अथ्र्याउने सन्दर्भ छ, उनी शिवरात्रिका नाममा भित्रिएका विकृत व्यवहारविरुद्ध फतफताइरहेका हुन् । हो पनि, भगवान् शिवको प्रिय दिन–रात मानिने शिवरात्रिको तिथिलाई उनै शिवका नाममा उनैका भक्तले मानमर्दन गरेको देखेपछि कन्टिर–बाबूको चित्त नबुझ्नु स्वाभाविक छ ।

    अरे यार, नागा बाबा भनाउँदाले पशुपतिमा देखाउने अनपेक्षित करतब, शिवबुटीका नाममा हुने गाँजाको निर्वाध कारोबार आदिले पवित्र पाशुपत क्षेत्रको सतप्रतिशत मानमर्दन गरिरहेको छ । त्यस्तै, एक सर्को दुनियाँ अर्को भन्दै सबै पुरुषले आफूलाई शिवजी र सबै महिलाले आफूलाई पार्वती सम्झेर बेरोकटोक विकृति प्रश्रय दिने सन्दर्भप्रति कन्टिर–बाबूको घोर आपत्ति छ ।

    अझ शिवरात्रिका दिन श्लेषमान्तक वनमा अङ्ग्रेजी डिजे बजाएर जथाभावि उफ्रिने सन्दर्भले कन्टिर–बाबू थप चिन्तित छन् । सनातन संस्कृतिको संवर्धन हुनुपर्ने पक्षमा सधैँ अडिग कन्टिर–बाबूलाई लाग्छ– तर त्यसको पनि एउटा सीमा हुन्छ । गुलियो पनि धेर भयो भने तितो हुन्छ ।

    यो पनि शिवको त्यो पनि शिवको, सारा संसार शिवको म पनि शिवको भन्ने भक्ति भजन सुनेका कन्टिर–बाबूलाई थाहा छ शिव भनेको मङ्गल, कल्याण, आनन्द, मुक्ति, मोक्ष, समाप्ति पनि हो । यस्तोमा विकृतिरहित आनन्दको खोजीमा लाग्न सबै शिवभक्तहरूलाई कन्टिर–बाबूको सुझाव छ ।

    शिवबुटी भन्दै गाँजा, भाङ, धतुरोको अधिक प्रयोगले मान्छेको ज्ञान, बुद्धि, विवेक समाप्त पार्न पनि सक्छ । किनकि कन्टिर–बाबूलाई मात्र होइन, दुनियाँलाई थाहा छ– जम्माजम्मी एक जना शिवले मात्र हो विष पनि पचाउने । अरू सबै अनुयायी मात्र हुन् । अनुयायीको हुने प्रयत्न बत्तीमा पुतली डढ्न खोज्नुभन्दा पर्तिर होइन ।

    शिव सम्झिने विशेष दिनमा कन्टिर–बाबूका तर्फबाट सबै शिवभक्तहरूमा विकृतिरहित शिवरात्रिको घोर शुभकामना ! जय शम्भो !

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.