×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३६ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नाम सामुदायिक, काम गैरलोकतान्त्रिक

  •  गोरखा समाचार
  • बुधबार, फागुन २६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    विकासशील र कम विकसित देशमा राज्य सञ्चालनका आफ्नै समस्या र बाध्यता हुन्छ भन्थे, कन्टिर–बाबूलाई पनि हो लाग्न थालेको छ । शायद यसै सेरोफेरोमा एउटा सेटिङ राज्यको अस्तित्व स्वीकार गरिन्छ ।

    नेपालको वर्तमान राजनीतिक विश्लेषणको प्रयत्न गर्दा कन्टिर–बाबू उल्लिखित प्रवृत्तिलाई अस्वीकार गर्न सक्ने अवस्थामा छैनन् । दुखद् त के छ भने राज्य सञ्चालनको प्रवृत्तिको बाछिटा स्वाभाविक रूपले अन्य क्षेत्रमा पनि पर्दो रहेछ ।

    आज कन्टिर–बाबूलाई सामुदायिक रेडियोवालाहरूको कुरा गर्न मन लागेको छ । भन्दा हाम्रो काम सतप्रतिशत सामुदायिक हो भन्छन्, देख्दा सतप्रतिशत सामुदायिक देखिँदैन ।

    त्यसमाथि सामुदायिक भनिने रेडियोवालाहरूको संस्था छ नि अकोराब भन्ने, त्यहाँ पनि एक किसिमको सत्ता छ र सेटिङ उपलब्ध छ । ज्यान गए पद नछोड्ने हाम्रो ओल्बाको फोटोकपीवाला सेटिङ ।

    अधिवेशन आफूअनुकूल हुने नदेखिएपछि एक लुच्चा बहानामा अध्यक्ष र महासचिव कमरेडहरू झ्याप्प मिलेछन् र फ्याट्ट विज्ञप्ति छापेछन्– आजदेखि हुने भनिएको अधिवेशन विशेष कारणवश स्थगित गरिएको छ ।

    त्यस्तो अनपेक्षित सूचना थाहा पाए देखि कन्टिर–बाबू सोचिरहेका छन्– तैट्, यी नेतृत्वमा रहेका भनिएकाहरूले अन्तिम समयमा यो के गरेको होला, नाटक कि नौटङ्की ?

    कन्टिर–बाबू सोध्छन्– के अकोराब भनेको कोही एक–दुई व्यक्तिको मोजाको संस्था हो ? अधिवेशनका लागि सबै प्रतिनिधि काठमाडौँ आइसके, उनीहरू नयाँ नेतृत्वका लागि मतदानको तयारीमा लागिसके । तर लाज पचेका पुराना तोरीहरूले नेतृत्व नछोड्ने रे !

    त्यसो त अधिवेशन पक्षधरहरूले पनि काउन्टर त दिएकै छन् । कन्टिर–बाबूका अनुसार बाँकी खेल रमाइलो हुनेवाला छ । अधिवेशन हुन्छ कि हुन्न ? भन्ने जिज्ञासासहित कन्टिर–बाबूको पुरक प्रश्न छ– आखिर ‘सुगो’ सेटिङ के हो ?

    भनिन्छ, अनुहारमा जतिसुकै मुखौटा धारण गरे पनि जतिसुकै पाउडर घसे पनि समय आउँदा अनुहार उदाङ्गिन्छ, बाघको खोल ओढेको स्याल हिँडाइबाटै चिनिन्छ ।

    कन्टिर–बाबूलाई थाहा छ– जुनसुकै नामका कम्युनिस्ट हुन् तिनले आफ्नो अनुकूलतामा लोकतन्त्रको व्याख्या गर्छन् र कम्युनिस्टको मूल चरित्र जोगाउने प्रयत्न गर्छन् । तिनीहरू ‘संसद् भनेको खसीको टाउको राखेर बाख्राको मासु बेच्ने ठाउँ हो,’ भन्ने कमान्डबाट दीक्षित हुन्छन् । संसदीय व्यवस्था ध्वस्त पार्नु कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय कार्यदिशा हो ।

    कन्टिर–बाबूका अनुसार तर्क–वितर्क जे गरे पनि सारमा कम्युनिस्टहरूको मार्गचित्र लोकतान्त्रिक चरित्र, संस्था र मूल्य–मान्यताविरोधी नै हुन्छ । अकोराबका सुगोहरूको काममा पनि यही तथ्य प्रतिबिम्बित भएको हो । कोई सक ?

    साभार : koshionline

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, फागुन २६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.